vip.malla20@gmail.com

नृत्य जानकारी

                                                                                                             कोशी प्रदेश 

क) साकेला नाच :-  कोशी प्रदेश का राई जातिमा प्रचलनमा रहेको साकेला नाच वैशाख शुक्लपक्षको पूर्णिभा (बुद्ध पूर्णिमा) र मङ्सिरे पूर्णिमामा प्रस्तुत गरिने नाच हो। राईहरू प्रकतिका उपासक हुन् । उनीहरू काठमाडौं उपत्यकाबाट पूर्वतर्फ लाग्दा त्यहीँबाट साथमा लगिएकी देवीलाई आफ्नो कुलदेवी मानी उनैको पूजाअर्चनाको क्रममा साकेला नाचको शुकयात भएको हो । वास्तवमा राईहरू शिवपार्वतीका उपासक हुन्। शिवपार्वतीलाई उनीहरुको भाषामा सुम्निमा र पारुहाङ भनिन्छ। सुम्निमा भनेकी पार्वती हुन्। तिनै पार्वतीलाई कुलदेवीका रूपमा मानेर वर्षको दुईचोटि उधौलीउभौलीमा पूजा गर्ने क्रम रहयो । कुद्ध पूर्णिमा उभौली पूजाका रूपमा रहेकाले त्यस दिन पार्वती या देवीको उभौली पूजा हुन्छ । यही उभौली पूजाको अङ्गका रूपमा साकेला नाच रहेको अनुभव हुन्छ। किराँत राई जातिको साकेला नाच साकेला पूर्णिमाको दिन साकेलास्थानमा राई जातिका मानिस जम्मा भई आफ्नो कुलपरम्पराअनुसार साकेलाको पूजा गर्दछन् र त्यहाँ जम्मा भएका नरनारीले विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन गर्दछन् । नरनारीहरू गोलोघेरामा, रहन्छन् । बीचमा कुनै रुख वा लि‌ङ्गो गाड्दछन्, त्यसको सामान्य विधिसहित पूजा गर्दछन् र त्यसमा ध्वजा बाँध्दछन् अनि ढोलको तालमा समूह नृत्य गर्दछन् । त्यस नृत्यमा भागलिने बूढा व्यक्तिहरूले धनुबाण भिरेका हुन्छन् । युवकयुवतीहरूले हातमा स्याउला लिएका हुन्छन् भने सबै नर्तकनर्तकीहरू स्थानीय भेषभूषामा रहेका हुन्छन् । ढोल वा च्याब्रुङ बाजा लिएको मानिसले जब बजाउन सुरू गर्दछ, सबै नर्तकनर्तकीहरू त्यसै वाद्यका तालमा अभिनय प्रारम्भ गर्दछन् । नृत्य गर्दा वाद्यका तालअनुसार नै एक कदम अगाडि र एक कदम पछाडि सर्दै दाहिनेतिरबाट नृत्य अगाडि बढ्दछ । एक घेरा (फन्को) पूरा भएपछि नृत्य दुत गतिमा जान्छ । सङ्गीतको तोकिएको ताल पूरा भएपछि नृत्य समाप्त हुन्छ । साकेला नाचको थप एक विशेषता के छ भने यस नृत्यमा भाग लिने युवायुवतीहरूले आफूले इच्छाएको व्यक्ति वा नारीलाई तानेर नृत्यस्थलबाट बाहिर लानसक्यो भने उसैसँग विवाह हुने परम्परा पनि पाइन्छ। साकेवा सिलीनाच, रीतिथितिको सम्झनाको नाच पनि यस्तै प्रकृतिका नृत्य हुन् । नेपालको पूर्वाञ्चल विकासक्षेत्रको एउटा महत्त्वपूर्ण सांस्कृतिक नृत्यका रूपमा साकेला नाचको अस्तित्व स्थापित छ।

ख) च्याब्रुङ नाच  (के लाःङ) :- नेपालका नृत्यप्रेमी जातिमा लिम्बु जाति पनि पर्दछ । यो नृत्य ताल नृत्य हो । यस जातिमा परम्परागत विश्वासअनुसारका लोकनृत्यहरू प्रचलनमा छन् । त्यसमध्ये च्याब्रुङ नाच पनि एक हो। यस नाचको प्रचलनका बारेमा एउटा किंबदन्ती पाइन्छ । त्यो निम्नानुसारको छ - मानव जातिको लागि घर बनाउने क्रममा पहिलो घर धमिरा लागेर ढलेपछि दोश्रो घर बनाउन पाजाइबा सोधुङ्गेन लेप्मुहाङ पानेमा पुगी सोधुङ्गेन लेप्णुहाङसँग घर टिकाउको उपायलाई बिन्ति गर्छ । लेप्मुहाङले उसलाई नयाँ घर बनाइसकेपछि मूलखम्बाको वरिपरि च्याब्रुङ नाचे धमिरा झर्ने र घर टिकाउ हुने जुक्ति बताइदिन्छ । सावा येत्हाङ पाने फर्केर पाजाइबा, भाइहरू पान् तुम्याङ, तेन्तुम्याङ र जेठी चेली खाप्पुना मेल्लन्हाङ्‌मा भएर घर बनाउन थाल्छन् । तर दुर्भाग्यवाश मूल खम्बा खाडलमा गाड्नेबेला खाडलभित्र किचिएर खाप्पुना मेल्लन्हाङ्‌ङ्को अकाल मृत्यु हुन जान्छ । उसको लासलाई डाँडामाथिको ओढारमा लगेर छोडी पाजाइबाहरूले बल्ल मूल खाम्बो ठड्याएर नयाँघर निर्माण सम्पन्न गर्छन् । धमिरा झार्नका लागि त्यसपछि पाजाइबाले च्याब्रुङ निर्माण गर्छ। तब सोधुङ्गेन् लेप्मुहाङ् पाङ्गेबाट घुनधमिरा झार्न शास्त्रज्ञ, कर्मकाण्डका ज्ञाताहरू ल्याएर मूलखम्बा वरिपरि च्याब्रुङ नाच्ने अनुष्ठान सम्पन्न हुन्छ । तब लेप्मुहाङले भनेजसरी घर टिकाऊ हुन गई उसले लुप्लिना वदन्नामासँग धुमधामसँग फेरि च्याब्रुङ बजाउँदै विवाह गर्छ। तब नयाँ घर बनाएर स्थायी रूपमा एक ठाउँमा वसोवास गर्ने, विवाह गर्ने परम्पराको विकास हुन्छ । च्याब्रुङको आबिष्कार र शुभअवसरमा च्याब्रुङ नाच नाच्ने परम्पराको पनि शुरूवात हुन्छ । त्यसै समयदेखि लिम्बुहरूले नयाँ घर बनाउँदा स्यामुडनाच नाच्ने गर्दछन् । यसै गरी विवाहमा, शुभमाङ्गलिक कार्यमा र मेला, पर्व तत्सवमा पनि च्याब्रुङ नाच नचाउने प्रचलन छ । यो तालनृत्य हो ।

ग) चिलिङ नाच:- पूर्वाञ्चलक्षेत्रमा वसोवास गर्ने चिलिश राई जातिका मानिसले देवीदेवताको पूजामन्दा अगाडि र पितृपूजाका अवसरमा चिलिङनृत्यको आयोजना गर्दछन्। यो समूह नृत्य हो । दौरा, सुरुवाल, आश्कोट, टोपी ना फेटा लगाएका पुन र सारी, चोली, पहुंचौरा र पटुका लगाएका घौटीमा कम्पनी माला र कानमा गुन लगाएका महिला गोल घेरामा रहेर दुवै हातमा हरियो स्यातला लिएर च्याबुङ र इगाली बाजाका तालमा दुई हातलाई क्रमैसँग घुमाउँदै, एक एक कदम अगाडि सर्दै यो नृत्य प्रस्तुत गर्दछन् । यस नृत्यमा नर्तक समूहको बीचमा हरियो भ्रष्या भएको वनस्पति रहनु अनिवार्य मानिन्छ । यो नृत्य मूलतः स्याबुङनाच नै हो तापनि देवपूजाका अवसरमा नृत्य गरिने भएकाले यसमा धार्मिक विशेषता पाइन्छन् । मकालु वरूण क्षेत्रका लिम्बु जातिमा प्रचलित रीतिथितिको सम्झनामा नाचिने नाच र यो नाच एउटै हो तर त्यहाँभित्रका उपजातिको प्रभावले गर्दा यसको छुट्टै नामकरण गरिएको देखिन्छ । राई-लिम्बु जातिमा प्रचलित धार्मिक प्रभाव भएको समूह नृत्यका रुपमा यस नृत्यलाई लिन सकिन्छ ।

घ) धान नाच (याराःक्‌मा) :-  नेपालको पूर्वी भागमा बस्ने लिम्बु जातिमा प्रचलित ऋतुसापेक्ष सामूहिक नाच धाननाच हो । यो नाच मूलतः मङ्सिर महिनामा नचाउने प्रचलन छ तर मेलापर्वमा, रोधीघरमा र अन्य रमाइला चाडबाडमा पनि यस नाचको आयोजना गरिन्छ । लोक जनश्रुतिअनुसार प्राचीन समयमा लिम्बुका आदि पुर्खाले अन्न बाली लगाउन जान्दैनथे । उनीहरूलाई चराले अन्नको बीऊ दियो र अन्न बाली लगाउन पनि सिकाइदियो तर पहिलो बाली चराले खाएमा धपाउन नपाउने सर्त राख्यो । बाली पाकेपछि चराहरू आएर धान तथा अन्न खान थाले । पूर्वसर्तअनुसार लिम्बुहरूले चरालाई धपाउन पाएनन् । त्यसैले उनीहरू सबै मिलेर धानबाली भएको ठाउँमा नाचगान गरी बसे। नाचगान गरी मानिस बसेको ठाउँमा चराहरू आउन सकेनन् र धानबाली जोगियो, चराहरूसँग लिम्बुहरूले गरेको बाचा (सर्त) पनि पूरा भयो । त्यहाँदेखि प्रत्येक वर्ष धान पाक्ने समयमा धाननाच नाच्न थालियो । कालान्तरमा आमोदप्रमोद तथा खुसियालीमा पनि यो नाच नाच्ने परम्परा नै बस्यो । त्यसैले लिम्बु जातिमा यो नृत्य निकै लोकप्रिय रहेको छ । लिम्बु जातिको धान नाच आँगन वा मैदानमा युवक र युवती वा स्त्री-पुरुष गोलो घेरामा नारीपुरुषका दरले उभिन्छन् र नृत्यको तयारी गर्दछन् । पालाम् गीतका भाकामा च्याब्रुङ बाजाका तालमा नृत्याभिनय प्रारम्भ हुन्छ । एक पाइला अगाडि र एक पाइला पछाडि सर्दै घुम्दै नृत्याभिनय अगाडि बढ्‌दछ । यस नृत्यमा अनुशासनलाई बढी ख्याल गरिन्छ । विवाह हुन नसक्ने नाताभित्रका स्त्रीपुरुषले सँगै नाच्न नहुने, युवकयुवतीले एकै लहरमा नाच्न नहुने, नाच्ताखेरि एक अर्काले खुट्टाका औलाहरू छुन नहुने, खुट्टाहरू छोइएमा घेराबाट बाहिर निस्की एकअर्काको खुट्टामा छोई हात उठाएर नमस्कार गरी माफी मागेर फेरि नृत्यमा सहभागी हुन सकिने आदि नियमहरू यस नृत्यमा पालन गरिन्छ । यस नाचमा पालम गीत गाइन्छ । यी गीत शृ‌ङ्गार प्रधान तथा जुहारी प्रकृतिका हुन्छन् । यस नृत्यमा लिम्बु जातिमा प्रचलित प्राचीन जातीय पहिरनको उपयोग गरिन्छ तर हिजोआज भने यसको पालना गरिएको पाइँदैन । यो नृत्य धेरै पुरानो भएको र यसका उपयोग कर्ताहरू पनि धेरै फराकिलो क्षेत्रमा वसोवास गर्ने गरेका हुनाले यी नृत्यहरू पनि धेरै किसिमका छन् भन्ने नृत्यशास्त्रीको भनाइ छ । तमोरखोले धाननाच, पाँचथरे धाननाच, फिदिमे धाननाच आदि विभिन्न शैलीमा यो नाच प्रदर्शन गर्ने गरिएको पाइन्छ । नेपालको प्राचीन अस्तित्व भएको नाचभित्र यस नाचलाई लिने गरिएको छ ।

ङ) मारूनी नृत्य:- मारूनी शाब्दिक रूपमा 'मा 'रूनी' बाट बनेको सन्धि शब्द हो । मगर भाषामा ' मारूनीको अर्थ हराएको मानिस दुई जना भन्ने हुन्छ । लोककथनका अनुसार लामो समयसम्म कलाकार भएर नाच्दै सँगै घुम्दा मन मिलेका दुईजना साथी बेपत्ता भए अर्थात् हराए । त्यसपछि कालान्तरमा दुईजना हराएका मानिस भन्ने अर्थमा मारूनी नाच चिनियो । त्यसमा बाजा, रात, दिन, चन्द्र, सूर्य, घाम, पानी, फूल, भमरा, माहुरी, माया, प्रेम र गुरुको बारेमा गाइन्छ । मारूनी नाचको सांस्कृतिक शाब्दिक अर्थअनुसार 'मारू भन्ने राग अर्थात् भाकामा 'नी' प्रत्यय लागेर स्त्रीलि‌ङ्गी मारूनी भएको भन्ने कतैकतै सुन्न पाइन्छ । कतै गाउँघरमा मारूनी मन्नाले नक्कली पारामा सजिएकी युवती भन्ने अर्थ पनि लाग्छ । केटाहरूले केटीको भेषभूषा लगाएकोले पनि मारूनी भनेको हुनसक्ने ज्ञाताहरू बताउँछन् ।

च) स्याप्नु नृत्य:- शेर्पा भाषामा 'स्यार' को अर्थ पूर्व हुन्छ। नेपालको पूर्वतर्फ रहेको दार्जिलिङ तिरबाट आएर वसोवास गरेको बासिन्दा 'पूर्वको बासिन्दा नै 'शेर्पा' जाति हो । नेपालमा दार्जिलिङबाट आएर शेर्पा जाति सोलुखुम्बुको सोलुङ भन्ने ठाउँमा बसोबास गयो । सोनाबुटी शेर्पाले यसो भने ता पनि शेर्पाहरू चिनको पूर्वबाट पश्चिम सरेको भन्ने मानवशास्त्रीको मत पाइन्छ । सल्लेरी सोलुङ भन्ने ठाउँबाट तिब्बतीयन लामाको चेला बनेर हिमालको काखकाखै आएर सङ्ख्वासभा वसोवास गर्न थालेको अहिले सातौं पुस्ता भएको कुरा स्व. फिन्जु लामाकी छोरी सोनावुटि शेर्पा बताँउछिन् । सोनावुटी शेर्पा महिला सङ्घ, सङ्खुवासभाकी अध्यक्ष हुन् र शेर्पा संस्कृतिको ज्ञाता हुन् । (धेरै पुस्ता भएको पनि हुन सक्छ ।) शेर्पाहरू ७सय बर्ष पहिले नेपाल छिरेको हुनसक्ने कुरामा मानवशास्त्रीहरू एक मत छन् । संसारका सर्वोच्च शिखरहरू आरोहण गर्न र पर्यटकसँग भ्रमण साथी बनेर संसारमा आफ्‌नो पहिचान दिन सफल शेर्पा जातिलाई हिमालयका सन्तान पनि भनेर सम्मान गर्न सकिन्छ ।

छ) सेलो नृत्य :- से र 'लो अक्षरबाट सेलो शब्द बनछ । सिक्नु पर्ने र रमाइलो गर्नु पर्ने कुरा भन्ने अर्थमा सेलो शब्दको प्रयोजन तामाङ् भाषामा गरिन्छ । सेलो खास गरी विवाह र पूजाआजामा नाचिन्छ । युवायुवतीका बीचमा प्रेमपिरती र व्यङ्ग्य भाव भरिएको गीत हुन्छ, युवायुवती नै यस नाचका नायक नायिका हुन्छन् । मुख्य रूपमा काठमाडौँ उपत्यकाका आसपासका जिल्ला र पूर्वी नेपालको पहाडी जिल्लामा वसोवास गर्ने एक प्रसिद्ध जाति वा तिनको भाषा रुपमा सेलोलाई लिइन्छ । नेपालका विभिन्न आदिवासी जनजातिमध्ये एक प्राचीन जाति हो, यो जातिले काठमाडौं उपत्यकालाई मूल थलोको रूपमा मान्दछ ।

                   

                               मधेस  प्रदेस  ( प्रदेश २)                                                                 प्रमुख गीति नाट्य-नृत्य (नाच)

भगताके भावट :- भगताको भावट भनेको धामी अथवा झाँक्रीको हाउ-भाउ हो । वस्तुतः यो आदिम नृत्यको प्रारम्भिक अवशेषहरु हो । यसमा विभिन्न प्रकारका हाउ-भाउद्वारा झाँक्रीले आफूमा भिन्न-भिन्न देउताहरु प्रवेश गरेको दर्साउन खोज्दछ । झाँक्रीलाई स्थानीय भाषामा 'भगता' भनिन्छ । यसमा गायक र वादकहरुको एउटा समूह ढोलक, मजिरा, झाली, करताल (कठताल) आदि लिएर देउताहरुलाई आह्वान गर्दै स्तुति र सुमिरन गाउँदछ । यी गीतमा स्वर देवी देउताको प्रवृत्ति अनुकूल दुत, स्थायी वा विलम्बित हुने गर्दछ । गीतको सुर र ताल अनुकूल भगताले आङ्गिक र वाचिक अभिनय गर्दछ । एउटा सानो लचकदार बेतको लड्डी लिएको भगताले आफूभित्र देउताले प्रवेश गर्न थालेको प्रारम्भिक सङ्केत दिन आँखा चिम्लेर काम्छ र शरीर बटार्छ र कहिलेकाही लड्डी भुइँमा बजार्छ वा आफ्नै पिठ्यूँमा हिर्काउँछ । यसलाई भगताको चावट भनिन्छ । देउता प्रवेश गरिसकेपछि भगताले दुःखीजनको दुःख सुन्छ र वीय विधिमा त्यसको समाधानको उपाय बताउँछ । भगताले यस क्रममा निश्चित देउताहरुको विशिष्ट भावको अभिनय गर्दछ । जस्तै आफूमाथि लोकदेवी गहिल नको सङ्केत दिन उसले व्यायामको शैलीमा उठ-बस गर्दछ, तिघ्रामा धाप दिन्छ कुस्ती खेल्ने अभिनय गर्दछ । भगताको भावटको क्रममा गाइने गीतलाई भगत वा राई भन्दछन् । यसमा कारू खीरहैर घोघन महराज, ज्योति सिद्ध, बेनी, मीरा हेड कारिख महाराज, कमलागीत आदिको गाथा, झुमर आदि गाइन्छ ।

बिसहारा नृत्य :-   डा. राधाकृष्ण चौधरीले आदिम नृत्य वस्तुतः प्रारम्भिक समुदायले देवात्मा र पितृात्मालाई लरण गर्ने र प्रसन्न तुल्याउने सामूहिक अभिव्यक्तिहरुका वर्तमानमा अवशिष्ट स्प हुन्। यसलाई हामी वर्तमानमा धामी नृत्य वा झाँक्री नृत्यसँग पनि तुलना गर्न सक्दछौ। बिसहरा नृत्य सर्पदंशको भयबाट मुक्त हुन सर्पको देवतालाई प्रसन्न गर्ने * उद्देश्यले आयोजना गरिने आनुष्ठानिक नृत्यशैली हो । यसमा बेतको एउटा पात्लो २ लचकदार लठ्ठी, धूपदानी र जलकुण्ड विहारस्थल, सर्प र विषको प्रतीकात्मक प्रयोग गरिन्छ । बिसहराको अर्थ विषहरण गर्ने हुन्छ । यस नृत्यमा बिसहरा नामक नागदेवको भजन-कीर्तन समवेतस्वरमा गाइन्छ र यसै अनुसार नर्तक समूह विभिन्न नावमा उफ्रदै र काम्दै नाँच्छन । नाच्दा नाच्दै अचानक नर्तक समूहको नायक, जसलाई भगता भनिन्छ, त्यो काम्न थाल्छ र हातमा भएको बेतको लगी नचाउँदै र "दोबाद आफूभित्र देवता प्रवेश गरेको भाव प्रकट गर्न थाल्दछ ।

बाघिन नृत्य :-  यो नृत्य सलहेस गाथामा वर्णन गरिएकी सलहेसको प्रेमिका मालिनसँग सम्बन्धित एउटा तान्त्रिक नृत्य हो । यसमा मालिन सम्प्रदायकी नायिका कुसुमा मालिन बाघिनीको रुपमा नृत्य गर्दै सलहेस नजिक आउने, मनुष्यले बधिनीलाई मार्न प्रयागा गर्ने र अन्तमा सलहेसले रक्षा गरेपछि पुनः सुन्दर युवतीको रुपमा परिणत हुने प्रसङ्ग आकर्षक रूपमा प्रस्तुत गरिन्छ । सलहेस गाथाको नाट्य प्रस्तुति र स्वतन्त्र स्पमा समेत प्रस्तुत गरिने यस नृत्यले पनि आदिम मानव समुदाय र जनावर आदि प्रकृतिसँगको द्वन्द्व र समन्वयको सन्दर्भ स्मरण गराउँदछ । सलहेस गाथामित्र व प्रसङ्ग सर्वाधिक लोकप्रियमध्येको एक प्रसङ्ग हो ।

(बिसहरा र बाघिन नृत्यको विषयवस्तु नमोनारायण झा, मिथिलाको लोकनृत्य एक चिन्हारी/सिंहावलोकन, नेपालीय मैथिली विशेषाङ्क, २०४५ को आधारमा तयार गरिएको हो ।)

जट-जटिन :- जट-जटिनलाई भोजपुरी क्षेत्रमा घाटु पनि भनिन्छ । स्त्रीप्रधान यो नृत्य-नाट्य सामुहिक रुपमा प्रदर्शन गरिन्छ । यसमा एउटा दल गीतमा वर्णित नायक जट को प्रतिनिधित्व गर्दछ । यो समूह पुरूष वेशमा हुन्छ । यस दलमा मुख्य पत्र जट, जटको साथीहरु अङ्का र बङ्का, राजा धर्मध्वज, धर्मध्वजको प्रधान, राजाको सेनापति, राजाको खजान्ची, पण्डित र केही ग्रामीणहरु हुन्छन् । अर्को दलले नापिका 'जटिन' को प्रतिनिधित्व गर्दछ । यस दलको मुख्य पात्र जटिन, जटिनको साथी र नोकर्नीको भूमिकामा हुन्छ ।

पावस ऋतुमा वर्षाको कामना गर्दै गरिने यस नृत्यमा जलदेवता इन्द‌को आरधनाः गरिन्छ । यसैक्रममा अन्य देवी देवताहरुको गीत पनि गाइन्छ । त्यसपछि जट जटिनको मूल आख्यानात्म्क गीति नाट्य सुरू हुन्छ । यसमा जट-जटिनको विवाह, जटिन ससुराली जानु, खडेरी पर्नु, समाजको दुःखदायी र जर्जर अवस्था र जट-जटिनको सुख-दुःख र दयनीय जीवन प्रस्तुत गरिन्छ । यस नृत्यको प्रस्तुति प्रश्नोत्तर शैलीमा हुन्छ । एउटा समूहले प्रश्न गर्दछ र अर्को समूहले जवाफ दिन्छ । खरेडी गीतसँगै यसको अन्त हुन्छ जसमा कुनै दुष्ट प्रवृत्तिको व्यक्ति (जो धनाढ्य वा अत्याचारी शासक वा राजा वा जमिनदार पनि हुन सक्दछन्) लाई कारक मानेर उनलाई गाली गरिन्छ । अन्तिम प्रसङ्ग दुवै समूह मिलेर गाउँदछन् । इन्द्र वर्षाका देउता हुन् र भ्यागुता इन्द्रका दूत (पानी पर्नुभन्दा पहिले भ्यागुता ट्यार्र-ट्यार्र गर्नु यसै कारणले हो भन्ने मान्यता छ) । गीतको समाप्तिपछि भ्यागुतालाई ओखलमा राखेर कुटिन्छ र त्यसपछि त्यसलाई एउटा नयाँ माटोको भाँडोमा राखेर कुनै दुर्नाम व्यक्तिको घरमा लगेर फालिन्छ । यो दुर्नाम व्यक्ति यस्तो हुन्छ जो रिसाएर तथानाम गाली गर्न कुख्यात हुन्छ । दुर्नाम व्यक्तिले गाली दिएमा पानी पर्ने मान्यता रहेको छ । यो भ्यागुतो ओखलमा कुट्ने क्रिया 'मण्डकोपनिषद बाट विकसित भएको मानिन्छ ।

(विश्वेश्वर \मिश्र, लोकरचनाक सुरभि सुषमा)। आफ्नो सरस संवाद र चित्ताकर्षक नृत्यको कारण यो कोशीदेखि पर्सासम्मको तराई मधेसमा अत्यन्त लोकप्रिय छ । ढोल र झालको तालमा प्रस्तुत गरिने यस नृत्यमा जट विदेश जान लाग्दा जटिनले नारीसुलभ आभूषण प्रेम, पति-पत्नीबीचको रिस्सिनु मनाउनु र प्रिया-प्रेयसीको प्रसँग अत्यन्त लोकप्रिय प्रसङङ्गमध्ये पर्दछ । यसका केही गीति उदाहरण हेरौ :

खरेडी परेको छ, खाल्डा खुल्डी समेत सुक्न थालेका छन्, बाहुनले नुहाउन र जनै धुन पनि छाडेका छन् ।

चमराके खेतबामे छपर-छुपर पनियाँ           

ओहीमे नहाय सुन्दर बभना हे राम,

धोतियो न खिचे छै, जनउओ न माँजैछै ।               

 दयो न लगै छो हो इनरलोक,             

दैवा पानी बिनु परलै अकाले हो राम । 

            त्यस्तै जट-जटिनबीचको एउटा रोचक संवाद । जट परदेश जाँदैछ र जटिनले आफ्ना निम्ति गहना ल्यादिन भन्छिन्, भोजपुरी प्रसङ्गबाट :

दूर देश जहिहे रे जटबा , नथिया ले के अइहे रे,                                          मोरी बारी रे उमिरिया रे जटबा ,नथिया पहिरि नचबो रे ।

जट जटिन नृत्य वर्तमानमा पनि लोकप्रिय नृत्य हो, तर अब यो आनुष्ठानिकभन् पनि मनोरञ्जनात्मक बढी छ । सहरी क्षेत्रमा स्थापित सांस्कृतिक संस्थाहरुले यसलाई व्यावसायिक कलाकार र विद्युतीय वाद्यवादनको माध्यमबाट प्रस्तुति गर्ने गर्दछन्। यद्यपि आधुनिकता र शास्त्रीयताको कारण यसको ग्रामीण र लोकस्वरूप भने प्रभावित भएको पाइन्छ । यसको कथावस्तुमा समेत समयानुकूल परिवर्तन भैरहेको पाइन्छ तर मूल अन्तरवस्तुमा भने खासै प्रभाव देखिँदैन ।

धोबी नृत्य :-  धोबी नृत्य वा नाच भोजपुरी क्षेत्रमा बढी लोकप्रिय नृत्य हो । धोबी जातिका पारम्परिक उत्सवमा नर्तकहरूले मृदङ्ग, रणसिङ्गा, झाँझ, डेढताल, घुँघरू, एन्टी बजाएर नृत्य गरेन भने उत्सव पूर्ण भएको मानिदैन । टाउकोमा पगडी, कम्मरन फैंटा (पटुका), गोडामा घुँघरू र हातमा करताल सहित कलाकारहरुको बीचमा सजाइएको काठको घोडा ठुमुक-ठुमुक नाचिरहन्छ र नर्तकहरु पनि यससँगै नाच्न र गाउन थाल्छन् । कौतुक, गीत र चुटकुला र वाद्यवादनको गज्जबको समन्वयात्मक प्रस्तुति हुन्छ धोबी नृत्य । तर अब यो नृत्यका कलाकारहरु पाइन छाडेको छ। लोपप्रायः को स्थितिमा छ ।

फराही नृत्य (फरी/फरूआही/अहिर नृत्य) :- विगतमा पर्सादेखि सप्तरीसम्म प्रचलित तर हाल यो प्रायः पर्साको पश्चिमी क्षेत्रमा प्रचलनमा रहेको अहिर जातिको नृत्य हो। अहिरहरु वीर संस्कृतिका छन् । उनीहरू लोरिक, बिरहा, कमलावीर आदिको गायन आमाकै काँखबाट वा गाउँमा सानै उमेरदेखि सिकेका हुन्छन् । फराही नृत्यमा पुरूषले धोती, कुर्ता पहिरेर (कतै करें पाइजामा पनि पहिरन्छन्), कम्मरमा गम्छा बाँधेर र गोडामा घुँघरू बाँधेर तया हातमा घुघुकी (फलामको एक जोडी चिम्टा जस्तो लोकवाद्य) नामक बाजा बजाउँदै फन्को मार्दै र उफ्रँदै नाच्दछन् । यसमा टिम्की (तासा), झाल र नगडा बजाइन्छ। नाच्ने क्रममा हा-हा, हु-हु गरिरहन्छन्, गीतको पङ्क्ति दोहोऱ्याउँछन् । गायकहरूले घुघुकीको तालमा लोरिक अथवा बिरहाका वीररसको गीति प्रसङ्गहरु गाउँछन् । यसमा नर्तकहरुको दुई समूह हुन्छ र प्रत्येक समूहमा पाँचदेखि दस जनातन हुन्छन् । नर्तकहरुले नाच्ने र उफ्रने क्रममा एक्रोब्याटिक कलाबाजी पनि प्रदर्शन गर्दछन् । फराही पूर्णतः वीररसको प्रदर्शन हो भन्ने कुरा यसमा गाइने गीतबाट पनि बुझिन्छ । एउटा गीत हेरौं :

देहिया के लोहबा बनाई ला हे बाबू मोर..                                        दुश्मनके छाती चढ जाव--                                                               सैंसरी मे फैसरी लगा के                                                                तोहरी डरी मरे...                                                                            तोहरा से पार न पाव                                                                      तोहरा से पार नाही पाया दुश्मवाँ                                                      तोहरा से पार नाही पाया ।                                                                  यो नृत्य पनि हाल लोपोन्मुख अवस्थामा छ ।

कहरही (कहरूवा/कहार नृत्य) :- सर्लाहीभन्दा पूर्व हाल लोपप्रायः को स्थितिमा रहेको कहरही नृत्य बारा र पर्साका सुदूर ग्रामीण क्षेत्रमा अत्यल्प रुपमा प्रचलित छ । कहारहरुको काम पाल्की र डोली बोक्नु थियो । एउटा भनाइ अनुसार पछि उनीहरुले माटोको काम गर्न थाले । कहरही माटोको कामसँगै गाइने सामूहिक श्रमगीत जस्तै हो । यसलाई अर्को अर्थमा कुमाले गीत पनि भन्न सकिन्छ । यसमा काम भइरहेको उल्लासको मात्रा बढी हुन्छ । बाकाको गतिसँगै गीत सुरू हुन्छ, 'स‌ङ्गाती' (साथी) हरुले माटोको भाँडा बजाएर वाल दिन थाल्छन् र अन्य स‌ङ्गातीहरु नाच्न थाल्छन् । त्यस्तै मझेरीमा बसेकी उभिएकी महिलाहरुले गीत दोहोऱ्याउँछन् । यसरी सहजै नृत्य, गीत र वाद्यको समवेत समन्वयबाट कहरही विधाको जन्म हुन्छ । भोजपुरीभाषी क्षेत्रको पश्चिमी भाग र उत्तरप्रदेश (भारत) को पूर्वी भागमा बढी प्रचलित रहेको कहरवा नृत्यबारे अहिले पर्साको पश्चिमी भागका बूढापाकाहरुले अहिले चर्चासम्म मात्रै गर्ने गरेको कुरा बारा जिल्लाको गढिमाई नगरपालिकाका एक जना वृद्ध किसान रामचन्द्र सहनीले भने ।

हरबोल अथवा गोडउ नृत्य :- हरबोल, नृत्य अथवा नाच वस्तुतः प्रहसनात्मक नृत्य हो । भोजपुरीभाषी समुदायमा पर्साको पश्चिमी-दक्षिणी सीमान्त, बारा जिल्ला तथा भारत उत्तरप्रदेशको गोरखपुर देवरिया, बलिया आदि क्षेत्रमा यो नृत्य प्रचलित छ । यसमा नृत्यसँगै प्रहसन पनि हुन्छ । नृत्यको प्रमुख भागलाई 'हरबोल' भनिन्छ । यसमा प्रहसन गर्नलाई हरबोल र प्रहसन गर्नेलाई हरबोलबा भनिन्छ । यस नृत्यमा प्रायः शृङ्गार र भक्ति समावेश भएको हुन्छ । भोजपुरी क्षेत्रमा हरबोल स्वतन्त्र नृत्यको रुपमा अस्तित्वमा रहे पनि मैथिलीभाषी क्षेत्रमा विविध नृत्य नाट्य वा पारम्परिक नाटकहरुको बीचमा हरिबोल भन्दै प्रहसनात्मक रूपमा प्रस्तुत हने पात्रलाई हरबोलबा भन्ने चलन छ । यसप्रकार हरबोलबा स्वतन्त्र वा संयुक्त रूपमा प्रस्तुत गरिने नृत्य हो।

नटुआ (नेटुआ/छोकरबाजी) नृत्य :- नट् र नृत्यबाट अपभ्रंशित शब्द नटुआ हो । मैथिलीमा नटुआ, भोजपुरीमा नेदुआ उच्चरित हुन्छ । यसलाई छोकरबाजी पनि भनिन्छ । मध्यकालमा विकसित नटुआ नृत्य वा नाच पुरुषले महिलाको स्वाङ गर्दै गरिने नृत्यको विशिष्ट शैली हो, जसको स्वतन्त्र र अन्य गीति नाट्य वा नाटकहरूमा समेत प्रयोग गरिन्छ । मैथिली, र भोजपुरीभाषी मात्र होइन, बरू समस्त तराई मधेस क्षेत्र र भारतको उत्तरप्रदेश, बिहार, मध्यप्रदेश, छत्तिसगढ़ सहित समस्त उत्तरभारतमा नटुआ नृत्य प्रचलित र लोकप्रिय छ । अस्पृश्य जातिको सहभागिता रहने र यौनजन्य संवादको कारण अभिजात्य समाजमा हेय नजरले देखिए पनि पारम्परिक समाजमा बिहाको बेला दुलहीको घरमा महफिल लगाएर नटुआको नाच हेर्नु सामन्ती प्रतिष्ठाको विषय मानिन्छ भने मैथिली समाजमा छोराको पहिलोपटक कपाल कटाउँदा वा मुण्डन गर्दा नटुआ नचाउने भाकल गरिन्छ र नटुआ नचाउँदा शुभ हुने मान्यता पनि छ । नटुआ सामूहिक प्रस्तुति हो । यो नृत्य प्रायः तराई-मधेसका चमार (सार्की) जातिले नाच्ने गर्दछन् । पारम्परिक रूपमा गाउँ-घरमा पहिलो बाली काटेर भित्र्याइसकेपछि फागुन-चैत महिनाको जूनेली रातमा घर-घरमा गएर नटुआ नाच्ने र घरधनीलाई खुसी पारेर अन्न-पैसा प्राप्त गर्ने चलन थियो । विगतमा चमार जातिका नटुआहरुले सम्पन्न किसान र उच्च जातिको घरमा गएर बाली कटाइको अवसरमा बरी-भात (झोल भएको बेसनको बाँडा र भात) को निम्ति पनि नाच्ने गर्दथे । सुदूर र अति पारम्परिक गाउँहरुमा अहिले पनि यो चलन रहेको पाइन्छ । नटुआ नृत्यमा पाँचदेखि छ जनाको समूह हुन्छ । टाटे-पाटे गाउन जस्तो घाघ्रो (भोजपुरीभाषी क्षेत्रमा यसलाई 'असरान' भनिन्छ (बारा जिल्लाको कचोरवा निवासी गोपाल ठाकुरसँगको कुराकानी) वा घघरा लगाएको एक वा दुई जना महिलाको स्वाङ गरेको नर्तक, दुई जना नृवड्ग (मानर/मानैर) वादक, दुई जना कर्माली (झाल) वादक र एक अथवा दुई अना गायक-नर्तकहरुको नटुआ नाचको टिम अहिले पनि गाउँ-घरमा पाइन्छन् । नदजा नाचमा पारम्परिक रुपमा नृत्य सुरू गर्दा प्रारम्भमा शृङ्गार रसका एक दुईवटा लोकगीत र त्यसपछि राजा नल, आल्हा, गोपीचन आदि पौराणिक र लौकिक बाधाहरुका शङङ्गारिक प्रसङ्ग गाउने गर्दछन । तर अचेल आधुनिक सुगम सङ्गीत बलचित्रको प्रभावको कारण अहिलेको नटुआहरु फिल्मी र डीजे पप गीतमा पनि नान थालेका छन् । नटुआ नाचमा महिलाको स्वाङ गरेका नर्तकहरुले दर्शकहरुलाई रिकाएर इनामको रुपमा नगद प्राप्त गर्ने क्रममा उनको नारीजन्य हाउभाउ र द्विअर्थी जौनजन्य संवादहरुमा निहित अश्लील भावहरु महत्त्वपूर्ण हुन्छन् । वर्तमानमा आधुनिक दिन र फिल्मी प्रभावको कारण नटुआहरु फिल्मी आइटम सङ र डान्स गर्ने कुनै व्याबरे डान्सरको भद्दा पहिरन र हाउभाउ पछ्याइरहेका देखिन्छन-मधेसमा नटुआ नृत्यका अनेकौं समूहहरु पाइन्छन् ।

 हुड्डुक नाच (मुसहरी नाच) :- पारम्परिक रुपमा यो मुसहर जातिको नाच हो । मुसहरहरुले खेत र वनमा पाइने गोहोटी (गोही प्रजातिको एक जनावर) को छालाबाट बनाएको 'हुड्डुक' (लाम्चो डमरू जस्तो विशेष बाजा) बजाएर नाच्ने गर्दछन् । मुसहरहरु खुसी भएको बेला झन्डा गाडेर ढोल बजाउँछन् र गाँजा तान्दै लठ्ठ भएर हुड्डुक बजाउँदै नाच्ने गर्दछन । यस नाचमा नर्तकले छातीदेखि गोडासम्मका विशेष प्रकारको घाघरा पहिरेका हुन्छन् । घाघरामुनि पैजामा वा प्यान्ट हुन्छ । एउटा कलाकार हुड्डुक वा हुडका बजाउँछ । यसमा कतै-कतै मृदङ्ग र दुईवटा झ्यालीको प्रयोग गरिएको पनि पाइन्छ । प्रायः जन्म उत्सव वा धार्मिक उत्सव वा गाउँघरमा बाली भित्रयाउने बेला खेत खलिहानमा मुसाको दुलोभित्रबाट मुसाको सिकार र दुलोभित्रैबाट मनमाफिक धान प्राप्त भएको खुसीमा मुसहरहरु यो नाच नाच्ने गर्दछन । यसमा सोहर, भजन वा देवी गीत पचराको गायन हुन्छ ।जस्तै :

                         "कहँवा के देवी हउ बोल                                                                         माहारनि हे मईया , ​​                                                                               तनि होख न सहाय हे मइया ।"         

(सन्तोष पटेल, भोजपुरी लोकसङ्गीत/डब्ल्यूडब्ल्यूडब्ल्यू जोगिरा डटकम, सेप्टेम्बर १५, २०१६)

अचेल इडका नाच लोपप्रायःको स्थितिमा छ । अध्ययन भ्रमणको क्रममा बारा जिल्लाका कचोरवा गाउँ निवासी तथा सांस्कृतिक क्षेत्रमा प्रसिद्ध अनुसन्धाता गोपाल ठाकुर र पर्सा बीरगन्जमा भोजपुरी लोक सङगीत परिषदका सञ्चालक सुरेन्द्र पाण्डेका अनुसार यस नाचबारे चर्चा सुनिए पनि कलाकार खोज्न गाह्रो रहेको बताए ।

डोमकच :- डोमकच लोक-नाट्य हो । तराई मधेसमा यसको आयोजन प्रायः दुलहा जन्ती सहित बिहा गर्न गएको बेला राति गाउँ-घरका महिलाहरु दुलहाको घरमा जम्मा भई मनोरञ्जन गर्दछन् । यो पहाडी समुदायमा रत्यौली खेलेको जस्तै हो । यसमा निम्नवर्गीय केही ठट्‌यौली र हाँसखेल गर्ने खालकी महिलाहरुले लोकनाट्यका चरित्रहरुको भूमिका निर्वाह गर्दछन् । डोमकचमा पुरुषको प्रवेश वर्जित हुन्छ । यसमा एक जना महिलाले गाजलले दारी-जुंगा बनाएर चौकीदारको स्वाङ गर्दछिन् । त्यस्तै अन्य महिलाहरुले मालिक्नी, गर्भवती पत्नी र गर्भवती महिलाको पतिको भूमिका निर्वाह छिन । डोमकचमा मुख्यतः यही चार जना पात्रहरु हुन्छन् । अन्य पाँच-सात जना जनहिलाहरु सहायक पात्र हुन्छन् । यसमा संवाद कम हुन्छ र बढी समय प्रांसङगिक, हङगारिक र देवी देउताको गीतमा व्यतीत हुन्छ । यसमा संवादमा प्रायः द्विअर्थी दीनजन्य संवादहरुले शङङ्गारिक रस उत्पन्न गरिरहन्छ । यस क्रममा लुगा फाटोको लेको पारेर भुडीमाथि बाँधेर गर्भवतीको स्वाङ गरेकी महिलाले पञ्चको अभिनय प्ररिरहेकी महिला कहाँ गएर पतिकै कारण उसको भुँडी फुलेर यो अवस्था भएकाले १६च्चको जन्म नहुन्जेल उसको पतिले पनि भुँडीमाथि ढुङ्गा वा सिलौटो बाँध्नुपर्ने ०१६ उजुरी गर्दछिन । यस प्रकारका अनेकौ हास-परिहासका समसामयिक प्रसङ्ग यसमा प्रस्तुत गरिन्छ ।

यसै विषयलाई आधार बनाएर मैथिलीका परिचित साहित्यकार रमेश रञ्जनले होमकच नामबाट रोचक र नारीमनको उन्मुक्त चाहनाको अभिव्यक्तिको मार्मिक नाटक लेखेका छन् । गोजपुरी नृत्यबारे जानकारीको क्रममा विकिपीडियामा डोमकचबारे विशेष र रोचक जानकारी उपलब्ध छ । यस अनुसार डोमकच भारतको बिहारको कैमुर पहाडको गुफामा बस्ने 'घसिया' नामक जातिसँग सम्बन्धित छ । घसिया जातिका मानिसहरु गदल, ढोल, नगडा, बाँसुरी, सनई आदि वाद्ययन्त्र बनाएर बेच्दछन् र नाच-गान पर्दछन् । यिनीहरु पहिला राजा-महाराजाको घोडाको रेखदेखको काम गर्दथ्ये । एकपटक यिनीहरुले अस्पृश्य मानिने डोम जातिलाई स्पर्श गरेर नाच-गान गरेपछि विनीहरु पनि अस्पृश्य अर्थात् छोइने जातभित्र परे । त्यसपछि यिनलाई विवाह, दुरान, अन्नप्राशन, मुण्डन अथवा फागूमा बोलाएर नचाउने गरिन्छ । यिनीहरुको नाचलाई पनि डोमकच भनिन्छ । तर पर्सादेखि सप्तरी अझ नेपालको तराई मधेसको मैथिली, भोजपुरीभाषी क्षेत्रमा डोमकच विवाहको अवसरमा आयोजना हुने लोकनाट्य हो ।

लड्डुबेची :-  विहाको अवसरमा दुलहीको घरमा बिहाको चौथो दिन साँझको समयमा दुलहाले घसकट्टी भन्ने हास्यपूर्ण विधि गर्दछन् । यस अवसरमा लोकनाट्य आयोजना गरिन्छ । पो नाट्य पनि डोककच जस्तै नारीप्रधान आयोजन हो। यसमा दुईवटा पात्र हुन्छन् । यसमा एक जना महिला गाजलले दारी-जुंगा बनाएर पुलिस थानेदारको भूमिका गर्दछिन् । अर्की महिलाले लड्‌डु बेच्ने महिलाको अभिनय गर्दछिन् । यसमा दुलाहा र उनका परिवारका सदस्यहरु हास्यका विषय बन्दछन । यसमा लड्डु बेच्ने र वानेदारबीचको सरस र चोटिलो संवादले हास्य उत्पन्न गर्दछ । यसमा लड्डू बेच्ने महिलाले दुलाहाका पिताले आफ्नो जग्गा हडपेको आरोप लगाउँदछन् र यसको कथा भन्दछिन । त्यसपछि थानेदारले जग्गा नाप्ने अभिनय गर्दै दुलाहाको आमा-बहिनी आदिलाई हास्यमूलक अश्लील गाली दिँदै जग्गा नाप्ने अभिनय गर्दछ । यसमा नृत्यभन्दा पनि नाट्य बढी हुन्छ । यो पूर्णतः मनोरञ्जनात्मक प्रस्तुति हो ।

