vip.malla20@gmail.com

सुदूरपश्चिममा होमस्टेहरु

 

पृष्ठभूमि : होमस्टे पर्यटन क्षेत्रको एकमात्र त्यस्तो क्षेत्र हो जस्ले पर्यटनको बहसलाई जनताको चुलो, चौको र घर आँगनसम्म पुन्याएको छ । हालसम्म नेपालको ६८ जिल्लामा दर्ता भई वा नभई १५०० भन्दा बढी संस्थागत होमस्टेहरू (१५००० घर परिवार) संचालनमा आएका छन् । यिनै होमस्टेहरूलाई व्यवस्थीत गर्दै व्यवसायिकरण गर्न, होमस्टे संचालकहरूको समस्या र आवाजलाई सरोकारवाला निकायहरूमा पुऱ्याउन, पर्यटनमा सक्रिय सरकारी, अर्धसरकारी, गैरसरकारी निकाय तथा संघ संस्थाहरूसँग समन्वय गर्न, होमस्टे ऐन, नीति, नियम, कार्यविधिबारे जानकारी हासिल गर्न, तथा राज्यका श्रोतमा होमस्टेको पहुँच पुऱ्याउन समय समयमा होमस्टेको क्षमता अभिबृद्धी गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको छ ।

हाल देशमा संघ, प्रदेश तथा स्थानीय सरकारहरूले विभिन्न कार्यक्रमहरूलाइ संचालन गरि लक्षित वर्गमा क्षमता अभिवृद्धि गर्ने, सीप र चेतनामा नविनता ल्याउने, ब्यवसायिक सीप प्रदान गर्ने, आर्थिक रूपमा सबल बनाउने लगायतका कार्य गर्दै आएका छन । नेपालको आर्थिक विकासका मुख्य ४ क्षेत्र मानिदै आएको कृषि, पर्यटन, जल र जडिबुटी मध्येको एक मुख्य क्षेत्र पर्यटन हो । त्यसमध्ये पनि नेपाल सुन्दर ग्रामिण गाउँ बस्ती १२५ जातजाती, १२३ भाषाभाषी भएको बिश्वको एक सांस्कृतिक संग्राहलकै रूपमा रहेको भौगोलिक, जैविक, प्राकृतिक, सांस्कृतिक अनि धार्मिक बिबिध विविधता भएको देश भएकाले र अधिकांस भू-भाग ग्रामिण परिवेशमा रहेकाले ग्रामिण पर्यटन पर्यटन भित्रको मुख्य साधनको रूपमा रहेको छ । ग्रामीण पर्यटनभित्र हाल होमस्टेले नेपालका दूर दराजका ग्रामीणबस्ती, जाती समुदायलाई समेत पर्यटन व्यवसायमा जोड्ने महत्वपूर्ण औजारका रूपमा कार्य गरिरहेको छ । यसै कुरालाइ मध्येनजर गर्दै नयाँ तथा दर्ता भई संचालनमा आएका तर सफल रूपमा व्यवसायीकरण हुन नसकेका होमस्टे संचालकहरूका लागि होमस्टे क्षमता अभिवृद्धी कार्यक्रम राखिएको छ । होमस्टे ब्यवसायका मुख्य आधार भनेकै यहाँको सांस्कृतिक, प्राकृतिक विविधता हो । जस्ले नेपालको धर्म, संस्कृति, जात्रा, पर्व, भेषभुषा, भाषा, मौलिक परम्परा, रहनसहन अनि प्राकृतिक तथा ऐतिहासिक सम्पदा संरक्षण पर्वद्धन गर्न अमूल्य योगदान गरे उनैलाई यो ब्यवसायमा जोड्नको लागि होमस्टे पर्यटन मार्फत समाबेशी समातमूलक राज्य निर्माणको उद्देश्य पूरा हुनेछ । पछाडि पारिएका जाती, समुदाय, बर्ग, लिङ्ग र क्षेत्रलाइ देशको बिकास पथको मूलधारमा समाहित गर्न सकिने छ ।

