vip.malla20@gmail.com

श्री निङ्गलाशेैनी भगवती मन्दिर बैतडी

सुदुरपश्चिममा स्थित निङ्गलाशैनी भगवती मन्दिर धार्मिक रूपले पनि अति नै महतत्वपूर्ण मन्दिर मध्येको एउटा हो। गहिरो आस्था बोकेको यस मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन बिशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ । प्रत्येक बर्ष मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा लाग्ने चलन रहेको छ। बैतडीको दशरथचन्द नगरपालिका-२, देहीमाण्डौंमा स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जमानी जात्रा लाग्ने गर्छ । निङ्गलाशैनी भगवती मन्दिरमा टाढा टाढाबाट समेत भक्तजनहरु दर्शनका लागि आउने गरेका स्थानीयहरू बताउँछन्। जमानी जात्राको क्रममा निङ्गलाशैनी भगवती मन्दिरमा रहेको भण्डार प्रदर्शन गर्ने चलन चली आएको छ । प्रत्येक बर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको बिशेष पूजाआजा हुने गरेको छ । यस जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसंग जोडिएका कथन हरु स्थानिय गीत ( देउडा , ठाडी भाका) को माध्यमबाट सुनाइन्छ।