vip.malla20@gmail.com

घण्टेस्वर देवता एक बृतान्त

सुदूरपश्चिमको संस्कृति / परम्परा :-श्री घण्टेश्वर देवताको जाँत – एक बृतान्त :-लेखक :- बमबहादुर मल्लअ.न.पा. ४ उत्तरबनखेत, कैलाली१ – पौराणिक परिचय :- विविध पौराणिकग्रन्थहरुमा घण्टाकर्ण भनेर उल्लेख गरिएका घण्टाकर्ण राक्षस नै श्री घण्टेश्वर देवता हुन् । प्रचीन कालमा यिनले शिवजीको ठुलो तपस्या गरे । तपस्या बाट शिवजी प्रशन्न भए पछि उहाँले राक्षस घण्टाकर्णको सबै पाप मुक्त गराई देवत्व प्रदान गराउनुका साथै आफ्नो गणमा समेत सामेल गराएका थिएभन्ने कुरा श्रीमद्भागवत लगायतका पूराणमा उल्लेख गरीएको छ । देवत्व प्राप्ति संगै उन्लाई उड्ने सिद्धी समेत प्राप्त भएको थियो । सिद्धी प्राप्त भए पछि घण्टाकर्णले नेपाल तथा भारतवर्षका कैयौं तीर्थहरुको भ्रमण गरे । प्रसिद्ध चार धाम मध्येको एक बद्रीनाथ धाममा पनि यिनकोे स्थापना पाइन्छ । काठमाण्डौ पशुपतिनाथ संग पनि यिनको विषेश सम्वन्ध छ ।२ स्थान :- हाम्रो देश नेपालको सुन्दर सुदूरपश्चिमको डोटी र डडेलधुराको सीमानामा पर्ने धनगढी डडेलधुरा राजमार्गको हगुल्टेखान देखि उत्तरपूर्व माथि उकालो हिडेर लगभग १ घण्टामा पुगिने ठाउँमा श्री धण्टेश्वर देवताको प्राचीन मन्दिर छ । महर्षि वेदव्यासले स्कन्दपुराणको मानसखण्डमा यस पर्वतमा घण्टाकर्ण देवता विराजमान हुनुहुन्छ भनि यसपर्वतलाइ घण्टाकर्ण पर्वत नामाकरण गरेका छन् । २०१४ सालमा राजा श्री ५ महेन्द्र आफ्नो सवारीको सिलसिलामा यस स्थानबाट भएर डडेलधुरा जाँदै गर्दा यो शिखरमा पुगेपछि उहाँलाइ अद्भुत र दिव्य अनुभव भयो । त्यसपछि महेन्द्र सरकारले स्थानीय जानकार भक्त श्री करनसिंह बम लाइ बोलाउन लगाई करनसिंह बम संग श्रीघण्टेश्वरकोविषयमा आवश्यक सोधपुछ गरिबक्सेको थियो । त्यसै दिन देखि महेन्द्र सरकारबाट श्री घण्टेश्वर देवताकोे नित्यपूजा गर्नु भनि हुकुम हँुदै नेपाल सरकारबाट दैनिक रु १/– प्राप्त हुने व्यवस्था मिलाउनु भएको थियो । जो हाल सम्म समय सापेक्ष केही बृद्धि भई निरन्तर रहि आएको छ । हालको मन्दिर बन्नु अघि त्यहाँ कलात्मक ढुङ्गाहरु बाट बनेको माण्डौं थियो । तिनै माण्डौका ढुङ्गाहरु बाट २०२४ सालमा हालको मन्दिर बनाइएको थियो । २०६१ सालमायहाँ बाट नजिकै रहेको धनगढी डडेलधुरा राजमार्गमा तत्कालिन माओबादी विद्रोहिहरु र नेपाली सेनाका विच ठुलै भिडन्त भएको थियो। यो लेखमा संलग्न मन्दीरको फोटोमा गोलि लागेको चिन्ह स्पष्ट देख्न सकिन्छ ।