बिदेसिया :-  बिदेसिया बीसौं शताब्दीको आरम्भका भिखारी ठाकुर रचित लोक नाट्य हो । भोजपुरीभाषी क्षेत्रमा यसको अत्यधिक लोकप्रियताले यसलाई प्राचीन लोकनाट्‌यको स्तरमा नै लोकस्वीकृत बनाएको छ । बिदेसियामा नायकको सहर गमन, नायिकाको विरह, नायकको मोहभङ्ग र नायक गाउँ फर्कनु जस्ता कथावस्तुहरु प्रस्तुत गरिएका छन् । गीत, सङ्गीत र नृत्यका विविध लोकआयाममा यो लोकनाट्य प्रस्तुत गरिन्छ, जसमा नटुआ पनि छ, मुजरा पनि छ र फागू, बिरहाको शृ‌ङ्गारदेखि कबिरहाको निर्गुण भावसम्मले दर्शकलाई मन्त्रमुग्ध गराउँदछ । बिदेसिया लोकनाट्यको चोटिलो संवाद र मर्मस्पर्शी गीत यसका विशिष्टता हुन् । रौतहट जिल्लाको गरूडा नगरपालिकाका एक जना वृद्ध लोकनाट्य कलाकार तुफान सिंहले बिदेसियाका केही पङ्क्ति गाएर सुनाएका थिए :                           नायिकाले नायकलाई आफ्ना पितासँग सम्पत्तिमा अधिकार लिन उत्तेजित गरिरहेकी छन् ।

"कबही न टारली बाबा के चौकठिया से                                               आजु अइली तोहर घरबा हो बलमुआ,                                               हमरो कहल मान हर खोल चल,                                                     भैयासे लिहा पटिदारी हो रामा ।"                                         

बिदेसिया लोकनाट्यमा महिला पात्रको भूमिका पनि पुरूषले नै गर्दछन् । यसमा दसदेखि बीस जना पुरुष पात्र हुन्छन् । यसमध्ये चार-पाँच जना नटुआ (नर्तक) जसले महिला पात्रको भूमिका गर्दछन्, स्थानीय भाषामा 'लवन्डा' र तीन-चार जना विविध चरित्र निर्वाह गर्ने सहायक पात्रहरु हुन्छन् । एक जना हार्मोनियमवादक हुन्छ, जसलाई व्यास भनिन्छ । व्यास कलाकारहरुको मुख्य निर्देशक पनि हुन्छ । एक जना नगडा बजाउने, एक जना ढोल बजाउने र एक जना बैन्जो बजाउने हुन्छ । गाउँ-घरमा यो लोकनाट्य रातभरि प्रदर्शन हुने गर्दछ । बाराका गोपाल ठाकुर र वीरगन्जका सुरेन्द्र पाण्डेका अनुसार भोजपुरीभाषी क्षेत्रमा बिदेसिया लोकनाट्य प्रदर्शन गर्ने समूहहरु अनेकौं छन् । यद्यपि समयको प्रवाहमा यसको प्रस्तुतिमा सामयिक प्रभाव परेको छ । यथा यसमा अब फिल्मी गीत र प्यारोडीको प्रयोग पनि गर्न थालिएको छ ।

बिहुला नृत्य वा नाच :- मैथिलीभाषी क्षेत्रमा बिसहराको नृत्य जस्तै भोजपुरी क्षेत्रमा बिहुलाको नाच प्रसिद्ध छ । नाट्य प्रस्तुतिको रुपमा मैथिलीभाषी क्षेत्रमा पनि यसको प्रचलन छ । गाउँ-घरमा बिहुला नाचको प्रदर्शन आश्विनदेखि कार्तिकसम्म हुने गर्दछ । बिहुला पतिव्रता सती स्त्री छिन् । उसको पतिलाई नागले डस्छ । उनले पतिको जीवनको निम्ति नागराजको पूजा गर्दछिन् । यस लोकनाट्यमा एउटा जादुगर जस्तो रहस्यमयी पात्र पनि छ जसले बीच-बीचमा जादु गर्ने स्वाङ गरिरहन्छ । यसमा संवादभन्दा गीत र नृत्य प्रधान छ । नायिकाले नृत्य गर्दै गीत गाउँछिन् :                 

'मरलो पीअरज मे जान                                                                 लउटाइ द हो नागराज,                                                                    हमरो सेनुरा बचाइ ल हो                                                              नागराज ।"

(सन्तोष पटेल, भोजपुरी लोकस‌ङ्गीत, जोगिरा डट कम-२०१६)

पबँरिया नृत्य :- गाउँ-घरमा पुत्रजन्मको अवसरमा बधाई सन्तान पाउनेको घरमा गएर गाउने र नाच्ने जाति विशेषको नृत्य । यो नृत्य मैथिली, भोजपुरीभाषी क्षेत्रलगायत तराई मधेसमा सन्तान उत्पन्नको अवसरमा प्रचलित नृत्य हो । पारम्परिक रुपमा यस नृत्यमा मुख्य नर्तकले कुर्ता र घाघ्रा पहिरेको हुन्छ । टाउकोमा मुरेठा (विशेष प्रकारको पगडी) बाँधेको हुन्छ । मुरेठामा मयूरको प्वाँख घुसारेको हुन्छ । गोडामा पाउजु हुन्छ । ढोल र मजिराको तालमा सन्तानोत्पत्तिको अवसरमा गाइने लोकगीत सोहर, बधैया र खेलावन आदि गीत गाउँदै नृत्य गर्दछन् । प्रायः महिलाहरुमा बढी लोकप्रिय पवँरिया वा पबैरियाहरुले विशेष अनुरोधमा नल-दमयन्ती, सती बिहुला आदि पौराणिक र लोकगाथाहरुको नृत्य नाट्य पनि गर्दछन । तर वर्तमानमा पवँरिया गायन र नृत्यमा आधुनिक सङगीत र फिल्मी सगीतको प्रभाव परेको देखिन्छ । नाच्ने क्रममा नर्तकले महिलाको स्वाङ पनि गर्ने गर्दछ र शिशु मामाघरमा छ भने पिताघरका काकी बज्यै आदि र पिताको घरमा छ भने मामाघरको मामी (माइज्यू) नानी (आमाकी आमा) आदि महिलाहरुको स्वाङ गरेर हास्य उत्पन्न गर्दछ । विविध प्रकारका गीत र नृत्य र हास्यपछि प्रसन्नचित्त घरभेटी र छरछिमेकहरु खुसी भएर अन्न, नगद आदि इनाम दिन्छन र खुसी भएर नाच्दै गाउँदै पर्वेरियाहरु फर्कन्छन:

'राजा दरबार आ गइनी                                                                    राजा दरबार आ गइनी                                                                     हीरा चाही मोती चाही                                                                     सोना चाही पा गइनी ।                                                                     लुगा माँगब लुगरिया मागब                                                              एजी हाँ हाँ एजी                                                                               उहो पा गइनी,                                                                              राजा दरबार आ गइनी ।                                                                 गइआ माँगब बछरूआ मागब                                                          एजी हाँ हाँ एजी                                                                               एहो पा गइनी ।                                                                             राजा दरबार आ गइनी ।"

(सन्तोष पटेल, भोजपुरी लोकस‌ङ्गीत, जोगिरा डटकम)

जोगिड़ा (जोगिरा):- जोगिड़ा पुरूषप्रधान गीत-नाट्य छ । यो फागुन महिनामा आयोजना गरिन्छ । जोगिड़ा फाग गायनकै एउटा विशेष रूप हो। फागुन महिना सुरू भएपछि गाउँमा टोल-टोलका बूढा, बच्चा र युवा सबै समूहमा परिणत भएर फागू गीतसँगै जोगिड़ा गाउँछन् र नाच्छन् । यसमा ढोलक, मजिरा, झाली र हार्मोनियम वाद्ययन्त्र प्रयोग गरिन्छ । जोगिड़ा प्रश्नोत्तरको रुपमा गाइन्छ । एक जना पुरुषले महिलाको स्वाङ गर्दछ । यसलाई 'जानी' भनिन्छ । जानीले नारीसुलभ हाउ-भाउ सहित हास्य उत्पन्न गर्ने नृत्य गर्दछ । उसको नृत्यले कहिलेकाहीँ श्लीलताको सीमा उल्लङ्घन गरिरहन्छ । जोगिड़ा समूहभित्रैबाट एक जनाले गाएर प्रश्न गर्दछ, अन्यले 'भले जी भले' कोरसको रुपमा गाउँदछ । त्यसपछि समूहकै कुनै अर्को सहभागीले त्यसै शैलीमा जवाफ दिन्छ । प्रश्न र जवाफ, दुवैको अन्तमा गायक सहित सबैले जोगिड़ा सररररर' भन्दै उल्लासपूर्ण स्वर निकाल्छन्, नाच्छन् र उफ्रन्छन् । जोगिड़ाका विषयहरुमा पौराणिक, सामाजिक र शृङ्गारिक र यौनजन्य हुने गर्दछ, जुन शिष्ट-अशिष्ट, श्लील-अश्लील, हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरिन्छ । जस्तै दुईवटा उदाहरण हेरौं :

'केकर बेटा रावण राजा ?                                                                केकर बेटा राम ?                                                                          केकर बेटी सिआ कुमारी ?                                                             केकर हनुमान ?                                                                        जोगिड़ा सररररर ।                                                                       विस्रवा के बेटा रावण राजा                                                          दशरथ बेटा राम                                                                         जनकक बेटी सिआ कुमारी                                                        पवनसुत हुनुमान ।                                                                     जोगिड़ा सरररररर ।                                                                  (विश्वेश्वर मिश्र, लोक-रचनाक सुरभि-सुषमा)                                      त्यस्तै एउटा उल्लासपूर्ण हास्य :                                                          "इर घाट वीर घाट कोनाकानी                                                        जानीके गालपर सोनाचानी,                                                         जोगिड़ा सरररररररर ।     

          समयको प्रवाहमा शहरी क्षेत्रमा पौराणिक गाथाहरुको प्रसङ्ग घट्दै छ भने अश्लीलता बढ्‌दै छ । जोगिड़ाको समूह उमेर अनुसारको भिन्न-भिन्न पनि हुने गर्दछ ।

सामा चकेवा:-  सामा चकेवा' दाजु र बहिनीको भावनात्मक गायन र नृत्य विधा हो । यो पर्सादेखि सप्तरीलगायत सम्पूर्ण मैथिली, भोजपुरी, थारु-दोनवार क्षेत्रमा अत्यन्त लोकप्रिय विधा हो । यो कात्तिक महिनामा भ्रातृ द्वितीयाको दिनदेखि सुरू हुन्छ २ कार्तिक पूर्णिमाको दिन अन्त हुन्छ । दाजु-भाइको दीर्घायु र सम्पन्नताको कामना गर्दै दिदी र बहिनीहरुले सामा चकेवा खेल्ने गर्दछिन ।

अचेल सामा चकेवा आधुनिक मञ्चहरुमा पनि लोकप्रिय गायन र नृत्यको रूपमा प्रस्तुत गरिने गरिन्छ । यस नृत्यमा सामान्यतः पाँचदेखि सात जनासम्म युवा महिला हने गर्दछिन । यसमा एउटा डालोमा विविध प्रकारका देउता, सामा र चकेवा, चरा, कुकुर आदि घरेलू जनावर आदिका माटोका मूर्तिहरु बलिरहेको दियो रहेको हुन्छ र महिलाहरूले गीतको सुर र तालमा कहिले कम्मरमा कहिले टाउकोमा त कहिले भुइँमा राखेर नृत्य गर्दछिन । गायनमा लोकमान्यताका कृष्णको छोरा शाम्ब र श्यामाको मर्मस्पर्शी गाथाको स्मरण गरिन्छ । पारम्परिक रुपमा उत्सवको रूपमा सामा चकेवा नृत्यमा वाद्यको प्रयोग हुँदैन, तर आधुनिक मञ्चहरुको यसको प्रस्तुतिमा वाद्ययन्त्रको प्रयोग गरिन्छ । थारुहरुमा भने मृदङ्गको प्रयोग गरिन्छ । सामा चकेवा कथा प्रसङ्ग स्कन्ध पुराणबाट लिइएको छ । यस कथामा श्यामा कृष्णकी छोरी छन् । उनका पति चारूवक्य आश्रममा बस्छन् । श्यामा आफ्ना पतिसँग भेटन जाँदा चुगला (चुक्ली लगाउने) ले कृष्ण कहाँ गएर श्यामाले कुनै पुरुषसँग प्रेम गरेको चुक्ली लाउँछन् । कृष्ण रिसाएर श्यामालाई आप दिन्छन् र श्यामा चरामा परिणत हुन्छिन् । पत्नीको वियोगमा चारूवक्य पनि तपस्याको बलमा चरा चकेवा बन्दछ । श्यामाको भाइ शाम्बले पिता कृष्णसँग प्रार्थना गर्दछ । तर केही सीप नलागेर ऊ तपस्या गर्न थाल्दछ ।

कार्तिक पूर्णिमाको दिन उसको तपस्या सफल हुन्छ । कृष्ण खुसी हुन्छन् र श्यामा र चारूवक्य पुनः मानिस रूपमा फर्कन्छन् । यस लोकगीति नाट्यमा चुगला खल पात्र र विदुषक दुवै छ । महिलाहरुले चुगलाको माटोको प्रतिमालाई अगुल्टोले झोस्ने र पोल्ने गर्दछन् । सामा चकेवा दाजु र बहिनीको भावनात्मक पर्व र गीति नाट्य हो । यसमा अनेक प्रसङ्गका अनेक गीत छन् । यहाँ प्रस्तुत गीतमा भनिएको छ- जनकपुरमा पानको पसल छ, दाजुले पान खाएपछि दाँत रङ्गिन्छ, त्यस्तै जनकपुरमा सिन्दूरको पसल छ र भाउजूले सिन्दूर लाएपछि युग-युगसम्म सौभाग्य (अहिवात) बढ्नेछ ।

सिरी रे जनकपुर स आबि गेल भमरा                                                 लागि गेल पनमा दोकान                                                                  सेहो पान खयतै भैया से फलना (नाम) भैया                                        रङ्गि जयतै बत्तिसो दाँत                                                                    सिरी रे जनकपुर स आबि गेल भमरा                                                लागि गेल सेनुर के दोकान                                                                 सेहो रे सेनुर पेन्हतै भउजी से ऐहब भउजी                                          जुगे-जुगे बदै अहिबात ।

                  ( रामभरोस कापडी , मैथिली लोकसंस्कृति )

१६) झिझिया नृत्य यो नाच बोक्सीको अन्धविश्वासी मान्यताबाट प्रेरित आनुष्ठानिक नृत्य हो । यो आश्विनमा बडा दसैंमा घटस्थापनादेखि विजयादशमीसम्म नाचिन्छ । यो नृत्य पर्सादेखि सप्तरीसम्म र भारतको उत्तरी बिहारमा प्रचलित छ । सामूहिक रुपमा प्रस्तुत गरिने यस नृत्यमा भित्र बलिरहेको दीप र माथि ढकनीमा ज्वाला दन्किरहेको आहुत सहितको घैटो टाउको राखेर महिलाहरुले नाच्नु र अन्य पाँचदेखि दस जना महिलाहरुले गीत गाइरहेको दृश्यले आदिम नृत्यको झझल्को दिन्छ । यो बोक्सीको टुनामुनाबाट जोगिन र बोक्सीलाई गाली गर्ने उद्देश्यले गरिन्छ । यो नृत्य सुरू गर्दा बोक्सीको जादु टुना अथवा टुनामुना झिक्रियालाई जोगाउन ओझो वा धामीले मन्तरले सिद्ध गर्दछ- 'सबहक गुरू बन्दे पाउ, अजर केबारी बजर केबारी, बजर बान्हो दशो दुआरी, मटिआ बान्हो टापर बान्हो आदि । त्यसपछि साँझको समयमा बरहम स्थान र देवी मन्दिरहरुमा गएर नाचेपछि टोलहरुमा गाउँका भरभलादमीका घरमा गएर नाच्ने गरिन्छ तथा समापनका दिन अन्न पात र रुपियाँ पैसा बक्सिस मागिन्छ । अचेल झिझिया नाचको प्रस्तुति व्यावसायिक कलाकारहरूले मञ्चमा पनि गर्न थालेका छन् । यस कार्यमा जनकपुरधामका मिथिला नाट्यकला परिषद्को नाम प्रतिनिधमूलक रुपमा लिन सकिन्छ ।

पारम्परिक रुपमा प्रायः श्रमजीवी जातिका महिलाहरु सम्मिलित रहने यस नृत्यमा दुई जना महिलाहरु (वा कतै-कतै महिलाको स्वाङ गरिरहेका नर्तकहरु पनि) टाउकोमा झिझिया राखेर गीतको लयमा फन्को मार्दै नाच्दछन् । उनीहरु पटक-पटक टाउको दायाँ र बायाँ झड्का दिइरहन्छन । झिझिया नृत्यमा गति र लयको तालमेल अति महत्त्वपूर्ण र दर्शनीय हुन्छ ।

झिझिया नृत्यको गायनमा बरहम देवता र देवीहरुलाई स्तुति र बोक्सीलाई सरापिएको र गाली गरिएको हुन्छ । एउटा गीत हेरौं :

कोठा उपर डइनिया, खिड्‌की लगैले ना,                                           खिड्‌की ओत्तै डइनियाँ, गुनवा चलैले ना,                                            आगे किछु होइतौ डइनियाँ, गदहा पर चढैबौ                                       गदहा पर चढाय डइनिया नमुआ हँसैबौ ना ।

(रामभरोस कापडी, मैथिली लोकसंस्कृति, २०६६)

    यस्तै मैथिली र भोजपुरी भाषिक क्षेत्रमा लोकगाथाको विषय वस्तुमा आधारित नृत्य वा नाचको पनि विस्तृत परम्परा छ । आदिम नृत्य र सामाजिक नृत्य वा नाचमध्ये अधिकांशको अव्यावसायिक र मञ्च बिना नै प्रदर्शन गरिन्छ भने पौराणिक विषयमा र लोकगाथामा आधारित नाचहरुमा प्रायः सबै मञ्च बनाएर प्रदर्शन गर्ने गरिन्छ । यत्त प्रकारका नाच गर्नेहरु प्रायः व्यावसायिक कलाकारहरुको समूह हुने गर्दछ । यसलाई स्थानीय भाषामा नाचपाटी (पार्टी) भनिन्छ । नाचपाटीमा व्यास, जसले हार्मोनिदर बजाउँछ र मूलगायक र गायनको माध्यमबाट कथा र दृश्यको सूत्रधारको भूमिका निर्वाह गर्दछ, नगडा र तासा, कर्नाल र झाली बजाउने वादकहरुको समूह, नटुआहरु जसले लोकगीत वा फिल्मीगीतमा नाच्नुका अतिरिक्त कथा अनुसार नारीपात्रको भूमिका पनि निर्वाह गर्दछन् र विपटा अथवा विदुषक हुने गर्दछ । पौराणिक विषयहरुमा गर्ने नाचहरूमा रामलीला, रासलीला, नल-दमयन्ती, शकुन्तला आदि हुन् ।

रौतहटको गरूडामा विगतमा नाचपाटीमा काम गरेका पुराना पुस्ताका कलाकारहरुको कुराकानीको क्रममा एक जना कलाकार बन्तीलालले मैथिली र भोजपुरीभाषी क्षेत्रमा प्रचलनमा रहेका नाचहरुका दुई भेद बताए- भोजपुरिया र कानपुरिया । उनले भनेको भोजपुरिया नाचमा मैथिली क्षेत्रमा विकसित भएका लोकगाथामा आधारित नाचहरू पनि परेका थिए । उनले भनेका भोजपुरी नाचहरुमा लोरिकायन, बिदेसिया, बेटीबेचवा (यो दुवै नाचलाई भिखारी ठाकुरको नाच पनि भनिन्छ), जालिम सिंह, ताराचन्द, सतीदेवी, गोपीचन, सोरठी बिरिजभान, औरगजेब बादशाह, बिहुला, सहनीके नाच- बहुए गोढिन, कमला कोइला, आल्हा रुदल आदि पर्दछन् । बारा कचोरबाका गोपाल ठाकुरले यसमा रानी सारङ्गा पनि थपेका थिए । यस अतिरिक्त मैथिलीभाषी क्षेत्रमा मात्र प्रचलनमा रहेको मैना गोविना, सलहेस आदिलाई पनि लिन सकिन्छ । वस्तुतः मैथिली र भोजपुरी क्षेत्रमा प्रायः सबै लोकगाथाहरुको प्रदर्शन नाचपाटीहरूले गर्ने गर्दछन । बन्तीलालले भन्नुभएको कानपुरिया नाचहरु वास्तवमा लोकनाट्य हुन् । पारसी थिएटरबाट प्रभावित यी लोकनाट्यहरु उन्नाइसौं र बीसौं शताब्दीको प्रारम्भमा सम्भवतः भारतका कानपुरतिर विकसित भएका हुन् र व्यावसायिक नाचपाटीहरुको माध्यमबाट यस क्षेत्रमा अति लोकप्रिय भएर लोकनाट्यको दर्जा प्राप्त गरेका हुन् । सामान्यतः यसलाई स्थानीय लवजमा नौटङकी भन्ने चलन छ ।

बन्तीलालले भनेको कानपुरिया नाचमा अमरसिंह राठौर, बाँसुरीवाली, चाँदीका पेंड, लैला-मजनु, ठाकुर मानसिंह, ओढनीका धागा हुन् । यस विषयमा विभिन्न जिल्लाका कलाकारहरु र विज्ञहरुसँगको छलफलको आधारमा यस विवरणमा निम्न नामहरु पनि सामेल गर्नुपर्ने हुन्छ- जङगली बादशाह, सुन्दर वन के सुन्दर फूल, हंसराज वंशराज, शीत-वसन्त, गर्भुदयाल सिंह । यो सूची निकै लामो छ ।

लोकनाचहरुमा प्रायः मेलामा मञ्च बनाएर अन्यथा भुइँमै प्रदर्शन गर्ने गरिन्छ । यसमा कलाकारहरुमा लोकनाच (बन्तीलालले भनेको भोजपुरिया नाच) मा पुरुष पात्रले कुर्ता, धोती. गम्छा र टाउकोमा मुरेठा र स्त्री पात्रले घाघरा चोली, ओढनी, साडी र बुलोज, प्रयोग गर्दछन । कानपुरिया नाट्य वा नौटङकीमा कथा, पात्र र काल अनुसारको पोसाकमा विविधता हुन्छ । वाद्यहरुमा हार्मोनियम, तबला, ढोलक, सारङ्गी तासा, मजीरा, र कहीं-कहीं बैन्जो पनि हुन्छन् ।

 नृत्य र नाटकमा भएको आधुनिक विकास, फिल्मी सङगीत र विद्युतीय उपकरणहरुको विकासको कारण लोकनृत्य र लोकनाट्यको मञ्च नराम्ररी प्रभावित भएको छ, र वर्तमानमा लोकमञ्चमा व्यावसायिक कलाकारहरु र व्यावसायिक समूहको सङ्ख्या घट्‌दै गइरहेको छ । तर पनि ग्रामीण क्षेत्रमा केही व्यावसायिक कलाकारहरु र व्यवसायी नाचपाटी र नौटङ्की समूहहरु सक्रिय रहेको कुरा अध्ययन भ्रमणको क्रममा। हामीले जानकारी पायौं ।

पर्सादेखि सप्तरीसम्मको आदिवासी जनजाति समुदायभित्र थारु र दोनवार उल्लेखनीय समुदायभित्र पर्दछ । उल्लेखनीय यस अर्थमा भनियो कि थारु र दोनवारको जीवनशैली, भाषा र सांस्कृतिक चिन्तन, परम्परा र गीत-नृत्यहरु यस क्षेत्रको बहुल समुदाय मैथिली र भोजपुरीभाषी समुदायसँग निकट र समान पनि देखिन्छ । यद्यपि थारुहरुको सांस्कृतिक सम्पदाका आफ्नो मिन्न विशिष्टता पनि छ । तुलना गर्ने हो भने थारु जातिले अन्यको अपेक्षा आफ्नो सांस्कृतिक सम्पदाको स्वरूप सुरक्षित राख्न सफल देखिन्छ । तर वैश्विकीकरण र विद्युतीय उपकरणको साम्राज्यीकरणको वर्तमान समयमा उनीहरुको यस सम्पदालाई धानिदिने र परम्परा अगाडि बढाउने नयाँ पुस्ताको अभाव भने देखिन थालेको छ । सप्तरीदेखि पर्सासम्म अध्ययन भ्रमणको क्रममा थारुहरुको गीत, सङ्गीत र नृत्यको परम्परा वहन गर्ने जति पनि हामीले भेट्टायौँ ती सबै प्रौढ पुस्ता थिए । आधुनिक पुस्ता भने नेपाली र भारतीय फिल्मी प्रभावबाट प्रभावित भइरहेको पाइयो, जसमा मौलिकताको ठाउँमा पाश्चात्य स‌ङ्गीतको प्रभाव बढ्‌दै छ । विगत लामो समयदेखि थारु नाचहरुका संयोजक र कलाकार समेत रहेका सिरहा जिल्ला लहानका भोला चौधरीले यो परम्परा धान्ने अन्तिम पुस्ता हुने भय व्यक्त गरे । यहाँ हामी थारु नाच वा नृत्यको चर्चा गर्दैछौं:

थारू नाच थारु नाचको विशिष्टता सामूहिकता, आनुष्ठानिक, धार्मिक र उत्सव प्रधान हुनु हो । पूर्विया थारुहरुमा घुमरा, माधवलालको गीत र नाच, धामी नाच, कुलदेवताको गीत र नाच र विदापत महत्त्वपूर्ण हुन् ।

१७) घुमरा नाच घुमरा नाच आनुष्ठानिक नाच वा नृत्य हो । बिहामा घरदेख (बिहाको कुरा छिन्न) आदि जस्तो घरमा कुनै महत्त्वपूर्ण कार्य हुँदा भाकल गरिए अनुसार यो नाच आयोजन गरिन्छ । यो नाच कात्तिक महिनामा सात दिनदेखि पन्ध्र दिनसम्म हुने गर्दछ । यो पाँचदेखि सात जनासम्मको समूह नाच हो । समूहका अगुआलाई नायक भनिन्छ । नायक अतिरिक्त नटुआ, चुगला वा विपटा (जोकर) र अन्य कोरस गायन र वाद्यवादकहरु हुन्छन् । घुमरा नाच कृष्णचरितको रास भावको प्रस्तुति हो । यो मुख्य रूपमा आफ्ना इष्टदेव र कृष्णभक्तिको अभिव्यक्ति हो । यसमा राधा सखी जस्तो महिला चरित्रहरुको भूमिका पनि पुरुषहरुले नै निर्वाह गर्दछन् । महिला पात्रहरुले घाघ्रो, पेटीकोट र साडी तथा पुरुषहरुले घोती, कुर्ता र मुरेठा (पगडी) पहिर्छन् । प्रशिक्षित गायकहरुले समय अनुसार अनुशासित गायन गर्दछन्, जस्मा सुर, राग र तालमा पूर्ण ध्यान दिइएको हुन्छ । बिहानीको समयमा पराती, दिउँसो बिरहिन र रातिमा पछिमही र शब्दको प्रयोग गरिन्छ ।

आधुनिक मञ्चहरूमा मनोरञ्जनार्थ यस नाचको आँशिक प्रस्तुति गरिए पनि पारम्परिक रुपमा यो भाकल गरिएको घरबाट सुरू गरिएर इष्टमित्रहरुको घरहरूमा गएर प्रत्येक दिन फरक-फरक सन्दर्भ प्रस्तुत गरिन्छ । अन्तिम दिन नदी वा खोलाछेउ गएर चौराकच्ची विधि सम्पन्न गरेर घुमरा नाच त्यस वर्षको निम्ति अन्त गरिन्छ ।

यस नाचका गायन र नृत्यमा रास, चुमुक वन (बन्ध), कृष्णलीला (कृष्ण-राधा प्रसङ्ग), मान, रमनी, महादेवी, बिरहिन, चाँचर, बारहमासा, बरसाती (खेतरापनी), पराती, वसन्त आदि भाव अनुसारको गायन र नृत्य प्रस्तुत गरिन्छ । घुमरालाई बडकी सोरैठ पनि भनिन्छ । धुमरामा मान, रमनी, महादेवी आदि विशिष्ट गायन हुन्, यसमा गाइएका गीत कुनै उत्कृष्ट कविद्वारा रचिएको बुझिन्छ । यसको वाक्य गठन हेर्दा यो मध्यकालमा रचिएको अनुमान हुन्छ । घुमराको प्रारम्भ माधवलालको मुखवन' बाट गरिन्छ :

अकिं हो माधवलाल हो हाय हो लाल हो माधव                                    अकिं हो माधव तेजि हो गेला                                                           एउटा मानको उदाहरण हेरौं :                                                           बडा रे मनोरथ कय हम अयलहुँँ                                                      अकिं हो हो गे रमणी                                                                        पुरतै गे सकल मनोकामे                                                                 रमणी पुरलै गे सकल मनोकामे                                                        त्यस्तै महादेवी :                                                                              जय परमेसर जय जय सब रस तेसर

               यस नाचमा मृदङ्ग, झाली, हार्मोनियम र ढोलको प्रयोग गरिन्छ । कहिलेकाही आधुनिक सांस्कृतिक संस्थाहरुले सजाइएको मञ्च प्रयोग गरे पनि। पारम्परिक रुपमा यो नाच भुइँमा आयोजन हुन्छ । 1 यो नाच लोप हने स्थितिमा छ । भेटघाटका क्रममा हामीले पूरानो जीवित पुस्तामा सिरहा लहानका भोला चौधरी, किसन चौधरी सहितको एउटा समूह र सप्तरीमा धुमरामा नआको भूमिका गर्ने र गायन पनि गर्ने बौआलाल चौधरीको बारेमा सूचना पायौं । तर यस नाचमा नयाँ पुस्ताको विकास नहुनु चिन्ताजनक छ । चितवन सौरहा र सप्तरीमा विदेशी पर्यटकहरुको मनोरञ्जनार्थ र कहिले काहीँ कुनै आधुनिक सांस्कृतिक संस्थाले यस नाचको आँशिक प्रदर्शन गरे पनि त्यो अपर्याप्त छ ।

१८) धामी नाच यो नाच आनुष्ठानिक नृत्य हो। यसलाई दलसिंहको नाच पनि भन्दछन् । यो एक जना महाशक्तिशाली धामी दलसिंहको स्मरण र सम्मानमा गरिन्छ । यस अतिरिक्त यसमा काली, नरसिंह आदि देवी देउताहरुको पनि पूजा गरिन्छ । यस अवसरमा धामीहरु र अन्य कलाकारहरु सामूहिक रुपमा नाच्ने गर्दछन् । ढोल, मृदङ्ग र झालीको प्रयोग गरिन्छ । दलसिंह धामीले आफ्नो दैवीय शक्तिको प्रयोग गरेर बाध र गोरू नारेर हलो जोतेका थिए । यो एउटा पुरुषप्रधान नृत्य हो ।

१९) बर्का नाच यो महाभारतको कथामा आधारित नाच हो। बर्का नाचको शब्दार्थ ठूलो नाच हो । यसमा प्रयोग हुने गीतलाई बर्किमार पनि भनिन्छ । बर्की भनेको ठूलो र 'मार भनेको लडाइँ हो । दसैं र उत्सव तथा धान काट्‌ने बेला यो नाचको आयोजन गरिन्छ । यो नाच नाचेपछि बाली राम्रो हुने मान्यता छ । गाथा गायन, नृत्य र नाट्य, तीनवटै तत्त्वको समावेश भएको यस नाचमा पोसाकको विविधता, गायन र नृत्यमा भाव अनुसारको विविधता हुने गर्दछ । थारु समुदायमा यसलाई कठिन नाच मानिन्छ । रौतहट र बारामा यसबारे केही चर्चासम्म सुनिने गरिएको बर्कानाच हाल लोपप्रायःको अवस्थामा छ ।

२०) विदापत नाच विदापत पुरबिया थारुमा प्रचलित प्राचीन नाच हो । ज्योतिरीश्वरको वर्णरत्नाकरमा यसको विस्तारपूर्वक वर्णन भएको छ । वर्णरत्नाकरमा विद्यावन्त भनिएको छ, जसलाई विदाऔंत पनि भनिने गरिएको धारणा डा. बालगोविन्द झा व्यथितको छ । उनको विचारमा विदापत नाच नै पछि गएर कीर्तनियाँ नाचको रूपमा विकसित भयो। (डा. व्यथित, मैथिली साहित्यक इतिहास, पृष्ठ ४२) सत्रौं शताब्दीमा मकवानी राजा हरिहरइन्द्र सेन आश्रित उमापति मिश्रको पारिजात हरण नाटकलाई कीर्तनियाँ शैलीको उत्कृष्ट नाटक मानिन्छ । विदापत नाचको सुरूआत विद्यापति रचित स्तुतिबाट हुने गरेकाले केही विद्वान्हरूले विद्यापतिका गीतको गायनको कारण विदापत भनिएको तर्क गरेका छन् । तर ज्योतिरीश्वरक काल चौधौ शताब्दी हो भने विद्यापतिको पच्ची शताब्दी हो । अतः कि त स्तुतिहरु पछि थपिएका हुन सक्छन् कि त विद्यापतिका भनिएका स्तुतिहरु अन्य कुनै रचनाकारका हुन सक्छन् ।

यो नाच बाग्मतीभन्दा पूर्व सिरहा-सप्तरी र त्यसभन्दा पूर्व मोरङ, सुनसरी र छिमेकी देश भारतको पूर्वी विहार, बङ्गाल, आसाम र उडिसामा प्रचलित रहेको पाइन्छ। नेपालमा भने विदापतका युवा पुस्ता देखिँदैन । अध्ययन भ्रमणका क्रममा हामीले सिरहामा विदापतका पचास वर्षभन्दा माथिका कलाकारहरु मात्र भेट्टायौं । सिरह जिल्लाको लहानका भोला चौधरी र किसुन चौधरीहरुले युवाहरुको आकर्षण घटेको हँदा विदापत नाच्ने कलाकारमा आफूहरु अन्तिम पुस्ता हने डर व्यक्त गरे। विदापत कृष्णचरितको विशिष्ट लोक प्रस्तुति हो। यसमा राधा-कृष्णको रास, मान र भाव गायन र नृत्यको माध्यमबाट प्रस्तुत गरिन्छ । यसमा सातदेखि आठ जनासम्मका कलाकारहरु सामेल हुन्छन् । समूहको नायक र मुख्य गायकलाई मुलगेन र सहयोगी गायकहरुलाई समाजी भनिन्छ । वाद्यको रुपमा ढोल, मृदङ्ग र झालीको प्रयोग हुन्छ । यसमा एक जना मूलगायक (मुलगेन), दुई वा तीन जना सहयोगी गायक र वादक, एक वा दुई जना नर्तक जसले स्त्री पात्रको भूमिका समेत निर्वाह गर्दछन र एक जना बिकटा विदुषक हुन्छ । नर्तकहरूले घाघ्रो र थारु शेलीको चोली लगाउँछन । यस नाचको प्रारम्भ मुलगेनको मङ्गलाचरणबाट हुन्छ -

                'गननायक फलदायकम् पण्डितम् पतीतम्                                                हे लेल परबेश परम सुकुमारी                                                                   हंस गमन बृषभान दुलारी'...                                                                                   विदापत लोकनृत्य नाटिका भए पनि यसमा गाइने गीत शिष्ट रचनार्कै देखिन्छन्, यथा -

                अङ्गना आयत जब रसिया                                                                     पलटि चलब हम इषत् हँसिया                                                                 कान्ह जतन बहु करअन्हि,                                                            त्यस्तै,                                                                                                         'सखि हे....                                                                                         सखि हे, कि पुछसि अनुभव मोहे                                                             जनम अवधि हम रूप निहारलौं,                                                             तवहुँ न तिरपित भेल ।"

विदापत नाच प्रायः लोप हुने अवस्थामा छ । यसको तत्काल संरक्षणको आवश्यकता छ ।

(विदापत नाचबारे अध्ययन भ्रमणको क्रममा सिरहा, लहानका भोला चौधरी र किसुन चौधरीसँगको कुराकानी, विश्वेश्वर मिश्रको 'लोक-रचनाक सुरभि सुषमा' नामक पुस्तक र सन् १९९१ ई. मा विपक्ष नामक हिन्दी भाषाको लघुपत्रिकामा प्रकाशित हिन्दीको प्रसिद्ध साहित्यकार स्व. फणिश्वरनाथ रेणुको 'और मैं विदापत नाचके पीछे फिदा रहने लगा मा आधारित भएर तयार पारिएको छ ।)

२१) बसहा नाच

यो नाच प्रायः रौतहट र बाराका थारुहरुमा प्रचलित रहेको पाइन्छ । यो आनुष्ठानिक नृत्य हो । यो माघदेखि वैशाखसम्म नाचिन्छ । यस नाचको सुरुआत पलटा खाँव थारु नामक व्यक्तिले गरेको हनाले यसलाई पल्टा नाच पनि भनिन्छ। बारा जिल्ल कचोरबा निवासी गोपाल ठाकुरसँगको कुराकानीको आधारमा)। बसहा नाचमा शिवलीला र कृष्णलीलाको गीत गाइन्छ । कचोरबा निवासी गोपाल ठाकुरका अनुसार बसहा नाच बारा, पर्सा र रौतहटको उत्तरी भेगका थारुहरुको विशिष्ट गायन र लोकनृत्य हो । उनले बसहा नाचमा गाइने गीतका केही पङ्क्ति गाएर पनि सुनाए-

'राम भजु राम भजु हो

कि बँसिया बजाबे हो ।' '

कमली नयन मनमोहन हे

बसे नदी जमुनाके तीर

बँसिया बजाय मनमोहन हे ।'

(पर्सादेखि सप्तरीका थारुहरुको गीत, सङ्गीत र नृत्यमा स्थानभेद सहित समानता नै देखियो । खास गरी थारु नाचहरुका प्रयोग भएका गीतको भाषा प्रायः सबैतिर मध्यकालीन मैथिली पाइयो । त्यस्तै थारु नाचहरुमा धामी नाच र बसहा नाच बाहेकका अन्य नाचहरु प्रायः कृष्णचरितमा आधारित रास, मान, भाव, चाँचर, विरहिन, सोरठी आदि लोकप्रचलित गायनमा आधारित देखियो ।

२२) झमटा नाच :- झमटा नाच थारुहरुले जितिया पर्वमा नाच्ने सामूहिक नृत्य हो । जितियापर्व थाक र दोनवार सहित मैथिली र भोजपुरी क्षेत्रका महिलाले मनाउने पर्व हो । थारुमा भने विवाहित महिला र अविवाहित युवतीहरु समेतले मनाउँछन भने मैथिली-भोजपुरी समुदायमा विवाहित महिलाहरुले मात्र मनाउँछन । थारु समुदायमा पतिको दीर्घायु र समृद्धि र अविवाहितले सुन्दर र योग्य पतिको कामना गर्दै यो पर्व मनाउँछन भने अन्यले सन्तान विपत्ति र सङ्कटमा परेको बेला भगवान् जितवाहनले रक्षा गरुन् भन्ने कामना गर्दै यो पर्व मनाउँछन । यस पर्वमा आश्विन कृष्ण सप्तमीको रातमा दर (थारु भाषामा डटखट) खाएर अष्टमीको दिन-रात निराहार भोकै बसिन्छ । नवमीको दिन भगवान जितवाहनको पूजा गरेपछि मात्र फलाहार गरेर नाच-गान गर्दछन । नाच र गीत भने थारू समुदायले मात्रै गर्दछन । यस अवसरमा दर खाएको रात थारु महिलाहरुले बिहान नहन्जेल गीत गाउँछन र नाच्छन् । दशमीको दिन पूजा गर्न फूल टिप्न र बेलको हाँगा टिप्न जाने बेला गीत गाउँछन र जितवाहनको कथा सनेपछि फलाहार गरेपछि नाच्छन र गाउँछन् । झमटा नाचमा गवैयाहरुको टोली अलग्गै हुन्छ र नाचमा पारम्परिक पहिरनमा सजिएका व्रतालु महिलाका अतिरिक्त पुरुषहरु पनि हुन्छन् । बेलका हाँगा टिप्न गएको बेला रुखको चारैतिर गोलाकार भएर घुम्दै र फलाहारपछि कहिले गोलाकार र कहिले छ्‌यासमिस भएर यो नृत्य नाचिन्छ । झमटा नाच अधिकतर बारा, पर्सा, रौतहटको भोजपुरी क्षेत्र र नवलपरासी, रुपन्देही र चितवनको थारु समुदायमा बढी प्रचलित छ । यस अवसरमा गाइने गीत यस प्रकारका छन् :

दर खाएपछि रात कटाउँदा गाउने बेलाको गीत। यसको उद्देश्य मनोरञ्जन मात्र हो ।

कारी डॉट तुलसी रे -२

राम हरियर पात

तुलसी महकि गैले

स्वामीजी के कोरा

याहे रे, याहे रे महादेओ

लेहु ना विचारे -२

फूल टिप्न जाँदा गाउने गीतलाई फूला लोढौना गीत भनिन्छ-

फूला लोढे अइली रे बाबा

रउरा फूलबारी

कँहवा फूलबारी रे बाबा

कँहवा दुअरिया रे बाबा

फूला लोढे अइली रे बाबा

राउर फूलबारी

निराहार बसेको बेला इनारमा गएर जलदेवता (जरहर) लाई स्तुति गरिन्छ :

बालू तर किसीर मिसी

माटी तर ग‌ङ्गा रे मइया

बहहे सरस्वती हो धारा

जरहरी रे माता-

व्रतको अन्तिम दिन बेलको हाँगा टिप्दा गाउने गीतलाई डार कटौनी गीत भनिन्छ ...

पर्वत पर्वत उपर रे

सिरी बेल गाछ

कौने मोर चढिहैं रे

सिरी बेल रे गाछ

भैया मोरे चढिहैं रे

सिरी बेल रे गाछ

पछिए के डरवारी

पुरबे मुहे होइ छई

पछिमे मुहँ होइ छई

भैया मोरे टिपिहे रे

सिरी बेल के डार.....