सुदूरपश्चिममा होमस्टे विकास सन् २०११ (वि.सं. २०६७) देखि सुरू भएको देखिन्छ । तारागाउँ विकास समिति काठमाडौको सहकार्यमा कैलालीमा पहिलो पटक थारू होमस्टे गाउँ भादाबाट सुरू भएको देखिन्छ । त्यसपछि रानाथारू सामुदायिक होमस्टे कञ्चनपुर, माघी थारू सामुदायिक होमस्टे हुँदै हालसम्म सुदूरपश्चिममा निजी तथा सामुदायिक २७ वटा होमस्टे रहेको सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढी र अन्य पालिकाको अभिलेखमा रहेको देखिन्छ । त्यसमध्ये चारवटा होमस्टे बन्द हुने अवस्थामा रहेकाले यस्ता होमस्टेको प्रवर्द्धन र विकासका लागि प्रचार प्रसार गर्न जरूरी देखिन्छ ।

 

सुदूरपश्चिममा होमस्टेहरू :

 

१. होमस्टेको नाम : थारू होमस्टे गाउँ भादा  कैलाली             

 ठेगाना : धनगढी उप-महानगरपालिका वडा नं. १६, भादा, कैलाली 

 क्षमता : घर २०, कोठा ४०, बेड संख्या : ८०           

 सम्पर्क व्यक्ति: लक्ष्मीनारायण चौधरी (अध्यक्ष)       

 सम्पर्क नं. : ९८११६६२३३१

 

२. होमस्टेको नाम : नुक्लिपुर सामुदायिक होमस्टे       

 ठेगाना : गौरीगंगा नगरपालिका वडा नं. १०, नुक्लिपुर, कैलाली         

 क्षमता :  घर ५, कोठा १३, बेड संख्या: २६                 

 सम्पर्क व्यक्ति : दिनेश चौधरी (अध्यक्ष)         

 सम्पर्क नं. : ९८४८६००४२४

 

३. होमस्टेको नाम : विजयसाल सामुदायिक होमस्टे             

 ठेगाना : कृष्णपुर नगरपालिका वडा नं. ०२, वाणी, कञ्चनपुर       

 क्षमता :  घर ६, कोठा १२, बेड संख्या: २४       

 सम्पर्क व्यक्ति : प्रदेशनी चौधरी (अध्यक्ष), विस्पती देवी चौधरी   

 सम्पर्क नं. : ९८०९४७४००४, ९८०६४५४८०५, ९८१२७८८०१०

 

४. होमस्टेको नाम : माघी होमस्टे थारूगाउँ         

ठेगाना : घोडाघोडी नगरपालिका वडा नं. ०४, कैलाली         

क्षमता : घर १५, कोठा ३०, बेड संख्या : ६०           

सम्पर्क व्यक्ति : बाल कुमार चौधरी (उपाध्यक्ष), शारदा चौधरी

सम्पर्क नं. : ९८२१६६५६०१, ९८२४६५९९०२, ९८१५६११८२६

 

 

५. होमस्टेको नाम : रानाथारू सामुदायिक होमस्टे             

 ठेगाना : भीमदत्त नपा वडा नं. १४ र १६, नयाँबस्ती कटान, कञ्चनपुर 

 क्षमता : घर: ८, कोठा १६, बेड संख्या ३२, संस्कृति भवन : १     

 सम्पर्क व्यक्ति: परशु रानाथारू (अध्यक्ष)                   

 सम्पर्क नं. : ९८६८७७२१८८

 

 

६. होमस्टेको नाम: रामारोशन ग्रामीण पर्यटन सामुदायिक होमस्टे   

ठेगाना : रामारोशन गाउँपालिका वडा नं. ५. माडु, अछाम         

क्षमता : घर: ५, कोठा: ५, बेड संख्या: १०               

सम्पर्क व्यक्ति: हर्क बहादुर बुढा (अध्यक्ष)         

सम्पर्क नं.: ९८६०९३१९७८

 

 

७. होमस्टेको नाम : बिष्णा होमस्टे                   

ठेगाना : दोगडाकेदार-६, सित्तड, बैतडी             

क्षमता: घर १, कोठा: ४, शैया : ८         

सम्पर्क व्यक्ति: विष्णा जोशी       

सम्पर्क नं. : ९८६८७१८१९०

 