३: – मातहतका देवताहरुको परिचय ः– श्री घण्टेश्वरदेवता अन्तर्गत डडेलधुरा जिल्लाको गाङ्खेत गा.वि.स. र डोटी जिल्लाको श्री घण्टेश्वर गा.वि.स. श्री सरस्वतीनगर गा.वि.स. र श्री लक्ष्मीनगर गा.वि.स. भित्रका भेटासमैजी, खैगाड समैजी, विनाडाबेताल , पासो, लङ्गरी , पिनाकेश्वर, जंगली, कफ्लडो ,भुमे,मट्टे, अकड्काजी, कफलकट्टी,बह्मबेताल, इत्यादि देवताहरु पर्दछन् । यिनिहरुका नायक वा राजाभनेका श्रीघण्टेश्वर हुन् । यी देवताहरु आफ्नो धामीमा कामीरहेको बेलामा श्री घण्टेश्रलाई ‘हे साँई’ भनेर सम्बोधन गर्दछन् । यी देवताहरुमा प्रधानमन्त्री ः खैगाडसमैजी,कार्य–बाहक प्रधानमन्त्रीः भेटासमैजी,सेनापतिः पिनाकेश्वर, द्वारपालः सबै वेतालहरु, भान्सेः अकड्काँजी, हुन् भने अन्य देवताहरु परिआएको अवस्थामा आवश्यक सबै काम गर्ने तामीलदारहरु हुन् । यहाँका देवताहरुको आफ्नो धामीमा कामीरहेको बेला बोल्ने भाषा स्थानीय डोटेली भाषा भन्दा अलि फरक हुन्छ । जस्तै ः– फौदार लाइ लौडे, भलादिमी लाइ बडैकै, बाहुन लाइ तकाला, ठकुरीलाइ क्षेत्रे, दमाइहरु लाइ लकुडे, सार्किलाई लोते, महिला लाइ सिउणाल्ली, पानी लाइ नीर, मान्छेलाइ मुडा, मुखिया लाइ किलो, गाइलाइ कैलु, १दिन लाइ एकघडी ,२ दिन लाइ दोसरीघडी , महिना लाइ पाँख, बर्ष लाइ ठेक, रात लाइ रोहिणि ,चामल लाइ बियेँ, गोरस लाइ धौलीधार, छोरी लाइ कन्ये, सर्ब साधारण लाइ बुवा इत्यादि । मान्छेबिमारी हुँदा, वा कुनै विपत्ती आइ लाग्दा यी देवताका धामीहरुबाट आवश्यक परामर्श लिने चलन अझै पनि यथावत छ ।४ :– श्री घण्टेश्वर कसरी आए यस शिखरमा ? – किंम्बदन्ती अनुसार श्री घण्टेश्वरदेवताले भारत उत्तराञ्चलको कुमाउँमा रहेको तुङ्गीनाथ तीर्थमा सयकडौँ वर्षसम्म तपस्या गरे । श्री घण्टेश्वरको चैत (घण्टेश्वर सम्वन्धि प्राचीन ड्यौडा साहित्य) मा यो कुरा विस्तृतरुपमाउल्लेख गरिएको छ । उनी कहिले काँही तुङ्गीनाथ तीर्थ बाट आकासमार्ग भएर कैलास–मानसरोबर,काठमाण्डौ–पशुपथिनाथ , गोसाइकुण्ड , मुक्तिनाथ, छायाँनाथइत्यादी तीर्थहरुमा आउने–जाने गर्दथे । उनको यो आकासमार्र्गको चौराहा वा केन्द्र यही हगुल्टे लेक थियो । यो रहस्यको जानकारी सर्वप्रथम बिनोडा बेताल लाई भयो ।