फलाहार गरेपछि महिला र पुरूष मिलेर अनेक पारम्परिक गीत गाउँदै कलात्मक रुपमा नाच्छन् ।

पर्सादेखि सप्तरीको क्षेत्रमा सामान्यतः चुरे क्षेत्रमा रहेका आदिवासी जनजातिहना मगर र तामाङ मुख्य छन् । अतः यिनीहरुको लोकनृत्य र नाट्यको सामान्य चर्चा गर्नु सान्दभिक हुनेछ । मङ्गोलियन समुदायबाट चुरे क्षेत्रमा आएका मगर र तामाङ जातिमध्ये मगर समुदायको लोकनाट्य र नृत्यमा तराई-मधेसको प्रभाव, विशेषगरी हिन्दु लोक र पौराणिक दुवै सांस्कृतिक गाथाको प्रभाव बढी परेको देखिन्छ । यह क्षेत्रमा चुरे भेगमा सर्लाही, महोत्तरी, धनुषामा मगर जाति र सप्तरी, सिरहा, रौतहट, बारा र पर्सामा तामाङ जातिको बसोबास बढी देखिन्छ । 

मगर जातिका नृत्य र लोकनाट्य मगर जाति नेपालका प्राचीन आदिवासीमध्येको एक हो । यस क्षेत्रमा बसोबास गर्न मगरहरुमा प्रचलित मुख्य लोकनृत्य र लोकनाट्यहरुको यहाँ चर्चा गरिन्छ ।

२३) सोरठी नाच मगर जातिमा खुसी र शोक दुवै अवसरमा गाइने र नाच्ने यो आनुष्ठानिक सामूहिक नृत्य हो । यो लोकनृत्यसँगै लोकनाटय पनि हो । सोरठी नाच आ-आफ्ना विशिष्टता सहित हिमालदेखि तराईसम्म प्रचलित नृत्य र गायन शैली हो । कुलदेवताहरुको पूजा र आराधनाको रुपमा भने यो मगरका अतिरिक्त गुरुङ, दुरा, थारु, धिमाल र कुमाल तिमा प्रचलित छ । (कृष्णविलास पौड्याल- नेपाली लोकसाहित्य, पूर्वआधुनिक साहित्य तथा आधुनिक नेपाली निबन्ध ।)

सोरठी आख्यानात्मक लोकनृत्य प्रस्तुति हो । यसमा कुनै जैसिंह राजा र उनकी सोइवटी रानीको कथालाई सोह्रवटा हाँगा र मादलको तेइसवटा तालमा ढालेर प्रस्तुत गरिन्छ । वस्तुतः सोह्रवटीबाट अपभ्रंश भएर सोरौटी र सोरठी भनिएको संस्कृतिविदहरुले धारणा व्यक्त गरेका छन् । यसको गायनमा जैसिंह राजा र उसका रानीहरुका अतिरिक्त गाउँ-घरका देवी-देवता, देउराली, पुराणका कथाहरु, राम-सीता, कृष्ण-राधाका प्रसङ्गका साथै समसामयिक प्रसङ्ग पनि सामेल गरिन्छन् । गुरुबाको निर्देशनमा गरिने सोरठी नृत्यमा जोडी मादलको तालमा हात र खुट्टाका औंलाहरु र शरीरको विभिन्न अङ्गको प्रदर्शन विशिष्ट हुनेगर्दछ । बिहा, पास्नी, छेवर र शोकको अवसरमा समेत गाइने र नाच्ने यस नृत्यमा महिला र पुरुषको गरी दुई समूह हुन्छ । पुरूष समूहले गीतको स्वर गाउँदछ र महिला समूहले 'हा ऽईऽईऽई" भनेर छोप्ने गर्दछन् ।   जस्तै :

'सोरठी नाच ठामै र ठामै, मुरली बज्यो मुरलीको सोह्र ताल बस भन्नु- 'हाऽ ई ऽ ई ऽई ।

'सोरठी नाच नाच्नु लाए आँगनै बढार - हाऽईऽईऽई-I"

'एकुली बाचा दुवाली बाचा, तिनै तेसरी बाधा बाँधुम - हाऽईऽईऽई-।"

      सोरठी नाचका दुई विशिष्टता लोकप्रिय र रोचक छन् । एउटा, मारूनीको नाच । नृत्यमा एक जना नर्तक महिलाको भेषमा नाच्दछ, जसलाई मारूनी भनिन्छ । नृत्यकै क्रममा गुरुबाको मादलको ताल र मारुनीबीच प्रतिस्पर्धा सुरू हुन्छ । मादलको तालमा नाचिरहेकी मारूनीलाई छक्याउन गुरुबाले मादलको ताल परिवर्तित गरिरहन्छन् र पोख्त मारूनी परिवर्तित तालमा नाच्ने प्रयास गरिरहन्छिन् । दर्शकका लागि यो प्रतिस्पर्धा रोचक र विष्मयकारी हुने गर्दछ ।

सोरठी नाचको अर्को विशिष्टता शोकको अवस्था अथवा वियोग र मृत्युमा गीत र नृत्य हो, जुन अन्यत्र दुर्लभ मानिन्छ । जस्तै :

'दियौ बत्ती जलाई दियौ राजै- हा ऽई ऽई ऽई-                                        'बाबै भन्ने साइनो थियो राजै- हा ऽई ऽई ऽई-1"                                      'बाबै भन्नु पाएन- हा ऽई ऽई ऽई-1

त्यस्तै,

'स्वर्ग द्वार पारै गयौ राजै- हा ऽई ऽई ऽई।"                                          'आमा बुबा जिजु र बाजे भेट्ने पो हो राजै- हा ऽई ऽई ऽई-।               'तिमीलाई चिन्ने पो छैनन् राजै- हा ऽई ऽई ऽई-।                                         'नाम र गोत्रो कैरम भनि पो दिनु राजै- हा ऽई ऽई ऽई-।"         

             गेयात्मक र रसमय सोरठीको खुसीको अवसरमा खास गरी बिहेको अवसरमा दुलहा-दुलही घर भित्रयाउँदा रात कटाउने उद्देश्यले नाच्दा खयाली गायन र सालैजो नाच पनि रोचक हुने गर्दछ । सालैजो सालीजूको अपभ्रंश हो ।    (धर्मराज थापा- सङ्गीत र कला समीक्षा, मधुपर्क-२०६६ वैशाख )

२४) घाटु नाच :- घाटु नाच मगर, गुरुङ जातिमा श्रीपञ्चमीदेखि सुरू भएर वैशाख पूर्णिमा समाप्त हुने आनुष्ठानिक लोकनाट्य हो । यो करूण र हृदयविदारक लोकनाट्य हो जसका दर्शकहरु भावविह्वल भएर धुरुधुरु रोएको पनि देखिन्छन् । घाटु नाचमा सोह्रौं शताब्दीका एक राजा परशुराम र उनकी रानी चम्पावतीको प्रेम, गृहस्थी, राजकाज, जङ्गल प्रस्थान र सिकार आदिको गाथा गाइन्छ । यस नाचमा विधिपूर्वक अनुष्ठान गरी नाच्ने कन्याको छनोट गरिन्छ । पूजाकै क्रममा भावाविभूत भै कन्याको आँखा बन्द भयो भने देवीले पत्याएको बुझिन्छ र घाटु नाच सुरू गरिन्छ । यस नाचको सुरूआत मङ्गलाचरणबाट गरिन्छ जसमा इष्टदेवीको साथमा आमा, घर्ती र आकाशलाई साक्षी राखिन्छ । घाटु नाच सती नाच र बाह्रमासे गरी दुई किसिमको हुन्छ । सती नाच आनुष्ठानिक हो जो श्रीपञ्चमीदेखि सुरू गरेर वैशाख पूर्णिमामा समापन गरिन्छ । यसमा मादलको ताल बिग्रियो भने नाच्ने कन्या बेहोस हुने मान्यता छ, त्यसैले सचेततापूर्वक मादल बजाइन्छ । बाह्रमासे नाच जहिले पनि नाच्ने गरिन्छ र यसमा कुनै पनि आनुष्ठानिक विधि गर्नु पर्दैन । (विकिपिडिया डट ओआरजी) ।

२५) हुर्रा नाच तिहारको बेलामा कार्तिक पूर्णिमासम्म दाजु, दिदी, बहिनी र अरु केटा-केटीहरु खुट्टाको चाल र मादलको तालमा हर्रा नाच सामूहिक रुपमा नाचिन्छ । नाचकै क्रममा मन मिल्यो भने युवा-युवतीबीच बिहा पनि हुने गर्दछ ।

२५) गोपीचन लोकनाट्य :- गोपीचन तराई-मधेस र समस्त उत्तरभारतको प्रायः सबै सांस्कृतिक समुदायमा प्रचलित लोकगाथा हो । यो गाथा नृत्य मगर जातिको एउटा विशिष्ट र प्रसिद्ध लोकनाट्यमा पर्दछ । पर्सादेखि सप्तरीसम्मको क्षेत्रका मगर समुदायमा हाल लोपप्रायःको स्थितिमा रहेको गोपीचन लोकनाट्यबारे धनुषाको बेड्राडाबर र महोतरीको भङ्गहा गाउँतिरका वृद्ध पुस्ताका मगरहरूले जानेको र बुझेको बताउँछन् । हालमा यो लोकनाट्य बाग्लुङ क्षेत्रमा प्रचलित मगर जातिको विशिष्ट लोकनाटयको रुपमा मानिन्छ । गोपीचन लोकनाट्य वैराग्य भाव जगाउने दुःखपूर्ण गाथा हो । मगर संस्कृतिमा यसलाई रोइलो गीत अर्थात रूने गीत भनिन्छ । मगर जातिमा प्रस्तुत गर्ने गोपीचन लोकनाट्यमा मुलकथासँगै बाघ नृत्य र सिकार जीवनका दृश्यहरु गीतात्मक अभिनयमा प्रस्तुति विशिष्ट र मौलिक हो । मगर जातिमा प्रचलित गोपीचन लोकनाट्यको कथा पनि मैथिली भोजपुरीभाषी क्षेत्रमा प्रचलित गाथा नै हो। गोपीचन नाथ सम्प्रदायका एक महत्त्वपूर्ण जोगी हुन् । आफ्ना पिता राजा मणिचनको मृत्यु भएपछि आमा मैनावतीको आदेशमा उनी सानै उमेरमा गुरु गोरखनाथको शिष्य भएर वैराग्यको खोजीमा जोगी भए । मगर जातिको गोपीचनमा गाइने एउटा रोइलो गीत यहाँ प्रस्तुत छ :- यस गीतमा राजा मणिचनको मृत्यु भएपछि रानी मैनावती शोकाकुल अवस्थाको वर्णन गरिएको छ -

रानी सोना हो सोना रे हो                                                                  पञ्च भेदी लोक राजाज्यु त सोरगे पो भए -                                       जनता सोना हो सोना रे हो,                                                    रानीज्यूलाई रोदन वैराग                                                            काँकरीको चिरो जैसौ थियो हाम्रो राजा                                               अब त सोरगे पो भयो ।

(डा. कुसुमाकर न्योपाने, गोपीचन लोकनाटक, २०६५/ स्रोत: खेली र रोइला गीतको भिन्नता, तुलसी प्रवास, समकालीन साहित्य डट कम) ।

मगर जातिमा महिलाको लुगा लगाएर नाच्ने (तराई मधेसको नटुआ जस्तो) मारुनीको नाच र झ्याउरे, मयूर नाच, सालैजो र भूमे आदि लोकप्रिय नाच हुन् ।

तामाङ जातिका लोकनाट्य र नृत्य यस क्षेत्रमा तामाङ जाति समुदाय सिन्धुपालचोक, काभ्रे, दोलखा र सिन्धुली आदि तामसालिङ क्षेत्रबाट पसिँदै आएका हुन् । त्यसैले तामसालिङ क्षेत्रमा प्रचलित प्रायः सबै लोकगीत. लोकनाट्य र लोकनृत्यहरु यस क्षेत्रका तामाङ जातिमा प्रचलित छन् । यस क्षेत्रमा मुख्यतः पर्सा, बारा, रौतहट, महोत्तरी, र सिरहाको चुरे र उत्तरी समथर भागमा सघन रुपमा बसेका तामाङहरुको ल्होसारलगायत सास्कृतिक उत्सवमा डम्फूको तालमा गाउने छोटो छोटो सेलो गीत र नृत्य, स्याबु नृत्य तथा बालन लोकनाट्य लोकप्रिय छ । बालन लोकनाट्यमा विविध पौराणिक कथा प्रसङ्गहरुलाई नाट्य रुपमा प्रस्तुत गरिन्छ । यसमा रामायण, महाभारत र हरिश्चन्द्रको कथा प्रसङ्ग पनि हुने गर्दछ ।

श्रव्य-दृश्यका आधुनिक विद्युतीय माध्यम अडियो र भिडियो क्यासेटको कारण उच्च पहाडी भेग रसुवामा प्रचलित म्हेन्दोमाया नृत्य रौतहट, बारा र पर्साको चुरे भेगका तामाङहरुमा पनि लोकप्रिय छ । म्हेन्दोमायाको गायन र नृत्यमा महिलाहरुको दुई समूह कम्मरमा कम्मर मिलाएर खुट्टाको कबाज मिलाएर, कुममा कुम र हातमा हात मिलाएर नाच्छन् । यसमा गायन प्रश्नोत्तरीको रूपमा हुन्छ ।

तामाङ जातिको गीत र नृत्यमा मुख्यतः डम्फु, टुङ्‌ना, मुरली, भोटेमादल, डोङ्गमेन, काङलिनको प्रयोग हुन्छ ।

(तामाङ जातिको गीत नृत्य/राज्यसत्ता डट कम)।

 

 बागमती प्रदेश ( प्रदेश नं ३ )

 यश  प्रदेशमा रहेका विभिन्न जातजातिमा प्रचलित नृत्यको परिचय दिइएको छ । यहाँ उल्लेख गरिएका लोकनृत्यहरु तत्तत् क्षेत्रमा गएर टिपिएका हुन् । केही  नृत्यलाई सूचनाका रूपमा भए पनि टिपोट गरिएको छ । केही नाचहरू विद्वानका ग्रन्थ, लेख, रचना तथा अनुसन्धानमूलक कार्यपत्रबाट लिइएका छन्ः

कुमाल नाच

(१) झाम्रे नाच :- कुमाल जातिमा प्रचलित यो नाच कुनै पनि चाडपर्व, उत्सवमा दोहोरी शैलीमा काग्रे गीत गाएर बाहै मास नाच्दछन । स्थानीय शैली, भाषा, पहिरन र सङ्गीतमा एकल वा सामूहिक रूपमा मनोरञ्जनका लागि यो नाच नाच्दछन् ।

(२) ठुलो नाच :- कुमाल जातिमा प्रचलित यो नाच दसैं र तिहारमा सामूहिक रूपले नाच्छन् । विशेष गरी दसैंको कालरात्री, नवमी र टीकाको दिन भन्दा अगाडिसम्म नाच्दछन् । प्रारम्भना विधिविधानसहित पुरुषहरू महिलाको भेषमा नाच्छन् । यस नाचमा विजवारे, मारूनी र अन्य समूह हुन्छन् । स्थानीय पहिरनमा सजिएर स्थानीय भाषाकै गीत गाउँदै डम्फु, मृदङ्ग, मजुरा बजाएर मारूनी शैलीमा नाच प्रदर्शन गर्दछन् । पुरुषहरूद्वारा मात्र नाचिने यस नाचमा एक समूह पुरूष हुन्छ भने अर्को समूह महिलाको पहिरनम पुरूषहरू नै हुन्छन् ।

(३) डम्फु नाच :-  डम्फु नाच विशेष संस्कारमा मात्र नाचिने सामूहिक नाच हो । विवाहका अवसरमा दुलही माग्न जाँदा डम्फु बजाएर मारूनी शैलीमा नाच्छन् । नाच्ने शैली, पहिरन तथा विधिविधान ठुलो नाचमा जस्तै भए तापनि केवल बिहेको अवसरमा डम्फु नाच नाच्दछन् ।

तमु (गुरुङ) नाच

(१) घाटु नाच :- बसाइँसराइसँगै मानिसले आ-आफ्‌नो मौलिकतालाई पनि सँगसँगै लिएर हिँड्छ । आफनो मूल थलो छोडेर अन्यत्र बस्न पुगेका मगर, गुरुङ जातिमा यो नाच प्रचलित देखिन्छ । यसका साथै दरै, कुमाल, माझी, थारू, जातिमा समेत यो नाच नाचिएको पाइएको छ । जुनजुन जातिमा नाचिएको भेटिए पनि आनुष्ठानिक विधि सहितको लोक शास्त्रीय नाचको रूपमा देखिएको छ । क्षेत्र र जातिअनुसार भिन्न विधि र प्रस्तुतीकरणमा पनि भिन्नता देखिएको छ । यस आधारमा घाटु नाच दुई प्रकारको देखिन्छ : सती घाटु र बाह्रमासा घाटु ।

सती घाटु आनुष्ठानिक नाच हो । विशेष पर्वोत्सवमा मात्र यो नाच नाच्छन् । गुरुङ समाजमा विशेष गरी वसन्त पञ्चमीबाट सुरू गरी वैशाख पूर्णिमासम्म नाच्छन् (कृष्ण गुरुङ) । यस नाचको शुभारम्भमा तान्त्रिक विधि अनुरूप घटुली जगाउँछन् । घटुली दुई जना हुन्छन् । एक जना सेतो पहिरनमा राजाको र अर्को छिटको गुन्युचोलीमा रानीको चरित्राभिनय प्रस्तुत गर्दछन् । यसअघि गुरूले घटुली बन्ने कन्याको घरमा घटुली माग्न जान्छन् । कन्याका आमाबाबाले कन्या दिएपछि गुरूले सगुन र केही दस्तुर दिएर कन्यालाई घटुलीका लागि तयार गर्दछन् । माली गाईको गोबरले लिपेर मान्द्रो ओछ्‌याएर त्यसमाथि चोखो कपडा ओछ्याएर घटुली राखेर घाटु चढाउँछन् । त्यसपछि गुरू बाले स्थानीय देवीदेवताको आह्वान् गर्दछन् भने गुरू आमाले घटुलीहरूलाई सघाउँछिन् । कन्या केटीमा घटुली उत्रेपछि नाच्न सुरू गर्दछन् । घटुली उतार्दा जसको शरीरमा पहिले घटुली उत्रन्छ उनलाई (राजाको) पुरूषको स्वरूपमा सजाउँछन् र पछिल्ली घटुलीलाई रानीको स्वरूपमा सजाउँछन् । उनीहरुको आँखा बन्द हुन्छ । गीतको बोलअनुसार उनीहरू अभिनय गर्दै नाच्दछन् । स्थान विशेषअनुसार मौलिक परम्परागत पहिरन, गरगहना तथा शास्त्रादिको साजसज्जामा विशेषतः सती घाटु प्रस्तुत गर्दछन् । स्थान विशेषअनुसार केही भिन्न गाथाहरू भेटिए तापनि मूल रूपमा राजा परशुराम र रानी अम्बावतीको जीवन गाथामा आधारित भएर गीत गाउँछन् र नाच्छन् । अन्तमा राजाको मृत्युसँगै रानी पनि सती जान्छिन् । 'अम्बावती रानी भष्मै' भन्ने गीतसँगै नाचको पनि अन्त्य हुन्छ । यो नाच सङ्गीत बिना पनि नाच्न सकिन्छ । अथवा मादल, करताल र चापको सङ्गीतको तालमा पनि नाच्न सकिन्छ । सामूहिक रूपमा केवल कन्या केटीहरू मात्र नाच्दछन् । चोखो निष्ठाको विशेष ख्याल गरिने यस नाचको समापन पनि विधिविधान पूर्वक गरिन्छ ।

बाह्रमासा घाटु नाचमा झाँक चढ्दैन । यो नाच जुनसुकै बेला पनि नाच्न सकिन्छ । यसमा शुभारम्भ तथा समापनमा सती घाटुमा जस्तो कठोर अनुष्ठानको आवश्यकता पर्दैन । केवल मनोरञ्जनका हिसाबले मात्र नाच्छन् । सती घाटुकै भाका, नृत्यशैली, भेषभूषा आदिमा नाच्छन् । यस घाटुमा विवाहित महिलाहरू पनि नाच्छन् ।

(२) पुटपुटे नाच :- यो नाच गुरुङ जातिमा प्रचलित छ । विशेषतः छोरी लिँदा, दिँदा, पहिलो पुत्र जन्मँदा पुटपुटे नाच नाच्ने चलन छ । यो नाच मारूनी शैलीमा नाचिन्छ । यस नाचको ३ चरण हुन्छ । पहिलो चरणमा देवीदेवता, पितृ आदिको आह्वान गरिन्छ । दोस्रो चरणमा हर्षबढाइँको गीत गाएर नाच्छन् र तेस्रो चरणमा आशीष दिएर बिदा हुन्छन् ।

(३) सेर्का नाच :- यो गुरुङ समुदायको मृत्यु संस्कारमा नाचिने सामूहिक नाच हो। अर्धी तीन दिनको हुन्छ । अर्धीमा घ्याब्रेले शास्त्र अनुसार विधिविधानसहित कार्य गर्दछन्, जसको उद्देश्य मृतकलाई स्वर्ग तार्ने हो भन्ने मान्यता रहेको छ भने सेर्का समूहले आफ्‌नो गीत, नाच र वाद्यवादनका माध्यमबाट मृतकलाई स्वर्ग लैजान्छन् भन्ने लोकविश्वास रहेको छ । अधौँको दोस्रो दिन सेर्का समूहले नाच प्रस्तुत गर्दछन् । यो नाच चौबिस घण्टा नाच्छन् । नाच मण्डलीमा पुरुषहरू मात्र हुन्छन् । मृतकको घरको आँगनमा आगो बालेर वरिपरि घडीको सुईको विपरीत दिसामा गोलाकार भएर घुम्छन् (कृष्ण गुरूङ) । आफ्‌नो स्थानीय जातीय पहिरनमा सजिएका पुरुषहरूले यार्येच्यों/त्हौंदु (जसलाई नेपाली भाषामा ढोल भनिन्छ) र झ्याली बजाएर निश्चित विधिविधानसहित नाच आरम्भ गर्दछन् । आफ्‌नो गुरूको आह्वान गर्दछन् । चामल मन्त्र गरेर केही खान्छन्, केही शरीरका अन्य भागमा राख्छन् । त्यसपछि बाजा बजाउँछन् । तत्पश्चात् गीत मार्फत् मान्छेको जीवन, जीवनयात्रा र मृत्युलाई फुलसँग दाँजेर गीत गाउँछन् । अनि मृतकको घरलाई सान्त्वना दिँदै तथा मृतकको आत्माको धर्तीको यात्रारम्भ गरी स्वर्गसम्मको यात्रा विसर्जन गरेको गीत गाएर नाच्छन् । अन्तमा निश्चित विधिविधानसहित नाच अन्त्य गर्दछन्

(४) जोरीमाया नाच  :- गुरूङ समुदायको मृत्यु संस्कारमा नाचिने सामूहिक नाच हो । अघौं तीन दिनको हुन्छ । अर्धीको दोस्रो दिनमा सेर्का नाच नाचिसकेपछि जोरीमाया नाच नाच्छन् । यस नाचमा मुख्य गरी छोरीज्वाइँलाई नचाउँछन् । छोरीज्वाइँ नाचेपछि अरू नाच्छन् । यस नाचमा छोरीले लगाउने गरगहना, पहिरनको व्याख्या गरी गीत गाउँछन् । छोरीको बहादुरीको वर्णन गरी गीत गाउँछन् र नाच्छन् (कृष्ण गुरूङ) । यसको भोलिपल्ट मृतकको घर चोख्याउँछन् ।

तामाङ नाच

(१) घोडचढी नाच :- यो उत्तरी धादिङमा नाचिने तामाङ नाच हो । म‌ङ्सिर पूर्णिमाका दिन लाग्ने माने जात्रामा यो नाच नाच्ने गरिन्छ । घोडाको आकार बनाई घोडचढीको भेषमा नाच्ने प्रचलन रहेको छ । तामाङ लोकसमाजमा प्रचलित कथनअनुसार प्राचीन कालमा फौजबीच लडाई भएको थियो । लडाइँमा हार र जीत नभएपछि मेलमिलाप गरी त्यसैको खुसीमा दुबै पक्षले सामुहिक रूपमा नाच्न थाले । पछिल्लो समयमा त्यसैको सम्झनास्वरूप सामुहिक रूपमा नाच्ने परम्परा सुरू भएको हो भन्ने भनाइ रहेको छ । यो नृत्य छेचीका चेमाहरुमध्ये सबै भन्दा रुचाइएको चेमा हो ।

त्यस समुदायको लोक मान्यताअनुसार सेतो वस्त्र लगाएकाहरु गोर्खड ग्याल्पो र रातोलगाएकाहरु ल्हासाइ देव हन । यस नाचमा नर्तकले कम्मरमा भाटा बाँधी अगाडि पछाडि ससाना डोकाहरु बाँध्छन । रातोलाई लामाको लुगाले छोपी अनुहारमा रातो रङ लगाउँछन भने सेतोलाई बोम्पोको जामाले छोप्छन र कालो रङ लगाउँछन् । अम्रिसोको पुच्छर बनाउँछन । दायाँ हातमा तरबार, बायाँ हातमा ढाल लिन्छन । त्यहीं नै रातोले नुन र सेतोले चामल हाल्दछन् । वीर रसमा आधारित भएर बाजा र नृत्यको ताल मिलाउँछन् । दुबै तर्फका लामाले साङको मन्त्र पढेर सुरु गर्दछन् । डासाङ भन्दा माथिबाट रातो र तलबाट सेतो समूहहरु आउँछन् । सेतो अगाडि आइपुग्नु पर्ने चलन रहेको छ । केही युद्धको अभिनयपश्चात् मिलाउन खोज्छन् मिल्दैन तीन पटकसम्मको प्रयासमा मात्र सफलता मिल्दछ । सबै मिली कार्य सम्पन्न गनु पर्छ भन्दै झ्‌यामभ्‌याम पाराको बाजाको तालमा नृत्य प्रस्तुत गर्दछन् र टुङ्ग्याउँछन् ।

(२) छ्याम नाच :- धादिङ जिल्लामा बसोबास गर्ने तामाङ समाजमा यो नाच नाच्छन् । त्यहाँको तामाङ लोकसमाजअनुसार छ्यम नाच भनेको अन्तिम नाच हो। सामूहिक रूपमा नाचिने यस नाचमा लामा, जोगी र मुखेहरूको अभिनयका निम्ति लोकमञ्चमा सहभागीहरू उपस्थित हुन्छन् । मुख्य रूपमा लामा र जोगी सक्रिय रहन्छन् भने मुखेहरु सहयोगी पात्रका रूपमा उपस्थित हुन्छन् । चेन र मेन नामका दुई मुखेहरु सुरुमा केही क्षण र अन्त्यमा मात्र नाच्दछन् । दुई ओटा सङ्केन डसङको पश्चिममा राखिन्छ । तीमध्ये एक लामाको र एक जोगीको हुन्छ । लामा मन्त्र पढ्दै जान्छन् भने जोगी उल्टोपाल्टो र अश्लील फलाक्छन् । जसका कारणले गर्दा लामाले आफ्‌नो कूटनीति प्रयोग गरी दुईटै भाग आफूले लिन्छन् । जोगी त्यो माग्दै हिँड्छन् तर लामाले दिँदैनन् । लामासँग जोगी डराउँछन् र कुछन्, भाग्छन् । केही समयपछि लामाले दुईटै भाग जोगीलाई दिन्छन् र जोगी खुसी हुन्छन् । लामा र जोगीका सम्पूर्ण क्रियाकलापको साक्षीका रूपमा मात्र मुखेहरु सहभागी भएका हुन्छन् । तामाङ नाचका सूचक रोशन फ्युवाको अभिव्यक्ति नै स्थानीयको भएकाले यो शब्द जस्ताकोतस्तै राख्दा ठीक होला ।

(३) जोगी नाच :- तामाङ जातिमा नाचिने यो सामूहिक नाच हो । विशेषतः छेचीमा जोगीको चरित्र अभिनय गर्दै खेलको रूपमा नाचिन्छ । जोगी कतै घुम्दै गर्दा उसकी बूढीलाई कसैले बेपत्ता पारिदिन्छ । यसैका कारण क्रोधित जोगीले मनपरी गर्न थाल्दछ । पछि भेटिएकी आफनी बुढीलाई लछारपछार पार्छ । लामाले खोय खोय गर्दै बाटैमा फाल्न लगाउँछ (तामाङ, २०७३) । यही विषयवस्तुमा केन्द्रित भएर यो नाच सामूहिक रूपमा प्रस्तुत गरिन्छ ।

४) झ्युङ्बा नाच :- यो तामाङ जातिमा मृतकको नाममा गरिने हाब्ने घेवा गर्दा नाच्ने नाच हो । सामूहिका रूपमा नाचिने यस नाचमा नाङगो शरीरमा खरानी र कालो रङले विभिन्न चित्र बनाई टाउकामा चौरीको पुच्छर बाँधेर एक किसिमको भूतको रूप धारण गरी घेवाको दोस्रो दिनमा ५ देखि ९ जनासम्म नाच्दछन् ।

(५) डम्फु नाच :- डम्फु नाचका नामले पुकारिने यो नाच तामाङ जातिको मौलिक नाच हो । यो नाच निकै प्रचलित छ । यस नाचमा प्राय २ जना नाच्ने गर्दछन् । तीमध्ये एक जना डाँफे र अर्को मयुरको स्वरूपमा नाच्ने गर्दछन् । विशेषतः छेवर, विवाह जस्ता जीवन संस्कार तथा अन्य जात्राहरूमा डम्फुको तालमा कम्मर मर्काई मर्काई यो नाच नाच्छन् ।

(६) डोका नाच / बँदेल नाच :- यो नाच तामाङ जातिमा नाचिने लोपोन्मुख अवस्थामा रहेको नाच हो। यस नाचलाई बँदेल नाच पनि भनिन्छ । उत्तरी धादिङको सेर्तुङ र तिप्लिङ गाउँमा छेची जात्राको बेला यो नाचिन्छ । नुवाकोटमा भने यसलाई मृग नाच भनिन्छ । यो नाच चोयाको फुर्लुङ लाएर ल‌ट्ठी टेकेर बाजाको तालमा सामूहिक रूपमा नाच्ने गरिन्छ । यो नाच सिकारी र लामाको विषयसँग सम्बन्धित गीत गाएर पात्र अनुसारको अभिनयसहित नाचिन्छ । यस नाचको बारेमा गहन अध्ययन हुन सकेको छैन ।

(७) ढोल नाच:-  यो नाच जेठ महिनामा भूमि पूजा (ला छ्‌योत्पा) गर्दा नाच्ने गरिन्छ । विशेष गरी तामाङ गाउँमा पूजाको दिन, पुजारीको घरदेखि पूजा स्थलसम्मको यात्रामा कलिङ (एक किसिमको बाजा) बजाउने २ जना र ढोल बजाउने २ जना गरी ४ जना एकै तालमा नाच्ने चलन छ । यो परापूर्व कालदेखि नै नाच्दै आएको मौलिक र ऐतिहासिक नाच हो ।

(८) तामाङ सेलो नाच :- तामाङ जातिले बाहै महिना नाच्ने नृत्यहरूलाई तामाङ सेलो भनिन्छ । विभिन्न ताल र गीतका लयमा नारी र पुरुष सामूहिक रूपमा नाच्दछन् । स्थानीय भेषभूषमा नाचिने यस नाचमा शृङ्गार, करूण र वीर रसको प्राधान्य पाइन्छ ।

(९) दोइला नाच :-  यो नाच दोङ थरी तामाङ जातिको कुलपूजा गर्दा नाच्ने गरिन्छ । सात दिनसम्म गरिने सो कुलपूजाको छैटौं दिनमा ग्ले ज्योबा (राजा सिँगार्ने) नाच विशेष तरिकाले नाटकीय रूपमा नाच्ने गरिन्छ ।

(१०) दोरा / मानी दोरा नाच :- दोरा नाच तामाङ जातिको मौलिक नाच हो । कुनै पर्व उत्सव तथा शुभकार्यमा पङ्क्तिवद्ध भएर एक अर्काको कम्मरमा हातले समातेर सामूहिक रूपमा नाचिन्छ । तामाङ जातिको घना बस्ती रहेको हरेक क्षेत्रमा यो नाच नाचिन्छ । दृश्यावलोकन गर्दा म्हेन्दोमाया नाच जस्तो देखिए तापनि खुट्टाको तालमा केही भिन्नता हुन्छ । रसुवा जिल्लाका तामाङ जाति यस नाचलाई मानी दोरा नाच भन्दछन् । तामाङ भाषामा दोरा भनेको आँगन भन्ने बुझिन्छ । मानी उम्चे भनेको मानी मन्त्र जान्ने प्रमुख लामा भन्ने हुन्छ । मानी उम्चे लामालाई आँगनको बीचमा राखेर नाचिने हुँदा यस नाचको नाम मानी दोरा नाच रहन गएको भन्ने छ । आँगनको बीचमा मानी उम्चे लामालाई राखेपछि अघिपछि अन्य लामा र पुरुषहरू उमेरअनुसार पङ्क्तिबद्ध उभिन्छन् । त्यसै गरी महिलाहरू पनि उमेरअनुसार पक्तिबद्ध भएर उभिन्छन् । लामाको मानीअनुसार घिउको बत्ती समातेर मानी मन्त्र प्रयोग गर्दै नाच्छन् । सुरूमा मानी सेकोर/छेकोरबाट सुरू गर्दछन् । मानी सेकोरको पहिलो मानी पुरूषहरू मात्रै नाच्छन् । त्यसपछि महिलाहरूले सहभागिता जनाउँछन् । सुरूमा पुरुषहरूले ढिलो भाकामा गाउँछन् र सोही अनुरूप महिलाले पनि गाउँदै नाच्छन् । अन्ततिर छिटो गाउँछन् र नाच्छन् । खुट्टाको चालअनुसार हात, शरीर सञ्चालन गर्दछन् ।

(११) फुक्तुङ नाच :- फुक्तुङलाई स्हिप्ता नाच भनिन्छ । स्हिप्ता भन्नाले पालनको देवता भन्ने अर्थ लाग्दछ । यसलाई मुखियाको घरमा सिँगारेर त्यहीँ अन्त्य गर्ने गरिन्छ । यसको पूजा गरेमा न्यातास्हिप्ता खुसी भई रोग, ब्याधी र कष्ट हट्‌ने जनविश्वास रहेको छ ।

(१२) बाँदर किर्पा :- बाँदर अनि किर्पाको अभिनय गरी नाचिने नाच भएकाले यस नाचलाई बाँदर किर्पा भनिन्छ । सिकारी युगको झल्को दिने यस नाचमा मुकुन्डोको प्रयोग गरिएको हुन्छ । यस नाचमा बालकहरुलाई मुकुन्डो लगाइ दिन्छन् । एकछिन बाँदर जसरी रुखमा झुन्डिने, नाचिरहेको मान्छेलाई जिस्क्याउने लगायतका अभिनय गर्दछन् । यसमा लामा आवश्यक हुँदैन । किर्पा नाच भने तान्त्रिक बोम्पो र बँदेल बीचको खेल हो । अभिनयात्मक शैलीमा यो नाच प्रस्तुत गर्दछन् ।

(१३) भाक्पा नाच :- यो धार्मिक र ऐतिहासिक नाच हो । गुम्बा, छ्योर्तेन (स्तुपा), म्हानिम्हान्डाङको निर्माण कार्य सम्पन्न भएपछि उदघाटनको समयमा गरिने हान्ने (प्राणप्रतिष्ठा) मा छयाने (9) गरिन्छ । उक्त छयानेमा भाक्पा नाच नाच्ने चलन छ । त्यसै गरी तामाङ जातिम हाब्ने घेवा गरिएछ भने त्यसमा पनि रातभरि सामूहिक रूपमा नाच्ने चलन छ । गुरु रिन्पोछेका विभिन्न रूप (मखन्डो) लाएर नाच्ने यो नाचमा कम्तीमा ७ जना सहभागी हुन्छन् ।

(१४) मुखे नाच:-  ठूलो समूहमा अभिनयात्मक शैलीमा यो नाच नाचिन्छ । यसमा दुई समूहका बीच झैझगडा र लडाइँ भएको अभिनय गर्दछन । एउटा समूहले टाउको काँध र कम्मरमा रातो फेटाले बाँध्छन भने अर्को समूहले टाउको, काँध र कम्मरमा सेतै फेटाले बाँध्छन । सेतो समूह पहिले मञ्चमा प्रवेश गर्छ । हातमा खुक्री बोकेका टोलीहरू लडाइँको अभिनय गर्छन । पछि सामञ्जस्य भई हामीलाई झगडा गराउने कारक तत्त्वको रुपमा रहेको भूतस्पी सिमानालाई काट्नु पर्छ भनी तम्सिन्छन् । प्रतीकको रुपमा केराको खम्बा मञ्चको पूर्वी दिसामा राखेको हुन्छ । सुरुमा सेतो वस्त्रधारीले काट्नु पर्ने मान्यता रहेको छ र पछि टुक्रटुक्रा पारि सकेपछि समूहमा संलग्न सबैले आआफ्‌नो हातमा रहेका खुकुरी, भाला वा लठ्‌ठीमा सिउरेर नाच्दछन् ।

(१५) मृग नाच:- यो नाच छेची पर्वमा नाचिन्छ । यस नाचको सम्बन्धमा एउटा कथन पाइन्छ । कथनअनुसार सिकारीहरू मृगको सिकार गर्न जङ्गल गएछन् । एउटा मृगलाई निकै टाढासम्म लखेट्दै गएछन् । यत्तिकैमा मृग कतै अलप भएछ । चौंले लुकाइ दिएका रहेछन् । चर्चीले त्यस सिकारीलाई सम्झाएछन् । 'मृग पनि प्राणी हो र हामी पनि प्राणी हौं । प्राणीले प्राणीको हत्या गर्नु हुँदैन भन्ने आत्मबोध सिकारीहरूमा भएछ । एकक्षण पछि मृग देखा परेछ तर सिकारीले मारेनछ । यसैको खुसी उत्सव मनाएर मृग नाच प्रारम्भ भएको हो । यस नाचमा तामाङ समुदायले आफ्‌नो जातीय पहिरनमा सजिएर पुरुष र महिला दुबै सामूहिक रूपमा गोलाकार स्वरूपमा नाच्दछन्।

(१६) म्हेन्दोमाया नाच:-  म्हेन्दोमाया नाच तामाङ जातिको बहुचर्चित मौलिक नाच हो । 'म्हेन्दों' को अर्थ फुल हुन्छ । म्हेन्दो माया' पदावलीलाई गीतको थेगोको रूपमा लिइन्छ । यही थेगो गाएर नाचिने नाचलाई म्हेन्दोमाया नाच भनिएको हो । कुनै पनि चाड पर्व, उत्सव तथा शुभ कार्यहरूमा मूलतः युवायुवतीले दुई समूह बनाइ प‌ङ्क्तिवद्ध भएर एक अर्काको कम्मरमा हातले समातेर एउटै तालमा खुट्टा हल्लाउँदै नाच प्रस्तुत गर्छन । तामाङ भाषामा ख्याल ठट्टाका गीतहरू दोहोरी शैलीमा गाउँदै आफनै जातीय बाजाको ताल र पहिरनमा नाच्छन् ।

(१७) राजारानी नाच :- राजारानी नाच धादिङ नुवाकोटका तामाङ जातिमा प्रचलित रहेको छ । तामाङ जातिले छेची पर्वमा नाच्छन् । । तामाङ लोकसमुदायको जनविश्वासअनुसार : पहिलेका राजाहरू तानाशाही खालका थिए । साना गरिब जनतालाई निकै होच्याउँथे । मानिसलाई घोप्टो परेर बस्न लगाउने र त्यही मानिसको ढाडमा टेकेर राजा घोडामाथि चढ्थे । त्यहाँका राजाहरूले निकै दमन गरेका थिए । त्यही विषयवस्तुलाई लिएर गीत गाउँदै अभिनय गर्दै नाच प्रस्तुत गर्दछन । । यस नाचको गीतसङ्गीत, पहिरन र नाचमा पूर्णत तामाङ जातिको स्थानीयता देखिन्छ । बनेपा क्षेत्रका नेवार जातिमा पनि यो नाच पाइएको छ ।

  बनेपा क्षेत्रका नेवार जाति गाईजात्रा र अन्य उत्सवमा यो नाच प्रस्तुत गर्दछन । नेपाल एकीकरण पूर्व बनेपा राज्यका जनताले राजासँग कुनै कुरो राख्नु पर्यो भने नृत्य प्रदर्शन गरेर राजालाई खुसी पारी आफ्ना कुरा राख्थे । सोही परम्पराको निरन्तरतास्वरूप हाल पनि उक्त नाच नचाइने गरेको स्थानीयबासीको भनाइ पाइन्छ । यस नाचमा दुई पात्र राजा र रानीको भूभिकाका लागि मञ्चमा आसीन हुन्छन् भने अन्य महिला र पुरूष सामूहिक रूपमा राजारानीको अगाडि नाच प्रदर्शन गर्दछन् । यस नाचमा प्रयोग हुने स्थानीय नेवार भाषाका गीत, वाद्यवादन, पहिरनले स्थानीय मौलिकता झल्काएको देखिन्छ ।

(१८) लामा नाच :- तामाङ जातिमा लामा नाच प्रचलित छ । यस जातिले यस नाचलाई लामा छ्याम मन्छन् । भूत, प्रेत र शैतान आदिलाई भगाउनका लागि लामाहरूले मखुन्डो लगाएर यो नाच नाच्छन् । ह्युम काङ्ग्युर तेङ्ग्युर पाठ गर्दा वा कुरिम गर्दा गाउँ परिक्रमा गरेर लामाहरूले दुल छ्याम (सर्प नाच) देखाउँछन् । यस नाचको ताल मध्यम खालको हुन्छ ।

(१९) ल्हल्हिमो / लालिमो नाच :- ल्हल्हिमो केटाकेटी बीचको प्रेम प्रसङ्ग देखाउन नाचिने नाच हो । यो ल्हाल्हिमो वा लालिमो नाच पश्चिमी तामाङ जातिमा प्रचलित छ । तामाङ भाषामा 'ला/ल्ह को अर्थ देवता, लि/ल्हि' को अर्थ अनुहार र 'मो को अर्थ महिला भन्ने हुन्छ । यसर्थ लालिमाको अर्थ देवीको मुहार भन्ने हुन्छ । यस नाचसँग लडाकु संस्कारको प्रसङ्ग जोडिएको पाइन्छ । पहिले नेपालमा गोर्खाली र तिब्बत बीचको लडाइँ हुँदा लडाकुहरू लडाइँ सकेपछि थकान मेटथे । त्यस बेला आफ्‌ना सम्पूर्ण दुःख, कष्ट, पिर भुलेर सामूहिक नाच प्रदर्शन गर्दथे । यस बेला पुरुषहरू महिलाको पहिरनम सजिएर नाच्थे । यही परम्परा हालसम्म पनि रहिआएको हो भन्ने विश्वास गर्दछन् यो प्रेमपरक नाच हो । यस नाचमा केटाहरू केटीको पहिरनमा सजिएर महिलाक भूमिका निर्वाह गर्दछन् । अर्को समूह पुरूषहरूको हुन्छ । यी दुई समूहले बोम्सान भाकामा दोहोरी शैलीमा गीत गाएर नाच प्रस्तुत गर्दछन । रमाइलोका निम्ति से उत्ताउलो पारामा पनि नाच प्रस्तुत गर्छन । महिलाको स्वरूपमा रहेका पात्रले हातले बुनेको सानो झोला ल्याएका हुन्छन् र पुरुषहरूले चोयाको काइँयो ल्याएका हुन्छन्। ती दुई वस्तु एक आपसमा साटासाट गरेपछि नाच सकिन्छ ।

(२०) ह्याँ नाच :-  यो नाच पश्चिमी तामाङ जातिमा प्रचलित छ । सामूहिक रूपमा नाचिने यस नाचमा तीन ओटा मान्द्रो जोडी एउटै बनाउँछन् र छिर्केमिर्के कपडाले छोप्छन मित्र आवश्यकता बमोजिम ३ वा ४ जना कलाकार पस्छन् । अगाडि सिङ बनाउँछन् । 'सिङमा क्रयाकीले बाँधी डै यहाछेन नुर्बु स्यो भन्दै बाजाको तालमा जान्छन् । त्यहाँ सहभागी सगुन बोक्ने तथा साथ दिनेहरुले 'ओमालसो म्हाने प्यामे होङ' भन्छन् । बाटोबाटो हुँदै मञ्चमा पुग्छन् । त्यहाँ केही फन्को लगाउने क्रममा ह्याँ हराउँछ । त्यसको धनी र उनका सहायोगीहरु खोज्दै हिँड्छन् । जान्ने बुझ्‌नेदेखि लामालाई जोखना हेराउँछन् । अन्तमा, म्हाने नाचिरहेको दोराभित्र ह्याँ भएको जानकारी मिलेपछि त्यसलाई प्राप्त गर्ने प्रयास गर्छन् । तीन पटकको प्रयासमा पाउँछन् । दुध दुहुँदा लात्ती लागेर गोठालो लडेको अभिनय गर्छन् । दुध दुहि सकेपछि फेरि अधिक समूह सक्रिय भई गाउँदै, नाच्दै बाटो लाग्छन् र घरमा पुगी अन्त्य गर्छन् ।

तामाङ जातिका लोक नाचहरूको खोजी, स‌ङ्कलन, टिपोट गर्ने तथा अभिलेखीकरण गर्ने कार्यका लागि छोटो समयमा सकेसम्म सम्बन्धित लोकसमुदायसम्म पुगिएको छ। यस कार्यमा सम्बन्धित जातिको सूचकको सूचनालाई नै पूर्ण आधार बनाइएको हो।

 थामी नाच

२१) आयु नाच:- दोलखा जिल्लाको थामी जातिमा आयु नाच प्रचलित छ । विशेषतः थामी जातिको दिवाली पूजा (देउता /कुल पूजा) गरिसकेपछि बालबच्चाका लागि आयु गर्ने परम्परा छ । यही समयमा आयु नाच नाच्ने गर्दछन । यसका साथै बिहे आदि संस्कारमा पनि यो नाच नाच्ने गर्दछन् । विशेष विधिविधानसहित देवीदेवताको आह्वान गरी झाँक्रीले ढ्या‌ङ्ग्रो बजाउँदै यो नृत्य प्रस्तुत गर्दछन् । थामी जातिको मौलिक नाच पूर्णतया लोप भई सकेको छ । सूचकको सूचनाअनुसार प्राप्त यही आयु नाच पनि लोपोन्मुख अवस्थामा रहेको छ ।