 

८ होमस्टेको नाम : जगतपुर थारू सामुदायिक होमस्टे           

 ठेगाना : जानकी गाउँपालिका-६ जगतपुर               

 क्षमता: घर: ७ कोठा संख्या: १५ शैया ३०         

 सम्पर्क व्यक्ति: धनकुमारी चौधरी (अध्यक्ष), रेखा चौधरी (सचिव)   

 सम्पर्क नं. : ९८६३११४८२२, ९७६६५७८६६६

 

 

९. होमस्टेको नाम: खयर कान्द्रा सामुदायिक होमस्टे         

 ठेगाना : शुक्लाफाँटा नगरपालिका ३ जोनापुर             

 क्षमता: घर: ८ कोठाः १६, शैयाः ३२     

 सम्पर्क व्यक्ति: पुरन डगौरा (अध्यक्ष), दान सिंह डगौरा (सचिव)     

 सम्पर्क नं. : ९८०६४४६९४९, ९७६४४२५८२४

 

 

१०. होमस्टेको नाम :  कृष्णासार सामुदायिक होमस्टे         

 ठेगाना : शुक्लाफाँटा नगरपालिका ७ सिमलफाटा   

 क्षमता: घर ७ कोठा १४ शैया २८             

 सम्पर्क व्यक्ति: मिना चौधरी (अध्यक्ष)   

 सम्पर्क नं. : ९८६८७०९१३०

 

 

११. होमस्टेको नाम: मुनाल कृषि तथा पर्यटन होमस्टे         

ठेगाना : खप्तडछान्ना गाउँपालिका ३ दारू गाउँ बझाङ   

क्षमता : घर: ५, कोठा: १०, शैया : २०         

सम्पर्क व्यक्ति : दिपक रोकाया       

सम्पर्क नं. ९८४-८४७५७४८

 

 

१२. होमस्टेको नाम: मजगाउँ थारू सामुदायिक होमस्टे       

 ठेगाना : गोदावरी नगरपालिका-८, मजगाउँ कैलाली     

 क्षमता: घर: ५, कोठा १०, शैया २०     

 सम्पर्क व्यक्ति: कल्पना चौधरी (अध्यक्ष)                             

 सम्पर्क नंः : ९८४८६४७०४९

 

 

१३. होमस्टेको नाम :  महामति होमस्टे             

 ठेगाना : व्यास १, दार्चुला         

 क्षमता : कोठा: ४, शैया : ८         

 सम्पर्क व्यक्ति: चन्द्र अईतवाल (सञ्चालक)         

 सम्पर्क नं. : ९८४८४१४६२८

 

 

१४. होमस्टेको नाम : गोदावारी धार्मिक सामुदायिक होमस्टे       

  ठेगाना : गोदावरी नगरपालिका १० बाँसपानी, कैलाली       

 क्षमता : घर: ५ कोठा १० शैया २०               

 सम्पर्क व्यक्ति: भान सिंह ढाँत (अध्यक्ष)         

 सम्पर्क नं. :  ९७४१७८०१६७

 

 

१५. होमस्टेको नाम: कमैया थारू सामुदायिक होमस्टे           

 ठेगाना : गौरीगंगा नगरपालिका ८ लिक्मा शिविर, कैलाली     

 क्षमता : घर: ५ कोठा १० शैया २०   

 सम्पर्क व्यक्ति : हिरा लाल चौधरी (अध्यक्ष), टेकराज चौधरी     

 सम्पर्क नं. : ९८४८४८९५५३, ९८४८४४२५१५

 

 

१६. होमस्टेको नाम : बसेरा थारू सामुदायिक होमस्टे         

 ठेगाना : लम्किचुहा नगरपालिका ३ बल्चौर कैलाली         

 क्षमता: घर ७ कोठा १४ शैया २८           

 सम्पर्क व्यक्ति: किशोर चौधरी (अध्यक्ष), दिपु चौधरी (सचिव)       

 सम्पर्क नं. : ९८११६२१७९३, ९८४८६७२४०५

 