बिनोडा बेतालले माथि उल्लेख गरिएका आसपासका सबै देवताहरुलाई यो कुराको विषयमा जानकारी दिए । उनिहरु सबैले श्री घण्टेश्वर देवता लाई यसै शैलशिखरमा स्थायी रुपमा रोकि राख्न सके आफुहरुको र यस क्षेत्रको कल्याण हुने विषयमा छलफल गरे । तर सर्वप्रथम आकासगामीसिद्ध देवतालाई धर्तीमा अवतरण गराउन सक्नुनै पहिलो चुनौति थियो । धर्तीमा अवतरण गराउने जिम्मेदारी पासअस्त्र चलाउनमा निपुण विनाडा गाउँको पासो देवतालाइ दिइयो । बेताल देवताले शिखरमा घण्टेश्वर आउँदै गरेको जानकारी पासो देवतालाइ दिए पछि पासो देवताले पासेगौणा भन्ने ठाउँमा आफ्नो पासअस्त्रको संधान गरी श्री घण्टेश्वर देवताको आकास गमनको शक्तिलाई विच्छेदन गरी धर्तीमा अवतरण गराएका थिए । श्रीघण्टेश्वर देवता हगुल्टेखानमाथिको शिखर लेकमा अवतरण भैसके पछि माथि उल्लेख गरिएका सबै देवताहरु उहाँका शरणमा परे । ती देवताहरुले श्री घण्टेश्वर देवता संग आफुहरुलाई शरणमा लिन र यस स्थानको कल्याणको लागि अव उप्रान्त यसै शैलशिखरमा तपस्या गरेर बस्न हुन सादर अनुरोध गरे । देवताहरुले ज्यादै अनुनय–विनय गरेको देखेर श्री घण्टेश्वरदेवताले पनि त्यहीँ बस्न स्वीकार गरेका थिए भन्ने किंवदन्ती छ । उहाँ तेसै दिन देखी त्यस शैल–शिखरमा सूक्ष्म शरीरबाटतपस्यारत् हुनुहुन्छ भनी यहाँको जनमानसले विश्वास गर्दछन् । त्यती बेला नारी बोरा भन्ने एकजनाधनाढ्य स्थानीय भक्तले आफुसंग भएको सबै धन–सम्पत्ती र स्वर्ण श्री घण्टेश्वर देवता समक्ष निवेदन गरेका थिए । कालान्तरमा उनको स्मृतिमा यसै मन्दिरको १०० मिटर पूर्ब तिर ढुङ्गाको स्थापना बनाइयो । प्रत्येक बर्ष घण्टेश्वरको पूजा लागी सकेपछि नारीबोराको स्थापनामा पनि पूजा लाग्दछ ।५ :– मन्दिर निर्माणको गतिविधि ः– यहँका स्थानीय निवासीहरुले २०१७ सालमा श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ३ बिनोडा गाउँका तत्कालिन मुखिया स्व. दाशी मडै, ऐ. धन्रास गाउँका पिनाकेश्वर देवताका पूजारी स्व. भक्तराज ओझा र श्री घण्टेश्वर गा.वि.स. वार्ड नं९ सुन्लेक गाउँका भेटा समैजी देवताका धामी स्व.दानसिंह मल्ल लाई सबै श्रद्धालु भक्तहरु बाट स्व–इच्छाले दिएको चन्दा संकलन गरी मन्दिर निर्माण गर्ने जिम्मेदारी दिएका थिए । यी ३ जनाको रोहबरमा स्थानीय जनश्रमदान र स्वैच्छिक चन्दा संकलन द्वारा सर्बप्रथम २०१७ सालमा श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ३ खैगाःड गाँउमा खैगाःड समैजीको मन्दिर बनाइएको थियो । त्यस पछि २०१८ सालमा श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ४ भेटा गाउँमा भेटा समैजीको मन्दिर बन्यो । २०२४ सालमा हगुल्टे शिखरमा देवाधिदेव श्री घण्टेश्वरको मन्दिर पनि बनाइयो । २०३४ सालमा श्री लक्ष्मीनगर गा.वि.