थारू नाच

२२) झम्टा नाच :- चितवन र नवलपरासीको दाउन्ने पूर्वका थारू जातिमा झम्टा झ्याम्टा नाच निकै प्रचलित छ । यो मूलतः जितिया पर्वमा महिलाहरूद्वारा नाचिने सामुहिक नाच हो । महिलाहरू गोलबद्ध भएर झुम्दै एक कदम अगाडि र अर्को कदमपछाडि सर्दै एकनासको ताली बजाएर नाच्दछन् र पुनः गोलघेरा तोडेर अर्धचन्द्राकार घेरामा बदलिन्छन् । आफनो मौलिक पहिरनमा सजिएर जितिया पर्व र फागुवा पर्वमा मात्र नाचिने यो नाच हाल विभिन्न महोत्सव तथा हर्षोत्सवमा पनि नाचिने गरिन्छ । तापनि पहिलेको तुलनामा अहिले केही हराउँदै गएको आभास यस समुदायद्वारा गरिएको छ।

(२३) झर्रा नाच :- यो थारू समुदायमा सामूहिक रूपमा नाचिने नाच हो । हरेक व्यक्तिले डेढ फिट लामो बाँसको कप्टेराबाट खरेटो जस्तै आकारको बनाइएको झर्रा प्रयोग गर्छन् । थारू गीत र ढोलकको तालसँगै हरेकले आफूसँग रहेका २ ओटा झर्रा आफ्‌नो र आफ्‌नो वरपर रहेका सहभागीको झर्रामा ठोक्काएर नाच्दछन् । यो नाच पुरुषहरूको समूहमा वा महिलाहरूको समूहमा वा महिला-पुरूषको समूहमा गोलो घेरामा आबद्ध भएर नाच्दछन् ।

(२४) झुमरी नाच:- प्राचीनता बोकेको यो नाच लोपोन्मुख अवस्थामा पुगेको छ । विशेषतः धार्मिक उत्सवमा देवदेवीको सम्झना गर्दै गीत गाएर तबला, हारमोनियम र ढोलकको तालमा नाच्छन् ।

(२५) ठेकरा नाच :-  यो थारू जातिमा नाचिने सामूहिक नृत्य हो । यस जातिको महत्त्वपूर्ण पर्व फागु पूर्णिमा हो । यस अवसरमा महिला र पुरुषको वा पुरुषको वा महिलाको समूह बनाएर सामूहिक रूपमा नाच्दछन् । हरेक व्यक्तिले डेढ-दुई फिटका दुईदुई ओटा ल‌ट्ठी लिएर ढोलकको तालमा आफ्‌नै र अरूको ल‌ट्ठीमा ठोक्काएर नाच प्रस्तुत गर्दछन् । थारू जातिले आफ्‌नै भाषामा गीत पनि गाउने गर्दछन् ।

(२६) डफु नाच :- यो थारू जातिद्वारा फागु पर्वका दिन पुरुषहरूद्वारा नाचिने नाच हो । थारू भाषामा डम्फुलाई डफु भन्दछन् । थारू पुरुषहरूले सामूहिक रूपमा डफु बजाएर नाच प्रदर्शन गर्ने हुनाले यस नाचको नाम डफु रहन गएको हो । पछिल्लो समयमा महिलाहरू पनि यस नाचमा सहभागी हुन थालेका छन् । टाढाबाट हेर्दा मयुर नाचेको जस्तो देखिने यस नृत्यमा हरेक व्यक्तिले मयुरको प्वाँखबाट सजाइएको डफु हातमा लिएर एकै तालमा गोलाकार भइ अगाडि पछाडि दायाँ-बायाँ गरी गीत गाउँदै नाच्दछन् ।

(२७) बड्का नाच :- चितवन जिल्लाका थारूका साथै कुमाल जातिमा पनि यो नाच प्रचलित छ।নত जातिले यस नाचलाई ठूलो नाच भन्दछन् । विशेषतः पूजाआजा, बिहे, व्रतबन्ध चाडपर्वमा सामूहिक रूपले नाच्छन् । स्थानीय पहिरनमा सजिएर स्थानीय भाषाई गीत गाउँदै डम्फु, मृदङ्ग, मजुरा बनाएर मारूनी शैलीमा नाच प्रदर्शन गर्दछन्। पुरुषहरूद्वारा मात्र नाचिने यस नाचमा एक गुरुवा हुन्छन, जसले गाउन र नाम निर्देशन दिन्छन् । एक समूह पुरूष हुन्छ भने अर्को समूह महिलाको पहिरनमा पुरुषहरू हुन्छन् । यी समूहद्वारा नै सामूहिक नाच प्रस्तुत गर्दछन ।

(२८) रसधारी नाच  :- चितवनका थारू जातिमा यो नाच प्रचलित छ । मूलतः धार्मिक समारोह तथ अवसरहरूमा मात्र यो नाच नाचिन्छ । पुरुषहरू महिलाको पहिरनमा सजिएर विभिन्न देवताको वीरताको गाथाका साथै करूणिक वेदनापूर्ण गीतहरु गाएर नाच्दछन् । हाल महिलाहरू पनि सहभागी हुन थालेको यो नाच लोपोन्मुख अवस्थामा रहेको छ।

(२९) लाठी नाच :- यो नाच थारू समुदायमा प्रचलित सामूहिक नाच हो । विशेषतः फागु पर्वमा समूहब्द रूपमा गोलाकार पङ्क्तिमा नाच्छन् । यस नृत्यमा सबै जनाले चारदेखि पाँच फिटका एकएक ओटा ल‌ट्ठी लिएर ढोलकको तालमा एकले अर्काको ल‌ट्ठीमा ठोक्दै नाच्छन् । ढोलकको आवाजका साथै लट्ठी एकआपसमा ठोक्दा निस्कने ट्याकट्‌याक आवाजले प्रदान गर्ने थप सङ्गीतमय वातावरणमा यो नाच निकै उत्साहका साथ नाचिन्छ । नाच हेर्दा जोसुकैको आङ जिरिङजिरिङ हुने यो नाचका लागि प्रशस्त अभ्यास गरेको हुनु पर्छ । परापूर्व कालमा आफ्‌नो खेतीबाली जङ्गली जनावरबाट बचाउनका लागि ल‌ट्ठीकै भर पर्ने बेलामा लट्ठी नचाएर बच्न र बचाउनु पर्न अवस्थामा यो लट्ठी नाचको विकास भएको मानिन्छ (महतो २०७३) । यस नाचमा गीतको प्रयोग गरिँदैन ।

दराई नाच

(३०) डैफर नाच :- दरै जातिको डैफर नाच सांस्कारिक नाच हो । दरै जातिमा नाचिने नाच कुनै हर्षोत्सवमा नभएर मृत्यु संस्कारमा नाचिन्छ । दरै जातिको कुनै सदस्यको मृत्यु भएपछि मृतकलाई सेलाउन लैजाने बेलामा लैजानु भन्दा पहिले नाचिन्छ । बाखाको छालाबाट बनेको डम्फूलाई डम डम डम डम बजाउँदै डैफरको तालमा झट्काका साथ छिटो छिटो नाच्दछन् । यस नाचमा महिला र पुरुष दुबैको सहभागिता रहन्छ।

(३१) फगुवा नाच :- बितवनका दरै जातिमा फगुवा नाच नाच्छन् । फागु पूर्णिमाका दिन दिदीबहिनी, दाजुभाइ जम्मा भएर सामूहिक रूपमा नाच्छन् । महिला समूह र पुरुष समूह दोहोरी अर्थात प्रश्नोत्तर शैलीमा गीत गाउँदै नाच्छन् । एक घरदेखि अर्को घरको आँगनमा एक झुन्ड भएर फगुवा गीत गाउँदै अनि नाच्दै प्रस्थान गर्दछन । एक घरदेखि अर्को घरको आँगनसम्म पुग्दा गाइने गीत फरक-फरक खालको हुन्छ । कुनै एक घरको आँगनमा पुगेपछि घरबेटीले सगुनका रूपमा जाँड रक्सीसहित केही दिन्छन् । सो कुरा खान्छन् अनि त्यसपछि नाचगान प्रारम्भ हुन्छ । अन्तमा घरबेटीले दान दिएपछि आशीष दिएर नाच समापन गर्छन् ।

(३२) महादेव बट्ट्याउने नाच :-  चितवनका आसपासका दरै जातिमा महादेव बट्ट्याउने नाच नाच्छन् । बट्ट्याउने भन्नाले बटुल्ने भन्ने अर्थ हुन्छ । महिलाहरूले तीजका अवसरमा सामूहिक रूपमा गाउने र नाच्ने गर्दछन् । यस पर्वमा महिलाहरू जम्मा हुन्छन् अनि सामूहिक रूपमा गाउँको कुनै एक व्यक्तिको भित्ता माग्दछन्, भित्ता दिए बापत सो व्यक्तिको खेतमा एक/एक दिन काम गरिदिन जान्छन् । सो पर्वमा महिलाहरू व्रत बस्दछन् र मागिएको घरको भित्तामा शिव, पार्वती, बाघ, गैंडा, हात्ती आदिको चित्र बनाउँछन् । चित्र बनाउँदा अँगार धुलो बनाएर पानीमा मुछेर लेदो बनाएर भित्ता पोत्छन् र चामलको पिठोले विविध चित्र कोर्दछन् । त्यसपछि महिलाहरू गीत गाउँदै नाच्छन् । मादल र हातको तालीको तालमा नाच्दा केही महिलाहरू काम्दछन् ।

(३३) सोहराई नाच :-  सोहराई नाच दरै जातिमा निकै प्रचलित छ । सोहराई भनेको तिहार हो, शुभदीपावली हो । तिहारमा नाचिने नाच भएकाले यस नाचलाई स्थानीय भाषामा सोहराई नाच भनिएको हो भन्ने भनाइ रहेको छ । स्थानीय भेषभूषामा सजिएर आफ्‌नै मातृभाषामा गीत गाएर घरको आँगनमा महिला र पुरूष गोलाकार भएर सामूहिक रूपमा नाच्छन् ।

नेवार नाच 

(३४) अष्टमातृका नाच :-  यो नाच काठमाडौं उपत्यकाको पाटन क्षेत्रका नेवार जातिमा प्रचलित छ । यो पाटनका राजा श्रीनिवास मल्लले वि.सं. १७२० देखि प्रचलनमा ल्याएको देखिन्छ । विशेषतः नवरात्रको घटस्थापनादेखि विजया दशमीसम्म प्रत्येक दिन प्रदर्शन गरिन्छ । अष्टमातृका र अन्य देवगण गरी १३ देवदेवीको स्वरूपको मुकुन्डो, शस्त्रास्त्र र वे लगाएर नाच प्रस्तुत गर्दछन । निश्चित विधिविधानका साथ व्रत, पूजाआजा गरी नाच सुरू गर्दछन भने तिन्छ, खिं, कोता, झ्याली, पेंगा आदि पञ्चबाजा बजाउँछन् ।  ये नृत्य प्रस्तुत गरेमा आफनो क्षेत्रको रक्षा हुन्छ, रोगव्याधि तथा महामारी हटी सबैले शान्ति छाउँछ भन्ने जनविश्वास रहेको छ ।

(३५) कार्तिक नाच :- ललितपुर जिल्लाको पाटन क्षेत्रका नेवार जातिमा कार्तिक नाच प्रचलित छ। मल कालदेखि आरम्भ गरिएको यस नाचलाई नेवार जातिले कार्ति प्याखं भन्दछन् प्रारम्भमा कार्तिक महिनाभरि नाच्ने गरिएको भए तापनि आजभोलि आठ दिन मात्र नाच्ने गरिएको छ । दूराचारीमाथि विजय प्राप्त गरिने, अनिष्टबाट बाँधिनेर शान्तिको प्रत्याभूति हुने विश्वाससहित प्रस्तुत गरिने यो नृत्य धार्मिक तथा सांस्कृ‌तिक विधिविधानसहित शुभारम्भ गरिन्छ । कलाकारहरु सन्दर्भ र विषय अनुसारको देवीदेवता तथा राक्षसहरुको स्वरूपको मुखुन्डो, घाँघर, चोली आदि भेषभूषा तथा अन्य गरगहनामा सिँगारिएका हुन्छन् । नेवारी भाषाका भजन गीत तथा खिं, पेग आदि वाद्यवादनको सङ्गीतको तालमा नाच्दछन् ।

(३६) किलागल दी प्याखं नाच :- काठमाडौं उपत्यकाको नेवार जातिमा प्रचलित छ। किलागल टोलमा नचाइने भएकाले सोही टोलको नामले चिनिने यस दी (देवी) प्याखं इन्द्रजात्राको अवसरना नाचिन्छ । प्रताप मल्लको शासन कालमा प्रारम्भ भएको विश्वास गरिने यस नाचना भैरव, कुमारी, चण्डी, दैत्य, क‌ङ्काल, बेताल, ख्याक र दैत्यको भूमिका रहेको हुन्छ। कुमारीद्वारा दैत्य वध गर्ने कथासँग जोडिएको यस नाचमा पौराणिक पात्र अनुसारडे मुखुन्डो, पहिरन, गरगहना लगाएका कलाकारहरू नेपाल भाषामा देवीदेवताका सज्जन गाएर नेवारी मौलिक बाजाका धुनमा सामूहिक नाच प्रस्तुत गर्दछन् । यस नाचको प्रस्तुतिले हैजाबाट मुक्ति पाइन्छ भन्ने लोकविश्वास रहेको पाइन्छ ।

(३७) खरी प्याख :-  दोलखा जिल्लाको नेवारी जातिमा खरी प्याख नाचिन्छ । यसलाई रोपाइँ नाच र राजा नाथ पनि भन्दछन् । जनै पूर्णिमाको दिन दोलखा बजारमा साँझतिर धान रोपाइँ नाच निकाले गर्दछन । यस नाचमा युवायुवतीको सहभागिता रहेको हुन्छ । धान रोपाइँ नाच सकिएपछि कुमारी जात्रा सुरू हुनु भन्दा अगाडि राजा इन्द्र र दानव भष्मासुर बीचको युद्ध अभिनयको नाच देखाउँछन् । दुई रानीका साथमा रहेका राजा इन्द्रले भष्मासुर बध गरेको विषयन अभिनयका साथ नृत्य प्रस्तुत गरिने हनाले नै यस नाचलाई खरी प्याख भनिएको हो।

(३८) घिन्तामुनि प्याख :- घिन्तामुनि प्याख काठमाडौ उपत्यकाका नेवार जातिका किसान, ज्यापु समुदायमा प्रचलित छ । यस नाचलाई घिमे नाच पनि भनिन्छ । यो नाच वि.सं. २००० मा पहिलो पटक ज्यापु नाचबाट छुट्टिएर प्रदर्शित भएको थियो (बनेपाली २०७३) । घिन्तामुनि व्याखको प्रदर्शनपछि मात्र ज्यापु नाच नचाइन्थ्यो । यो नाच बाली लगाएपछि, भित्रयाएपछि तथा विभिन्न मेलापर्व, जात्राहरूमा परम्परागत नेवारी पहिरनमा सजिएर धिमे बाजा र भ्याली बाजाका विभिन्न तालमा नारी र पुरुष पात्रहरूले सामूहिक रूपमा अभिनय गर्दै नाच्दछन् ।

(३९) चन्द्रकेतु कुमार नाच :-  नेवार समुदायमा यो नाच नाचिन्छ । विजया दशमीमा काठमाडौको हनुमानढोका स्थित तलेजु भवानीको पूजा गर्दा चन्द्रकेतु कुमार नाच प्रस्तुत गर्दछन् । चन्द्रकेतुलाई त्यस समाजले तलेजु भवानीको अङ्ग रक्षकका रूपमा पुज्दछन् र मन्दिरको प्राङ्गणमा एकल नृत्य प्रस्तुत गर्दछन् । विभिन्न देवीदेवताको स्तुतिपरक गीत गाएर नेवार समाजमा प्रचलित परम्परागत बाजाहरूको तालमा विशेष किसिमको पहिरन र शास्त्रादिको सजिसजाउमा नाच प्रस्तुत गर्दछन् ।

(४०) चर्या नाच :-   विशेषत उपत्यकाका बौद्धमार्गी नेवार समाजमा विभिन्न पर्व, उत्सव, महोत्सव, यज्ञ, महायज्ञ, सम्यक पूजाका समयमा यो नाच नाचिन्छ ।                                                                                वास्तवमा चर्या भन्नाले नियम, विधि र व्यवस्थाअनुसार गरिने काम वा अनुष्ठान भन्ने हुन्छ । यसर्थमा हेर्दा आध्यात्मिक भावना र भक्तिरसमा पूर्ण लीन भई भावपूर्ण मुद्रामा सम्पूर्ण अङ्गप्रत्यङ्ग परिचालन गरी देवदेवीको चरित्र अभिनय गर्दै नाचिने नृत्यलाई चर्या नृत्य भनिन्छ । मूलतः यस नृत्यको पृष्ठभूमि बौद्ध धर्मसँग अन्तरसम्बन्धित देखिए पनि हाल यो तान्त्रिक योग सिद्ध देवदेवी तथा हिन्दु देवदेवीसँग पनि जोडिएको पाइन्छ । विभिन्न देवदेवीको ध्यान पूजा अर्चना गर्दा यो नृत्य नाचिने भएकाले जुन समयमा जुन देवदेवीको पूजा अर्चना गरिन्छ, सोही देवदेवीको ससम्मान व्याख्या, वर्णन पुरुषार्थ, पराक्रम, महानता, उदारता तथा सुन्दरताको चर्चा गरी नृत्य प्रस्तुत गर्दछन् । जुन देवदेवीको चरित्र अभिनय गरिँदैछ, सोही देवदेवीको आभूषण र परिधानमा सजिएर गीतको भाका र लय तथा तालमा आफ्‌ना अङ्ग, प्रत्यङ्गद्वारा आ‌ङ्गिक र सात्विक तथा भावभङ्गी र अभिनयको सहायतामा सुन्दर नृत्य प्रस्तुत गर्दछन् । यस बेला कसैले अनुहारमा रङ लगाउँछन् भने कसैले रङ लगाउँदैनन् ।                                                         बज्रयोगिनीले साँखुमा जोगदेव बज्राचार्यलाई नृत्य सिकाएपछि यस नृत्यको शुभारम्भभएको मान्ने नेवार जातिमा यो नाच दुई प्रकारले नाचिएको पाइएको छ : गुझ्या चर्या र बाह्य चर्या ।

(४१) गुह्या चर्या नृत्य :- प्रसिद्ध गुरू पण्डित बज्राचार्यको संस्कार संस्कृतिअन्तर्गत रहेर कोठाभित्र तान्त्रिक योग साधनाद्वारा गरिने नृत्य ने गुह्या घयो त्यही सिद्ध महापुरूष वा तान्त्रिक साधक बाहेक अरुले प्रस्तुत गर्नु न प्रस्तुत गरिने यो नाच गुरू बाहेक अन्यले हेर्न समेत हुँदैन ।

(४२) बाह्य चर्या नृत्य :- गुरू पण्डित बज्राचार्यहरूद्वारा खुला ठाउँमा सर्वसाधारण समेतले नाम्न पाउने बाह्य चर्या नृत्य हो। यो नृत्य सर्वसाधारण जनताले हेर्न पाउँछन् । जनताले सिक्न र नाच्न समेत पाउँछन् । गुरू दीक्षित परम्परामा अडेको यो चर्या नाच विभिन्न बहालहरूमा भिन्न भिन्न प्रस्तुत गरिने भएकाले यसको प्रकार धेरै देखिए तापनि यसको निश्चित पदा छ । यस नृत्यअन्तर्गत अन्नपूर्ण नृत्य, आदिनाथ नृत्य, आर्यतारा नृत्य, कुमारी नटेश्वर नृत्य, पञ्चबुद्ध नृत्य, पञ्चबुद्ध कुमारी नृत्य, प्रज्ञापारमिता नृत्य, बञ्जि नृत्य, भैरवकाली नृत्य, मञ्जुश्री नृत्य, लोकेश्वर नृत्य आदि पर्दछन्।

(४३) ज्यापू नाच :- ज्याभूत शब्द अपभ्रंश भई ज्यापू रहन गएको हो भन्ने मत विद्वान्हरूको रहेको छ। ज्याभूतको शाब्दिक अर्थ काम गर्ने समूह भन्ने हुन्छ (बनेपाली २०७३)। विशेष ग खेतमा काम गर्ने किसानलाई ज्यापू भनिन्छ । उनीहरूले खेतबाली लगाएपछि बर्ड भित्र्याएपछि वा कुनै पर्वोत्सवमा खुसियाली व्यक्त गर्न ज्यापू नाचको आयोजन गर्दछन् । उनीहरूले आफ्‌नै प्रकारको घरबुना लगाएर धिमेको तालमा आफ्‌नै मौलिक नाच प्रस्तुत गर्दछन् ।

(४४) टाकटुके नाच :-  नुवाकोट जिल्लामा बसोबास गर्ने नेवार जातिले जनै पूर्णिमाको अवसरमा यो नत्र नाच्दछन् । यस जात्रालाई टाकटुके जात्रा पनि भन्दछन् । यही टाकटुके जात्रावा समयमा हातमा सानो लौरो लिएर एकअर्काको लौरोमा हिर्काउँदै नाच प्रस्तुत गर्दछन् ।

(४५) टिस्टुङ वज्रवाराही नाच :- मकवानपुर जिल्लाको टिस्टुङमा तीन वर्षमा एक पटक वज्रवाराही नृत्य गर्न परत रही आएको छ । टिस्टुङस्थित वज्रवाराहीमा भव्य मेलाको अवसरमा आयोजन हुने यस नाचमा वज्रवाराही, गणेश, भैरव, कुमारी, इन्द्रायणीले नाच प्रस्तुत गर्न गर्दछन् । यस नाचमा मुखन्डो नलगाएका पोडेले जुठो बनाइसकेपछि मात्र देवदेवी भक्तजनहरूले चढाएको मद्य पदार्थ ग्रहण गर्ने परम्परा रही आएको छ ।

(४६) ट्वाकन व्याख :- दोलखा जिल्लाका स्थानीय नेवार जातिले नाच्ने 'ट्वाकल व्याख'को अर्थ कृष्ण रासलिला भन्ने हुन्छ । विशेषतः रक्षा बन्धन जनै पूर्णिमाका दिनमा जात्रा सकिएपछि साँझपख यो नाच नाचिन्छ । श्रीकृष्ण र गोपिनीहरूको रासलिला नाचका लागि आ-आफ्‌ना इच्छाले जोडी मिल्ने साथी खोजेर विशेषतः मृदङ्ग, झ्याम्टा, ढोलक र सहनाइ जस्ता बाजाको तालमा सामूहिक रूपमा नाच्दछन् ।

(४७) तायमचा नाच :-  नेवार जातिमा प्रचलित यो नाच सामूहिक नाच हो । काठमाडौं उपत्यकाका नेवार जातिले जनै पूर्णिमाको भोलिपल्ट गाईजात्राको दिन यो नाच प्रस्तुत गर्दछन् । तायमचा नेवारी शब्द हो । 'ताय' शब्दको अर्थ बुढो र 'मचा' शब्दको अर्थ बालक हो । अर्थात् बालकदेखि बुढोसम्मको सहभागिता रहेको यस नाचसँगको एउटा ऐतिहासिक पक्ष जोडिएको छ । जसअनुसार काठमाडौंका राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द्र मल्लको मृत्यु भएपछि शोकाकुल रानीको मन बुझाउन अति नै गाह्रो भयो । त्यसपछि राजाले त्यस वर्ष मरेका मृतकहरूको घरबाट एकएक गाई सिँगारी जात्रा निकाल्ने आदेश दिए । बालकदेखि बृद्धसम्मका मान्छे मरेका प्रजाको घरबाट यस जात्रामा सहभागी भए । यस्तो देखेपछि मात्र रानीले चित्त बुझाइन् । त्यस जात्राले रानीको मनलाई शोकमुक्त गरायो । त्यसै समयदेखि गाईजात्राको चलन चल्यो भन्ने भनाइ रहेको छ । यो गाईजात्रा हेर्न र नाच्नका लागि बालकदेखि बृद्धसम्मका हरेक उमेरका मानिसको सहभागिता रहन्छ ।

(४८) दशावतार नाच :- विभिन्न देवदेवीका विभिन्न अवतार र तिनका लीलाको अनुकरण गरी नाचिने विभिन्न नाचमध्ये दशावतार नाच पनि एक हो । यस नाचमा देवताका दस ओटा अवतारका विभिन्न लीलाको चरित्र अनुकरण गरी नाच प्रस्तुत गर्दछन् । काठमाडौंको वसन्तपुर डबली वा हनुमान ढोकामा प्रत्येक वर्ष इन्द्रजात्राका दिनदेखि ७ दिनसम्म दशावतार नृत्य देखाउँछन् । यस नृत्यमा मत्स्य, कूर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, श्रीकृष्ण, बुद्ध र कल्कीका स्वरूपमा विभिन्न मखुन्डा, मुकुटहरू लगाएर अवतार अनुरूपको भेषभूषामा सामूहिक नाच प्रस्तुत गर्दछन् । यसै गरी पाटनको श्रीकृष्ण मन्दिरको प्राङ्गणमा पनि कार्तिक महिनाभर कार्तिक नाचका रूपमा दशावतार नाच देखाउँछन् ।

(४९) धिमे नाच :-  धिमे बाजाबाटै नामकरण भएको धिमे नाच काठमाडौं उपत्यकाका कृषक, ज्यापू समाजमा प्रचलित नाच हो । धिमे बाजा उपत्यकाका ज्यापू समुदायको अत्यन्त लोकप्रिय बाजा हो । धिमे बाजा एक किसिमको काठले बनेको ठूलो ढुङ्ग्रो आकारको दुबैपट्टि छालाले मोरिएको हुन्छ । यसको दायाँ भागलाई एउटा घुमाउरो ल‌ट्टी (खोताकठ्ठी) ले ठोकी बजाइन्छ भने बायाँ भागलाई हातले बजाइन्छ । यो नाथ धिमे र झयाली वाद्य बजाएर गरिने प्रसिद्ध लोकनृत्य हो । यो बाजा चाडपर्व जात्रा, पूजाआजा आदिमा बजाइन्छ । यस बाजाको बोलअनुसार गरिने नृत्य भएकोले यसलाई घिमे नृत्य भनिएको हो । प्रायजसो यो धिमे नृत्य खेतमा काम गरि सकेपछि र विभिन्न चाडपर्वको अवसरमा नाचिन्छ । धिमे झयाली (भुस्या) वाद्य नबजाई के नृत्य हुँदैन किनभने यसको बोल सँगसँगै नृत्यमा हाउभाउ गरिन्छ ।

(५०) नवदुर्गा नाच :- नेपालमा देवीको आराधना उपासनामा आधारित प्रशस्त नृत्य नाचिन्छन् जसलाई नवदुर्ग नाच वा नवमातृका नृत्य भनिन्छ । नवदुर्गा नाच भनिए तापनि यस नृत्यमा विभिन देवीदेवताका मिश्रित अभिनयात्मक नृत्य प्रस्तुत गरिन्छ । यसैले यो गण नृत्य हो। यस नृत्यमा अष्टमातृका ब्रम्हायणी, माहेश्वरी (रुद्रायणी), महाकाली, कौमारी, इन्द्रयाणी, वैष्णवी, बाराही, महालक्ष्मीका साथै भैरव, श्वेत भैरव र गणेशका साथमा सिंहिनी, व्याघ्रिणी जस्ता देवीदेवताको उपसना गरी तत्तत् देवीदेवताको नाच प्रस्तुत गर्ने प्रचलन छ ।                                                                                यहाँ उल्लिखित देवीदेवतालाई स्थानीयकरण गरी वर्णका आधारमा ब्रह्मायणीलाई म्हासुख्वाः, माहेश्वरीलाई तुयुख्वाः वा द्रौपदी, इन्द्रायणीलाई मनमैजु, वैष्णवीलाई वाउँख्वाः, श्वेत भैरवलाई भक्तपुरमा सुति भैलः जस्ता विभिन्न नामले पुकारिन्छ । भक्तपुरको नवदुर्गालाई इकुन प्याख, थेचोको नाचलाई नवदुर्गा, कीर्तिपुरको नवदुर्गा नाचलाई गथुप्याखं वा बाघभैरव तथा काठमाडौंमा प्रचलित नवदुर्गा नाचलाई भद्रकाली वा लुमरी र पचली नाच भनिन्छ (जोशी, २०७३) ।                                                                 यस नाचको ऐतिहासिकताका सम्बन्धमा डा. पुरूषोत्तमलोचन श्रेष्ठ (२०६०) ले यो नाच अंशुवर्माको राज्य कालमा नै भएको उल्लेख भइसकेको बताउँछन् भने प्रा. डा. मोतीलाल पराजुलीद्वारा लिखित पुस्तक 'नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरुमा राजा राय मल्लको पालामा तान्त्रिक विधिअनुसार महाकालीको गण सहितको उपासना गरी यो नृत्य प्रचलनमा थियो भन्ने कुराको उल्लेख गरेका छन् । पराजुलीका अनुसार (२०६३) एक दिन राजा राय मल्लले नराम्रो सपना देखे र महाकाली नाच देखाउनाले अन्य देवीहरु रिसाएको अनुभव गरे । महाकाली नृत्यको प्रचलनबाट महाकाली देवीको सम्मान भएको र अन्य देवीहरुले आफनो अपमान भएको ठानी राजाले तान्त्रिक विधिबाट नवदुर्गाको उपासना गरी नवदुर्गा नाच प्रचलनमा ल्याएका हुन् । अर्का इतिहासविद लीलाभक्त मुनंकर्मी (२०१५) का अनुसार राजा सुवर्ण मल्लको पालामा ठूलो अनिकाल पर्दा ने.सं. ६३३ तिर त्यसबाट बच्न र जनतालाई सुख शान्ति दिन नवदुर्गा नाच प्रारम्भ गरिएको देखिन्छ ।                             धार्मिक आस्ता रहेको यो नवदुर्गा नाच बढी उत्सा उमङ्ग र रोमाञ्चित गर्ने अभिनयात्मक कथा बुनोट भएको नाच हो । प्रत्येक वां जलय् वानेग' अर्थात मुकुन्डोको दाह संस्कार गर्नु पर्ने भएकोले अर्को वर्ष फेरि न मुकुण्डो, लुगा बनाउनु पर्ने हुनाले वर्षे पिच्छे लाखौं खर्च जुटाउन नसकेर बन्द हुने अवस्थामा पुगिसकेको छ भने मुकुन्डो बनाउन जान्ने व्यक्तिको पनि उत्तिकै अगाड भइसकेको तर्फ सरकार र सम्बन्धित सरकारवाला सबैले समयमै ध्यान पुयाउनु पर्ने देखिन्छ ।

(५१) नीलबाराही नाच :- भक्तपुरको बोडेमा नचाइने नीलबाराही नाच उपत्यकाको अन्य स्थानमा नचाइने धार्मिक प्रकृतिका नाचहरूको तुलनामा पृथक रही आएको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म नचाइने यो नाच नीलबाराही स्वयम्‌ले स्थानीय ध्वं बरखा नेवारहरूलाई सिकाएको लोकविश्वास पाइन्छ । स्थानीय टिगनीस्थित नीलबाराही देवीको नाममा नचाइने यस नाचमा उपत्यकामा रहेका चार बाराहीको प्रतिनिधित गराएको पाइन्छ । त्यसै गरी नाचमा चार कुमारी, चार गणेश, चार सिंहिनी, द्वारपात दुई र भैरव एक रहेका हुन्छन् ।

(५२) नृसिंह नाच :- काठमाडौं उपत्यकाको नेवार जातिमा प्रचलित कार्तिक नाचमा प्रस्तुत गरिने विविध नाचहरू मध्येकै निकै लोकप्रिय र ख्याति प्राप्त नाच नृसिंह नाच हो। कार्तिक नाचका विभिन्न चरणमध्ये द्वादशीका दिन यो नाच प्रस्तुत गरिन्छ । पुराणमा आधारित नृसिंह र हिरण्यकशिपुको कथामा आधारित यस नाचमा पात्र अनुसारको मुकुट, मुखुन्डो, पहिरन र गरगहना पहिरन्छन् र नाच प्रस्तुत गर्दछन् । नेवारी भाषामा भजन गाउँछन् र खिं, पेंगा जस्ता वाद्यवादन बजाउँछन् । यस नाचको प्रदर्शन गरेमा अनिष्टबाट बचिने, शान्तिसुरक्षा कायम हुने जनविश्वास रहेको छ ।

(५३) पञ्चबुद्ध नाच :-  काठमाडौं उपत्यकाका बौद्धमार्गी नेवार जातिमा यो नाच प्रचलित छ । चर्या नृत्यअन्तर्गत पर्ने विभिन्न नाचहरूमध्ये पञ्चबुद्ध नाच पनि एक हो । स्वयम्भूमा उत्पत्ति भएका पाँच बुद्धको उपासनाका क्रममा यस नाचको सुरूआत भएको हो । यस नृत्यमा स्वयम्भूनाथमा रहेका पाँच बुद्ध क्रमशः वैरोचन बुद्ध, अक्षोभ्य बुद्ध, बुद्ध रत्नसम्भव, अभिताभ बुद्ध र अमोघसिद्ध बुद्धको नाच प्रस्तुत गर्दछन र स्वयम्भूनाथमा रहेका बुद्धप्रतिमा अनुसारकै स्वरूप, परिधानमा सजिएर पञ्चबुद्ध चर्या गीतसहित नाच्छन् । रोगव्याधीको नाश हने, जनकल्याण हुने र बोधिसत्व प्राप्त हने जनविश्वासका साथ यस नाचको प्रदर्शन गरिएको पाइन्छ ।

(५४) पञ्चबुद्ध कुमारी नाच :-  मागी नेवार जातिमा प्रचलित चर्या नाच अन्तर्गतको अर्को महत्त्वपूर्ण नाच द्धकुमारी नाच हो । स्वयम्भूमा पाँच बुद्ध प्रकट भएपछि पाँच कुमारी पनि प्रकट भए । यिनै पाँच रूप नै पञ्चकुमारी हुन् । यिनीहरू क्रमश वैरोचनीतारा, लोचनीतारा, मामकीतारा, पदमिनीतारा र आर्यतारा हुन् । जामा, मेखला, मुकुट, कानमा कुण्डल, हातमा वज तथा चुरा (कङ्कण) घाँटीमा हार, खुट्टामा पाउजु र कल्ली पहिरेका ची देवी क्रमशः श्वेत वर्णकी वैरोचनीतारा वैरोचन बुद्धकी स्त्री स्वरूपा, नील वर्णकी लोचनीतारा अक्षोभ्य बुद्धकी स्त्रीस्वरूपा, रातो वर्णकी प‌द्मिनीतारा अभिताभ बुद्धकी स्त्रीस्वरूपा, हरियो वर्णकी आर्यतारा अमोघसिद्धि बुद्धकी नारी स्वरूपा हुन् । यिनै पाँच बुद्ध कुमारीहरूको स्वरूप, परिधानमा सजिएर शास्त्रीय सङ्गीत, चर्यागीतसहित नाच प्रस्तुत गरिन्छ ।

(५५) पुलुकिसि नाच :- काठमाडौ र भक्तपुरका नेवार जातिमा पुलकिसि नाच प्रदर्शन गरिन्छ। यो नाच इन्द्रजात्राका अवसरमा मनोरञ्जनका निम्ति नाच्दछन् । चोयाबाट बनाइएको हात्तीको आकृतिलाई कागज र कपडाले सजाइन्छ र त्यही आकृतिभित्र मानिस पसेर हिँडाउने र नचाउने गर्दछन् । यस नृत्यको सुरुआतका सम्बन्धमा एउटा पौराणिक आख्यान जोडिएको देखिन्छ । यस कथनअनुसार स्वर्गका राजा इन्द्रकी आमा बिरामी परिन् । औषधोपचारका लागि कर्कलो र पारिजातको फुल लिन इन्द्र काठमाडौ उपत्यका करे। ती वनस्पती चोर्न लाग्दा उनी समातिए । धेरै समयसम्म इन्द्र नफर्केपछि इन्द्रको बाहन ऐरावत हात्ती पनि काठमाडौं आइपुग्यो । हात्तीलाई पनि त्यहाँका जनताले समाते । त्यसपछि केही सर्त राखेर दुबैलाई छोडिदिने कुरो चल्यो । जसअनुसार हरेक वर्ष राम्रो वर्षा गराइ दिने, सह ल्याइदिने र औषधिका लागि कर्कलो र पारिजातको फुल लिएर बन्धन मुक्त गरिदिने कार्य गरे । त्यस समयदेखि इन्द्र र ऐरावात हात्तीको सम्झनामा उपत्यकामा इन्द्रोत्सव मनाउँदै पुलुकिसि नाच नाचिंदै आएको हो भन्ने विश्वास गरिन्छ ।

(५६) फाकदाली प्याख :-  काठमाडौं उपत्यकाका नेवार जातिमा प्रचलित यो फाकदाली प्याख विभिन्न उत्सव, हर्ष, शुभकार्य, पर्व आदिमा धिमे, बाँसुरी बाजाको तालमा सामूहिक रूपमा नाच्छन् । सामूहिक रूपमा गीत गाउँदै लुसी (चिउरा कुट्ने साधन) जुधाउँदै नाच प्रस्तुत गर्छन् ।

(५७) भद्रकाली नाच :- काठमाडौं उपत्यकाका नेवार जातिमा नाचिने गण प्याख (गण नाच) मध्येको महत्त्वपूर्ण नाच भद्रकाली नाच हो । निलो रङको पोसाक र मखुन्डो लगाएर भद्रकाली देवीको स्तुतिपरक गीत र खिं, कोता, तिन्छु, पैगा बाजाको सङ्गीतमा को प्रदर्शन गर्दछन् ।

(५८ ) भैरव नाच :- भैरव नाच नेवार जातिमा प्रचलित चर्या नाच अर्थात गण प्याख अन्तर्गतकै नाब गाउँलाई अनिष्टबाट बचाउने, रोगव्याधि हटाउने, प्रकृति प्रकोप शान्त पार्ने विश्वास बोकेर प्रदर्शन गरिने यो नाच तान्त्रिक विधि विधानसहित प्रस्तुत गरिन्छ भगवान शिवका धेरै रूपमध्ये रौद्र रूप मानिने भैरवको नृत्य ताण्डव शैलीमा नाकर गण प्याखका अन्य नृत्य जस्तै भैरव नाचमा पनि अतिमानवीय पात्रको मन परिधान लगाएर नाच्छन् । भैरव नाचलाई उपत्यकामा विभिन्न ठाउँमा विभिन्न नाम पुकारिन्छ । प्रत्येक १२ वर्षमा काठमाडौको इन्द्रचोकमा आकाश भैरवको नाच प्रद गरिन्छ । तान्त्रिक विधिविधान अवलम्बन गरिने यो नाचमा पशुबलि दिएर प्राथ गरिन्छ । त्यसै गरी काठमाडौंको टेकु (पचली) मा प्रत्येक १२ वर्षमा एक पटक पचली भैरवको नाच नचाउने परम्परा छ । यसमा पनि भैरवगण नाच्ने चलन छ। पूजा तथा नाचकै प्रकारान्तरका रूपमा कीर्तिपुर स्थित बाघ भैरवको मन्दिरमा के बाघ भैरवको नाच नचाउने परम्परा रहेको छ ।

(५९) भैरवकुमार नाच :- यो दोलखाका नेवार जातिमा अति प्रचलित सामूहिक नाच हो। जात्रा नाचको रूपन प्रचलित यो नाच जनै पुर्णको द्वितीयादेखि षष्ठीसम्म गरी ५ दिन नाच्ने चलन छ। मेर कुमारी र अन्य गण देवताहरूको पूजा आराधना गरेर नाच आरम्भ गरिन्छ। पूरा सह परिक्रमा गरिन्छ । कुमारीको गोलो रातो मुखुन्डो हुन्छ भने भैरवको कालो चारपाटे मुकुचे हुन्छ । यसमा राजा पनि हुन्छन्, जसले सेतो जामा लगाएर हातमा तरबार लिई घोङसयर गर्दछन् । एउटा माझी हुन्छ, जसले जाल बोकेको हुन्छ र अर्को एक पुरुषले बुच्चे हुई बोकेको हुन्छ । यो नाच प्रदर्शन गरेमा रोगव्याधी नलाग्ने, रोगी निको हुने, बोली नपुटेक केटाकेटीको बोली फुटने जस्ता जनविश्वास रहेको छ ।

(६०) मञ्जुश्री नाच :- काठमाडौं उपत्यकाका नेवार जातिमा प्रचलित यो नाच चर्या नाच मध्येको एक हो । चिनबाट नेपाल आई नागदहको पानी खोलेर उपत्यकामा बस्ती बसाउने बेड उपासक मञ्जुश्रीको सम्झनामा यो नाच प्रदर्शन गरिन्छ (पराजुली ङः१००) । यस नृत्यमा मञ्जुश्री र उनका दुई पत्नी वरदा र मोक्षदाको सामूहिक अभिनय हुन्छ। यसका लागि एक पुरुष र दुई जना महिला नर्तक/नर्तकीका रूपमा भाग लिन्छन स्थानीय वेशभूषा, गरगहनामा सजिएका नर्तकहरू स्थानीय बाद्यवादनको सङ्गीत चर्या गीतको बोल सँगसँगै नृत्याभिनय गर्दछन् ।

(६१) महाकाली नाच :- नेवार समुदायमा अति नै प्रचलित धार्मिक नाच हो । देवी शक्तिको उपसनामा नाचिने यो नाच तान्त्रिक विधिअनुसार महाकालीका गण सिहतको नाच प्रदर्शन गर्दछन् । विद्वान् मोतीलाल पराजुली (२०६३) का अनुसार भक्तपुरका राजा राय मल्लले भक्तपुरमा तान्त्रिक विधिसहित यस नाचको शुभारम्भ गरेका थिए । यो नाच नवदुर्गा, इन्द्रजात्रा तथा अन्य धार्मिक अवसरमा नाच्दछन् । महाकाली देवीको नेतृत्व रहेको यस नाचको प्रारम्भमा तान्त्रिक विधिविधानअनुसार गुरूको आह्वान गर्दछन् । तत्पश्चात् महाकाली, महालक्ष्मी, कुमारी, भैरव, बेताल, क‌ङ्काल, ख्याक, दैत्य आदि पात्रहरूले विभिन्न दृश्यमा भूमिका अनुसारको नाच प्रस्तुत गर्दछन् । यस नाचका नर्तकहरूले पात्र अनुसारको पहिरन, गरगहना, शरीरमा रङ, मखुन्डो लगाएका हुन्छन् । गीत सम्बन्धित पात्र अनुसारकै आख्यानसँग जोडेर स्थानीय मातृभाषामा गाउँछन् । यस नाचअन्तर्गत नाचिने नाचहरू जुन अध्ययनका क्रममा प्राप्त भएका थिए ती लोक नाचहरूको चर्चा निम्नानुसार गरिएको छ :

(६२) कवांचा प्याख :- नेपाल भाषामा कवाँ भन्नाले क‌ङ्काल' भन्ने बुझिन्छ । कवांलाई देवगणमध्ये एक मानिन्छ । बालकहरुको प्रतिनिधित्व रहने यस नाचमा बालकहरुको गौरवपूर्ण तथा अर्थपूर्ण भूमिका रहेको हुन्छ । यस नाचले समाज (परिवार) मा बालकहरुलाई दुःख दिनु हुँदैन मन्ने भाव दर्साएको हुन्छ । देवी नाचमा कांलाई बालक भनेर वास्ता नगर्दा बालहठको कारण महाकालीलाई समेत पेट दुख्छ भन्ने स्थानीय लोकमान्यता रहेको छ ।

(६३) खिचा प्याख :- यो नाच  काठमाडौं उपत्यकाका नेवार जातिमा प्रचालित छ । उपत्यकामा देखाइने विभिन्न जात्रा, उत्सव आदिमा यो नाच नाचिन्छ । यो विशेषतः भैरव नृत्य र महाकाली नृत्यको एउटा पाटो हो । नेवार जातिमा प्रचलित वाद्यवादनको तालमा कुकुरको स्वरूपको मखुन्डो र परिधानमा कुकुर मैं अभिनय गरी नाच प्रस्तुत गर्दछन् ।

(६४) ख्याग्वरा प्याख :- ख्याग्वरा भन्नाले ख्याक हो । महाकाली नाचमा ख्याकलाई एक प्रमुख पात्रका रूपमा लिइन्छ । जिब्रो बाहेक सम्पूर्ण अङ्ग कालो हुन्छ । हाडै नभए जसरी नाचिने यस नाथले दर्शकहरुलाई रस सिद्धि दिनुका साथै पेट मिचिमिची हँसाउँछ ।

