vip.malla20@gmail.com

गुड / भेलि


Brand: गुड / भेलि
Company: दार्चुला र बैतडीमा पाईने अर्गानिक गुड

अर्गानिक गुड / भेेलि 

यसका ५ फाइदा गुड स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । गुडमा क्याल्सियम, फस्फोरस र आइरन जस्ता तत्व पाइन्छ, जसले महिलाको शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यी तत्वहरूले महिलाको धेरै समस्याहरू हटाउन मद्दत गर्दछ । नियमित गुड खाँदा महिलामा कमजोरी, आइरनको कमी र हार्मोनल असन्तुलन जस्ता समस्याहरू निको हुन्छन् । गुड आइरनको राम्रो स्रोत हो, त्यसैले यसको सेवनले महिलाको महिनावारीको समयमा हुने रगतको कमीलाई पूर्ति गर्न मद्दत गर्छ ।

परम्परागत रुपमा बनाईने अर्गानिक गुड भेेलिको फाईदाहरु

यसका ५ फाइदा गुड स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । गुडमा क्याल्सियम, फस्फोरस र आइरन जस्ता तत्व पाइन्छ, जसले महिलाको शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यी तत्वहरूले महिलाको धेरै समस्याहरू हटाउन मद्दत गर्दछ । नियमित गुड खाँदा महिलामा कमजोरी, आइरनको कमी र हार्मोनल असन्तुलन जस्ता समस्याहरू निको हुन्छन् । गुड आइरनको राम्रो स्रोत हो, त्यसैले यसको सेवनले महिलाको महिनावारीको समयमा हुने रगतको कमीलाई पूर्ति गर्न मद्दत गर्छ । आउनुहोस् महिलाहरुका लागि गुड खानुका फाइदाबारे जानौं ।

१. हड्डी बलियो बनाउँछ महिलाहरूले नियमित गुडलाई आहारमा समावेश गरेमा हड्डी बलियो हुन्छ । गुडमा पाइने क्याल्सियम र फस्फोरसले हड्डी बलियो बनाउन मद्दत गर्छ । हरेक दिन खाना खाएपछि गुडको सानो टुक्रा खाँदा फाइदा हुन्छ ।

२. प्रतिरक्षा बढाउँछ गुडमा एन्टिअक्सिडेन्ट र जिंक प्रचुर मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गुडले रगतमा हेमोग्लोबिन बढाउँछ । जसका कारण गुडको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गुड खाँदा शरीरमा संक्रमणको जोखिम कम हुन्छ ।

३. महिनावारीको समस्याबाट छुटकारा दिन्छ महिलाहरूले नियमित रूपमा गुडको सेवन गरेमा महिनावारीको समयमा दुखाइ, क्र्याम्प र कम रक्तस्राव जस्ता समस्याहरू हटाउन मद्दत गर्छ । गुडले मुड सुधार्ने पनि काम गर्छ ।

४. पाचनमा मद्दत गर्छ दैनिक गुड खाँदा पाचन क्रियामा सुधार हुन्छ । एक टुक्रा गुड खाएपछि खाना सजिलै पच्छ । गुडले पेटमा दिसा जम्मा हुन दिँदैन, जसका कारण पेटमा कब्जियत हुँदैन । यसको नियमित सेवनले आन्द्राको चालमा हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

५. महिलाको हर्मोन असन्तुलन हटाउँछ गुडको सेवनले महिलालाई हार्मोनल असन्तुलन कम गर्न मद्दत गर्छ । थाइराइड र पीसीओएस जस्ता रोगबाट पीडित महिलाहरूले यसलाई सजिलै सेवन गर्न सक्छन् । महिलामा रक्तअल्पताको समस्यालाई हटाउन गुड उपयोगी हुन्छ, जसका कारण महिलामा कमजोरी हुँदैन । सीमित मात्रामा गुड खानु महिलाको शरीरका लागि फाइदाजनक हुन्छ तर यसको बढी सेवन गरे शरीरका लागि हानिकारक पनि हुन सक्छ । मधुमेहका बिरामी र गर्भवती महिलाले चिकित्सकसँग परामर्शपछि मात्रै यसको सेवन गर्नुपर्छ ।

समृद्ध सुदूरपश्चिम अभियान

Reviews

Your personal info
Rate our overall services.
Write your feedback.

Video not available

Video not available