 

१७.  होमस्टेको नाम: धुलिकोट होमस्टे         

ठेगाना : मोहन्याल गाउँपालिका-७, राजकाँडा, कैलाली       

क्षमता: कोठा: १०, शैया : २०

सम्पर्क व्यक्ति: मीन बहादुर बोहरा (सञ्चालक)           

 सम्पर्क नं. : ९८६८५४९०४८

 

 

१८. होमस्टेको नाम :  दारू गाउँ होमस्टे            

 ठेगाना : खप्तडछान्ना गाउँपालिका ३, दारू गाउँ बझाङ         

 क्षमता : कोठा ५, शैया : १०         

 सम्पर्क व्यक्ति: धनराज खड्‌क (सञ्चालक)             

  सम्पर्क नं.: ९८४३३३३१३५

 

 

१९. होमस्टेको नाम : खप्तड होमस्टे     

 ठेगाना : पूर्वि चौकि गाउँपालिका २ झिग्रना डोटी       

 क्षमता : घर: ५, कोठा १० शैया २०         

 सम्पर्क व्यक्ति : दिपक बहादुर खड्‌का (सञ्चालक)         

 सम्पर्क नं.: ९८५८४४०१३७

 

 

२०. होमस्टेको नाम : लाङ्घाली सामुदायिक होमस्टे           

ठेगाना : अलिताल गाउँपालिका-८, डोला डडेल्धुरा       

क्षमता : घर: ५, कोठा १०, शैया २०     

सम्पर्क व्यक्ति : वीर बहादुर थापा मगर (अध्यक्ष), राम चन्द्र पुन     

सम्पर्क नं. : ९८६६०६२९३६, ९८६८७४३३३२ 

 

 

२१. होमस्टेको नाम : बाजिलेक सामुदायिक होमस्टे         

ठेगाना : जोराईल गाउपालिका २ बाजिलेक डोटी     

 क्षमता : घर: ७, कोठा: ७, शैया : १४     

 सम्पर्क व्यक्ति : पुर्णा बहादुर थापा (अ ), भोज बहादुर थापा (स)

सम्पर्क नं. : ९८६८७४३३३२, ९८४८८०७०८०

 

 

२२. होमस्टेको नाम : थारू होमस्टे             

ठेगाना : धनगढी उपमहानगरपालिका-५, तारानगर, धनगढी, कैलाली 

क्षमता : कोठा: ८ शैया १६ 

सम्पर्क व्यक्ति: विक्रम चौधरी (संचालक)         

सम्पर्क नं.: ९८५८४२०७७३

 

 

२३ होमस्टेको नाम : नौपता सामुदायिक होमस्टे         

ठेगाना : अपि गाउँपालिका नौपता दार्चुला       

क्षमता : घर: १५ कोठा १७ शैया ३४         

सम्पर्क व्यक्ति: नरेन्द्र ठेग्री (अध्यक्ष)       

सम्पर्क नं. : ९७४९३०३४३६

 

 

२४. होमस्टेको नाम :  जोलजिवी पर्यटकीय होमस्टे     

  ठेगाना : मालिकाअर्जुन ७, दार्चुला         

 क्षमता : घर ९ कोठा १५ शैया ३०       

 सम्पर्क व्यक्ति : मदन राज लुहार (अध्यक्ष), रमेश चन्द (सचिव)       

 सम्पर्क नं. ९८६२४७३३७५

 

 

२५. होमस्टेको नाम : महाकाली सामुदायिक होमस्टे           

  ठेगाना : मालिकाअर्जुन-७, दार्चुला         

  क्षमता : घर ५ कोठा : १० शैया : २० 

  सम्पर्क व्यक्ति : बहादुर सिंह खत्री (अध्यक्ष)       

  सम्पर्क नं ९८४११२९५१५

 

       सम्पर्क/सहकार्य

होमस्टे (घरबास) महासंघ नेपाल

सुदूरपश्चिम प्रदेश कार्यसमिति

धनगढी, कैलाली

मोबाइल नम्बर ९८४८६००४२४, ९७६२२९३३७६