(६५) दैत्य प्याख :- यो पनि महाकाली नाचको एक अङ्गका रुपमा देखाइन्छ । दैत्यलाई दानव पनि भन्ने गरिन्छ । यस नाचमा समाजमा अरूको सुख शान्ति हेर्न नचाहने सबै प्राणीलाई दुःख दिने अत्याचारी, लुटपाट र काटमार आदि गर्ने दैत्य राजहरु देखाइन्छ । वर्ण निलो, भेषभूषा निलो, एक हातमा तरबार खुडा र अर्को हातमा ढाल लिएका शक्ति सम्पन्न हृष्टपुष्ट डरलाग्दा देखिने हुन्छन् । यिनीहरुको नाच अलि आक्रामহ र उत्तेजित खालको हुन्छ । अन्यायीको दुर्गति अवश्य हुन्छ भन्ने यी दैत्यहरूको अन्त्यबाट देखाइन्छ ।

(६६) बेताल नाच :-  महाकाली  नाचको अर्काे सशक्त गणपात्र बेताल हो । महाकाली नाचमा गणनां देवीहरुको निर्देशनमा पालन पोषण गर्ने जिम्मा पाएका गणपात्रलाई बेताल भनिन्छ। बेताल देवीहरुका एकदम प्रिय पात्र हुन् । लामो कपाल भएको, जिब्रो निकालिएको, अर्धनग्न शरीर रहेको बेताल गणपात्रले आफ्‌नो नृत्य प्रस्तुत गर्दछन् ।

(६७) भूत भैरव :- यो पनि महाकाली नाचको एक अङ्ग हो । यसको पहिरन कालै हुन्छ । दाँत डिच निस्केको एक हातमा समेबजीको थाल बोकेको र अर्को हातमा 'हाड (मानिसको हात वा खुट्टाको हड्डी) समातेको हुन्छ । गणलाई सन्चो नहुँदा यिनीहरु भारफुक, समबजी राखी पन्छाउने, मारिएका दैत्यहरु पन्छाउने र घाइते देवताहरुको उपचार गर्ने गर्दछन् । कुनै बेला त दैत्य, दानवहरुको मासु समेत खाएको दृश्याभिनय प्रस्तुत गर्दछन् ।

(६८) महाकाली नाच :- महाकाली नाच देवी शक्तिको उपासना गरिएको र महिमा गाइएको धार्मिक नाच हो । गण नृत्यको रूपमा प्रचलित नाचमा मुख्य गरी महाकाली र दैत्यहरू बीचको युद्धको नृत्य प्रस्तुत गर्दछन् । मुख्यतः महाकाली देवी र विभिन्न दैत्यहरूको गुढ विजय र विजयोत्सवको चरित्राभिनय गरी नाच प्रस्तुत गर्दछन । यस नाचमा देवी र दैत्य पात्र अनुसारको पहिरन, गरगहना, मुकुट आदिमा सजिएका हुन्छन् । स्थानीय मातृभाषामा दर्गा देवीको भजन गाएर स्थानीय बाजाहरू सहनाई नगरा आदि बजाएर नाच प्रदर्शन गर्दछन । यस नाचमा अन्य गण नाचहरू पनि जोडिएका हन्छन तब मात्र यो नाच पूर्ण रूपमा समापन भएको मानिन्छ ।

(६९) शेरसिंह प्याख :- महाकाली र महालक्ष्मीको वाहन शेरसिंह हो। यो महाकाली नाचका एक महत्त्वपूर्ण पात्रका रुपमा देखा पर्छ । महाकाली र दैत्यहरूको युद्धमा देवीहरुलाई शेरसिंहले धेरै मदत गरेको हुँदा युद्धमा विजय प्राप्त हुन्छ । त्यसैको खुसियाली मनाउँदै त्यस वाहनमा बसी विजयोत्सव मनाइन्छ । यही अभिनयका साथ शेरसिंह नाच प्रस्तुत गर्दछन् ।

(७०) माक प्याख :- यो भक्तपुरका नेवार जातिमा प्रचलित नाच हो । बाँदर जस्तै उफेर नाचिने भएकाले यसलाई माक प्याख भनिएको हो । एकै खालको पहिरनमा सजिएर एक जोडी मानिसले एक/एक जोडी हटरठी आपसमा जुधाएर यो नाच्ने प्रचलन छ ।

(७१) लाखे नाच :- लाखे नाच नेवार जातिको बहुप्रचलित मनोरञ्जनात्मक हास्य र रौद्र रस प्रधान नाच हो । इन्द्रजात्राको अवसरमा लाखे नाच नाचिन्छ भने उपत्यकाका विभिन्न स्थानमा गाईजात्रादेखि कृष्ण अष्टमीको अघिल्लो दिनसम्म लाखे नाच नाचिन्छ । इन्द्रजात्राको, अवसरमा नाचिने नाचलाई शान्त भैरवका रूपमा पूजिन्छ भने अन्यत्रका लाखेलाई राक्षसका रूपमा लिइन्छ (जोशी २०७३) । गाईजात्राको अवसरमा काठमाडौमा भाते आजु लाखे पनि नचाइन्छ । लिच्छवी कालका राजा गुणकामदेवले प्रारम्भ गरेको भन्ने विश्वास गरिने यस नाचसम्बन्धी विभिन्न लोककथन / लोकविश्वास छ । यस नाचका सम्बन्धमा सम्बन्धित लोक समुदायको रमाइलो किंवदन्ती जोडिएको छ । जसअनुसार हलचोक पूर्वतिर ठुलो राक्षस बस्थ्यो । उसले मानिसहरुलाई निकै दुःख दिन्थ्यो। त्यसैले उसलाई समातेर सजाय दिए । तत्उपरान्त कसैलाई दुःख नदिने, राती नतर्साउने सर्तमा छोडिदिए । अर्को लोक विश्वासअनुसार भीमसेनले भीमासुर राक्षसलाई मारी त्यस राज्यमा भीमासुरको आतङ्क अन्त्य गरेको खुसीमा र भीमासुरकी पत्नी लाखी (लाखे) को विलापलाई हास्यमा परिवर्तन गराएर यो नाच नाच्न थालिएको किंवदन्ती रहेको छ ।

विद्वान् मोतीलाल पराजुली (२०६३) का अनुसार नरदेवीमा अवस्थित श्वेतकाली देवीकी छोरीले एउटा लाखेसँग प्रेम गरिन् । आफ्‌नो शत्रु वर्गमा पर्ने लाखेसँगको प्रेम आमालाई मन परेन । यसैले आफ्‌नो प्रेमी लाखेलाई मार्न छोरीलाई दबाब दिइन् । आमाले दिएको खड्गले आफ्‌नै प्रेमीलाई मारिन् । लाखेको मृत्यु भएपछि उनी झस्किन् र पश्चात्ताप बोध गरिन् । उनले आफू आजीवन कुमारी बस्ने र कसैले कामुक आँखाले हेरे, त्यस व्यक्तिको तत्काल मृत्यु हुने घोषणा गरिन् । यिनै स्वेतकालीकी छोरी हाल काठमाडौंमा प्रचलनमा रहेकी कुमारी हुन् । यही विश्वासको आधारमा अहिलेसम्म पनि इन्द्रजात्राका दिन लाखे र कुमारीको भेट गराउने प्रचलन छ (पराजुली २०६३:१८६) । रीतिअनुसार प्रायः गठेमङगल (घण्टाकर्ण) लाई जलाउने दिनदेखि भाद्र शुक्ल हरितालिका तीजसम्म नाचिने यो नाचमा समयअनुसार परिमार्जन हुँदै आएको देखिन्छ । यस नाचमा राक्षस तथा अद्भुत आकृति भएको मुखन्डो पहिरेर, अद्भुत खालकै पहिरनमा सजिएर तथा चौरीको चमरले झनै अद्भुत र हास्यमूलक आकृति तयार पारी मृदङ्ग, मुजुराका तालमा नाच्छन् । साथै नाचमा झ्यालिंचा (जिस्काउने व्यक्ति) प्रयोग गरेर थप हास्य र अद्‌भुत रस उत्पन्न गरी उत्तेजित र रोमाञ्चक बनाई नाचलाई तनै चित्ताकर्षक बनाउँछन् । पुरुषद्वारा नाचिने यस एकल नृत्यमा गीत गाइँदैन केवल तालका आधारमा नाच्छन् । यस नाचको प्रदर्शन गरेमा हैजा, अनिकाल, अकाल र सङ्कट शमन हुने लोकविश्वास पनि रहेको छ।

(३७) लोकेश्वर नाच :- काठमाडौं उपत्यकामा रहेका नेवार जातिले मत्स्येन्द्रनाथको पूजा गर्दा लोकेश्वर नाच प्रस्तुत गर्दछन् । यस नाचलाई आदिनाथ नृत्य पनि भन्छन् । मंत्स्येन्द्रनाथका गुरू आदिनाथलाई शिवको साक्षात् अवतार मान्छन् । यिनको पूजाआराधना गर्ने र सम्झना गर्ने परम्पराबाट यस नृत्यको आरम्भ भएको देखिन्छ । शिरमा रत्न जडित मुकुट, कानमा कुण्डल, घाँटीमा कण्ठी, पाउमा कल्ली जस्तो पाउजेब र हातमा बाहीबाजु लगाएका पात्रले सम्बन्धित देवताको चर्या गीत गाएर नाच प्रस्तुत गर्छन् ।

(३८) सिकाली नाच :- काठमाडौं उपत्यकाका नेवार जातिमा यो नाच प्रचलित छ । उपत्यकाको ललितपुरमा सिकाली जात्रा मनाइन्छ । दसैंको सप्तमीसम्म चल्ने यस जात्रालाई यहाँका नेवार समुदायले सिद्धिकाली जात्रा भने तापनि छोटकरीमा सिकाली जात्रा भन्दछन् । ललितपुरको सिकाली चौरस्थित सिकाली देवीको विधिपूर्वक गोप्य पूजा तथा नृत्य गरेपछि यो जात्रा सुरू हुन्छ । किराँत कालीन समयदेखि सुरू भएको मानिने यस नाचको समयमा पूजा आरम्भ गर्दा उक्त चौरमा मानिस, चराचुरुङ्गी र जीवजन्तु देखा पर्नु हुँदैन, बस्नु हुँदैन (थापा २०७३) । महालक्ष्मीले महिषासुर बघ गरेको कथासँग जोडेर त्यसको खुसियालीमा मनाइने यस जात्रामा सिकालीको मन्दिरमा जिउँदै बाखा चढाउँछन् । त्यस बाखालाई कसैले पनि छुनु हुँदैन भन्ने लोकधारणा रहेको छ ।

(३९) हलचोक भैरव :- राजा अमर मल्लले प्रचलनमा ल्याएको विश्वास गरिएको काठमाडौंको हलबोक स्थित आकाश भैरवको नाच उपत्यकामा प्रसिद्ध रहेको छ । सवःभक्कु नामले पनि प्रसिद्ध हलचोक भैरव प्रत्येक वर्षको इन्द्रजात्राको अवसरमा भैरव, चण्डी र कुमारी सहितका तीन पात्रले पात्राभिनय सहितको नाच प्रस्तुत गर्दछन् । प्रत्येक १२ वर्षमा एक पटक एक महिनासम्म नचाइने यस नाचमा आकाश भैरवका साथमा चण्डी, कुमारी, महादेव, पार्वती, ग‌ङ्गा, आकाशदेवी, वाराही, दक्षिणकाली र कालीको अभिनय प्रस्तुत गर्छन् । भूतप्रेत लगायतका नराम्रा तत्त्वबाट मुक्ति पाउनका लागि नाचको क्रममा आकाश भैरवको तरबारले सर्वसाधारणको ढोकामा स्पर्श गराउने प्रचलन रही आएको यो नाच पुतुवार समुदायले प्रस्तुत गर्दछन् । यो नाच घोडेजात्रा, दसैं र चैते दसैंको अवसरमा मुकुन्डो नलगाईकन मन्दिर परिसरमा नाच्ने गरिन्छ (राजनलाल जोशी)।

(४०) हरिसिद्धि नाच :- काठमाडौं उपत्यकाका नेवार जातिमा प्रचलित हरिसिद्धि नाच पाटनको हरिसिद्धि क्षेत्रमा नाचिन्छ । होली पर्वका दिन नाचिने यस नाचलाई स्थानीयहरू देवी नाच भन्दछन् । तान्त्रिक विधिअनुसार त्रिशक्ति देवीहरू क्रमशः ब्रह्माको शक्तिबाट ब्रह्मायणी, विष्णुको शक्तिबाट वैष्णवी र रूद्रको शक्तिबाट रुद्रायणी शक्तिको आराधना गर्न यो नाच प्रचलनमा ल्याइएको हो । यी त्रिशक्ति देवीका अतिरिक्त काठमाडौं उपत्यकामा रहेका अन्य शक्तिपीठहरूबाट प्रतिनिधि शक्तिहरू छनोट गरी एउटा गण नृत्य विकास भयो । त्यही गण नृत्य नै हरिसिद्धि नृत्य हो (पराजुलीः २०६३ः १९९) । यो नाच बाह्र वर्षमा एक पटक नाचिन्छ । पाटनको हरिसिद्धिमा प्रारम्भ गरेपछि मात्र पाटनका विभिन्न डबलीमा प्रदर्शन गर्ने प्रचलन रहि आएको छ । यस नाचमा उपत्यकामा प्रचलित देवदेवीका परम्परागत मुखुन्डो र भेषभूषा पहिरेका नर्तक/ नर्ककीहरू नेवार समाजमा प्रचलित लोकवाद्यहरूको तालमा नाच्छन् । आसुरी शक्तिमाथि दैवी शक्तिको विजय देखाउने सन्दर्भमा प्रस्तुत यस नाचमा पात्रहरूले एक हातमा खड्ग र अर्को हातमा ढाल लिएका हुन्छन् । उनीहरूले एकले अर्को माथि प्रहार गर्ने र छेक्ने / रोक्ने क्रिया प्रतिक्रिया सहितको अभिनयात्मक नाच प्रस्तुत गर्दछन् ।

(४१) हात्ती नाच :- हात्ती नाच नुवाकोटका नेवार जातिमा प्रचलित छ । नेवार जातिले आफ्‌नो भाषामा' तानाकिसी' भन्छन् । हात्तीको स्वरूपमा नाचिने भएकाले यस नाचको नाम हात्ती नाच रहन गएको देखिन्छ ।

 पहरी नाच                                                                                ख्याली नाच :- नेपालका विभिन्न जातिमा यो नाच निकै प्रचलित छ । ख्याल शब्दमा ई प्रत्यय लागेर बनेको शब्द ख्यालीको शाब्दिक अर्थ ख्यालठट्टा, हाँसो मजाक भन्ने हुन्छ । ख्यालठट्टा, हाँसो मजाकका गीत गाएर खैजडी, मादल, भध्याली, सनई, नौमती बाजा बजाएर नाचिन्छ । एकल वा सामुहिक दुबै रूपमा नाचिने यो नाच बाई महिना विभिन्न चाडपर्व, जात्रा, उत्सव आदिमा नाचिन्छ । काभ्रेमा लोपोन्मुख अवस्थामा रहेका पहरी जातिले ख्याली नाचलाई आफ्नो मौलिक नाच ठान्दछन । मनोरन मात्र नभएर पहरी जातिको धार्मिक पक्ष झल्कने यो नाच मूलतः कार्तिक पूर्णिमा वा मङसिर पूर्णिमामा २ दिनको जात्रामा नाच्दछन् । पहरी जातिले आफ्नो मौलिक पहिरन लगाएर देवीदेवताको अर्चना गरी बिहानदेखि बेलुकासम्म नाच्दछन् । यस जातिका पुरुषहरु महिलाको पहिरनमा सजिएर फुल्चोकी देवी, गुप्तेश्वरी महादेवको अर्चना गरी ढिलो तालमा नाच्छन् ।

बोटे नाच

(१) किरिया नाच :- श्री नाथ बोटे जातिमा प्रचलित सांस्कारिक नाथ हो। यो नाच मान गरिन्छ । मान्छेको मृत्युपछि ५/६ चरणको गीत गाएर नाच्छन् । सम्पन्न परिवार छ भने मृत्युपश्चात लगत्तै किरिया नाच सुसम्पन्न अभावका कारण तत्काल मृत्यु सरकार सम्पन्न गर्न नसक्नेहरुले सेलाएपछि जहिले अर्थ सङ्कलन हुन्छ त्यति बेला नै सरकार एवं सम्पन्न गर्दछन । पैसा नभएपछि ५.६, ७, ८ महिना वा १ स गर्दछन् । ७ दिनसम्म सम्पन्न गर्ने यस मृत्यु संस्कारमा मान्छे मरेको दिन गाउँछन्, नाच्दैनन् र बाजा पनि बजाउँदैनन् । । पहिलो दिन बाहेक अन्य दिन र नाच्ने गर्दछन्, यस बेला उनीहरू डम्णु र मादल बजाउँछन् ।

(२) गोलेरी/गोलेनी नाच :- बोटे जातिमा गोलेरी/गोलेनी नाच नाचिन्छ । विशेष गरी यो नाच जि नाचिन्छ । एक जना पुरुष र एक जना महिलाको सहभागिता रहेको अभिनयात्मक शैलीमा युगल नाथ प्रस्तुत गर्दछन् । दुई पात्रले दाजु र भूमिका प्रस्तुत गर्दछन । संवादात्मक शैलीमा गीत गाएर परम्परागत पहिल बाजाको तालसँगै नाच्दछन् । बहिनीले खोला तारिदिन आफ्‌नो दाइलाई अनु गर्छिन् । दाइले बाढी भेल बगेको नदीको डरलाग्दो अवस्था, आफ्नो दृढ़ग र प्वाल परेको स्थितिको उल्लेख गर्दछन् । बहिनीको घेरै आलाप सुनेपछि बोत तारिदिन्छन् । यही विषयवस्तुमा गीत गाइन्छ र नाचिन्छ ।

१०. मगर नाच

(१) कौरा नाच/कौह्रा नाच :- काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर जातिमा यो नाथ प्रचलित छ। विह मगर जाति अन्तर्गतका मगर ढुट भाषिक समुदायका मगरमा यो नाच बढ़ी नाचिना। यो बाह्रमासे नाच हो । कुनै पनि मेलापर्व, चाडबाड तथा खुसियाली मनाउने सन्दर्भयो नाच प्रदर्शन गरिन्छ । कौह्रा शब्दको व्युत्पत्तिलाई हेर्दा विविध मतहरु देखिन्छन। त्यस समुदायका लोक भनाइअनुसार भर्खरका युवायुवती अर्थ बुझाउने कटुस । हामी आयौं भन्ने अर्थ बोधका लागि प्रयोग गरिने कान राहा शब्द अपभ्रंश भई कोड भएको भन्ने मत पाइन्छ । अर्को मतानुसार पहिले पहिले मगर महिलाहरू पानी तिर घन्टौं लगाएर पँधेरा धाउनु पर्थ्यो र पालो कुर्नु पर्दथ्यो। पालो कुर्दा समय बितान गीत गाउन थाले । क्रम बढ्‌दै गयो । पछि आउनेहरूले (कान राहा) हामी भन्दै मिसिएर गाउन थाले। यही 'कान राहा' शब्द अपभ्रंश भई कौह्ना भयो (और २०६७: १२६ )। अको मतानुसार माघे सक्रान्तिपुर्णाशासन आदि पर्वमा एउटा गाउँका युवतीहरूले अर्को गाउँका तन्नेरीहरुलाई आफ्नो गाउँ आउन निम्तो दिन्थे । सो निम्तोलाई स्वीकार गरी तन्नेरीही गाउँ बैंजडी बजाउँदै 'कान राहा' (हामी आयौं ) भनेकाले सो शव्द हो कालान्तरका  काैर्हा भएको हो (ऐजन) ।

मगर जातिको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको उद्‌घाटन गर्ने यो नाच विषेश गरी युवतीहरू मान्न नाच्ने गर्दछन् । आजभोलि अविवाहित पृवयुवती दुबे नाने गर्दछन् । पहिले पहिले देवीदेवताको आह्वान गरी बन्धन बधिर नाच शुरु गर्न र अन्तमा विधिविधानसहित समापन गर्ने गरिन्थ्यो । तर आजमेति यी मसगाला हटेर गएको छ । भर्खरका युवायुवतीले मायाप्रेमका गीत गाएर माध्य लय तथा खैजडी घुँघुरू र मुजुराको मध्य तालमा नाच्दछन् । यी युवायुवतीको पहिरन तथा गरगहना परम्परित खालको हुन्छ । युवकहरु कछाड, मोटो, भाङ्‌ग्रा, टोपी र इस्टकोट लगाउँछन् भने युवतीहरु गुन्यु, चोली, घलेक, पटुका, दुङग्री, मूली, जन्तर र कपडा लगाउँछन् ।

(२) घाटु नाच :- बसाइँसराइसँगै मानिसले आ-आफ्‌नो मौलिकतालाई पनि सँगसँगै लिएर हिँड्छ नै । आफ्‌नै मूल थलो छोडेर अन्यत्र बस्न पुगेका मगर, गुरुङ जातिमा को नाथ प्रचलित देखिन्छ । यसका साथै दरै, कुमाल, नाझी, थारू, जातिमा समेतको साथ नाचिएको पाइएको छ । जुनजुन जातिमा नाविएको मेटिए पनि अनुशाि सहितको लोक शास्त्रीय नाचको रूपमा देखिएको छ । क्षेत्र र जातिअनुसार विधिर प्रस्तुतीकरणमा पनि भिन्नता देखिएको छ । यस आधारमा घाटु नाथ दुई प्रकारको देखिन्छ : सती घाटु र बाह्रमासा घाटु ।

 सती घाटु आनुष्ठानिक नाच हो । विशेष पर्वोत्सवमा यस नाचका शुभारम्भमा तान्त्रिक विधि अनुरूप घटली जगाइन्छ। गुरुले स्थानीय देवीदेवताको आह्वान गर्दछन भने गुरू आमाले घटलीहरुलाई सघाउँछन्। कन्या केटीमा घटली उत्रेपछि नाच्न सुरु गर्दछन । उनीहरुको आँखा बन्द हुन्छ। गीतको बोलअनुसार उनीहरू अभिनय गर्दै नाच्दछन् । त्थान विशेषअनुसार मौलिक परम्परागत पहिरन, गरगहना तथा शास्त्रादिको साजसज्जामा विशेषतः मगर जातिमत सती चाद प्रस्तुत गरिन्छ । स्थान विशेष अनुसारको केही भिन्न गाथाह भेटिए तापनि मूत रूपमा राजा परशुराम र रानी अम्बावतीको जीवन गाथामा आधारित भएर गीत गाइन्ना र नाचिन्छ । सामुहिक रूपमा केवल कन्या केटीहरू मात्र नाथ बोखो निष्ठाको विशेष ख्याल गरिने यस नाचको समापन पनि विधिविधान पूर्वक गरिन्छ । बाह्रामासा घाटु नाचमा झाँक्री चढदैन । यो नाच जुनसुकै बेला पनि नान यसमा शुभारम्भ तथा समापनमा सतीघाटमा जस्तो कठोर अनुष्ठानक पर्दैन । केवल मनोरञ्जनका हिसाबले मात्र नाधिन्छ । सती घाटই সাজা मेषभूषा आदिमा नाचिन्छ । यस घाटुमा विवाहित महिलाहरू पनि छन।

(३) जिवैमामा नाच/जिउ मामा नाच :- काठमाडौं उपत्यकाका साथै अन्य क्षेत्र जहाँ मगर द्रुट भाषिक दत्ता रहेको हुन्छ, त्यहाँ यो नाच नाच्छन् । विशेषतः पर्वका दिन कोसेली दिने योनाट पर्वको चलन सुरु भएको हो । मगरको यही मौलिक पर्व योनाट मा नाच्छन् । मगर ढुटमा 'यो शब्दको अर्थ दिनु र नाटको अर्थ भन्ने हुन्छ (श्रीस २०६७:१२७) । यो पर्व फागु पूर्णिमाको अघिल्लो दिनदेखि चार दिनसम्म मनाउने चलन छ । यस अवसरमा महिलाहरू यो नारহ বাহন। महिलाहरू नै पुरुषको परिधानमा सजिएर पुरुषको प्रतिनिधित्व गर्दछन् । महिला र अर्को तर्फ पुरुषको परिघानमा सजिएका महिलाहरू उभिएर दोहोरी गीत गाउँदै नाच्दछन् । फागु पूर्णिमामा मात्र नभएर माघे सङ्क्रान्ति तथा श्री पनि यो नाच प्रस्तुत गर्दछन् ।

(४) जोरा स्याइ नाच :- यो भेरी राप्ती क्षेत्रबाट बसाइँसराइ गरी काठमाडौं उपत्यकामा बसोबास गर्दै आएता अठार मगरात (जसलाई खाम पाङ भाषिक वक्ता पनि भनिन्छ) का मगरहरूले नाह नाच हो । मगरहरू यस नाचलाई जोरा स्याइ भन्छन् । 'जोरा को शाब्दिक को जोडी र स्याइ शब्दको अर्थ नाच हो । यसर्थ 'जोरा स्याइ भनेको 'जोडी नाच है। यो नाच सन्तानको पुथे झार्ने / हर्षबढाइँ गर्ने, आशीष दिने तथा पर्वोत्सव आदिन नाच्छन् । राजा मधुकर र रानी मालतीको कथामा आधारित संयोगान्त कथा त्य हिमालको डाँफे चरी र तराईको मयुर चराको वियोगान्त कथामा आधारित गरी मुहर दुई ओटा गीति गाथामा नाच्छन् (बुढा मगर २०५८:१) । आफ्‌नो परम्परागत पहिरनम सजिएर विधिविधानसहित आरम्भ गरेर निश्चित विधिविधानसहित समापन गर्दछन् ।

(५) झ्याउरे नाच :- यो झ्‌याउरे नाच मुक्त नाच हो । झ्‌याउरे भाकाका गीतहरूका साथमा नदिने भएकाले यस नाचको नाम झ्‌याउरे रहन गएको हो । झ्याउरे शब्द मगर भाषाबाट आयातीत शब्द हो । यो शब्द झ्यामऱ्या शब्दबाट बनेको हो । मगर भाषामा स्याले अर्थ माटो र म्हार को अर्थ कमिला भन्ने हुन्छ । अर्थात माटामा कमिला फलकन घुमेझै गरी नाच्ने नाचलाई भ्यामऱ्या भनिन्छ (पराजुली, २०६३:१२६) । यो नव पछिल्लो समयमा हरेक जातिमा नाच्न थालिएको छ । एकल वा सामूहिक रूपम आङ्गिक, वाचिक वा आहार्य अभिनयसहित नाच्छन् । यस नाचलाई ठाउँ विशेषअनुसार ख्याली नाच, पुठे नाच आदिले पनि चिनिन्छ ।

(६) थाली नाच :- मादलको तालमा दुई हत्केलामा स्वतन्त्र रूपमा थालहरू नचाउने एकल वा सामूहिक नाच नै थाली नाच हो । काठमाडौ उपत्यकामा म्याग्दी र पर्वतबाट बसाइँसराइ गरी काठमाडौ उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका पुन समुदायमा यो नाच निकै प्रचलित छ । विभिन्न चाडपर्व, मेला आदि जस्ता हषोल्लासका समयमा बाई मास नाच्छन् । आफ्नो जातीय भेषभूषामा सजिएका महिलाहरू दुई ओटा हातमा दुई ओटा थाल राखेर झ्याउरे गीत र मादलको विलम्बित, मध्य र दुत खालको तालमा नाच्छन् ।

(७) पुख्र्यौली नाच :- म्याग्दी र पर्वत जिल्लाबाट काठमाडौं उपत्यका आई बसोबास गरिरहेका पुन समुदायमा यो पुख्र्यौली नाच प्रचलित छ । विशेष पर्वोत्सव, संस्कारोत्सव, धार्मिक उत्सव आदिमा खुसियाली मनाउन यो नाच नाच्छन् । पुर्खाको सम्झनामा पूजाअर्चना गरी विधिविधानसहित नाच आरम्भ गर्दछन् । पहिलो चरणमा पितृपुर्खाको आह्वान गरी सम्झन्छन् । मुख्य गुरूले भट्याउँछन्, गीताङ्गे महिला समूहले हाई छोप्छन् । महिलाको पहिरनमा सजिएका पुरुषको एक पक्ति, पुरुषको पहिरनमा नादरू सहितको पुरुषको जमात अर्को पङ्क्तिमा उभिन्छन् । गीत, मादलको तालसँगै गोलाकार पङ्क्तिमा अघिपछि हुँदै घडीको दिशातिर र घडीको विपरीत दिशातिर निश्चित गतिमा पालैपालो घुमीघुमी नाच्छन् । दोस्रो चरणमा घरपरिवारका सदस्यहरूको हर्षबढाइँको कामना गर्दछन् र बीचबीचमा चुड्‌के गीत गाएर रमाइलो गर्दछन् । यस बेला मारूनीले मादले तथा मादलेले मारूनीहरूको पालैपालो परिक्रमा गर्दछन् । अन्तमा घरबेटीले दान दिएपछि शुभ आशीर्वाद दिएर बिदा हुन्छन् । यस नाचमा आरम्भमा तान्त्रिक विधिविधानद्वारा शुभारम्भ गरिने हुँदा मादलको तालमा अति नै ध्यान पुन्याइन्छ । केही गडबडी भएमा व्यक्तिको ज्यान समेत जाने हुन्छ । यस नाचले धार्मिक, सांस्कृतिक महत्त्व कायम गर्नुका साथै मनोरञ्जन समेत प्रदान गर्दछ।

(८) पैसरी नाच :- रुकुम, रोल्पाबाट बसाइँसराइ गरी काठमाडौं उपत्यकामा बसोबास गरिहेका खान (पाङ) भाषी मगरहरूमा पैसरी नाच प्रचलित छ । खुट्टामा पैसरी (कल्ली जस्तो भित्री भाग खोक्रो भएको कल्ली) लगाएका र हातमा रूमाल लिएका महिला र पुरुषको समूहले खुला चौरमा गोलघेरामा पङक्तिबद्ध भएर यो नाच प्रस्तुत गर्छन् । एक पुरुष, एक महिला भएर क्रमशः गोलबद्ध भई उभिएका व्यक्तिहरू नगरा, टिपली र झयालीको सङगीत प्रारम्भ हुना साथ एक पाइला सार्दै घुम्दै विभिन्न तालमा घुम्न शुरु गर्दछन । आरम्भमा मन्द गति र बिस्तारै द्रुत तथा अति द्रुत गतिमा पुनः अन्तमा गीत, सङ्गीत र नाचको गति मन्द हुन्छ र नाच सकिन्छ ।

(९) भुङ्ग्रामा नाच :- भक्तपुर सानोठिमीका थापा गाउँका थापामगर समुदायमा मुख्यामा नाथ प्रचलित यस समुदायले आफन्तको मृत्यु भएपछि आत्मा शान्तिको लागि यो ना गर्दछन् । उनीहरू दुर्घटना र भवितव्यमा परी मृत्यु हुनेको आत्मा काँचो र कुल परिवारलाई दुःख दिइरहने विश्वास गर्दछन । पिसाचलाई शान्त लागि वायुलाई बोलाई आगोको भुङ्ग्रामा नचाएर खली' खुवाउँछन् । यु जुन परिवार (कुल) ले तयारी गरेको हो त्यस घरमा गाउँलेहरू मेताइ तीमध्ये वायु बक्न चाहने व्यक्तिहरूलाई कपाल काटी शुद्ध बनाई धोती साइ यसपछि धामीले तान्त्रिक विधि अनुरूप आफ्‌नो पूजापाठ सुरू गर्छन्। यसै उनको शरीरमा मृतकको आत्मा चढ्छ र बक्न सुरू गर्छ । आफ्‌नो मृत्यु के ड भएको हो भन्ने कुरा प्रमाणित भए पछि खली खुवाउँछन् । यस बेला मृतकको आत्मा प्रवेश व्यक्तिहरू बेस्सरी काम्छन् । खली खुवाउने दिन एव पहिले नै साइत जुराइएको हुन्छ । त्यस दिनमा यज्ञ होम, चरू होम, बौद सत्र पाँच मुठी, पाँच दाना अक्षता राखेर त्यस घरका सबैले पूजाआजा गर्दछन्। कुल देवता स्थापना गरेर राती खली खुवाउँछन् । तान्त्रिक विधि अनुरूप या गरेर दाउरा बालेको आगोको भुङ्ग्रामा पहिले गुरू पस्छन् त्यसपछि खती चा व्यक्तिहरू नाच्न सुरू गर्दछन् । ना‌ङ्गो पैतालाका ती व्यक्तिहरू जगाको मुहा नाचेर आगो नै निभाउँछन् । अन्तमा बोकाको बली खाएपछि खली चुराउने पूरा हुन्छ अनि नाच सकिन्छ ।

(१०) मगरे झामरे नाच :- यो नाच काठमाडौंमा बसोबास गर्ने मगर जातिमा प्रचलित छ । विभिन्न चाह हर्षोत्सवहरूमा भेला भएर स्थानीय पहिरनमा सजिएर झामरे गीत गाउँदै मुक्त न सामूहिक नाच प्रदर्शन गर्दछन् । मुख्य रूपमा मादल बजाएर मादलको तालम नाच नाचिन्छ ।

(११) मयुर नाच :- मगर जातिमा नाचिने विभिन्न नाचमध्ये मयुर नाच पनि एक हो । विभिन्न नह पर्व आदिमा पुरुषहरू यो नाच नाच्छन् । यो एकल वा युगल दुबै हुन सक विशेष गरी एकल रूपमा नाचेको पाइएको छ । विशेषतः वसन्त ऋत भालेपोथीले एक आपसमा प्रेम साटासाट गर्ने भाव दर्साइएको स्पष्ट नाचमा चोयाबाट मयुरको आकृति बनाएर मयुरका प्वाँख सजाइएको हुन्छ। त्य कृतिभित्र एक पुरूष पस्छन् र नृत्य प्रस्तुत गर्दछन् । यस नाचमा गीत गाइँदैन । केवल बाँसुरी, मादलको तालमा नाच प्रस्तुत गर्छन्

(१२) सरङ्या स्याइ :- काठमाडौं उपत्यकामा बसोबास गर्ने खाम (पाङ) भाषी मगर समाजमा यो सरङ्ख्या स्याइ प्रचलित छ । सरङको अर्थ नक्कल भन्ने हुन्छ भने स्याइको अर्थ नाच भन्ने हुन्छ अर्थात नक्कले नाच भन्न सकिन्छ । यस नाचमा विशेष कार्य (सैन्य संस्कार) को नक्कल गरिएको हुन्छ । सरङयाको अर्थ अभिनय गर्ने व्यक्ति भन्ने हुन्छ । विशेषतः साउनदेखि पुससम्म पर्ने विविध पर्व तथा संस्कारहरूमा मगर युवाहरू नाच्छन् । पूर्ण जोसका साथ युवाहरू गोलबद्ध भएर नाचिने यो सामूहिक नाच वीर रस प्रधान हुन्छ । मङ्गलाचरण गरी नाचिने यस नाचका विविध चरण हुन्छन् । यस नाचमा घोडा, बाघ, बाँदर आदि जनावर तथा मालचरी, परेवा, मयुर आदि चराको नक्कल पनि गर्छन् । नर्तकहरू आफ्‌नो मातृभाषाको गीत र लयमा तथा ठुलो मांदल, भ्याली, बाँसुरी, सनाईको तालमा विशेष किसिमको पहिरनमा सजिएर नाच्छन् ।

(१३) सरस्वती नाच :- यो नाच काठमाडौ उपत्यकाबासी पुन समुदायमा प्रचलित छ। म्याग्दी र पर्वतको पुन समुदायले बसाइँसराइ सँगगैंगै यस नाचलाई उपत्यका भित्र्याएका हुन् । यस समुदायको विवाह, जन्म, पुतभराइ, हर्षबढाइँ, उत्सव आदिमा यो नाच नाच्छन् । मूल गुरू, मारूनी, मादले र गीताङ्गेको प्रमुख भूमिका रहेको यस नाचमा पुरुषहरू मात्र नाच्दछन् । नाच्ने र गाउनेमा मुख्य भूमिका पुरुषको रहेको हुन्छ भने गुरूद्वारा गाइएको गीतमा हाई हाल्ने मुख्य काम महिलाको हुन्छ । नाचमा सहभागी हुने पात्रहरू बिजोर सङ्ख्यामा हुनु पर्दछ भन्ने लोक विश्वास रहेको छ । सुरूमा सरस्वती गुरुको आह्वान गर्दछन् र मादलको २२ तालमा नाच प्रस्तुत गर्दछन् । तन्त्रमन्त्रको विधान अनुरूप नाचिने नाचमा चोखो निष्ठाको खुब ख्याल गर्दछन् । सावधानी अपनाइएन भने नाचमा सहभागी पात्रहरू तथा अन्य दर्शकको पनि ज्यान जान सक्ने जोखिम हुन्छ भन्ने छ । मादलको २२ ताल, गुरूको देवदेवीको आह्वान र गीताङ्गे समूहको हाईको तालमा बिजोर स‌ङ्ख्याका मादलेहरू बिजोर सङ्ख्यामा रहेका महिलाका पहिरनमा सजिएका मारूनीहरू नाच्छन् । गीत र मादलको तालअनुसार अघिपछि, दायाँ बायाँ गरी अर्धचन्द्राकार र गोलाकार रूपमा घुमीधुमी नाच्छन। अन्तमा बन्धन बाँधेर विधिविधानसहित समापन गर्दछन् ।

(१४) सोरठी नाच :- सोरठी नाच नेपालभरि विभिन्न आदिवासी जनजाति समाजमा प्रचलित नाथ हो । प्रमुखतः मगर र गुरुङ समुदायमा नाचिने यो नाच पछिल्लो समयमा माझी, थारू, दुरा जातिमा पनि देख्न सकिन्छ । राजकुमारी 'सोरठीको जीवनमा आधारित जीवनगाथाअनुसार नाध्ने र गाउने गरे तापनि यस नाचको नाकर आफनै धारणा रहेको छ । जेजस्तो नामले पुकारिए तापनि यस राजकुमारीको जीवनगाथा गाउँछन् र नाच्छन् । यो नायकोজৎ আধুনিক लागि ७ दिन छ रात लाग्ने बुढापाकाहरूको भनाइ रहेको छ। मृत्युसम्मका विभिन्न संस्कारजन्य कार्यक्रमहरूमा तथा दसैं, तिहार एवम् हर्षबढाइँको सुअवसर र उत्सव आदिमा यो नाच्छन् ।

सोरठी नाच प्रस्तुत गर्नका लागि एउटा समूह हुन्छ । समूहमा गुरुद जोकर, गीताङ्गे हुन्छन् । तान्त्रिक विधिविधान अनुरूप नाव आरम्भ हुन्छ । नाचको  सुरुमा बन्धन बाँध्छन । गुरुले स्थानीय देवदेवीको आह्वान गर्दछन समुहले हाई हाल्छन र मादलेहरूले मादलको २२ तालको धुनमा मारुनि  नचाउछन । यस बेला चोखो शरीर भएकाहरूको शरीरमा सरस्वती उत्रन्छ र कान बन्धन बाँधेर बाधा बन्धन बाँधेपछि शरीर काम्न बन्द हुन्छ। त्यसप गाएर नाच्छन् । केही समय विश्राम गर्दछन र सोरठीका हाँगाहरू गाएर गर्दछन् । यस बेला महिलाको पहिरनमा पुरुषहरू र पुरुषको पहिरनमा माद समूह अर्धचन्द्राकार स्वरूपमा उभिन्छन् । त्यसपछि क्रमशः गोलाकार भएर तथा दायाँबायाँ भइ घुमीघुमी नाच्छन् । बीचबीचमा जोकरले अभिनय गरेर दर्शकान हँसाउने प्रयास गर्छन् । विधिविधानसहित नाच समापन र्गछन् । मारूनी, मादले, जोकर, गिदागे समूहहरूले मूल गुरूलाई खुट्टामा ढौरान ढोग्छन् यसका साथै मादललाई तथा मादलेलाई पनि सबैले ढोग्छन् र बिदा हुन्छन ।

 ११. माझी नाच

(१) जलेरी नाच :- माझी जातीको घना बस्ती रहेको स्थानमा जलेरी नाच नाच्छन् । यस जातिको ि पर्वका रूपमा नदी पूजालाई लिन्छन् । यो पर्व फागुन महिनामा ३ दिन नक साते मनाउँछन् । बुजुक माझीको भनाइअनुसार माझीहरूको काम नै घाट तारिदिने गां एक दिन राजालाई घाट तारिदिँदा कोसी नदीको बीचमा डु‌ङ्गा अडियो। हुङ्गा नचलेपछि राजा आत्तिए । राजाबाट यसको कारण सोधनी भयो । देउता रिसाएका कारण ढुङ्गा नचलेको रहस्य थाहा भयो । त्यसपछि देवताको पहिचान गरी भजत गरे । तत्पश्चात् डु‌ङ्गा चल्न थाल्यो र घाट तारे। राजाले देवता हुन्छन्, दिनों शक्ति ठुलो हुँदो रहेछ भन्ने महसुस गरे । अनि माझीहरूलाई तिमीहरूले मात्र पूज गर्नु र प्रसाद पनि तिमीहरूले मात्र खानू अरूलाई नदिनू भनी आदेश दिए। आ बेलादेखि माझीहरूमा मात्र यो नाच नाच्ने चलन चलेको हो। यस दिन देवीको पू सँगसँगै कोसीको पूजा गर्छन्, जसलाई जलेरी पूजा भनिन्छ । यही दिन हरेक व तथा लिङ्गका माझीहरू जम्मा भएर बूढापाकाहरूले गाउँछन् र नाच्छन, विभिन्न झाँकी देखाउँछन र रमाइलो गर्दछन् । विभिन्न व्यक्तिले लाटा, जोगी, मारूनी आदिको अभिनय गरी नाच्दछन् । यस नाचमा विधिविधानपूर्वक नाच आरम्भ गर्दछन् २ विधिविधानसहित नाच समापन गर्दछन ।

(२) ठोक्ने / ठोकन नाच :- यो नाच माझी जातिमा प्रचलित छ । रामेछापका माझी जातिले कोसीपूजा, द्यौसी, मैलो र अन्य विभिन्न शुभ कार्यका शुभ अवसरमा यो नाच प्रस्तुत गर्दछन् । यस नाचमा दुई जना पुरुष मात्र सहभागी हुन्छन् । दुबै जनाले कम्मरमा हात राखेर केही झुकेर कुखुराको भाले जुधे झै गरेर नाच्दछन् । निकै जोशका साथ उफ्रेर यताउता गरी नाच्नु पर्ने हुँदा छिट्टै थाक्छन् । गीत बिना मादलको तालमा मात्र नाध्दछन् भने कहिलेकाहीँ मुरली पनि बजाउँछन् । रामेछापको पुजीघाटमा मात्र नाचिने यो नाच लोपोन्मुख अवस्थामा रहेको छ भने अन्यत्र लोभ भइ सकेको छ ।

(३) सराद/सग्राती नाच :- यो माझी जातिमा अति नै प्रचलित सांस्कारिक नाच हो। भदौको सोह्र सराद (श्राद्ध) को समयमा नाचिने भएकाले यस नाचको नाम सराद, सग्राती वा चुकराती नाच पनि भनिएको हो भन्ने स्थानीयबासीको भनाइ पाइन्छ। मानिसको मृत्युपश्चात् अन्तिम कार्यस्वरूप मृतकको सम्झनामा यो नाच नाच्छन् । यो नाच अन्य समयमा नाच्नु अशुभ मानिन्छ । ढोलकी, मादल र भ्यालीको प्रयोग गरिने यस नाचको गीत तीन प्रकारका हुन्छन् :

१ भारकी दुकाउने बेलामा गीत उच्छृ‌ङ्खल र ठट्‌यौली खालको हुन्छ ।      २. पितर बोलाउने समयमा गीत कारूणिक हुन्छ ।                                  ३. अन्तिम बिदाइको चरणको गीत निकै कारूणिक हुन्छ ।

      तीन दिनसम्म हुने यस सांस्कृतिक कार्यमा दोस्रो दिनदेखि नाच्न प्रारम्भ हुन्छ । बिहान, दिउँसो र साँझ गरी ३ चरणका नाच प्रस्तुत गर्छन् । बिहानको चरणमा बूढापाकाले नाच प्रस्तुत गर्छन् । दिउँसोको चरणमा पितर पाले वा भारकी चुकाउने समूहले प्रस्तुत गर्छन्, जो युवा पुस्ताका हुन्छन् । साँझपख छोराले छोरीलाई दान दिएपछि एक क्षण नाचेर समापन गर्छन् ।

यस नाचका लागि पितरका सेनाले डाँडाबाट सालका लाथा ल्याउँछन् र त्यसबाट धनुषवाण, तरबार, भाला, पहेरी घोडा बनाउँछन । साथै महिला वा पुरुष जसको मृत्यु भएको हो उसको रूपाकृति तयार गर्दछन् । पुरुषद्वारा नै त्यस घोडालाई नचाउँछन । धनुषवाण, तरबार आदि सहितको घोडा सवारी अनि युद्धको अभिनय गर्दै नाच्छन् । शत्रुलाई आक्रमण गर्दै युद्धमा होमिएको अभिनय गर्छन् । युद्धमा होमिएको घोडाको पछिपछि भाला, तरबार आदि बोकेका मानिसहरू पनि नाच्छन ।

