vip.malla20@gmail.com

फुटकी च्याउ


Brand: पुटपुरा
Company: पुटपुरा

स्वास्थका दृष्टिकोणले फाइदाजनक, आर्थिक रुपमा लाभ लिन सकिने फुटकी च्याउबारे जानौ:- फुटकी च्याउ पानी परेपछि भुइँमा फल्ने यो एक प्रकारको खान योग्य च्याउको प्रजाति हो ।

 

स्वास्थका दृष्टिकोणले फाइदाजनक, आर्थिक रुपमा लाभ लिन सकिने फुटकी च्याउबारे जानौ:- फुटकी च्याउ पानी परेपछि भुइँमा फल्ने यो एक प्रकारको खान योग्य च्याउ प्रजाति हो ।

फुटकी च्याउ जुन विषालु हुदैन, कसैले काचो पनि मीठो मानी मानी खान्छ्न । फुटकीको तरकारी असाध्यै मिठो र पोषिलो मानिन्छ । फुटकीको तरकारी स्वादिष्ट हुने गरेकाले जो कोही पनि यसको तरकारी खानका लागि लालायित हुने गरेको छन। जङ्गलमा पाइने अर्गानिक तरकारी रहेकाले फुट्की महँगोमा खरिद बिक्री हुने गर्दछ । विभिन्न जङ्गलबाट फुटकी खोजेर ल्याएर अत्तरिया, धनगढी लगायत कैलाली कञ्चनपुर र डोटी जिल्लाका विभिन्न स्थानीय बजारमा यस्को व्यावसायिक बिक्रीवितरण गरेको पाइन्छ । यसलाई सुरुमा प्रति किलो प्रतिकिलो ३०० देखि १००० रुपियाँ  सम्म खरिद बिक्री गरेको देखिन्छ।धेरै मिहिनेत गरेर खोज्नु पर्ने र मिठो पनि हुनाले फुट्की खरिद बिक्री  महँगो  हुनजान्छ । फुटकी स्थानीय नाम हो । यसलाई विभिन्न क्षेत्रमा पटपुर्रा, पटके च्याउ भनेर पनि चिन्ने गरिएको छ । फुट्की ‘फङ्गस’ बाट उत्पादन हुने च्याउ प्रजाति रहेको वनविज्ञ बताउन्छ्न । वातावरण अनुकूल पाएपछि ‘स्पोर’ बाट यो च्याउ प्रजाति प्राकृतिक रुपमा उत्पादन हुने र सालको जङ्गलमा बढी पाइने गरेको बिज्ञको भनाइ छ ‘यसमा प्रोटिनको मात्रा बढी हुन्छ’, बिज्ञका अनुसार प्राकृतिक रुपमा पाइने यो च्याउ आयआर्जनको राम्रो माध्यम बन्न सक्छ ।’

9865931520

Reviews

Your personal info
Rate our overall services.
Write your feedback.

Video not available

Video not available