| Brand: | www.Supaidolbrand.com |
| Company: | निलकट्टि बहुउद्देश्यीय कृषि फार्म |
जयपृथ्वी नगरपालिका–११, पिठालेख, बझाङका सुरेन्द्रबहादुर थापाले आफ्नै गाउँमा ‘निलकट्टि बहुउद्देश्यीय कृषि फार्म’ सञ्चालन गर्दै नर्सरी, फलफूल तथा तरकारी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाइरहनुभएको छ।
बझाङका सुरेन्द्रबहादुर थापाले रोजगारीका लागि विदेश वा अन्यत्र जानुभन्दा आफ्नै गाउँको माटोमा सम्भावना खोज्दै कृषि उद्यम सुरु गर्नुभएको छ। जयपृथ्वी नगरपालिका–११, पिठालेखमा सञ्चालित निलकट्टि बहुउद्देश्यीय कृषि फार्ममा उहाँले नर्सरीसँगै कागती, अमिला, ओखर, तिमुर तथा मौसमी–बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ। आठ रोपनी जमिनमा गरिएको कृषि कर्मबाट राम्रो वर्षमा नर्सरीबाट मात्रै दुईदेखि पाँच लाख रुपैयाँसम्मको बिरुवा बिक्री हुने गरेको छ। सिँचाइको अभाव मुख्य चुनौती भए पनि स्थानीय बजार र सडकको पहुँचलाई उपयोग गर्दै कृषि व्यवसाय विस्तार गर्ने उहाँको लक्ष्य छ।
९८४-८५८९४३४