जबसम्म यी व्यत्ति जो घोडा नचाई रहेका हुन्छन, उनी गृह प्रवेश गर्न पाउँदैनन बस मादलको लहुरी तालमा नाच्छन । गृह प्रवेश गर्दा जगाेैरेहरुले बाटो छेक्छन । লচন।  घोडाको भित्र छिर्ने अधिकार हुँदाहुँदै पनि छिर्न दिदैन।  त्यसैले घोडाले झ्याल काैसि कुनै  पनि ठाउँबाट भित्र छिर्ने प्रयास गर्दछ भित्र छिरेमा कुनै बदमासी गर्छ भनेर जान दिउँदैन । तर अन्नामा कुनै प्रयासले घोडा घरभित्र प्रदेश गाई र पितरको चरणमा ढोगेर निस्कन्छ । पछि अन्य मानिसले ल्याएका भाला आदि हतियार ढोकामा बस्ने जगौरेहरुले भित्र थन्काउछन  । मादलको ताल फेरिन्छ र ती व्यक्ति नाच्छन् । रङगीचङगी कपडाम सजिएका ती कि एक क्षण नाच्छन । साँझ परेपछि विधिपूर्वक नाच समापन गाईन् । यो नाथ ठाउँ विशेषअनुसार फरक फरक ढङ्गले पनि नाच्ने गर्छन् ।

१२. राई-लिम्बु नाथ

(१) खामाङ सेली नाच :- काठमाडौं उपत्यकामा बसोबास गरेका राई जाति खामाङ सेली नाच नाच्छन् । यस जातिले कार्तिक / मङ्सिर महिनामा पितृहरुको सम्झनामा विशेष उत्सवसहित नाने चलन छ ।

(२) देउता नाच :- सिन्धुली निवासी राई जातिमा यो नाच नाचिन्छ । बडादसैंको कालरात्रिमा सबै राईहरू जम्मा भएर हरियो सेउलाले झार्दै फुक्दै नाच्छन् । सबै देवीदेवतालाई सम्झेर उनीहरूको नाममा गीत गाउँछन् । दियो बत्ती बाल्छन् । बालेको दियो खान्छन्, निल्छन् र बक्न थाल्छन् । आगामी वर्षसम्मको लागि रोगव्याध नलागोस् सुरक्षा होम्स् भनेर पुकार्दछन् र नाथ समापन गर्दछन् । त्यसपछि राईहरूले भोलिपल्ट आ-आफ्‌नो क्षेत्रमा लालकिल्ला (यो शब्द स्थानीयको अभिव्यक्ति हो, जुन अन्तर्वार्तामा नै छ ।) कब्जा गर्दछन् र झन्डा गाड्‌छन् । आफूहरू सुरक्षित भएको महसुस गर्दछन् । यो नाथ नाचेमा रोग, व्याध, भूतप्रेत लाग्दैन भन्ने लोकविश्वास रहेको छ ।

(३) साकेला नाच :- साकेला नाच राई जातिको अति नै प्रचलित नाच हो । यस नाचलाई सिली नाच पनि भन्दछन् । राई जातिको प्रसिद्ध यो नाच विशेषतः उँभौली (अन्न लगाउने) र उँधौली (अन्न मित्र्याउने) पर्वमा नाच्छन् भने अन्य चाडपर्व, उत्सवमा पनि नाच्छन् । राई जातिले हरेक ठुलो पूजा (कुल पूजा) गरेपछि साकेला नाव अनिवार्य रूपमा नाच्नु पर्ने हुन्छ । यस जातिले वर्षको दुई पटक उँधौली र उँभौली पूजा गर्ने प्रचलन छ । उँभौली पर्व वैशाख पूर्णिमामा मनाउँछन् । यत्स बेला गर्मी सुरु हुन्छ अनि विभिन्न जीवजन्तु, चराचुरु‌ङ्गी उँभोतिर लाग्छन् ।

मानिसहरूले अन्नबाली छर्ने र खेतीको समयमा वर्षा हुने सन्दर्भलाई सम्झेर साकेला पूज्छन् । उनीहरूले अन्नबाली राम्रो होस्, प्राकृतिक बिपत्ति नआओस भनी पूजा गर्दछन् अनि पितु, पुर्खा पनि पुज्छन् । उँधौली पर्व मङ्सिर महिनाको पूर्णिमामा मनाउँछन् । यस बेला मौसङम परिवर्तन हुन्छ । जीवजन्तु, पशुपक्षी हिमाल-पहाडबाट मधेसतिर लाग्छन् । बालिनाली पाकेको हुन्छ, भित्र्याउने बेला भएको हुन्छ । यसबेला पितृ र प्रकृतिलाई धन्यवाद दिएर पूजा गर्दछन् र नाच्दछन् । यस अवसरमा राई जातिका मानिसहरू जम्मा भई कुलपरम्पराअनुसार साकेला पूजा गर्दछन् र नरनारीहरू मिलेर सामूहिक मनोरञ्जन गर्दछन् । बीचमा रूख वा लिङ्गो गाडिएको हुन्छ र तान्त्रिक विधिविधानसहित नथुले वा घामीले पूजा गर्छन् । त्यहाँ लिङ्गोमा धजाहरू बाँध्छन् । नथुले पूजा सकेपछि नाच्न आदेश दिन्छन् । त्यसपछि आफ्‌नै मौलिक पहिरनमा सजिएका महिला र पुरूषहरू गोलघेरामा आबद्ध भएर अघिपछि, दायाँबायाँ हुँदै ढोल, झ्याम्टाको स‌ङ्गीत तथा साकेलाको गीतमा नाच्छन् । साकेला गीतमा राई जातिको आफ्नै भाषा, संस्कार, संस्कृति, प्रकृक्तिसम्बन्धी गीत गाएका हुन्छन् । साकेला गीतलाई उनीहरू सिलि गीत पनि भन्दछन् । सिलि गीतमा मानव सभ्यता र विकासक्रमसँग सम्बन्धित गीत गाउँछन् । ठाउँ विशेषअनुसार कतै आफ्‌नै जातीय भाषामा गीत गाउँछन् भने कतै गीत नगाई केवल सङ्गीतको तालमा नाच्छन् । महिला र पुरुषका हातमा चौरीका चमर, सि‌काउलीको हरियो सेउला अनि फलामको धातुको सिलिनी लिन्छन् । कतै कतै यस नाचमा पुरुषहरूले धनुषवॉण मिरेका हुन्छन् र युद्ध अभिनय शैलीमा स‌ङ्गीतको तालसँगै झुमेका हुन्छन् । अन्तमा प्रकृति, साकेला देवी, नथुङ् र अन्य सहभागी सबैलाई धन्यवाद विएर विधिविधानसहित नाच समापन गर्दछन् ।

शेेर्पा नाच

(९९) नाधिङ नाच :- नाधिङ नाच शेर्पा जातिमा प्रचलित छ । धादिङ जिल्लामा बसोबास गर्ने शेर्पा जातिका युवा पुस्ताले यो नाच नाच्छन् । युवायुवतीले दोहोरी गीत गाएर पालैपालो नाच्छन् । युवयुवती एक समूहले गाउँदा अर्को समूह नाच्ने गर्दछन् । यस नाचको बारेमा थप खोजी हुनु आवश्यक छ।

(१००) सिलिपा नाच :- सिलिपा नाच दोलखा जिल्लाका शेर्पाहरूले विवाहको अवसरमा तरबार लिएर नाच्छन् । उनीहरू आफ्‌नो स्थानीय जातीय पहिरनमा सामूहिक नाच प्रस्तुत गर्छन् । खोज अनुसन्धान नभएको यो नाच लोप हुने अवस्थामा छ ।

(१०१) शेब्रु  :- शेर्पा जातिले नाचलाई शेड्नु भन्दछन् । शे शब्दको अर्थ खुट्टाको ताल भने बु शब्दको अर्थ नाच भन्ने हुन्छ (लाक्पा नोर्व शेर्पा) । खुट्टाको समान एउटै तालमा सामूहिक रूपमा नाचिने नाच नै शेब्रु हो । उनीहर ल्होसारमा नाच्छन् । उनीहरूले विभिन्न समयमा नाचिने नाचलाई उल्लु नाच र जल्लु नाच भन्दछन् (लाक्पा नोर्व शेर्पा) । उल्लू नाच भनेको आधारमा तहगत रूपमा पङक्तिबद्ध भई नाचिने नाच हो । यस नाचमा पहिलो/सुरूको/माथिल्लो पक्तिमा सबै भन्दा पाको उमेरका नचाह त्यसपछि क्रमशः कम उमेरका नचारूहरू पङक्तिमा बद्ध हुन्छन र नाछन।র गरी शुभ कार्यको गीत गाएर नाचिने नाचलाई गल्लू नाच मन्दछन् भने दुका बिदा दिँदा जल्लू नाच नाच्छन् । अर्थात बिहेको अवसरमा छोरीलाई बिदा दिनु दुख मान्दै नाचिने नाचलाई शेर्पाहरू जल्लू नाच भन्दछन् । आफनो मौलिक पहिरनमा सजिएर आफ्नै मातृभाषामा गीत गाउँदै धन्याङको सङ्गीतती दु समान तालमा नाच्दछन् । अन्तमा धामी, प्रकृति तथा उपस्थित सबैलाई तथा शुभकामनाको गीत गाएर नाच समापन गर्दछन् । नाच सुरू गर्नु भन्दा अि पछि निश्चित विधिविधान अँगालेका हुन्छन् ।

सुनुवार नाच

(१०२) कालिपिपि नाच:- सुनुवार जातिको कोइँच समुदायमा यो नाच प्रचलित छ । कालि र पिपि दुई शब्द कालिपिपि शब्द बनेको छ । कालि भन्नाले अदृश्य शक्तिशाली संरक्षक र पिपिडा बजु भन्ने अर्थ लाग्छ (उत्तमकुमार सुनुवार) । तिनै अदृश्य शक्तिशाली संरक्षक बजनां खुसी बनाउन पोइँब ग्याँमीहरूले नाच्ने नाच नै कालिपिपि नाच हो। बच्चालाई जान सुताउने, कपाल कोर्ने, सिँगारपटार गर्ने, कपडा लगाउने जस्ता अभिनयसहित यो नर नाच्छन् । ढेड्ङ्ग्रो (स्थानीय भाषाको शब्द हो यसको सभ्य रूप ढ्या‌ङ्ग्रो हन्छ !! इयान्टा तालमा खालो गाउँदै नाचिने यो नाच कोइँचको परम्परा, संस्कृतिको उद्‌भवसँगै कु भएको मानिन्छ । किराँती कोइँच भूमिमा पराम्परागत रूपमा पोइँबो ग्यॉमिले नाच्दै आएते कालिपिपि नाचको बारेमा कुनै अध्ययन गरिएको छैन ।

(१०३) क्योङ र माचिङ नाच :- सुनुवार जातिको कोइँच समुदायमा यो नाच प्रचलित छ । क्योङ शब्दको अर्थ बिनादों हो (सुनुवार २०७३) । विशेष गरी युवायुवतीको मायाको चिनो मानिने यो नावस डाँफे तथा परेवाको अभिनय गरेर नाच्दछन् । यो नाच युवायुवती विभिन्न चाडपर्व र गोठालो जाँदा मनोरञ्जनका लागि नाच्ने गर्दछन् ।

(१०४) क्लिक्लिति नाच :- सुनुवार जातिको कोइँच समुदायमा यो नाच प्रचलित छ । सामूहिक रूपमा नाचिने यो नाच घुमीघुमी गोलो घेरामा नाच्छन् । क्लिक्लिति भनेको टुङ्‌ना हो (सुनुवार २०७३)। टुङ्ना बजाउँदै नाचिने यो नाच जुवारी खेल्दै नाच्दछन् । टुङ्ना बजाएर लाटो मानिसको अभिनय गर्दै उसको मनोकुण्ठाको अभिनय गर्दै नाच्दछन् । यो नाच विशेष गरी तामाकोसी, सुनकोसी, खिम्ती, मोलुङ वरिपरि नाच्छन् ।

(१०५) नादोरी नाच :- नादोरी नाच सुनुवार जातिमा प्रचलित नाच हो। 'नादो शब्दमा रि प्रत्यय लागेर बनेको नादोरी शब्दको अर्थ रातभरि नानिदाई रमाइलो गर्दै बस्नु हुन्छ (सुनुवार २०७३) । नादोरी नाच्दा मानवीय जीवनचक्रका बारेमा गीत गाउँछन् । प्रत्येक गीत बीस पटकसम्म गाउने गर्दछन् । गीतको लय र सङ्गीतको तालसँगै खुट्टा र हात एकै प्रकारले अगाडि-पछाडि चालेर घुमी घुमी गोलो आकारमा समूहमा नाच्छन् ।

(१०६) बासुहोपो नाच :- सुनुवार जातिमा बासुहोपो नाच प्रचलित छ । तीन किराँती राजा क्रमशः बास्ति होपो, गस्ति होपा र लास्ति होपोमध्ये बासु होपो अर्थात् बास्ति होपोलाई सम्कँदै पूजाआराधना गर्ने क्रममा यस नाचको आरम्भ भएको हो । सुनुवार संस्कृतिमा बासु होपोलाई देवताको रूपमा मान्छन् । चाँडै रिसाउने रिसाहा र मनकारी देवता भएकाले सुनुवार जातिको कोइँच गाउँघरमा बासु होपो मिगायें भन्ने चलन छ (सुनुवार २०७३) । अतः कोइँच सुनुवारले ख्याँगु गर्दा पोइँब ग्यॉमिहरूले बासु होपो देवतालाई खुसी बनाई शुभ आशीष, वरदान प्राप्त गर्ने उद्देश्यले यो नाच नाच्छन् ।

(१०७) मेसेल्मी नाच :- मेसेल्मी नाच सुनुवार जातिमा प्रचलित छ । मेसेल' शब्दमा मी प्रत्यय लागेर मेसेल्मी शब्द बनेको छ। मेसेल शब्दको अर्थ अँध्यारो आँधीहुरी भन्ने हुन्छ (सुनुवार २०७३) । यस नाचमा खालो गाउँदै कोइँचहरूको कुलपुरोहित ग्याँमीहरू नाच्छन् । यसमा कुलपुरोहित ग्याँमिहरूले बिउ छरेको, सोली बोकेको, धागो कातेको, तान बुनेको अभिनय गर्दै नाच्दछन् ।

(१०८) रामदाले नाच :- यस नाचलाई नाक्दाले नाच पनि भन्ने गर्दछन् । शाब्दिक अर्थमा हेर्ने हो भने 'रामदाले'को अर्थ ठुलो मादल र नाक्दालेको अर्थ सानो मादल भन्ने हुन्छ । विशेष गरी तामाकोसी, खिम्ती, लिखु, मोलुङ दुधकोसीको एकराते जात्राहरूमा लामो भाका तानेर गोलो आकार बनाई घुमीघुमी नाच्दछन् । पश्चिमबाट मगरहरूको बसाइँ पूर्वतिर सरेपछि गाउन थालिएको हो भन्ने अनुमान यस समुदायको रहेको छ (सुनुवार २०७३) ।

(१०९) साँदार नाच :- प्रत्येक वर्ग कोइँच सुनुवारहरूले प्रकृति र पुर्खालाई भाकेर अर्थात प्रार्थना गर्ने र उभौलीमा गरिने शाँदार पिदारमा नाचिने नाचलाई दार साँदार नाच भनिन्छ। शब्द शीरदार दूई शब्द मिलेर बनेको छ । शी बाद शब्दले सबै कुरा समिश्रण भएको एक वस्तु वा अवस्था भन्ने जनाउँछ । जस्तै सवारी साँका, गाँव शाका आदि। दारको अर्थ भने फहराउनु वा क्रमबद्ध तरिक लाख वा निरन्तर बलिरहने अटूट, अखण्ड अविरल भन्ने जनाउँछ (उत सुनुवार) । यसैले जाँदार भन्नाले विविधताको अटूट, अखण्ड अविरल सकिन्छ । यसलाई अन्य जातिले चण्डी नाथ पनि भन्ने गर्दछन् । शाँदार सिल मुख्यतया मुक्मअनुसार पुर्खा तथा प्रकृतिको आराधना गर्न भएको हुँदा आदिवासी जनजाति कोईयहरूले जहिलेदेखि शाँदार पिदार गर्न सुह सोही समयदेखि नारन थालेको अनुमान गर्न सकिन्छ । खिस्ती, लिखु र मोलुङ वरिपरिका भूभागमा चर्चित यो नावसम्बन्धी अध्ययन भएको छैन । ढोल ड्याम्टाको तालमा नाचिने भएको हुँदा ढोल झ्याम्टाको तालअनुसार मैदा सिलमा विभिन्न किसिमका नाव हुने गर्दछन् । ताल अनुसारका नाचको नाम प्रकार छ:

१. ही ही हासाल हौसाल तथा सलाक,

२. जासी ब्लुकुम जुरूर।

३. काइशी सिंलं,

४. किल्लो सिल,

५ बुर सिल,

६. पिदार सिल,

७ दौतेक सिल

८. लौंकावुले आमदुले ग्लुम्टोक सिल,

९. सुरो चोअतेक सिल,

१०. चुर्मु सिल,

१९ दिय सिल,

१२. राँकानासि सिल,

१३ चुर्व सिल,

१४. कुँकुँबुलु सिल ।

मनोरञ्जनको लागि नाचिने नाबहरूमा खुसीले रमाइलो गर्दै हाँ हाँ हाँसात सिर मनी गीत पनि गाउने बलन छ । यो गीत महिला पुरूष जुवारी खेल्दै गाउने गरिन्छ।

(११०) शुदुक नाथ :- सुनुवार जातिमा शुद्रुक नाच प्रचलित छ । शुद्रुक शब्दको अर्थ बिस्तारै हलुका जाला एक पाइला अगाडि, पछाडि वा दायाँ, बायाँ सर्नु भन्ने हुन्छ (सुनुवार २००३)। बटुलो, विभिन्न चाडपर्व र उत्सवहरूमा बाजा अर्थात् मालिङ‌गाको स-साना चालक ओटा मुरली जस्ता बाजा बजाएर केटाकेटी जुवारी खेल्दै नाच्छन् । खुट्टा रहा एकै प्रकारले अधिपछि बालेर घुमीघुमी गोलबद्ध भई सामूहिक रूपमा नाचिने के माथ तामाकोसी, सुनकोसी, खिम्ती लिखु, मोलुङ वरिपरिका स्थानहरूमा नावान हायु नाच

हायु नाच

(१११) दिवाली नाच:- हाय जाति अन्तर्गतकै दुखम थरकाले यो नाच नाच्छन । हाय जातिको धीर बासस्थान वादी मुजोर हो । रामेछापको वादीमा कुल पूजाको अवसरमा एक हप्ता सम्म यो नाच प्रदर्शन गर्दछन । सपनामा ज्ञान दिएअनुसार पूजाआजा गर्दछन । फागुन महिनामा सपनामा ज्ञान दिएअनुसार मङ्गलबार सुरू गरेर अर्को मङ्गलबार सक्ने हिसाबले एक हप्ता मनाउँछन । बिहान दस बजेसम्म पुजारीले पूजाआजा गर्दछन् र त्यसपछि पुजारीले निर्देशन दिएपछि नाच्न सुरू गर्दछन । नाचको सदस्यता लिएपछि मात्र नाचमा सहभागी हुन पाउँछन । यस नाचमा सरुदेखि अन्त्यसम्म निरन्तर सहभागी हनै पर्ने र बीचबीचमा छोडन र सहभागी भएमा अनिष्ट हने लोकविश्वास रहेको छ । महिलालाई निषेध गरिएको यस नाचमा पुरुषहरू मात्र नाच्दछन । हाई मात्र हालेर दिलो पारामा नाच्दछन ।

(११२) महाङकाली नाच :- रामेछापका हाय जातिमा महाङकाली नाच प्रचलित छ । हाय जाति बाहेक अन्य जातिले प्रवेश गर्न नपाउने र महिलालाई समेत प्रवेश निषेध गरिएको यो नाच हायु पुरुषहरूद्वारा नाचिने सामूहिक नाच हो । हायु जातिको मुख्य चाड महाङकाली पूजामा यो नाच नाच्छन । यो पूजा माघ महिनाको पर्णिमाका दिन सक्ने हिसाबले एक हप्तासम्म धुमधामले मनाउँछन् । यस समयमा घरका सदस्यहरू अन्यत्र बसोबास गरेका छन् भने पनि पूजा स्थलमा उपस्थित हुन्छन्, नत्र ठुलो अपशकुन हुन्छ भन्ने मान्यता राख्दछन् । सुखाचौरमा रहेको ठुलो सिमलको रूखको फेदमा देवीको मन्दिर छ। त्यहाँ पुजारीले पूजा गर्दछन् । त्यहाँ बोका, पाठीको बलि दिन्छन् । यसका साथै त्रिशूल, फलफुल भेटी आदि पनि चढाउँछन् । 'धेरै वर्ष पहिले एक माना जुम्राको बलि दिन्थे रे । त्यसो नगरे मान्छे नै मर्थे रे भन्ने भनाइ पनि पाइन्छ । पुजारीले पूजा गरिसकेपछि नाच्न आदेश दिन्छन् । देवीलाई खुसी पार्ने उद्देश्यले हायु पुरुषहरूले सेतो धोती, पटुका र गन्जी लगाएर हायु भाषामा गीत गाउँदै नाच्छन् । ढोल र झ्‌याम्टाको ढिलो तालमा गोलाकार रूपमा सामूहिक नाच प्रदर्शन गर्दछन् । देवीको मन्दिरलाई दाहिनेपट्टि पारेर नाच्छन् । देब्रेपट्टि पारेर नाचेमा ठुलो अपशकुन हुन्छ भन्ने लोकमान्यता पनि रहिआएको छ ।                                       

खस-आर्य समुदाय

(११३) तिज नाच:- तिज नाच महिलहरूद्वारा नाचिने बहु प्रचलित सामूहिक नाच हो । नेपालका हरेक क्षेत्रमा हरेक जातिका महिला मुक्त ढङ्गमा सामूहिक रूपले गीत गाउँदै बाजा रहित वा बाजासहित यो नाच प्रस्तुत गर्दछन् । हिन्दुहरूका विभिन्न चाडमध्ये तिज पनि एक हो । भाद्र शुक्ल तृतीयामा हरितालिका तिज पर्व मनाउँछन् । यस पर्वमा महिलाहरू व्रत बस्दछन् । यही समयमा महिलाहरू जम्मा भएर कहीं धार्मिक गीत गाएर, कतै समसामयिक नारी जीवनका गुनासो गाएर, नाचेर मनोरञ्जन गर्दछन् । बढी मात्रामा वर्षभरि आफूले खेपेका दुःख वेदनाहरू पोखेर गीत गाउँछन् । सोही गीतको स्वरूपमनुसार सिन्त मिन्न मुक्त नावहरू प्रस्तुत गर्दछन। मुख्यধ मादलको स‌ङ्गीतमा स्वतन्त्र मुद्रामा नाच प्रस्तुत गर्दछन् ।

(११४) रत्यौली नाच :- विवाहको अवसरमा महाडे हिन्द्र महिलाद्वारा नाविन सामूहिक नृत्य हो । विवाहको दिनमा पुरुषहरू जन्दा जाने र महिलाहरू मात्र घर बহন মাসত रहेको छ । बेहलाको घरमा नयाँ सदस्य थपिने र गृहलक्ष्मीमिको प्रबेस हुने भएकाले खुसियाली मनाउँदै महिलाहरूले मनका दमित भावना व्यक्त गर्ने क्रममा अस्लिल हास्य परक तथा प्रेमपरक गीतहरु गाउँदछन र गीत अनुसारको मिल माछन । हास्यपरक तथा केही अश्लील खालको नाच भएकाले पहिरन पनि किसिमको हुन्छ रत्यौलीमा जति बढी रमाइलो गरी नाच्यो, त्यति नै दि जोडीमा खुसियाली थपिन्छ भन्ने लोकविश्वास रहेको छ । मादल तथा था तालमा नाचिने यो नाच मुक्त शैलीको हुन्छ।

(११५) देवसी नाच :- विहलमा मुरुषहरूद्वारा नाचिने सामूहिक नाच देउसी नाब हो । कार्तिक शुश भाइटीकाको दिनमा पुरुषहरू जम्मा भएर एक जनाले मट्‌याउने र अन्य पुरुषान गोलाकार रूममा पचिन्बद्ध भएर नाच्दछन् । बली राजाको सम्झना गर्दै मठ्‌याउँछन। सत्यल र खैजडी तथा तालीको जालसँगै अन्य समूहले देउसी रे भन्दै गोलबद्ध कर नाच्छन् । बीचबीचमा चुट्‌का गीत गाएर सोहीअनुसार नाच प्रस्तुत गर्छन्। अनम घरबेटीले दान दिएपछि आशीर्वाद दिन्छन् र नाच समापन गर्दछन् ।

(११६) भैलो नाच :- यो तिहारको अवसरमा महिलाद्वारा नाचिने सामूहिक नाब हो। यो तिहार पर्वको अवसरमा नाचिन्छ । टोली नेता महिलाले भट्‌याउँछन् र अन्यले मैली या मैती ने सनी फलाकछन् । एउटा नाच्ने र अर्को गाउने समूह हुन्छ। नाच्ने समूह गीत तथा सादलको तालअनुसार गोलाकार भएर वा अर्ध चन्द्राकार रूपमा नाच्छन् । यस सन्दर्भमा बलिराजाका गाथाका अंशहरू भट्‌ट्‌याउँछन् र नाच्छन् । यसका साथै भाइटीकासँग सम्बन्धित गीत यमराज र भाइका कथनका गीत गाएर नाच्ने गर्छन्। मादल, खैजडी र थपडी बजाएर गीत गाउँदै नाचिने यो नाच मुक्त शैलीको हुन्छ। लोक संस्कृतिको संरक्षणले नै देशको मौलिकता समृद्ध बन्छ । यसका लागि लोत संस्कृतिको संवाहक लोकनाचको अग्रणी भूमिका रहेको हुन्छ । यसै उद्देश्य पूर्ति है।

अन्य वा साझा

(११७) झाँक्री नाच :- आदिवासी जनजाति मध्येका मगर, तामाङ, थारू, सुनुवार जातिमा यो नाच प्रचलित रहेको देखिएको छ । यी जातिले आफ्‌नो धार्मिक तथा सांस्कृतिक पर्वमा नाच्ने गर्दछन् । मगर जातिले यसलाई झाँक्री नाच नै भन्दछन् । आफ्ना पितृको सम्झनामा ढ्या‌ङ्ग्रो बजाएर सामूहिक रूपमा नाच्दछन् । निश्चित विधिविधानसहित नाच प्रस्तुत गर्दछन् । रसुवाका तामाङहरू यस नाचलाई बोम्बो छ्याम भन्छन् । यसमा सेसे बोम्बो लयभाका हालेर महिला र पुरुषले गीत गाउँछन् । बोम्बोले आफ्नो भगवान्‌को नाम लिएर फलाक्छन् र गीतको भाका बोम्बोको मन्त्र र ढ्याङ्ग्राको तालमा नाच्दछन् । सुनुवार जातिले यसलाई बोन पोइँबो नाच भन्दछन् । पोइँबो कुल पुरोहित सुसेल्दै खुक्खुक् गर्दै ढ्याङ्ग्राको तालमा नाच्छन् । यसरी नाच्दा बोन पोइँबोको उद्गम स्थल तथा बासस्थानका नामहरू फलाक्ने गर्दछन् ।

(११८) मारुनी नाच :- महिलाहरूको पहिरनमा सजिएर पुरुषहरूद्वारा नाचिने नाचको एक शैलीलाई मारूनी नाच भनिन्छ । मारूनी विभिन्न चाडपर्व, मेला, महोत्वस, सांस्कृतिक उत्सव, धार्मिक उत्सव आदि अवसरमा नाच्छन् । यो नाच लाहुरे संस्कार भएको जाति मगर, गुरुङ, राई, लिम्बु आदिमा पाइए तापनि हाल आएर कुमाल, दुरा, माझी, थारू, चेपाङ, थामी आदि जातिमा विस्तारित भएको देख्न सकिन्छ । यस नाचमा एक जना गुरुबा, मादले समूह, मारूनी समूह, गीताङ्गे समूह (महिलाहरु) जोकर आदिको उपस्थिति रहन्छ । उनीहरू गुरुबाको निर्देशनमा गीत गाउँदै मादलको तालमा सामूहिक रूपमा नाच्दछन् ।

                                गण्डकी प्रदेश ( प्रदेश ४)

 

नेपालको गण्डकी प्रदेश (प्रदेश नं. ४ ) मा विभिन्न जातजातिको बसोवास रहेको छ । विभिन्न संस्कार, पर्व र महोत्सवहरुमा लोकनृत्यहरु प्रदर्शन गरेर यहाँ मनोरञ्जन गर्ने परम्परा पाइन्छ । यही परम्परामा रहेका केही नृत्यहरुलाई यहाँ वर्णक्रमानुसार प्रस्तुत गरिन्छ ।

११९) आशिका नृत्य :- हिन्दु संस्कृतिमा मानव जीवनका १६ संस्कारको व्यवस्था गरिएको छ । यी १६ संस्कारको धार्मिक कृत्य सांस्कृतिक पद्धतिअनुसार नै गर्नुपर्ने शास्त्रीय विधान छ । तर लोकपरम्परामा यस्ता केही लोकपद्धतिहरु छन्, जो धर्मशास्त्र र लोकनियम दुवैमा बाबद्ध छन् । आशिका नाच १६ संस्कारमा नपर्ने तर लोकपद्धतिले स्वीकार गरेको डेटी पर्वमा नाचिने नाच हो । बालक जन्मेको छैटौ दिनमा छैटी देवीको आराधना गर्ने र नवजात शिशुको भाग्य राम्रो होस् भनी आशीर्वाद दिन नाचिने नाचलाई आशिकानाच भनिन्छ । यस नाचमा नौमती बाजा वा अन्य स्थानीय वाद्यहरुसँग दमाईहरु नाच्ने गर्दछन् । यसलाई दमाईंनाच पनि भन्ने गरिन्छ । यो नाच व्रतबन्ध, विवाह आदि संस्कारयुक्त शुभकार्यहरुमा पनि नचाउने प्रचलन पाइन्छ । दमाई जातिलाई सगुन जातिका रूपमा लिने लोकप्रचलनअनुसार प्रायः जन्मचक्रसँग सम्बन्धित संस्कारहरुमा यस्ता नृत्यहरुको आयोजना गर्ने परम्परा रहेको पाइन्छ ।

(१२०) कौरा (कौह्रा) नृत्य प्रदेश नं. ४ का स्याङ्जा, तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत आदि जिल्लाका मगर समाजमा प्रचलित युवायुवतीहरुको प्रेम साटासाट गर्ने क्रममा निर्मित बाह्रमासे नृत्य हो- कौह्रानृत्य । युवक र युवतीहरुको उपस्थिति हुने नृत्य भएकाले यसलाई बनेको हो । करहवा थारु जातिमा प्रचलित विवाहका समयमा नाचिने भएकाले यो । तर्क उपयोगी छैन । यो नृत्य प्राचीन समयमा शिवरात्रिबाट आरम्भ गरेर दशहरासम्म दुवा (कौह्रा) नृत्य भनिएको हो । कसैकसैका विचारमा करहवा शब्दबाट कौरा नाच्ने प्रचलन थियो तर हिजोआज यो नाच बाह्रै महिना नाच्ने गरिन्छ । खासगरी हिउँदका फर्सदिला दिनहरुमा यस नृत्यको अत्यधिक प्रयोग हुन्छ । मेलापर्व विशेष चाडबाड तथा कनै खुसियाली मनाउने सन्दर्भमा यस नृत्यको प्रदर्शन गरिन्छ। यस नृत्यमा युवक-युवतीको जोडी बनेर ४/५ जोडीहरु सामूहिक रुपमा नाच्तछन् । पुरान समयमा यस नाचको आरम्भमा बन्धन लिने चलन थियो । बन्धन लिनु भनेको ना सुरू हुनुभन्दा अगाडि विभिन्न देवीदेवताहरुको नाम लिई रक्षा गर भन्दै कुनै जादू व टुनामुनाको प्रभाव नपरोस भनी प्रार्थना गर्नु हो । यसरी प्रार्थना गरिसकेपछि कौरान सुरू गरिन्थ्यो तर हिजोआज यो क्रम घटिसकेको छ । कौह्रा नृत्यमा पुरुषहरूले कछाड, भोटो, आस्कोट, टोपी, भाङ्ग्रा आदि मगर समाजम प्रचलित परम्परागत पोसाक पहिरन्छन भने नारीहरुले गुन्यु, चोली, घलेक, कर्मर स्थानीय गरगहनाहरु लगाउँदछन । यसको गीतमा ८, ७, ९ मात्राको त्रिपदीय प्रयोग गरिन्छ । खैजडी र मुजुरा यसका मूल वाद्य हुन् । कौह्रा नृत्यमा गाइने गीतको नमूना तल पन्यो डुम्रे बजार माथि पन्यो बन्दीपुर के छ नानी तिम्रो मनको सुर ।। फूल राखी ढोग दिउँला भाले काटी भोग दिउँला यो नानीलाई लाइदेऊ मोहनी ॥ इत्यादि ।

(१२१). ख्यालीनाच :- नेपालका विभिन्न क्षेत्रका विभिन्न जात जातिमा ख्याली नाचको प्रचलन पाइन्छ । ख्याली शब्दको अर्थ हो- ख्यालठट्टा गर्नु, हँसिमजाक गर्नु, मनोरञ्जन गर्नु आदि। यस्तै ख्यालठट्टामूलक गीतहरु गाएर नाचिने भएकाले नै यस नृत्यलाई ख्याली नाव भनिएको हो । खासगरी ख्याली ताल र ख्याली भाकाका गीतसँग नाचिने मुक नृत्यलाई ख्यालीनाच भनिन्छ । यो नृत्य एकल वा सामूहिक हुन्छ । यस नाचना खास कुनै नियम हुँदैन । ख्याली तालमा नर्तकहरु आफ्‌नो स्वतन्त्र अभिनय प्रस्तुत गर्दछन् । नेपालमा रहेका प्रसिद्ध नाचका रुपमा यसलाई लिइन्छ । यो नाच रहे महिना विभिन्न पर्व उत्सवमा नाच्न सकिन्छ । मादल, खैजडी, नौमती बाजा रे विभिन्न बाद्यहरुसँग यो नाच नाच्ने प्रचलन छ ।

(१२२). चम्फइ नाच :- चम्फइ नाच कास्की जिल्लाका महिला समुदायमा प्रचलित छ । विवाहको दिर रतेली खेल्दा एउटी महिलाले थोत्रो डोकाको आसनीबाट टाउको बाहिर निकाल त्यस डोकोलाई विभिन्न किसिमका कपडाहरुले सिँगारी डोकोसहित ना गर्दछन । यसरी डोकासँग नाच्ने नर्तकीलाई भूइँचम्फा भनिन्छ । रतेलीमा तुको मारूनी र भुइँम्फाको त्रिकोणात्मक सम्बन्ध देखाइ हास्यपरक तथा प्रेमपाक गीतका साथमा नृत्या अभिनय गर्ने परम्परा रहेको पाइन्छ । हिजोआज यस नृत्यको प्रयोग कम हुँदै गएको देखिन्छ ।

(१२३) चरित्र नाच :- हिन्दू संस्कृतिका आदर्श पुरुषहरु श्रीरामचन्द्र र श्रीकृष्णका चरित्रमा आधारित गीत गाएर अभिनय गरिने विभिन्न नाचहरुलाई चरित्रनाच भनिन्छ । विभिन्न जाति तथा वर्गद्वारा चरित्रनाचहरु विभिन्न शैलीमा प्रस्तुत गर्दछन् । गुरूङ, मगर, राई आदि जातिमा मारूनी शैलीका नाचहरु नचाउने प्रचलन रहेकाले यस्ता जातिद्वारा चरित्रनाचहरु पनि मारूनी शैलीमा नै नचाउने गर्दछन । मारूनी शैलीका चरित्रनाचमा श्रीरामचरित्र र श्रीकृष्णचरित्रको अभिनय गरिन्छ । यस्ता नाचमा मारूनी, पुर्मुड़े, बंदुवारे र मादलेहरुले भाग लिन्छन् । गर्राहरूले गीतमा भाग लिन्छन् । प्रारम्भमा सबीगीत गाएर मारूनी जगाएपछि रामचरित्र भएमा रामायणमा आधारित गीतमा नाच नाचिन्छ । श्रीकृष्णचरित्र भएमा महाभारतमा वर्णित कृष्णका चरित्रमा आधारित गीतहरु गाइन्छ । पात्रहरु मारूनी शैलीकै वेशभूषामा रहन्छन् र नृत्य गर्दछन् । गीत र नाच सकिएपछि बन्धन फुकाउने गीत गाइन्छ र नृत्य पूरा हुन्छ । यस्ता नाचहरु लेकनाटकस्तरीय हुन्छ ।

ब्राह्मण तथा क्षत्रीहरु बसोवास गर्ने क्षेत्रमा रामायण बालन र कृष्णलीला बालनका व्यमा चरित्रनाच नचाउने प्रचलन पाइन्छ । यस्ता नाचहरु नाटक शैलीका हुन्छन् । राम, लक्ष्मण, सीता, दशरथ, हनुमान्, रावण आदि विभिन्न चरित्रका पात्रहरु बनाएर । रामकथालाई भजनका रूपमा प्रस्तुत गरी नाट्य शैलीमा नै रामचरित्रको अभिनय गरिन्छ । त्यस्तै कृष्णचरित्रमा आधारित नाच भएमा श्रीकृष्ण र उनका सहयोगीहरु कराया, सुदामा, कंस आदिका विभिन्न चरित्रहरु स्थापना गरी नाटकीय शैलीमा नै तू विसर्जन हन्छ । यस्ता नाचमा बीचबीचमा मनोरञ्जन गर्न चुड्का नाचहरुको पनि अभिनय हुन्छ । गीत तथा भजनमा कथा परिवर्तन हुँदै जान्छ र अन्त्यमा नाच है प्रयोग गरिन्छ । यसै पुस्तकको लोकनाटक शीर्षकमा चरित्रनाचका बारेमा विस्तृत ६ मा चर्चा गरिएको छ ।

(१२४) चुड्कानाच नाच :- पनि मुक्त वा स्वतन्त्र नै हुन्छ । यस नाचमा कुनै पनि उमेरका बुढ़का गीतहरु तथा जुहारी गीतहरुका साथमा विभिन्न बाजाहरु बजाएर नाचिने एकल १ वासामूहिक नृत्यलाई चुड्कानाच भनिन्छ । यस्ता नाचमा गीतहरु पनि मुक्त प्रकृतिका महिला तथा पुरुषहरु नाच्न सक्तछन् । यस नाचको प्रकृति बाह्रमासे हुन्छ । कुनै पर्व उत्सव आदिमा मानिसका मुक्त भावनाहरु प्रस्तुत गर्ने क्रममा यो नाच नाचिन्छ । यो नाच मूलतः२ प्रवृत्तिमा विभक्त हुन्छ । प्रेम प्रवृत्ति भएको चुड्का नाचमा युवायुवतीका प्रेमालापले भरिएका गीतहरु हुन्छन् र युवायुवतीहरु नाचमा सहभागी हुन्छन् । धार्मिक प्रवृत्ति भएका चुड्कानाचमा चुड्का भजन गाइन्छ । कुनै पनि अवस्थाका मानिसहरूले यस्ता गीत तथा नृत्यहरुमा भाग लिन रुचि गर्दछन् ।        चुड्का गितको   नमुना :- 

(धार्मिक भावनामा आधारित गीत) भजिदैन हरि मन्मा पीर नपरी ३ ढोका खोल राम भक्त आए स्वर्गमा ३ मलाई बगाउला कि फूल बगाउने नदीले ३ (प्रेम भावना भएका चुड्का गीत) आउँदैन घुमेर सोह्र वर्षे उमेर ३ मायाको शिरैमा सुन्को टीको झलल - ३ माया मन्परेको जोवान् ढल्की गैसक्यो - ३।

(१२५)छ्याँदुनाच :- गुरूङ संस्कृतिका महत्त्वपूर्ण नाचहरुमध्ये छ्याँदुनाच पनि एउटा हो । मानिस मरेको वर्ष अर्थु गर्दा मृतआत्माको हंसलाई आह्वान गरी अतृप्त वा अमुक्त आत्माको मुक्तिको कामना गर्दै यो नाच नाचिन्छ । यो मृत्यु नाच हो । घरमा रहेको आत्मीय व्यक्ति नई शोकाकुल र भावविह्वल भएका व्यक्तिहरुलाई सान्त्वना दिन र उनीहरुको शोकविहयात मनलाई मनोरञ्जनका माध्यमद्वारा आफू तथा समाजतिर तान्न यस नाचले दु मद्दत पुऱ्याउँदछ ।

अर्धी थालेको दोस्रो दिन आफ्‌नो स्थानीय वेशभूषामा ढोल (घोंघु) रझा बाजा बजाएर २०/३० जना पुरुषहरु हातमा धनुषवाण लिएर गोलाकार बेचन उभिई विभिन्न तालमा यो नाच नाच्दछन् । यस नाचमा महिलाहरु सहभहँदैनन । यसमा प्रारम्भमा दई गीत गुरुङ भाषामा नै गाइन्छ । ती गीतहाना आफ्ना वरपर रहेका वा टोलछिमेकमा रहेका व्यक्तिहरुलाई नृत्यस्थलतिर आउन आह्वान गरिन्छ । जब सबै दर्शक नृत्यस्थलमा आइपुग्दछन अनि हाम्रो ग राम्रो लाग्यो कि लागेन ? भनेर गीतमा नै भनिन्छ । यस गीतभित्र नाच अभिनय गर्ने विधि पनि सिकाइएको हुन्छ । दुईवटा गीत सहितको नृत्य बाँकी नृत्य बाजाका तालमा मात्र नाचिन्छ ।

छ्याँदनाच सामूहिक तालनृत्य हो । यस नाचभित्र ३२ तालहरु रहेको बताइना कछाड, भोटो, भाङ्ग्रा, पटुका, टोपी लगाएर घोंघ (ढोल) र झ्याली गोलाकार भई हात खुट्टा र शरीरका विभिन्न अङ्गसञ्चालन गर्दै नाचिने यो अत्यन्त आकर्षक हुन्छ । गुरूङ समाजमा अर्घा (मृत्योत्सव) को एउटा अबु यो नाच रहेको हुनाले यसको आफनै मौलिक सांस्कृतिक महत्त्व छ ।

(१२६) जोगी नृत्य :- योगी नृत्य बाग्लुङ जिल्लाका नेवार जातिमा प्रचलित छ । जटा, बाघाम्बर, त्रिशूल र डमरू सहितको जोगीको वेशभूषामा रहेका २०/३० जना कलाकारहरुले यस नृत्यमा भाग लिन्छन । यो वाद्यनृत्य हो । यसमा ताल अनुस्पको अभिनय हुन्छ । प्रत्येक वर्ष रक्षाबन्धनदेखि कृष्णाष्टमीसम्म नौ दिन यस नृत्यको अभिनय गरिन्छ । कैलाशकूट पर्वतमा विराजमान शिव-पार्वतीको आराधनाका निमित्त यस नाचको सुरुआत गरिएको विश्वास गरिन्छ । यातायात र मनोरञ्जनको राम्रो व्यवस्था नभएको परानो समयमा मनोरञ्जन गर्न र व्यापार बढाउन यस नृत्यको प्रदर्शन गर्ने परम्परा थियो तर हिजोआज यस प्रचलनको अन्त्य भैसकेको अनुभव हुन्छ ।

(१२७) झोडा नाच :- तीजका समयमा महिला समूहद्वारा समसामयिक तथा पारिवारिक विषयका बारेमा गीतहरु गाएर नाच्ने महिला मुक्त नृत्यलाई झोडानृत्य भनिन्छ । नेपालको पूर्वी भागमा वसलाई सङ्गिनीनाच भन्दछन् भने नेपालको पश्चिमी क्षेत्रमा यसलाई झोडानृत्य भन्दछन् । यो नाच प्रदेश नं. ४ का मगर समुदायमा प्रचलित छ । यो स्वतन्त्र मुक्त नृत्य हो। यो नृत्य एकल वा सामूहिक दुवै हुन सक्तछ । स्वतन्त्र र विभिन्न वेशभूषा हुने यस नृत्यमा मादल, खैजडी वा थपडीका तालमा विभिन्न गीतहरु गाइन्छन् । यो नृत्य लास्य प्रकृतिको हुन्छ । खासगरी तीजका पर्वमा यस्ता गीत र नृत्यको प्रचलन पाइन्छ । सिकारीहरूले सिकार खेल्दा (ऐरी लगाउँदा) गाउने गीतलाई पनि झोरा गीत भन्दछन् ।