स. वार्ड नं ३ बिनोडा गाउँमा श्री घण्टेश्वर देवताको अर्को मन्दिर पनि बनाइयो । जसलाई स्थानीयहरु दशैघर पनि भन्दछन् । त्यसै गरेर हालसालै २०७२ सालमा घण्टेश्वर गा.वि.स. वार्ड नं १ गोगनपानी गाउँको सबभन्दा अग्लो डाँडोमा खार, तोली र तल्लो बडाखेत चार गाउँका स्थानीय भक्तजनहरुले चन्दासंकलन र जनश्रमदान द्वारा श्री कफ्लडा देवताको मन्दिर पनि बनाएका छन् ।६: – श्री घण्टेश्वरदेवताका धामी, भणरे,माली, र कार्यकर्ताहरु ः– श्री लक्ष्मी नगर गा.वि.स. वार्ड नं३ बिनोडा गाऊँ निवासी स्व. बासुसिंह मडैमा २०१६ सालमा श्री घण्टेश्वर देवता अवतरित हुनुभएको थियो । अथवा उहाँ घण्टेश्वरका धामी हुनुभएको थियो । उहाँ घण्टेश्वर देवताका कति औं धामी हुन् भन्ने कुरा थाहा हुन सकेको छैन । उहाँको २०६८ सालमा निधन भए पछि हाल सम्म अर्को धामी भएको छैन । घण्टेश्वरको धामी हुन यहाँका स्थानीय निवासी प्रमुख चारराठ ( बिनोडा र खैगाड गाँउका मथिमड् मडै, गै¥याल मडै, ढुक््रयाल मडै, र पारीमड्का पालीहरु ) मध्ये मथिमड् मडैको राठमा स्व.वासुसिंह मडैको परिवार भित्रको योग्य सदस्य हुनु पर्दछ ।यो प्राचीन परम्परा हो । श्री घण्टेश्वर देवता धामीमा आइसके पछि उहाँ बोल्नुहुन्न, जरुरत भए इसारा मात्रै गर्दछन् । यिनको तर्फबाट केही बोल्नैपर्ने पर्ने भए भेटा समैजी वा खैगाःड समैजीले बोल्ने गर्दछन् । घण्टेश्वरको धामी हुनेले आजीवन कडा अनुसाशनमा बस्नुपर्ने हुन्छ । जस्तै ः आफ्नैहातले बनाएको खाना मात्रै खाने,मासु–मसुरो, लहसुन–प्याज इत्यादीको सेवन नगर्ने, आफ्नै आमा–बुवाको पनि काजव्रिmया वा श्राद्ध नगर्ने, कसैको पनि मलाम नजाने ,मुर्दालाइ नछुने,महिनाबारी भएकी महिला बाट टाढै रहने, नित्य प्राःत स्नान गर्ने इत्यादी । घण्टेश्वरको धामी हुने लक्षण बाल्यकाल बाटै दृष्टिगोचर हुन्छन् भन्ने भनाइ पनि छ । जस्तै स्व. बासुसिंह मडै जन्मजात शाकाहारी थिए । उहाँको परिवारमा सबैले मासु खाने गरेपनि उहाँ मासुमन पराउँदैनथे । स्व. वासुदेव आजीवन शाकाहारी रहे । देवताको पूजाहुँदा पूजामा कर्ता भएर बस्ने लाइ यहाँको स्थानीय भाषामा माली भन्दछन् । माली हुन पारी मडका पाली थर बाट योग्य सदस्य हुनु पर्दछ । देवताको भण्डारको जिम्मा लिने व्यक्तिलाई स्थानीय भाषामा भणरे भन्दछन् ।बिनोडा गाउँमा रहेको संयुक्त भण्डारको भणरे हुन ढुक््रयाल मडै थर भएको योग्य सदस्य हुनुपर्दछ । हालका भणरे यज्ञसिंह मडै हुन् । डडेलधुरा जिल्लाको गाङ्खेत गा.वि.स. थकलाडी भन्ने गाउँमा रहेको भणारका भणरे (भण्डारको रेखदेख गर्ने व्यक्ति) बम थर बाट हुने गर्दछन् ।