(१२८) झ्याउरे :- नाच झ्याउरे शब्द मगर भाषाको झ्यामऱ्या शब्दबाट बनेको हो । मगर भाषामा 'झ्या' को अर्थ माटो र 'म्हार' को अर्थ कमिला हुन्छ । माटामा कमिला फनफनी घुमेर नाचेझै गरी नाच्ने नाचलाई झ्यामऱ्या भनिन्छ । झ्याउरे शब्द यही झ्यामन्या शब्दबाट बनेको हो । नेपाली भाषामा झ्याउरे भाकाका गीतहरुका साथमा नाचिने रि गीत वा तालमा स्वतन्त्र वा मुक्त नृत्य हन यसको विशेषता हो । यो नाच एकल नाचलाई झ्याउरेनाच भनिन्छ । यो मुक्त नृत्य हो । कुनै पनि वेशभूषामा कुनै वा सामूहिक हुन्छ । यसमा आङ्गिक वाचिक वा आहार्य अभिनय रहन्छ । कुनै ठाउँमा यस नाचलाई पूठेनाच पनि भन्दछन् भने कुनै ठाउँमा ख्यालीनाच भनी यस्तै नाचलाई लिएको पनि पाइन्छ । ख्यालीनाच कनै ठाउँमा बाजा बजाएर मात्र नाच्ने प्रचलन पनि पाइन्छ । कहीं गीत र बाजा सहित नाचिन्छ । कुनै ठाउँमा नारूनी भेषमा पनि यस्तो नाच नाचिन्छ । यस्ता नाचलाई मारूनी ख्याली नाच नन्दछन । वास्तवमा जति धेरै शीर्षकहरु दिए पनि स्वतन्त्र मुक्त झ्याउरेनाच नै यसको मूल स्वरूप हो ।

(१२९) तायमचा नृत्य :- तायमचा नृत्य भक्तपुर र पोखरामा बसोवास गर्ने नेवार समुदायमा प्रचलित छ । जनैपूर्णिमाको भेलिपल्ट गाईजात्राका दिन यस नृत्यको आयोजना गरिन्छ । यस नृत्यलाई गाईजात्राकै अङ्गका रुपमा पनि लिने गरिन्छ । काठमाडौंका राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द्र मल्लको मृत्यु (१६७५ ई. वरपर) भएपछि रानी शोकाकुल भइन् । उनलाई शान्त बनाउन राजाले रानी पोखरीको निर्माण गरे तर त्यसबाट पनि रानी शोकमुक्त हुन सकिनन् । त्यसपछि राजाले त्यस वर्ष मरेका मृतकहरूका घरबाट एक-एक गाईलाई सिंगारी जात्रा निकाल्ने योजना बनाए । हरेक मृतकवा परिवारले यस जात्रामा सहभागी भएपछि मेरो छोरा मात्र नभएर सारा प्रजाका घरमा पनि शोक परेको रहेछ भनी रानीले चित्त बुझाइन् । त्यसै समयदेखि गाईजात्राको प्रचलन चलेको हो । त्यहींदेखि नै तायमचा नृत्य गाईजात्राकै एउटा अङ्ग बनेको विद्वान्हरुको राय पाइन्छ ।                                 तायमचा नेवारी शब्द हो। यसको अर्थ हुन्छ तायः बूढो र मचाः बालक। बूढादेखि बालकसम्म सबैले हेर्ने र आनन्द लिने भएकाले यस नृत्यको नाम तायमचा नृत्य रहेको हुन सक्दछ । यस नाचको स्वरुपलाई हेर्दा यो परीनृत्य जस्तो देखिन्छ । पोखराका नेवारी संस्कृतिविज्ञ श्री सर्वज्ञमान प्रधानले यसलाई लक्ष्मीनृत्य र लक्ष्मीजात्रा भनेका छन् तर यो लक्ष्मीनृत्य नभई परीनृत्य हो । भरतको नाट्यशास्त्रमा उल्लेख भएअनुसार स्वर्गको नृत्य र नाट्यलाई प्रचार गर्न भरत मुनिले आफ्‌ना छोराहरु र अप्सराहरुलाई पृथ्वीमा पठाएका थिए । त्यस नृत्यमा परी (अप्सरा) हरु पनि सामेल भएका हुनाले त्यसै नृत्यको अनुकरणमूलक पृष्ठभूमिमा त्यसै परिधान शैलीमा तायमचा नृत्यको निर्माण गरिएको हुन सक्तछ । ग्रीकको एथेन्समा पनि परी नृत्यको प्रचलन पाइन्छ । प्राचीन थिएटर परम्परामा पनि यस्ता परीनृत्यको अभिनय गरिन्थ्यो । नेपाली तायमचा नृत्य र पाश्चात्य परीनृत्यको वेशभूषामा प्रायः समानता पाइन्छ ।

पोखरामा प्रदर्शन गरिने तायमचा नृत्यको प्रस्तुति निम्नानुसार हुन्छ-                    हरेक टोलमा एउटा नृत्य टोली तयार गरिन्छ । त्यस टोलीलाई परम्परागत वाद्यसङ्गीतका साथमा अभिनय गर्न सिकाइन्छ । गाईजात्राका दिन विशेष परिधानमा सिंगारेर ४ नर्तकीहरु र एक जोकरलाई बाजाका विभिन्न तालहरुमा नचाउँदै बाटामा पर्ने देवदेवीका मन्दिरहरुमा पुऱ्याएर दर्शन गर्दै, गराउँदै सहर परिक्रमा गरिन्छ । सबै टोलबाट आएका नृत्य टोलीलाई निश्चित ठाउँमा भेला गराई प्रतियोगिता गराइन्छ सफल टोलीलाई पुरस्कार दिइन्छ, अनि पुनः नाच्तै हरेक टोलीहरु आआफ्‌ना टोलमा पुग्दछन् र नृत्य समाप्त हुन्छ । यस नृत्यमा चार पुरुषहरुले अप्सराको जस्तै वेशभूश लगाउँदछन् । घाँघर, दुपट्टा र तासको कपडा लगाउने, घाँटीमा हार र रङगीविरङ्गी माला लगाउने, शिरमा मुकुट र पछाडिपट्टि चराको पँखेटाको आकृति भएको प्लास्टिकका प्वाँखहरु लगाउने प्रचलन छ । झट्ट हेर्दा यी नर्तकीहरु परीकथाहरुमा वर्णन गरिएको रोमाञ्चयुक्त घटनाहरु जस्तै अप्सरालोकबाट पृथ्वीमा झरेर नृत्य गर्न लागेका परीहरुजस्तै देखिन्छन । एक जना जोकरले हास्ययुक्त पहिरन गर्दछ । नेवार जातिमा प्रचलित खिङ, झ्याली, सहनाई, दुस्या र ढल्की बाजाहरुका विभिन्न तालमा नृत्य प्रस्तुत गर्ने गरिन्छ ।

यस नृत्यको ऐतिहासिक पक्ष र प्रचलनलाई ध्यान दिंदा यो नृत्य परीनृत्यका रुपमा देखिंदैन तर यसको वेशभूषा, नृत्य शैली र अभिनय प्रक्रियालाई हेर्दा एउटा कुशल नृत्य निर्देशकले परीनृत्यलाई गाईजात्रासँग जोडी यस पर्वलाई बढी रोमाञ्चक बनाएको देखिन्छ ।

(१३०) तोरन्ल नृत्य :- धाकखोला वरपरका थकाली समाजमा फागुपूर्णिमामा मनाइने तोरन्ल पर्वमा तोरन्ल नृत्यको आयोजना गर्ने प्रचलन पाइन्छ । यस नृत्यमा थकाली भाषामा नै गीतहरु गाइन्छन् । यस नृत्यमा धेरै महिलाहरु गोल घेरामा रहेर गीत गाउँदै एकअर्कासँग हात मिलाउँदै घुम्दै परस्परमा दाहिनेदेब्रेतिरका साथीहरुसँग दुई हत्केला मिलाउँदै नाच्ने गर्दछन् । यो लास्य प्रकृतिको नृत्य हुन्छ । मादल र चाँप यसका वाद्य हुन् । यस नृत्यका नर्तकीहरूले घाँघर, कर्मु, पटुका, चोलो, पछ्यौरा, सुनका हारसहितका गहनाहरु पहिरन्छन् ।

(१३१) थाल नृत्य :- विभिन्न मुक्त गीतहरुमा मादल र मुजुराका तालमा थालहरुलाई विभिन्न किसिमबाट नचाउने नृत्यलाई थाल नृत्य भनिन्छ । पर्वत तथा म्याग्दी जिल्लाका पुन मगरहरु तथा पूर्वाञ्चलका राई/लिम्बु जातिमा यस नाचको प्रचलन रहेको पाइन्छ । यस नाचमा पुरुष तथा नारीहरु एकल, युग्मक वा समूहनृत्य गर्दछन् । चरेसका थालहरुलाई विभिन्न तालमा विभिन्न अभिनय सहित नचाउनु यस नाचको विशेषता हो । यस नाचमा नर्तकहरु स्थानीय वेशभूषामा नाच्तछन् । प्रदेश नं ४ का ब्राह्मण, क्षत्री समुदायमा विवाहका समयमा रत्यौली खेल्दा महिलाहरुले दुईवटा चरेसका थालमा राता अक्षता राखेर सिपाल महिलाले ती थालहरुलाई लिई विभिन्न अभिनय सहित नचाउने गर्दछन । यो पनि थाल नाचकै एउटा रुप हो । यस नृत्यमा कला भएका कलाकारले थालमा बत्ती बालेर थाललाई घुमाउँदै नाच्ने पनि गर्दछन । यो प्रायः सबै जातिमा प्रचलित नृत्य हो ।

(१३२) देउसी नाच :- देउसी नाच वामन अवतार र बलि राजाको कृत्यको प्रभाव निश्चित पर्वहरुमा आयोजना गरिने उत्सवहरुसँग कुनै न कुनै धार्मिक तथा सांस्कृति रहेको नृत्य हो । आदित्य पुराणमा उल्लेख भएको कथाअनुसार राजा बलिले अश्वमेध यज्ञ गर्न लागे । बलि राजा र उनका वंशजहरुमा बढदै गएको उन्मादले विश्वको शान्तिसुरक्षामा बाधा दिइरहेको थियो । त्यसैले बलि राजालाई सत्ताच्यूत गर्न भगवानले वामन अवतार लिनुभयो र अश्वमेध गर्न लागेका बलि राजाको यज्ञमा आएर केही दान माग्नुभयो । बलि राजा दानवीर थिए । उनले आफनो राज्यमा आएर दान माग्नेलाई निराश फर्काएका थिएनन । त्यसैले योगीका रूपमा आएका वामनलाई इच्छाएको कुरा माग्न बलि राजाले अनुरोध गरे । वामनलाई भित्रबाटै चिनेका दानवका गुरु शुक्राचार्यले बलि राजालाई दान दिन रोक लगाए तर बलि राजाले उनको पर्वाह नगरीकन वामनले चाहेको दान दिए । वामनको दान माग्ने तरिका कुटिल चालका थियो । उनले तीन पाउ जमिन दान मागे । एक पाउमा पृथ्वीलोक र दोस्रो पाउमा आकाश-पाताल ढाकियो । तेस्रो पाउ राख्ने ठाउँ भएन र राजा बलिले आफ्‌नो सिर थापे । बलिले आफ्‌नो राज्य, सम्पत्ति र आफूलाई समेत दानमा समर्पित गरे। बलि राजाको यो दानवीर स्वभावबाट प्रभावित भएर भगवान् खुसी भई भन्नुभयो-है दानवीर बलि । तिमीले आफ्‌नो शिर दान दिएका हुनाले आजदेखि हरेक वर्ष यसै दिनमा तिम्रो पूजा र उत्सव हुनेछ । त्यही समयदेखि नै बलि राजाको पूजा र उत्सद गर्ने प्रचलन चल्यो र यस प्रथाले आजसम्म पनि निरन्तरता पाइरहेको छ । देउसी नाचको परम्परा बलि राजाको उत्सवलाई निरन्तरता दिने क्रममा नै प्रचलित छ। नेपालमा प्रचलित किंवदन्ती भने माथिको आख्यानभन्दा केही भिन्न प्रकारको छ। राजा बलिले अश्वमेध यज्ञ गर्न आँटे । उनको देशमा रहेको सम्पत्तिले त्यो यड गर्न नभ्याउने भयो । त्यसैले उनले गन्धर्व र किन्नरहरुलाई बोलाएर देशदेशावरना गई नाचगान गरी धनधान्य जम्मा गरेर ल्याउनू भनेर पठाए । किन्नरीहरूले कोमत शब्दावलीमा गीत गाइ लास्य नृत्य नाचेर धनधान्य जम्मा गरे । त्यस्तै गन्धर्वहरूले सामूहिक रुपमा देउसी नृत्य नाचेर धनधान्य जम्मा गरे । यसरी उठेको अपन धनराशिले बलि राजाले आफ्‌नो यज्ञ सम्पन्न गरे । यो क्रम त्यसै वर्ष सम्पन्न भयो तर बलि राजाले त्यसै यज्ञमा आफ्‌नो राज्य र शिर समेत दान गरिदिएका हुनाले वामन भगवान्ले आगामी वर्षदेखि यसै दिनमा तिम्रो नाममा पर्व र उत्सव मनाइने भनी वरदान दिएकाले बलि राजाको यज्ञ रहेको समय धन त्रयोदशी (कार्तिक कृष्णत्रयोदशी) देखि कार्तिक शुक्ल प्रतिपदा (भाइटीकाको अघिल्लो रात) सम्म बारि दिन यो उत्सव मनाउने गरियो । नेपालमा पनि त्यही उत्सवका रुपमा बलि राजाका नाममा भैली र देउसी नाच तथा गीतहरु गाउँदै नार्चिदै गरिएको छ । कार्तिक शुक्ल प्रतिपदा तथा भाइटीकाका दिनमा पुरुषहरुद्वारा गरिने सामूहिक नृत्यलाई देउसी नाच भनिन्छ । घरका आँगनमा गोलाकार वृत्तमा पुरुषहरु रहने र बीचमा एक जना गायकले गीत भट्याउने तथा एक वा बढी नर्तकहरु नाच्ने गर्दछन् । यसमा एउटा देउस (गीत भट्याउने समूह नायक) ले गीत फलाक्तसर समूहले देउसी रे भन्ने थेगोलाई सूमहमा गाउँदछन् । यस नाचमा मादल, खैजडी इथपडी आफनो कला र क्षमताअनुसारका बाजा बजाइन्छ । यस नाचमा पनि मैली अभेटीलाई जगाउने गीत गाइन्छ । दोस्रो चरणमा बलि राजाले धनधान्य जम्मा गर्न तमाकै तीन चरण हुन्छन् । पहिलो चरणमा देउसी टोली आएको जानकारी सहित खाएका हुनाले धेरै दान देऊ भनी घरभेटीलाई खुसी पार्ने गरी गीत गाइन्छ र तेस्रो उरगना घरभेटीलाई आशीर्वाद दिइन्छ । मनोरञ्जनका निम्ति अन्य मुक्त चुड्का गीत नृत्यहरु पनि प्रस्तुत हुन्छन् । यसरी तिहार पर्वलाई आकर्षक र प्रभावकारी बनाउने उनी नाचको आफनो छुट्टै विशेषता र महत्त्व रहेको छ । देउसी गीतको नमूना गुरु गायकद्वारा झिकिने गीत समूहद्वारा गाइने अन्तरा

हे भनभन भाइ हो , देउसी रे                                                                हे वर्ष र दिनको, देउसी रे                                                                      हे चाड र ठूलो, देउसी रे                                                                        हे तिहारैमा, देउसी रे                                                                            हे आएका हामी, देउसी रे                                                                     हे देउसीरे खेल्न, देउसी रे                                                                   है आएका हामी, देउसी रे हे यो घर को छ, देउसी रे हे घरभेटी आमा, देउसी रे हे तगारी खोल, देउसी रे हे मूलै र ढोका, देउसी रे हे घरक्कै उधार, देउसी रे हे गुदरी काम्लो, देउसी रे हे ओच्छ्याइ देऊ, देउसी रे हे यसै घरको, देउसी रे है नामै र सुनी, देउसी रे है आएका हामी, देउसी रे हे इज्यतै सम्झी, देउसी रे हे आएका हामी, देउसी रे हे मानै र राख्न, देउसी रे हे आएका हामी, देउसी रे हे आएका हामी, देउसी रे इत्यादि । देउसी गीत विभिन्न तरिकाले गाउने गरिन्छ । आफ्नो क्षेत्रमा प्रचलित किंवदन्ती परम्परालाई समेत ख्याल गरी देउसी गीत गाइन्छ र नाचिन्छ । देउसी गीत शीर्षक केही देउसी गीतको नमूना दिइएको छ ।

(१३३) धुमरा नाच :- नवलपुर क्षेत्रमा बस्ने थारु जातिमा धुमरा नाचको प्रचलन पाइन्छ । यौन श्रीकृष्णको स्तुति-वन्दनामा आधारित गीतहरु गाएर अभिनय गरिन्छ । यस नृत्यका गीतहरु धमार रागमा गाइने हनाले यसको नाम धुमरा राखिएको हो । यसको महाभारत तथा श्रीम‌द्भागवत् हो । राधाकृष्णको प्रेमलीलालाई यस नृत्यमा अनुकरण गरिएको हुन्छ । यो नृत्य बाह्रै महिना नचाउन सकिन्छ । प्रायः रातको समयमा यस नृत्यको प्रदर्शन हुन्छ । नृत्यको प्रारम्भमा नटेश्वर र देवीको वन्दना हुन्छ । दलों धुमरा नाचको विधि भनिन्छ । वन्दना विधि पूरा भएपछि मूल नृत्य प्रारम्भ हुन्छ। यस नृत्यमा दुई जना नटुवा (नारी वेशभूषा लगाएका पुरुषहरु), एक जना विपातर (जोगा वा विदूषक) र एक जना न्याक (नायक) रहन्छन् । न्याकले गीत झिक्ने, नृत्यों नियन्त्रण गर्ने नृत्य निर्देशकको भूमिका निर्वाह गर्दछन् । नटुवाहरुले नृत्य कलाका भई कार्य गर्दछन् । हाँसो निकाल्ने र ज्ञानगुनका कुराहरु प्रस्तुत गर्ने अविभारा यौन रहेको हुन्छ । सामान्यतः नाट्यशैलीमा प्रस्तुत हुने यो नृत्य कृष्णभक्तिमा आघात भक्तिनृत्य हो । यसमा मृदङ्ग र झ्याली बाजाको प्रयोग गरिन्छ । थारु जातिको भाष र वेशभूषामा प्रस्तुत गरिने यो नृत्य थारु संस्कृतिको धरोहरका रुपमा रहेको छ।

(१३४) धोक्याव नाच : थकाली जातिमा प्रत्येक गाउँका गुम्बामा वर्षको एक पटक भदौ-असोज महिना लामाहरुद्वारा धोक्याव नाच नाच्ने परम्परा छ । देवताको मुकुट लगाएका पाँच जन लामाहरु तान्त्रिक विधिअनुसार डम्फु र झ्याली बाजाका साथमा यो नृत्य नामज्ञान यसमा एकल नृत्य र समूह नृत्य दुवैथरी नचाउने प्रचलन छ । रोगव्याधिबाट छुट्‌का पाउन, ऐश्वर्य र सुस्वास्थ्यको कामना गर्दै यो नाच नाचिन्छ ।

(१३८) नाग नाच (नाग नृत्य) :- बाग्लुङको नेवार जातिमा प्रचलित छ । यो नाच प्रत्येक वर्ष भदौ महिनाक जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म विशेष ढङ्गबाट नाचिन्छ । यसमा १. नाग, २. नागिनी र जोगी गरी तीन पात्रहरूको नृत्य हुन्छ । ढोलक र धिलिमिली बाजा बजाने जना वाद्यवादकहरु पनि यस नाचमा सहभागी हुन्छन् । नाग हने पात्रले कपाल दायाँबायाँ काँधबाट फुर्का निस्कने गरी चुनरी पहिरेको हुन्छ । शरीरमा जाम्दानी सेतो धोती र कम्मरमा रातो-नीलो रुमालको फेरो मारी फुर्का छाडि हुन्छ । कम्मरमा दाप सहितको खुकुरी घुसारिएको हुन्छ । तिघ्रामा चौपह चाँदीका बाला, निधारमा नागका आकारको तिलक, शिरमा शेषनागको स्वरुपको चित्र अङिकत हुन्छ । नागिनीको पहिरनमा नीलो रङ्गको सारी, चोलो, छातीमा जालीदार खास्टो, हातमा चाँदीका बाला, सुनको चुरा, गलामा मुगाको माला, कम्मरमा रातो पटुका, शिरमा सुनको फुल, निधारमा नागबेली टीका, कानमा सुनको मुन्द्री र दुवै हातमा रुमाल आदि रहन्छन् । यसरी नागिनी चौपट्ट राम्री देखिन्छे ।

वाद्यवादकले ताल बजाएपछि नागनागिनी दुवै हात समातेर नाच्न सुरू गर्दछन । बीचमा जोगी उपस्थित हुन्छ । जोगी र नागिनीमा प्रेमालाप सुरू हुन्छ । यसै बीचमा नागलाई निद्रा पर्दछ र ऊ सुत्दछ । नागिनीले नागका खुट्टा मल्दछे । जोगीले नागिनीलाई फकाएर भाग्ने अभिनय गर्दछ । तर नागिनीले मान्दिन । नागिनीले नागलाई ब्यूँझाउने अनेक प्रयास गर्दछे तर नाग ब्यूँझिदैन । नागलाई ब्यूँझाउन नेवारी भाषामा यस्तो गीत गाइन्छ :

मैले तपाइँलाई छोडेर जानुपर्ने बाध्यता आइपर्न लाग्यो। तपाइँ मलाई बचाउँन छिटै उठ्नुहोस् । तपाईं किन यस्तो गहिरो निद्रामा पर्नुभएको ? मलाई यो दुष्ट जोगीले भगाएर लान लाग्यो । प्राण चाँडै उठ्‌नुहोस् ।'

नाग नब्यूँझेपछि नागिनीलाई लुकाउन लगिन्छ । केही समयपछि नाग ब्यूँझन्छ र नागिनीलाई नदेखेपछि भावविह्वल हुन्छ । उसले नागिनीलाई खोजिरहन्छ तर कतै नदेखेपछि अलापविलाप गर्दै भावविह्वल हुँदै अभिनय गरिरहन्छ । यसरी यस नाचको समाप्ति हुन्छ । यस नाचको प्रचलन हिजोआज हराउँदै गएको अनुभव हुन्छ ।

(१३९) पुटपुटे नाच :- लमजुङ जिल्लाको गुरूङ समुदायमा जेठो छोरो जन्मेको खुसियालीमा पुटपुटे नाच नचाउने प्रचलन छ । उक्त छोरो ३/५/७/९ वर्ष वा विजोर वर्ष भएको समयमा शुभसाइत हेराई बच्चालाई आशीर्वाद दिन पुटपुटे नाच नाच्ने प्रचलन छ । जेठो छोरो बाहेक अरु छोरा वा छोरीको जन्ममा यो नाच देखाइँदैन । तर अन्य शुभकार्यहरुमा पुटपुटे नाच नचाउने प्रचलन पाइन्छ । यस नृत्यमा पुरुषहरुको मात्र सहभागिता रहन्छ । नारीहरु रजस्वला हुने हुँदा अशुद्धि हुने डरले यस नाचमा सहभागी हुँदैनन् । यस नाचको नाम पुटपुटे दिए तापनि यो कृष्णचरित्रमा आधारित हुन्छ । यो मारूनी शैलीमा नाचिने नाच हो । यसमा सहभागी हने पात्रहरु ४ मादले. २ मारूनी र २ विसेमारे गरी ८ जना हुन्छन् । नाच प्रारम्भ गर्दा बन्धन बाँध्ने र देवता जहाने काम हुन्छ । यसो गर्नाले नाच्ने नर्तक बाजा बजाउने बादकहरु र गायकहरुलाई कनै अनिष्टले छँदैन भन्ने विश्वास गरिन्छ । यी प्रारम्भिक विधिविधान सकिएपछि श्रीकृष्णको जीवनीमा आधारित गीत गाएर कृष्णचरित्र नाच प्रारम्भ गरिन्छ । यसमा श्रीकृष्णको जन्मलीला, बाललीला, राधालीला, चिरहरणलीला, नागलीला, होरी लीला र प्रेमलीला प्रस्तुत गरिन्छ । नृत्यमा साङ्गा, उठानी चरण र बैठनी शैलीको प्रयोग हुन्छ । नाच नाचिसकेपछि आशीर्वाद दिइन्छ । यस क्रममा घरभेटीले आफ्‌नो गच्छेअनुसारको दान दक्षिणा दिन्छन् ।

यो नाच लमजुङ जिल्लाको घनपोखरा, भुजुङ, पसगाउँ, नाल्मा, म्हालिङ, सिल्दी गिलुङ आदि गाउँमा प्रचलित छ । यो कृष्णचरित्र २८० वर्षअगाडि घनपोखराका गवे सुब्बा, नरजङ गुरुङ र नप्रे सुब्बा तीन जना दाजुभाइले रचना गरी अभिनय गर्ने परम्परा बसालेको मानिन्छ । यही कृष्णचरित्र लमजुङका विभिन्न गुरुङ गाउँमा प्रचलनमा छ । यस नृत्यले प्राचीन संस्कृतिको संरक्षणमा विशेष टेवा दिएको देखिन्छ ।                           (सङ्कल गोरे गुरूङ, पसगाउँ, लमजुङ) ।

(१४०) फाला नृत्य :- थकाली जातिमा विभिन्न चाड र मेलापर्वहरुमा फाला नाच नाच्ने परम्परा पाइन्छ यसमा नाट्यस्प पनि पाइन्छ । यो नृत्य भदौ महिनामा हास्यव्यङ्ग्य युक्त गौत ।। अभिनयका साथ प्रस्तुत गरिन्छ । यस नाचमा ढुङग्रो (तीनतारे) र ढोलक बाजाहर बजाइन्छ । यसमा स्थानीय भाषाका गीतहरु गाउने प्रचलन छ ।

(१४१) बेठी नाच :- भुरेटाकुरे राज्यकालीन नेपालमा जनताहरुले राजाको खेतमा राजालाई सहयोग गर्न एक दिन निःशुल्क खेत रोपिदिने प्रचलन थियो । नेपालको एकीकरण भएपछि त्यो प्रथा राणाहरुको आय आर्जनको माध्यम बन्यो । कालान्तरस राणाकालमा नेपाली समाजमा गाउँका मुखियाहरुलाई गाउँलेहरुले वर्षको एक दिन बिना ज्याला काम गरिदिनुपर्ने नियम बन्यो । यस कार्यलाई बेठी जाने भनिन्थ्यो । त्यस दिन गाउँका सबै व्यक्तिहरु मुखियाको खेतमा जम्मा हुन्थे। वो रोप्दथे । नौमती बाजाहरु बजाएर रमाइलो गर्दथे, नाच्दथे, गाउँथे र मुखियाले पनि ती रैतीहरुलाई विशेष किसिमको भोज ख्वाउँथ्यो । बेठी नाच यसै परम्पराको उपज हो । २०२४ सालमा भूमिसुधार नीति लागू भएपछि मुख्यौली प्रथाकै अन्त भएकाले बेठी प्रथाको पनि अन्त्य भैसकेको छ तर पनि कुनै-कुनै ठाउँमा यस नाचको अवशेष रहेको देख्न पाइन्छ ।

गाउँका मुखिया वा प्रतिष्ठित व्यक्तिहरूले आफ्‌नो मूल खेतको रोपाइँ गर्दा य असारे पन्ध्रका दिन विशेष उत्सव तथा भोजभतेरका साथमा रोपाइँ गर्दा प्रस्तु गरिने नृत्य बेठी नाच हो । यस नृत्यमा नौमती बाजा अथवा सम्बन्धित क्षेत्रा प्रचलित बाजाका साथमा विभिन्न तालमा नर्तकहरुले स्वतन्त्र अभिनय गर्दछन यस नृत्यको विशेषता के हो भने रोपाहाररु तथा गाउँको मुखियालाई पनि दिले खेलेर नचाउनै पर्ने कृषि संस्कृतिको परम्परा यसभित्र रहेको छ । यो श्रमसा नृत्य हो । यस्तै प्रकृतिका अन्य नृत्यहरु रोपाइँनाच, हिले नाच, चोपाउँदाको नाच पनि नेपाली लोकजीवनमा प्रचलनमा पाइन्छन् । तिनीहरुको यथास्थानम चर्चा गरिएको छ ।

(१४२) बोटे नाच :- स्याङ्जा जिल्लाको रत्नपुर गाविस-६ खोरियाटारमा बसोवास गर्ने बोटे जातिका मानिसहरुले बोटे नाचका रुपमा श्रीकृष्णको कथामा आधारित नचरी नचाउँछन । यो बोटे जातिमा प्रचलित पौराणिक विषयवस्तुमा आधारित नाच हो । यस नाचमा बन्धन बाँध्ने र सखी गीत गाउने परम्परा छ जसका आधारमा यसलाई मारूनी (पाङदुरै) शैलीको नाच भन्न सकिन्छ । यस नाचको कथावस्तु कृष्णचरित्रमा आधारित छ । सुरूमा सृष्टि क्रमको वर्णन छ । वसुदेव-देवकीको विवाह प्रस‌ङ्गलाई यस नाचको कथानकले मूल कथाका रूपमा अवलम्बन गरेको छ । गीतमा बोटे भाषा र नेपाली भाषाको मिश्रित प्रयोग भएको छ । यो नाच बोटे जातिका मानिसहरुले नाच्ने भएर यसलाई बोटेनाच भनिएको हो । यसको विषयवस्तु तथा अन्य नाट्य तत्त्वको अध्ययन गर्दा बालनकै एक भेद जस्तो लाग्छ । त्यसैले यो नाच बोटे जातिमा प्रचलित बालन नै हो । (उपाध्याय, २०६० पृ.२८) यो नाच कुनै संस्कार र माङ्गलिक कार्यमा प्रदर्शन गरिन्छ । दसैंको कालरात्रिको दिन यो नृत्य नचाएकै हुनुपर्छ भन्ने मान्यता पाइन्छ । यस नाचमा एघार दृश्यको व्यवस्था गरिएको पाइन्छ । पहिलो दृश्यमा बन्धन बाँध्ने र सखीगीत गाउने, दोस्रो दृश्यमा सृष्टि क्रम, अमृत मन्थन, ब्रह्मा र विष्णुको रजाइँको वर्णन गरिन्छ । तेस्रो दृश्यबाट अभिनय प्रारम्भ हुन्छ । यसमा दोस्रो दृश्यको गीत र अमृत मन्थनको विधि अभिनय गरिन्छ । चौथो दृश्यमा झ्याउरे नाच, पाँचौं दृश्यमा देवकी र वसुदेवको विवाहका निम्ति उग्रसेन र क्षेत्रपाल हिँडेको, छैटौं र सातौं दृश्यमा विवाह छिनेर वाग्दान गरेको, आठौं दृश्यमा लगन जुराएको र नवौं दृश्यमा वसुदेव-देवकीको विवाहका निम्ति दसै दिशाका देवीदेवताहरुलाई निमन्त्रणा पठाएको र दसौं दृश्यमा विवाहको तैयारी गरेको तथा विवाह गरेको वर्णन सहित नृत्य गरिन्छ । अन्तिम दृश्यमा आशीर्वाद दिइन्छ । यसरी ११ दृश्यमा बोटेनाच सम्पन्न गरिन्छ । यस नाचलाई बचाउन समिति गठन गरी प्रत्येक वर्ष तोकिएकै समयमा नाच देखाउने गरिएको पाइन्छ ।

( १४३) भैरव नृत्य परिचय :- नेपालका विभिन्न ठाउँहरुमा भैरव स्पाकृतिका भैरव गणहरुलाई नचाउने सामूहिक तान्त्रिक नृत्य भैरव नाच हो । यसमा अतिमानवीय चरित्रहरुलाई तान्त्रिक विधि, लोकसङ्गीत र भजनहरु प्रयोग गरेर नचाउने परम्परा छ । खास गरी नेवार जाति रहेका ठाउँमा यस नाचको प्रचलन बढी हुन्छ । यो नृत्य पौराणिक तान्त्रिक विधानको संयुक्त रूम हो । भगवान् शिवका १०० अवतार (रुप) हरुमध्ये रौद्र रुप मानिने भैरव रुपको वेशभूषा र ताण्डव शैलीको नृत्य यसमा रहन्छ । गाउँलाई अनिष्टबाट बचाउन, मानिसमा आउने रोगव्याधि हटाउन, प्रकृति प्रकोपलाई शान्त गर्न तथा मुक्ति प्राप्त गर्न भैरवनाच नचाउने प्रचलन पाइन्छ । संस्कृत व्याकरणअनुसार 'भीरू' शब्दमा 'अण्' प्रत्यय लगाएपछि भैरव शब्द निमित हुन्छ । यसको अर्थ हो- भयानक रूप । शिव महापुराणमा भैरव शब्दको अर्थ यसरी गरिएको छ ।

विश्वं भर्तुसमर्थोसि भीषणा‌भैरवस्मृतः ।                                    त्त्वत्तोभेष्यति कालोपि ततस्त्वं कालभैरवः ।।३।८।४७२

(विश्वलाई पालन गर्न समर्थ भयङ्कर स्पलाई भैरव भनिन्छ । जसबाट काल पनि डराउँछ, त्यसलाई काल भैरव भनिन्छ ।)

विज्ञान भैरव भन्ने पुस्तकमा ईश्वरीय सूक्ष्मत्तत्त्वका रुपमा भैरवलाई चित्रण गरिएको छ। 'भा + ऐ + रवः भैरवः भाः भयात्संवित्प्रकाश स्पया, ऐं: ऐंकारक्रियाशक्तिमान् महेश्या सर्वरवयति विमृशतीति भैरवः ।        (प्रकाशरूप क्रियाशक्तिमान् महेश्वर, जसले संसा ध्वन्यमान् गराउँदछ वा प्रकाशरूम ध्वनिलाई चिनाउने महेश्वरको क्रियाशतिर रूपलाई भैरव भनिन्छ।

भयात्सर्वंरवयति सर्वदा व्यापकोऽखिलम् ।                                          इति भैरवशब्दस्य सन्ततोच्चारणाच्छिवः।       

          (प्रकाश रुपमा व्याप्त शक्तिलाई ग्रहण गर्ने शब्दस्य शिवलाई भैरव भनिन्छ शब्दको उच्चारणले कल्याण प्राप्ति हुन्छ ।)                             यसरी भैरव शब्दको विभिन्न व्युत्पत्ति र अर्थ गरिएको छ । वास्तवमा य रौद्र स्वरूप भएको शिवको एक अवतार भैरव रूप हो । पौराणिक विश्वास शिवजीका संपूर्ण शक्तिको विकराल रौद्रावतार नै भैरव स्प हो र यो रुम हि १०० अवतारभित्र पर्दछ ।                 

     (१४४) आकाश भैरवको नाच :- प्रत्येक १२ वर्षमा काठमाडौंको इन्द्रचोकमा आकाश भैरवको नाच निकाल्ने पत्र रहेको छ । यसमा आकाश भैरवको मुकुण्डो पहिरेका नर्तकहरुले परम्परित अतिमान वेशभूषामा नृत्य गर्ने गर्दछन् । यो तान्त्रिक नृत्य हो । निश्चित तान्त्रिक विधि र भैरव बलि दिएर मात्र यो नाच निकाल्ने परम्परा रहेको छ । आकाश भैरवका सम्बन्धमा एउटा लोकअनुश्रुति पाइन्छ, 'किराती राजा यलम्बर महाभारतको लडाइँमा जसले हार्छ, उसैका पक्षबाट लडने निधो गरी ४ अक्षैहिणी सेना साथमा लिएर कुरूक्षेत्रमा गएका थिए । शिवभक्त शक्तिशाली यलम्बरको क्रो बुझेका श्रीकृष्णले उनीसँग फलगरी उनको टाउको काटिदिए र महाभारतको युद्ध हेर्न एउटा अग्लो रुखमा टाउको राखिदिए । महाभारतको युद्धपछि त्यो टाउको काठमाडौंको इन्द्रचोकमा आई खस्यो । त्यसलाई आकाश भैरवका रूपमा पूजा गर्न थालियो । पछि यसै उत्सवमा भैरव जगाएर उनको गण सहितको सामूहिक नृत्य पनि थालियो र यो नै आकाश भैरवको नृत्य हो । झगडियाहरूले आकाश भैरवको पूजा-नृत्य गरेमा मुद्दा जितिन्छ भन्ने विश्वास राख्तछन् ।

(१४५) पचली भैरवको नाच :- काठमाडौंको टेकु (पचली) मा रहेको भैरवको पूजा आराधना गरेर हरेक १२ वर्षमा एकचोटि पचली भैरवको नाच देखाउने परम्परा रहेको छ । यसमा पनि भैरवगण नाच्ने प्रचलन छ । परम्परित तथा अतिमानवीय वेशभूषामा परम्परागत वाद्यसहित नाचिने यो नृत्य तान्त्रिक विधि पूरा गरेर मात्र नचाइन्छ । यसका अन्य प्रक्रियाहरू भैरव नाचसरह नै हुन्छन् ।

(१४६) बाघ भैरवको नाच :- कीर्तिपुरस्थित बाघ भैरवको मन्दिरमा पनि बाघ भैरवको नाच निकाल्ने परम्परा पाइन्छ । अन्य ठाउँको भैरव नाचकै शैलीमा यस नाचको प्रस्तुति हुन्छ ।

(१४७) भैरो नाच :- नेपालको सुदूर पश्चिमाञ्चलमा भैरो नाचको प्रचलन थियो । यो क्रम हिजोआज टुटिसकेको छ । भारतको गढवाल क्षेत्रमा अझै पनि अष्टभैरव र अष्टभैरवीहरुको सामूहिक नाच निकाल्ने परम्परा रहेको छ ।

(१४८) पोखराको भैरव नाच :- वि.सं.१८२८ सालमा पृथ्वीनारायण शाहले भक्तपुरलाई आफनो अधीनमा लिएपछि भक्तपुरका पराजित राजा रणजित मल्ल त्यसै वर्ष नुवाकोट हुँदै पोखरामा गएका थिए । उनले भैरवका मूल सामग्री पनि साथमा नै लगेका थिए । उनले यसै वर्ष पोखरामा पनि भैरव नाच जगाएर नृत्य गरे । त्यस कार्यको अभिभारा पोखरेली चलेको हो भन्ने स्थानीय बुढापाकाहरुको भनाइ छ । प्रारम्भमा भैरव जगाएको र नेवारहरुलाई सुम्पेर आफू मन्दिर बनाएको ठाउँलाई अहिले भैरवटोल भनिन्छ । काशी गए । त्यहीदेखि पोखरामा भैरव नाचको प्रचलन छ ।

(१४९) भैलो नाच  :- नेपाली जनताहरुले विभिन्न पर्वहरूमा उत्सव गरी लोकनृत्य तथा लोकनाट्यहरुको आयोजना गर्ने गर्दछन्, सांस्कृतिक नियमहरुको पालना गर्दछन् र त्यसबाट मनोरञ्जन लिने गर्दछन् । भैली नृत्य पनि यस्तै पर्वका अवसरमा गरिने सांस्कृतिक कार्यक्रम हो । कार्तिक कृष्ण त्रयोदशी (धनत्रयोदशी) देखि कार्तिक कृष्ण अमावस्य (लक्ष्मीपूजा) सम्म तिहारपर्वका अवसरमा नाचिने नृत्तलाई भैलो नाच भनिन्छ । यो महिलाहयद्वारा मात्र नाचिने समूह नृत्त हो। यस नाचमा एक महिला टोली नेताले कोमल शब्दना बलिराजा र वामन अवतारसँग सम्बन्धित गीतहरु तथा विभिन्न गीत र टुक्काहक फलाक्दछिन र समूहमा रहेका अन्य महिलाहरूले भैली वा भैली रे थेगोलाई हरेक चरणपछि भन्दछन् वा गाउँदछन । विभिन्न कला भएका गीत गायिकाले आफनो कलात्मक क्षमताअनुसार रसिलो तरिकाले गीत गाउने गर्दछन् । त्यसै समूहकी कुनै महिला वा महिला समूहले गीतगायनसँग नृत्य गर्दछन । भैली गीत-नृत्यको समाप्तिपछि रसरङ्ग थप्न विभिन्न झ्याउरे गीतमा मुक्त नृत्यहरु पनि नाच्ने प्रचलन पाइन्छ । यस नाचमा मादल, खैजडी वा थपडी आफूसँग जेजस्ता कला र वाद्य छन्, तिनैको प्रयोग गरिन्छ । यसमा कुनै वाद्यको अनिवार्यता छैन ।

भैली गीत र नाचका मूलतः तीन चरण हुन्छन् । पहिलो चरणमा घरभेटीलाई मैली समूह आएको जानकारी दिनु, घरभेटीलाई जगाउनु र बस्ने प्रबन्ध गर्ने अनुरोधका गीतहरु प्रस्तुत गरिन्छ । दोस्रो चरणमा भैली खेल्न आउनका कारणहरू र रसमय विविध आकर्षक गीतहरु प्रस्तुत हुन्छन् । तेस्रो चरणमा धनधान्य दिने घरभेटीलाई आशीर्वाद दिने आकर्षक गीतहरु रहन्छन् । यसरी तीन चरणमा भैली गीत र भैली नाच पूरा हुन्छ ।

भैलो गीत र नृत्य भाइटीकासँग पनि सम्बन्धित छ । यमलोकका अधिपति यमराज एकचोटि यमलोकबाट फुर्सद लिएर बहिनी यमुनाकहाँ आएर पाँच दिनसम्म बसेका थिए । आफ्‌ना दाजुले फुर्सद लिएर यसरी आफूकहाँ आएकोमा यमुना साह्रै प्रसन्न भइन् र दाजुलाई विभिन्न सामानहरूले पूजा गरी स्वादिष्ट भोजनहरुबाट सन्तुष्ट गराइन् । यमराज निकै आनन्दित भए र बहिनीसँग इच्छाएको कुरा माग्न भने । यमुना पनि निकै प्रफुल्ल र सन्तुष्ट थिइन् । आफ्‌ना माइतीलाई आफ्‌ना घरमा देख्नु चेलीका निम्ति आनन्दको विषय बन्दछ । यमुनाले पनि हरेक चेलीका घरमा यस्तै सन्तोष र सन्तुष्टि हओस् भन्ने कामना गरिन र भनिन्-जसरी हजुर मेरा घरमा आउँदा म सन्तुष्ट भएँ, त्यसरी नै सबै चेली र चेलीका दाजुभाइहरु सन्तुष्ट भएको देख्न चाहन्छु । हजुर मेरा घरमा बसेको पाँच दिन पर्व बनोस् र यस पर्वमा दिदीबहिनीले लगाइदिएको दुबाको माला, मखमली फूलको माला र तोरीको तेल नसुकुन्जेल दाजुभाइहरुलाई नमार्नू भनी हजुरले यमदूतहरुलाई हुकुम दिइबक्सियोस् । यमुनाको प्रार्थनालाई यमराजले स्वीकार गरे । त्यो दिन द्वितीया तिथि परेको हुनाले त्यसै समयदेखि यमद्वितीया नाम रह्यो र यम पञ्चकका नामले पाँच दिनसम्म तिहार पर्व प्रचलनमा आयो । कतिपय भैलेनीहरूले यमराज र यमुनाको यो सम्झौतालाई पुनः संस्मरणका लागि भैलेनी गीतका रुपमा यही कथालाई मिसाएर गाउँदछन् ।                       मानिस दिदीकहाँ भाइटीका लगाउन जाँदै थियो । बाटोमा त्यस मानिसलाई लिन भाइटीकाको अर्को सन्दर्भलाई लिएर पनि भैलो आएका यमदूतसँग उसको भेट भयो । यमदूतहरुले उसलाई समातेर यमलोकमा जान आदेश दिए तर त्यस मानिसले भन्यो आज यमद्वितीयाको दिन हो । मेरी दिदी मेरै प्रतीक्षामा पूजा सामान लिएर बसेकी छिन । त्यसैले यमराज-यमुनाको पूजा गरी गीत गाउने प्रचलन छ । दिदीसँग टीका लगाउँदछ, त्यसपछि तिमीहरुले मलाई लगौला । यमराजको पूजा गर्ने भन्ने शब्द सुनेपछि यमदूतले टार्न सकेनन् र उसलाई केही समयका निमित छाडिदिए । त्यो मानिस पनि दिदीकहाँ गयो र टीका लगायो । टीका लगाइसकेपछि यमदूतहरु त्यहाँ आए तर तेलको घेरा र फूलको मालाको प्रभावले उनीहरु त्यो मानिस भएको ठाउँमा पुग्नै सकेनन । लाचार भएर यमदूतहरु फर्के । यसरी दिदीले यमराज र यमुनाको वाचाअनुसारको कृत्य गरेर भाइलाई यमदूतबाट छुटाइन् । यही कथालाई वर्ण्य विषय बनाएर पनि भैलो गीत गाउने प्रचलन छ ।

यसरी नेपालका विभिन्न भागमा तिहार पर्वमा आफ्‌नो स्थानीय रीतिअनुसारका गौत र नृत्यहरु प्रस्तुत गरेर आनन्द लिने गरिन्छ । यस समयमा प्रस्तुत हुनै सबै नृत्यहरू सांस्कृतिक नृत्य हुन् ।

(१५०) भोटेसेलो नाच :- भोटे, भोटिनी, बोक्सी, झाँक्री आदिको लोकपरम्पराअनुसारको वेशभूषामा ९/१० जन कलाकारहरुद्वारा नाचिने सामूहिक नृत्य भोटेसेलो नृत्य हो। यो नृत्य बागलुङ जिल्लाका नेवार समुदायद्वारा वर्षको एकचोटि निकाल्ने परम्परा छ । 'भोटबाट नेपाली केटी आइन् के के ल्याइन् कोसेली ? भन्ने नेवारी भाषाका लयबद्ध गीतका साथमा यो नाच नाचिन्छ । प्रत्येक वर्ष साउन महिनामा नाच प्रारम्भ गरी मार्ग महिनामा यस नाचलाई विसर्जन गर्न परम्परा थियो । हाल यसको प्रदर्शनमा केही शिथिलता आएको अनुभव गरिएको छ।

यस नाचमा भोटे-भोटिनी, बोक्सी, लामा, धामी, वैद्य र अन्य कलाकारले मान लिन्छन् । यिनीहरुको वेशभूषा लोकविश्वास तथा लोकप्रचलनअनुसारको हुन्छ । यत्तना एउटा झीनो कथानक पनि पाइन्छ । नाचको प्रारम्भमा भोटे, भोटिनी, बोक्सी, लामा आदि सामूहिक रुपमा नाच्तछन् । नाच्ता नाच्तै लामा अचानक बेहोश हुन्छ । पाडे धामी वैद्य त्यहाँ पुग्दछ र तन्त्रमन्त्र गरी बोक्सीसँग सोधपुछ गर्दछ । बोक्सीले बोका, कुखुरा काट्ता मेरो भाग स्वरूप टाउको नराखी दिएकोले यस्तो गरिदिएको। भन्दछे अनि धामी वैद्यले अबदेखि तेरो भाग दिलाइदिन्छु, छाड्दे भनेपछि बोक्सी खुले हुन्छे । लामा ब्यूँझन्छ । त्यसपछि सबै सामूहिक रुपमा नाच्तछन् र नृत्य दुड़िना। यस नृत्यमा प्राचीन तन्त्रमन्त्र आदिको प्रत्यक्ष प्रभाव रहेको विश्वास गरिन्छ ।

यस नाचका अतिरिक्त नौमती बाजाको एक ताल विशेषलाई भोटेसेलो तालमारिय र यस तालमा पुरुष नर्तकहरु ताल नृत्य गर्दछन । यस नाचलाई भोटेसेलो भन्दछन् । यस नाचमा नर्तकहरुले मुक्त अङ्गचालन गर्दछन । यो नृत्य नभई हो । नेपालका धेरै ठाउँमा यस्तो नृत्तको प्रचलन पाइन्छ ।

(१५१) मारूनी नाच :- पुरुषहरुले नारीपुरुषको भेषमा नाच्ने समूह नृत्यलाई मारूनी नाच भनिन्छ परम्परागत नाच हो । यस नाचमा पुरुष पात्रले नारी पात्रको वेशभूषामा मारुनीका रूपमा नाच्तछन् । यसमा दुई मारूनी, एक पुर्सद्ध (पुरूष पात्र), एक ढँट्वारे (जोकर वा विदूषक र दुई मादलेहरु रहन्छन् । यी सबै पात्रहरु पुरूष नै हुन्छन् । मारुनी नाचमा प्रारम्भमा मङ्गलगान गरिन्छ । यस मङ्गल गानलाई सखी बाँच्ने वा तान्त्रिक विधिअनुसार अमङ्गल नाश गर्न वा रोक्नका लागि गरिने मन्त्र विधि पनि भनिन्छ । यसरी सखी गाउनाले वा मन्त्र बाँध्नाले कुनै जादु वा अनष्टिको प्रभाव पर्दैन भन्ने मारूनीका गुरुबाहरुको भनाइ पाइन्छ । सखी बाँधेपछि देवताहरुको सुमिरन गर्दा कुनै एक मारूनीमा कम्प आउनु आवश्यक मानिन्छ । मारूनीमा कम्प आउनु भनेको नटेश्वरी देवी उत्रनु वा आङमा चढ्नु हो । नटेश्वरी देवी आङमा चढेपछि देवी प्रसन्न भएको मानिन्छ र नाच प्रारम्भ हुन्छ । तखी गीत सकिएपछि मारूनी नाचको कुन हाँगो अभिनय गर्न थालिएको हो ?                             सोही हाँगो अनुरुपको गीत, सङ्गीत तथा अभिनय प्रारम्भ हुन्छ । सम्बन्धित गीत र नाचको समाप्ति पछि आशीर्वाद दिइन्छ र गीत फुकाइन्छ । गीत फुकाउनु भनेको सखी गीत गाउँदा बन्धनमा राखिएका मादल, मुजुरा, गहना-कपडा, नर्तक-नर्तकी तथा गुरू एवम् गर्राहरुलाई बन्धन मुक्त गर्नु हो । यसरी तान्त्रिक विधि एवम् गायन-नृत्य समाप्त भएपछि मारूनी नाच पूर्ण भएको मानिन्छ । मारूनी माउ नाच हो । यसलाई सुवि शाहले पाङ्दुरे नाच भनेका छन् । पाङ्दुर भनेको कोदो हो । कोदो पाक्ने समयमा नाचिने नाच भएकाले यसलाई पाङ्दुरे नाच भनिएको हो । मारूनी नाचलाई मात्र पाङ्दुरे नाच भन्न मिल्दैन । मारूनी नाचका विभिन्न हाँगा (शाखा) हरु छन् । ती हाँगालाई पनि सङक्षिप्त रुपमा चर्चा गर्नु उपयोगी हुनेछ । मारुनी नाच मारूनी सोरठी मारूनी चरित्र मारूनी ख्याती।

(१५२) मारूनी सोरठी :-  दुई मारूनी, एक पूर्सड़े, दुई मादले र एक बॅट्वारे पात्रहरुले अभिनय गर्ने, जयसिंहे राजाको जीवनीमा आधारित गीतहरु गाएर नाचिने नाच मारूनी सोरठी हो। यस नाचमा सखी बाँध्ने गीत गाइसकेपछि सोरठीको कथाअनुसारको गीत गाइन्छ र नाचिन्छ । सोरठीको गीत र अभिनय सकिएपछि बन्धन फुकाउने गीत गाइन्छ २ नृत्याभिनय पूरा हुन्छ । मारुनी नाचहरुमा सबैभन्दा महत्त्वपूर्ण नाचका रूपमा सोरठीलाई लिइएको छ । यस नृत्यको विस्तृत विवेचना आठौं अध्यायमा दिइएको छ ।

(१५३ ) मारूनी चरित्र :- दुई मारूनी, एक पुर्सद्ध, दुई मादले र एक ढँटुवारे पात्र भई रामचरित्र कृष्णचरित्रका गीतहरुलाई गाएर नाचिने नाचलाई मारूनी चरित्रनाच भनिन्छ । कुनै ठाउँमा कृष्णचरित्रमा एक मारूनी, एक पुसुड़े, दुई मादले र एक ढँटुवारे पात्र नचाउने प्रचलन छ । यहाँ मारूनीले राधा र पुसले श्रीकृष्णको नेतृत्व गरेको हुन्छ। त्यस्तै रामचरित्रमा आधारित मारूनी चरित्रमा एक मारूनी र दुई पुर्चुङ्गे नाच्ने प्रयास पनि पाइन्छ । एक मारूनीले सीता र दुई पुसेङ्गेले रामलक्ष्मणको नेतृत्व गरेका हुन्छन् । कृष्णचरित्र श्रीकृष्ण जन्माष्टमीमा र रामचरित्र रामनवमीमा बढी मात्रामा देखाउने प्रचलन छ तर यी दुवै नाच बाह्रै महिना नचाउन पनि सकिन्छ । यस्त अनुष्ठानको बन्धन हुँदैन । यस नृत्यको विस्तृत विवरण आठौं अध्यायको मानने चरित्र शीर्षकमा दिइएको छ ।

(१५४ ) मारूनी ख्याली :- दुई मारूनी, एक पुर्चुङ्गे, दुई मादले र एक ढँटुवारे (कुनै ठाउँमा पात्रहरु घटीडी हुन सक्तछन्) पात्रहरु समावेश भएको, सखी बाँध्ने र बन्धन फुकाउने गीत परि गाइने र बीचमा मुक्त वा स्वतन्त्र झ्याउरे गीत वा दोहोरे गीत गाएर नाचिने नाचलाई मारूनी ख्याली नाच भनिन्छ । यस नाचमा पात्रहरु नाच्ने विधि पनि स्वतन्त्र हुन्छ। सोरठी र चरित्रमा आङ्गिक, वाचिक र आहार्य अभिनय हुन्छ भने मारूनी ख्यालगा आङ्गिक अभिनयको प्रधानता हुन्छ । सरस्वती नाच तथा अन्य स्वतन्त्र मुक्त नाइल मारूनी ख्यालीमा राख्ने प्रचलन छ । यस नाचलाई बाह्रै महिना देखाउन सकिना कुनै अनुष्ठानको बन्धन हुँदैन । श्री सुवि शाहले मारूनी नाचका ख्याली र इवा रुपमा सबै गीत र नाचलाई समेटेर राखेका छन् । यो अतिरञ्जित भनाइ हो किन नेपाली लोकनाचका प्रवृत्तिमा मारूनीनाच एउटा प्रवृत्तिमात्र हो । अन्य विभिन्न प्रले भएका नाचहरु पनि हामीकहाँ प्रचलनमा रहेका छन् । अतः मारूनी स्पविधानभित्र नाचहरुलाई मात्र यसमा समेटन पर्दछ । यस नाचको विस्तृत विवरण मारूनी व्य नाचमा र सरस्वती नाचमा दिइएको छ ।

(१५५) महक्वै नृत्य :- थकाली जातिमा विवाह व्रतबन्ध आदि शुभकार्यमा आशीर्वाद दिन महक्दै नायक आयोजना गरिन्छ । यसमा स्थानीय पहिरनमा नारी पुरुषहरु सजिएका हुन्छन कार्यका कर्ता वा आयोजकहरुलाई आशीर्वाद दिन यो नाच नाचिन्छ । यस अवतरण विभिन्न मुक्त नृत्यहरु तथा दोहोरी गीतहरु पनि गाउने प्रचलन छ ।

(१५६) यौनिच :- वसन्त पञ्चमीका दिन जगाएर राखी (पूजा सहित प्रारम्भ गरी) फागु पुर्णि दिन नाच्ने मगर जातिमा प्रचलित नाच यौनिच हो । यो नाच रामकृष्णका आधारित हुन्छ । झट्ट हेर्दा यो नाच कोलपूजाका रुपमा पनि देखिन्छ किनभने माघेसङ्क्रान्ति वा श्रीपञ्चमीका दिन नाच जगाएपछि कोलपूजा गरी यो नाच नाचिन्छ । फागु पूर्णिमाका २/३ दिन अघिदेखि यो नाच मूल रुपमा प्रारम्भ हुन्छ । होली सकिएपछि यसको विसर्जन गरिन्छ । यस नाचमा पुरुष पात्रहरु मात्र सहभागी हुन्छन् । यो सामूहिक नृत्य हो ।

(१५७) रतेली (रत्यौली) नृत्य :- रतेली संस्कारका अवसरमा नाचिने नृत्य हो । द्विजातिका सोह्र संस्कारहरुमध्ये पन्चौ संस्कारमा पर्ने विवाह संस्कारमा यस नृत्यको प्रदर्शन गरिन्छ । रतेली शब्द रति शब्दबाट बनेको हो (रति+एली रतेली, रति यौली रत्यौली) । हिन्दु पुराणशास्त्रअनुसार कामदेव र रति यौन वासनाका देवी देवता हुन् । विवाह संस्कार दाम्पत्य सम्बन्धसँग सम्बन्धित संस्कार भएको हुनाले यसमा रतिदेवीको सम्झना गरिन्छ । यस नृत्यको प्रचलन सबै जातजातिमा आआफ्‌नै प्रकारको हुन्छ । नेपालका अधिकांश ब्राह्मण-क्षेत्री आदि जातिको बसोवास भएको ठाउँमा रतेली नृत्यको प्रचलन पाइन्छ । विवाहका दिन (रात्रिमा वा दिनमा) दुलहाका घरमा आमन्त्रित तथा परिवारका नारी सदस्यद्वारा प्रेमपरक, हास्यपरक तथा व्यङ्ग्य युक्त गीतहरु गाएर एकल वा समूहगत रुपमा मुक्त नृत्य नाचिन्छ । यस नाचमा मादल वा थपडीको प्रयोग गरिन्छ । नारी अभिनेत्रीबाट पुरूष भेषमा लुठो बनेर पनि नाचिन्छ । विवाहको खुसीयालीमा हर्ष व्यक्त गर्ने, मनोरञ्जन गर्ने तथा आफ्‌ना मनका दमित भावनालाई प्रस्तुत गर्ने क्रममा अश्लील, हास्यपरक एवम् प्रेमपरक गीतहरु गाइन्छ । यो मुक्त नृत्य हो । कोमल लास्य नृत्यहरु पनि यसमा प्रदर्शन गरिन्छन् । लोकविश्वासअनुसार रत्यौलीमा नारीहरु जति रमाएर नाच्तछन्, नवदम्पतीको दाम्पत्य पनि त्यत्तिकै राम्रो हुन्छ । यस संस्कारमा भुइँचम्पा नामक नृत्य पनि प्रदर्शन गर्ने परम्परा पाइन्छ । यसको परिचय सम्बन्धित ठाउँमा नै दिइको छ । तराई क्षेत्रमा पनि डोमकछ नृत्यका व्ममा रत्यौली नृत्यको प्रदर्शन गर्ने परम्परा रहेको छ ।

(१५८) लाखे नाच :- नेपाली समाजमा मुखौटा नृत्यहरुको परम्परा पनि पाइन्छ । कुनै देवदेवी, राक्षस, भूतप्रेत आदिको स्वरुपको कल्पना गरी सोही आकृतिको मुखौटो बनाएर पहिरेर नर्तकहरु नाच्ने नृत्यलाई मुखौटो नृत्य भनिन्छ । नेपाली समाजमा प्रचलित लाखे नाच यस्तै मुखौटो नृत्य हो । यो नृत्य नेवार जातिबाट प्रचलनमा आएको मानिन्छ । पोखरा, बागलुङ, तनहँ आदि जिल्लामा बसोवास गर्ने नेवार जातिमा लाखे नृत्यको प्रचलन पाइन्छ । नेवार जातिमा प्रचलित किंवदन्तीअनुसार नरदेवीमा अवस्थित खेतकाली देवीकी छोरीले एउटा लाखेसित प्रेम गरेकी रहिछन । प्रेम धेरै अगाडि बढिसकेपछि श्वेतकालीलाई यस कुराको ज्ञान भएछ । आफ्‌नो शत्रुवर्गमा पर्ने लाखेसित छोरीले प्रेम गरेको कुरा श्वेतकालीलाई मन परेन । त्यसैले उनले छोरीसित भनिन, 'तिमीले लाखेसितको प्रेम तोडी सम्बन्धविच्छेद गर आमाको कुरा इन्कार गर्न पनि सकिनन, लाखेसितको प्रेम तोड्न पनि सकिन्न। तर आमाले विशेष दबाब दिई लाखेलाई मारिदेऊ भनी एउटा खड्ग दिइन्। खड्ग लिएर छोरीले लाखेलाई छल गरी मारिन । लाखेको मृत्यु भएपछि छो साहै पश्चात्ताप भयो । आफनो प्रेमीलाई यसरी मारेकामा उनी आफू दुःखी मान घोषणा गरिन्, 'म आजीवन कुमारी बस्नेछु, जसले मलाई कामुक आँखाते उसको तत्काल मृत्यु हनेछ । यिनै आजीवन कमारी बस्ने घोषणा गर्न श्वेतका छोरी नै हाल काठमाडौंमा प्रचलनमा रहेकी कुमारी हुन् । यही विश्वासबाट हि पनि कुमारीसँग विवाह गर्ने प्रचलन छैन र जसले कुमारीसँग विवाह गर्दछ, स छिटै मृत्यु हुन्छ । अहिलेसम्म पनि इन्द्रजात्राका दिन लाखे र कुमारीको मेट प्रचलन छ । यस दिन हनुमानढोकामा लाखेनृत्य र कुमारीनृत्य सँगै प्रदर्शन परम्परा पाइन्छ ।

अर्को जनश्रुतिअनुसार पञ्चपाण्डवका पालादेखि लाखेनृत्य प्रचलनमा आ हो । भीमासुर राक्षसले समाजमा आतङ्क मच्चाएको थियो । उसले बैं एक मानिस खाने गर्दथ्यो । पछि गाउँलेहरु मिलेर हरेक घरको पालो पालोअनुसार १/१मान्छे भीमासुरको आहारा पठाउने गरे । एक दिन प पाण्डवले यो कुरो थाहा पाए । कुन्तीको आज्ञाअनुसार भीमसेनले भीमासुरको गरे । आफ्‌ना पतिलाई भीमसेनले मारेकोमा उसकी पत्नी लखी पतिको वियोग बेसुरमा उचालिंदै पछारिदै गर्न थाली । त्यसपछि लखीको परिवार त्यहाँ अन्यत्र सन्यो । गाउँमा उपद्रव बन्द भयो । भीमासुरलाई मारेको खुसियाती ता लखीको विलापलाई हास्य बनाएर यो नाच नाचिन थाल्यो । नेवार जाि रीतिरिवाजअनुसार गठेमङ्गल (घण्टाकर्ण) को पुतला जलाउने दिनदेखि मा शुक्ल हरितालिका (तीज) सम्म यो नाच नचाउने प्रचलन छ । तर स तथा रीतिअनुसार अन्य भिन्न समयमा पनि यो नाच नचाइएको पाइन्छ । ६ नाचमा लखीको मुकुण्डो, शरीर देखिने तीनकुना परेको चोलो, घाँघर विभिन्न रङ्गका टुक्रे कपडा, चमर आदि पहिरेर हास्य मूलक आकृतिया पारिन्छ अनि मृदङ्ग, मुजुराका विभिन्न तालमा यो नाच नाचिन्छ । यस लखीलाई गिज्याउन एउटा झ्यालिम्वा नामक पात्रको पनि व्यवस्था हुन्छ । झ्यालिम्चा पनि हास्य पात्र नै हो । यसको पहिरन पनि हास्यनुतक हुन्छ । हातमा लौरो वा कुनै वस्तु लिएर यस पात्रले लखीलाई गिज्याद लखी उसँग बदला लिन उत्तेजित हुन्छे, लखी जत्ति उत्तेजित हन्छे, यो नाथ त्यत्ति नै रोमाञ्चक हुँदै जान्छ । हास्य र अद्भुत रसले भरिएको यो नृत्य चित्ताकर्षक हुन्छ । यो ताल नृत्य हो ।

नेवार जाति बाहेक अन्य जातिहरुमा पनि लाखे नृत्यको प्रचलन छ । भूतप्रेत, राक्षस वा अन्य अद्भुत चरित्रको आकृति भएको मुकुण्डो पहिरेर विभिन्न वाद्यका तालमा हास्याभिनय गर्ने हास्य नृत्यलाई लाखेनाच भन्दछन् । यस नृत्यको मूल उद्देश्य हास्य र मनोरञ्जन हो ।

(१५९) सरस्वती नाच :- म्याग्दी जिल्लामा बसोवास गर्ने मगरसमुदायमा सरस्वती नाच नाच्ने परम्परा रहेको छ। यो नाच मारुनी नाचको मारूनी ख्याली शाखाभित्र पर्दछ । यस नाचमा रहेको मारूनी, १ पुर्चुङ्गे, अथवा २/२ मारूनी, मादले र पुर्चुङ्गे पात्रहरुले भाग लिन्छन् । नृत्यको प्रारम्भमा मङ्गलगान (सखी बाँध्ने) अन्य मारुनी नाचसरह नै हुन्छ । सखी गीत गाएपछि कुनै एक मारूनीमा कम्प प्रारम्भ हुन्छ । अनि ख्याली गीतहरु (स्वतन्त्र चुट्‌का वा दोहोरे गीत) गाइन्छ र नृत्य अगाडि बढ्दछ ।

सरस्वती नृत्य प्रस्तुत गर्न कुनै निश्चित अवधिको बन्धन हुँदैन । खासगरी पुन मगर हरुको घरमा जेठो छोरो जन्मेपछि खुसियालीमा सरस्वती नृत्य नचाइन्छ । चौतारी बनाइ वरपीपल सार्दा, चौतारीको प्रतिष्ठा गर्दा, वरपीपलको विवाह (धार्मिक उत्सव) गर्दा पनि सरस्वती नाच नचाइन्छ । कुनै व्यक्ति विदेशबाट घरमा आउँदा, समाजको प्रतिष्ठित पाहुना त्यस गाउँमा आउँदा सम्मान दर्साउन र गाउँमा कुनै ठूलो पर्वोत्सव हुँदा पनि सरस्वती नृत्य निकालिन्छ । ग्रामीण क्षेत्रको मनोरञ्जनको मूल माध्यम नै यो नृत्य भएकाले खेतीपातीको व्यस्ततापछि थकाइ मेट्न प्रायः हिउँदका दिनहरुमा यस नृत्यको प्रदर्शन गरिन्छ ।

यस नाचमा ठाउँ र प्रचलनअनुसार पात्रहरुको सङ्ख्या घटीबढी हुन्छ । न्यूनतम पनि एक मादले, एक पुर्युद्धे, दुई मारूनीको उपस्थिति यस नाचमा अनिवार्य हुन्छ तापनि ३ मादले र ३ मारूनीको प्रचलन अत्यधिक पाइन्छ । पुरुष पात्रले नारी भेष धारण गरी मारूनी बन्दछन् भने पुरुष भेषमा मादल भिरेर नाच्ने पुरुष पात्र मादले हुन्छ । भोटो, कछाड, इस्टकोट, भाङ्ग्रा, टोपी, टोपीमा क्रस खुकुरीको चिह्नहन लगाएर मादल भिरेर पुरूष पात्र नाच्तछन् । मारुनीहरु गुन्यू, चोलो, कर्मु, घलेक, पटुका, चुरा, पोते, सुनका गरगहनाहरु, मुगाको माला आदि स्थानीय प्राचीन नारी वेशभूषामा नाच्तछन् । यस नाचमा स्थानीय बाजाहरु मादल र मजुराको प्रयोग हुन्छ ।

यस नृत्यको निर्देशक एउटा गुरु हुन्छ । सामान्य गीतहरु गुरूले झिक्ने र अन्य नारीपुरूष स्वरले छोप्ने गर्दछन । यदि दोहोरी गीतहरु भएमा पुरुषपात्रको नाइके (गुरु) र महिला समूहकी नायिका (गुरूमा) ले क्रमैसँग गीत झिक्ने र अन्य पात्रहरुले पछ्याउने गर्दछन । यसरी सामूहिक गायन, आलाप र नृत्यबाट यो नाच पूरा हुन्छ । प्रस्तुत मारूनी शैलीमा नाचिने सरस्वती नाचको मूल थलो म्याग्दी जिल्लाको शिख-घार मानिन्छ । यहाँका पुन मगरहरु यस नाचलाई आफनो पुख्यौली नाच मान्दछन । बस्ती विकास, बसाइँसराइ तथा सांस्कृतिक हस्तान्तरणका कारणले यो नाच बा पर्वत, पोखरा, तनहुँ, पाल्पा एवम् चितवन आदि विभिन्न ठाउँमा प्रचलित छ ।

सरस्वती नाचको गीत मङ्गलगान (सखी बाँध्ने)                                    पुरुष स्वर : हा..हा. राम रामऽ ऽऽशिव शिव ऽ ऽ रामैरामो शिव शिव -शिवजीको मन्दिरैमा तुलसीको बिरूवा ।                                             नारी स्वर : 555                                                                           पुरुष स्वर : हा..हा-शिवजीको मन्दिरैमा तुलसीको बिरूवा                       ए-गुदरीमाथि कामलै विच्छ्याइदेऊ गुदरीमाथि कामलै बिच्छ्याइदेऊ रामलछुमन आइरचन्                                                                       नारी स्वर : पुरुष स्वर : हा...हा_रामलछुमन बसेका                               नारी स्वर : हा-हो-झिली र मिली बसेका ठाउँमा                                   पुरुष स्वर : झिली र मिली बसेका ठाउँमा सरस्वती उँभो आउँचन्            नारी स्वर : एऽऽऽऽ हा 5555                                                          पुरुष स्वर : हा_हो_सरस्वती खुरुखुरु आऊ सरस्वती खुरुखुरु आऊ ।       नारी स्वर : (सरस्वती आई मारूनी काम्न थाल्दछन् ) ताल फेरिन्छ । यसपछि विभिन्न दोहोरे गीतहरु चल्न थाल्दछन् ।                                  पुरुष स्वर : हा-माया रैछ चौतारी पेटीमा मैले रमन घुम्दा नि भेटिन ॥ (महिला र पुरुषको संयुक्त स्वरले गीत ३ पटकसम्म छोप्तछन् ।)                        नारी स्वर : हा-चौतारीमा बसनी को हो ?                                             कर्के नजर लाइदिम् कि कसो हो ?                                                   यस्ता दोहोरे गीतहरु रातभरि नै दोहोरैतर्फबाट प्रस्तुत हुँदै जान्छन् । नाथ जान्छ र उज्यालो भएपछि आयोजक वा घरभेटीलाई आशीर्वाद दिदै नृत्य टोली दिइएको दक्षिणा लिई नृत्य टोली त्यसस्थलबाट बिदा हुन्छ ।        मारुनी नाचको मुक्त हाँगाका रुपमा सरस्वती ख्याली नाचको अस्तित्त्व र महत्त्व रहँदै आएको ।

( १६०) सरौ खेल (सराय नाच/सरून खेल्नु) :- नेपालीहरु शिव र शक्तिका उपासक हुन् । शक्ति (देवी) का उपासकहरूले देवीका मन्दिर परिसरमा पूजा, आराधना र नृत्य गरेर पनि देवीलाई प्रशन्न पार्ने काम गर्दछन । सराय नाच यस्तै देवीको उपासनामा आधारित नृत्य हो । आश्विन शुक्लपक्षको सप्तमी वा अष्टमीका दिन दुर्गा वा कालिका देवीका मन्दिर अगाडि रहेको मौलोमा पुरुष समूहले ढाल-तरबार लिएर गरिने युद्धाभिनय सरौ खेल वा सराय नृत्य हो । यस खेलमा नौमती बाजा वा नगराको तालमा युद्धाभिनय गरिन्छ । यो ताल नृत्य हो । यसमा पुरुषहरुले दाहिने हातमा नाङ्गो तलबार र देब्रे हातमा ढाल लिएर आफ्‌नो जोडीका साथमा युद्धाभिनय गर्दछन् । वीररस प्रधान यस नृत्तले हाम्रा प्राचीन भुरेटाकुरे राज्यकालीन युद्धाभ्यासको संस्मरण गराउँदछ । स्थानीय वेशभूषामा खेलिने यस खेलमा गीत गाइँदैन तर कुनै-कुनै ठाउँमा वीररसप्रधान गीत गाएको पनि पाइन्छ । यस नाचलाई कहीं तरबार नृत्य र कही खुकुरी नाच पनि भन्ने गर्दछन् । कास्की जिल्लाको कास्की कालिकाको मन्दिर अगाडिको मौलोमा सराय नाच नाच्ने परम्परा छ । पहिल्यैदेखि यस नाचको अभिनय गरिँदै आएको पाइन्छ । पोखरा बजारबाट फूलपातीको डोली कालिकाको मन्दिरमा प्रवेश गराएपछि अष्टमीको दिनमा यहाँ सराय खेल्ने प्रचलन रहेको पाइन्छ । सेता दौरा-सुरूवाल, कालो इस्टकोट, कालो नेपाली टोपी लगाएका पुरुषहरूले दाहिने हातमा तरबार र देब्रे हातमा ढाल लिएर सामूहिक रूपमा सराय नाच नाच्ने गर्दछन् । वास्तवमा यो प्राचीन समयको युद्धाभ्यास हो । अहिले त्यसले सांस्कृतिक नृत्यको स्वरूप लिएको पाइन्छ ।

(१६१) सारङ्गी नाच :- सारङ्गी नाच लमजुङ जिल्लाको दूधपोखरीमा जनै पूर्णिमाको मेलामा प्रस्तुत गरिन्छ । गुरुङ समुदायका भेडीगोठमा काम गर्ने सहयोगीहरुले दूधपोखरीको मेला भर्न आउने श्रद्धालुहरुको मनोरञ्जनका लागि यो नाच देखाउने गर्दछन् । यो समूह नृत्य हो । काठबाट बनेको स्थानीय सारङ्गी बाजाको तालसँग समूहमा रहेका पुरुष नर्तकहरु गीत तथा ठट्यौलीयुक्त विषयहरु प्रस्तुत गरेर नाच्तछन् । वास्तवमा यो नाच भेडा हेर्न लेकमा बस्ने सहयोगीहरुको मौलिक नाच हो । यस नाचमा बन्धन बाँध्ने तथा देवता जुहार्ने विधिविधान पनि गरिन्छ । नृत्यको अन्य पक्ष भने मुक्त प्रकृतिको हुन्छ । (सङ्कलक : गोरे गुरुङ, पसगाउँ, लमजुङ) ।

(१६२) हनुमान नाच :- हनुमान नाच बागलुङ जिल्लाका नेवार जातिमा प्रचलित छ । यस नृत्यको कथास्रोत रामायण हो । हनुमानले सीतालाई खोज्ने क्रममा समुद्रपार गरेदेखि रावणलाई पराजित गरेर फर्कदासम्मको दृश्यको झलक यस नाचमा चित्रण गरिन्छ । यस नृत्यमा कम्तीमा १३ जोडी र बढीमा १५ जोडी (३०) जना युवकहरुले भाग लिन्छन् । यसमा आठ प्रकारका तालको प्रचलन पाइन्छ । ती हन- सलामी ताल, ६ ताल, १२ ताल, तीन ताल, घेराहान्ने ताल, चौबीस ताल, तुरलिङ ताल, छ्यासको विसर्जन ताल । यस नृत्यमा नेवारी भाषामा नै गीत वा भजनहरु गाइन्छ। ३ । ३ वर्षमा भदौ महिनामा देखाइने यो नाच हाल आएर १२ वर्षमा एकपल्ट नि गरेको पाइन्छ ।                                                                                         यो नृत्य भाद्र महिनाको मङ्गलबार र शनिबारका दिन निकाल्न मानिन्छ । रामचन्द्रका दूत हनुमानको आराधना गर्नाले शक्ति मिल्दछ भन्ने धर्मावलम्बीहरुको विश्वास अनुरुप यस नाचको प्रचलन रहेको ठानिन्छ । नेपाली समाजमा प्रायः व्रत, पूजा आदिमा भजन गाउँदा हनुमान उत्रने व्यक्तिल हनुमान नचाउने प्रचलन पाइन्छ । हनुमान नाचकै रुपमा नभए पनि विभिन्न स टुक्काहरुमा हनुमान जगाउने, हनुमानलाई अद्भुत कार्यहरु गर्न लगाउने र शान्त बनाउने काम गरिन्छ । यो पनि हनुमान नाचकै सानो अंश हो । रामायण बलर पनि हनुमान नाच देखाउने प्रचलन छ । त्यहाँ हनुमानलाई सीतालाई खोजेर सा कार्यको जिम्मा नै दिइएको हुन्छ । यसरी नेपाली संस्कृतिमा रामायणको प्रभाव प हनुमानलाई सिद्धिप्राप्त गरेका भगवान्‌का भक्तका रुपमा लिइन्छ ।

(१६३) हमक्याइलो नाच :-  हमक्याइलो नाच पोखराका महिलाहरूले तीजका समयमा नाच्ने नाच हो। हमक्याइलो गीतका साथमा नाचिन्छ । यस नाचमा हमक्याइलो थेगो भएको गाउने गरिन्छ । यो धेरै पुरानो नाच हो। यस नाचमा कुनै तोकिएको शैलीको प्रदर हुँदैन । नर्तकको आफ्‌नो कलाअनुसारको स्वतन्त्र अभिनय हुन्छ ।

(१६४) होरी (होली) नाच :- नेपालमा प्रचलित धेरै लोकनृत्यहरु पौराणिक विषयवस्तुसँग सम्बन्धित छन् । वा होरी नाच पनि पौराणिक विषयवस्तुमा नै आधारित छ । पुराणमा वा हिरण्यकशिपुकी बहिनी होलिकाको जीवनवृत्तमा आधारित यो नृत्य फागुपूर्णिमात्र गरिन्छ । त्रेतायुगमा दैत्यहरुका राजा हिरण्यकशिपुले पृथ्वीमा उत्पात मध् थियो । ऊ अनीश्वरवादी थियो । ईश्वरवादी वा अध्यात्मवादी ऋषिमुनिहरुको गर्ने, यज्ञहरु विध्वंश गर्ने ऋषिका आश्रमहरु र गुरूकुल आश्रमहरुलाई क्षतविक्षत तुल्याउने आदि कार्य गरेकाले तत्कालीन अध्यात्मवादी समाज विना अभिमुख थियो । त्यसै समयमा हिरण्यकशिपुको प्रहलाद नामक छोरो जन्म्यो अध्यात्मवादी विचारको राजकुमार थियो । उसले अध्यात्मवादलाई संरक्षण गर्न कार्यहरु गर्यो । हिरण्यकशिपुलाई छोरो प्रहलादको स्वभाव मन परेन र उत्सा संस्कृतिको संरक्षण गर्नका निम्ति छोराको विचारमा परिवर्तन ल्याउन चाल्यो प्रह्लादमा कुनै पनि परिवर्तनहरु आएनन् । त्यसपछि हिरण्यकशिपुले आफनो भक्तप्रहलादलाई मार्न विभिन्न उपायहरु गयो । प्रह्लादलाई हात्तीद्वारा कृत्वा विषालु सर्प भएको कोठाभित्र राख्यो, पहाडबाट खसाल्यो तर प्रहलादको मृत्यु मान इसै समयमा हिरण्यकशिपुकी बहिनी होलिका हिरण्यकशिपुकहाँ आइपुगी । होलिकाले इमाजीबाट आगोले नपोल्ने बरदान पाएकी थिई । त्यसले त्यही बरदानलाई उपयोग गरेर प्रहलादलाई मार्ने योजना बनाई । त्यस योजनाअनुसार फाल्गुण शुक्ल चतुर्दशीका दिन हिरण्यकशिपुका दरबार अगाडि दाउराहरुको खलियो बनाई त्यसमा होलिकाले प्रहलादलाई काखमा लिएर बस्ने अनि दाउरामा आगो लगाउने व्यवस्था भयो । योजनाअनुसार कार्य सम्पन्न भयो तर परिणम होलिकाले सोचेको भन्दा उल्टो स्यो- आगोले होलिकालाई डढायो तर प्रह्लादलाई केही पनि भएन । होलिकाले आमसुरक्षार्थ अग्निले नपोल्ने बरदान पाएकी थिई तर अर्काको हत्याका निम्ति वरदान प्रयोग गरेकी हुँदा विपरीत हुन पुग्यो । यसरी भक्त प्रहलादलाई मार्ने होलिकाको प्रयास असफल भयो । असत्यमाथि सत्यको विजय भएको हुनाले त्यसै समयदेखि होलिका दहनलाई नै हिन्दु धर्मावलम्बीहरुले मूल उत्सवका रुपमा मनाउन थाले । होली वा होरी पर्व यही होलिका दहनलाई नै मूल विषय बनाएर मनाइन्छ । नेपालका धेरै जातजातिमा यसले पर्वोत्सवकै रूप लिएको छ । नेपालका विभिन्न जातजातिले आ-आफ्‌नै तरिकाले होली चाड मनाउँछन् र होरी नृत्य पनि प्रस्तुत गर्दछन् ।                                 प्रदेश नं. ४ मा होरी नाचको परम्परा प्रायः लुप्त हुँदै गएको पाइन्छ । स्याङ्जा जिल्लाको निवाखर्क गाउँविकास समितिमा होरी नाचको परम्परा पाइन्छ । यसको विधि र तौरतरिकाहरु लोकगीतको अध्यायमा होली गीत शीर्षकमा दिइएको छ । निस्क्रस अभिनयका माध्यमद्वारा प्रस्तुत गरिने प्रदर्शनकारी कला हो । यो मनोरञ्जन, संस्कृति र मनोविज्ञानलाई पनि प्रकट गर्ने मूर्त कला हो ।                                                                          प्रदेश नं ४ विभिन्न जातिको बसोवास रहेको क्षेत्र भएकाले यहाँ जातीय संस्कृतिअनुरुपका विभिन्न नृत्यहरु प्रचलनमा छन् । केही नृत्यहरु सबै जातिका साझा नृत्यका रुपमा प्रयुक्त छन् भने केही नृत्यले जातीय पहिचान बोकेको पनि पाइन्छ । यस अध्यायमा ३६ वटा लोकनृत्यहरुको परिचय दिइएको छ । यी नृत्यले प्रदेश नं ४ को मूर्त सांस्कृतिक सम्पदाको परिचय दिएका छन् । यी प्रत्येक नृत्यका बारेमा थप अनुसन्धान गरी विस्तृत विवेचना गर्नपर्ने स्थिति पनि देखिन्छ । आगामी दिनमा यस पक्षमा विशेष यो अयं होस भन्ने अपेक्षा गर्न सकिन्छ ।

 

                             लुम्बिनी प्रदेश  ( प्रदेस  ५)

(१६५) धामी नाच :- नेपालमा प्रातीनकालदेखि धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, विविध जातजातिक प्रचलन रहेका छन् । त्यस्तै प्रदेश नं. ५ मा पनि तेत्तीसकोटि देवता तेत्तीसकोटि देवी रहेको विश्वास गरिन्छ । त्यहाँको लोक व्यवहारमा प्रचलित विधि व्यवहार संस्कार, कर्म, यज्ञ याज्ञादि मानवका व्यवहार प्रदर्शन गर्ने लोकसंस्कृतिले आफ्‌नै महत्त्व राख्दछन् । यस प्रदेशमा पारम्पारिक प्राचीन मानव विश्वास र आस्थासँग जोडिएको धामीप्रथा र  धामीनाच पनि पर्दछ । देवीदेवताको पूजामा धामीहरूले नाच्ने पद्दति नै धामीनाच हो । विशेष गरी धामी डाक्टर, वैध, उपचार गर्ने स्वास्थ्यकर्मीको स्थान धामीले अद्यापि पाएका हुन्छन् । विशेष गरी शारीरिक रोगको लागि डाक्टर र चिकित्साकर्मीले निको पार्छन् भने बाहिर नदेखिने तर बिरामी भएको अवस्थाको हेरकोर गर्ने काम धामीहरूले गर्दै आएका छन् । धामीले तन्त्रमन्त्र गरेर, झारफुक, दोहोलो, भेद, खोज, उल्टो, सुल्टो, तन्त्रमन्त्र गरेर निको पार्छन् त्यस्ता बिरामी, मनका बिरामीहरूलाई निको पार्ने मानवेत्तर विधि उनीहरूसँग रहेको पाइन्छ । धामीहरूलाई दैवीशक्तिसम्पन्न व्यक्तिका रूपका मानिन्छ । धामीहरू विशेष मेलापर्व जात्राजस्ता देवताको माडौं, मन्दिरमा गएर धुपबत्ती गरी काम्ने, उफने र देववाणी बोल्ने प्रक्रियालाई नै धामी नाच भनिन्छ ।

प्रदेश नं. ५ मा विविध देवीदेवताको आराधना गरिन्छ । त्यहाँका खसब्राह्मणले मष्टो देवतालाई कुलदेवताको रूपमा पूजा, उपवास, अर्चना गर्दछन् । मष्टो देवताको धामी आफूलाई इन्द्रको पुत्र, शिवजीको अंश मान्छ । मष्टो महाराज आङमा चढेकाले आफू मष्टो भएको मान्दछ । मष्टाका प्रकारमा रूमाल, दाई, दूधे, काँवा, कुर्मी, बारा आदि मानिन्छन् । उनका समकक्षीमा जगन्नाथ, महाबौ (महादेव), बराह, भँयर अँयर, भूमी देवता मानिन्छन् भने देवीमा द्यौराली, उधौली, उभौली, वनदेवी मानिन्छन् । देवीका धामी महिला, पुरुषदेवताका धामी पुरूष धामी हुन्छन् । धामीले लौकिक र अलौकिक कार्य गरेर देखाएपछि जनविश्वास बढ्दछ ।

खसब्राह्मणहरू मष्टालाई निराकार देवता मान्दछन् र उनलाई कालो शिलाफट्टमा पूजा गर्दछन् । मष्टका धामीले गर्ने काममा तातो ओदान समात्नु, फलामको डण्डी भाँच्नु, उम्लेको तेलमा हात हाल्नु, रातो पन्यूले जिब्रो डाम्नु, पहराबाट चामल र दूध बर्षाउनुजस्ता खेल देखाउनु पर्छ । प्रत्येक देवीदेवतालाई दिशाअनुसार रङ्गीन अक्षता चढाउनु पनि धामीहरूको काम हो । धामी देवता र प्रेतका गरी दुई प्रकार हुन्छन् । धामीहरूले नबुझिने/आधाबुझिने देवभाषा बोल्छन् जसको पूरा अर्थ लगाउन सकिन्न र धामीहरू बीचको भाषा त बुझ्दै बुझिन्न । धामी काँप्दा र पतुर्दा ओठ र जिब्रो लटपटिएको हुन्छ र उनीहरूको हावाभाव नाचजस्तो बोली गीतजस्तो हुन्छ । अलि सामान्य भएपछि धामीहरूले देवीदेवतालाई पुकार अभिवादन गरी मानिससँग बोल्ने एकोहोरो भाषा प्रयोग गर्दछन् । धामी गीत लामो / छोटो दुवै किसिमको हुन्छ ।

(१६६) चाँचरी कर्खा :-  प्रदेश नं. ५ अन्तर्गत गुल्मी जिल्लाको इश्मा राज्यमा पहिले चौबीसी राजाको कोट किल्ला थियो । त्यही भूगोलको आडमा इश्माका राजा जगत्र भन्नेले गुल्मीका (चारपाला) राजा श्रीनन्दलाई (वंशावलीमा यी दुवैको नामपाइएको छैन) ज्यादै हेयभाषाको पत्र सन्देश पठाउँदा दुवैको युद्ध हुन्छ । गुल्मीका राजालाई आफ्‌नी बहिनीले युद्ध पोसाक पहिराइदिन्छिन् । बाटाभरि अनेक अपशकुनहरू देखा पर्छन् तापनि श्रीनन्द पछि फर्कदैनन् । इश्मा कोटमा पुग्दा युद्ध घमसान हुन्छ । इश्मालीराजाले प्यूठानी र जुम्लीको मद्दत पाएका हुन्छन् । गुल्मीका राजाले वीरगति पाउँछन् सो युद्धमा । दाजु श्रीनन्दको युद्धमा वीरगति पाएको देखेको बहिनी शोकाकुल भई सद्गतिपछि योगीनी भई जान चाहन्छिन् ।                                     माथिको कुरा राजराजेश्वरी (विद्यावती) राजकुमारीको भन्ने आरोपण गर्दै नेपालका राजा रणबहादुर शाहकी पट्ट महिषीसँग लगेर जोडिएको पाइन्छ । यस युद्धको घटना कहिले हो, नेपालको एकीकरण कालको हो वा कुन बेलाको हो पृष्टि भएको छैन । त्यस्तै प्रकारको एउटा सार‌ङ्गीमा गन्धर्वहरूले कास्कीदेखि गुल्मी अर्घाखाँचीसम्म गाइने (आखर फरक फरक) सरूमैरानीको कर्खा प्रख्यात छ । कर्खाको आखरमा सठमै रानीले प्रौढावस्था भइसक्दासम्म कास्की विहा गरेबाटै माइत गएकी थिइनन् । उनले राजासँग दुवै दम्पत्ति माइत जाने आग्रह गर्दा राजाले पछि जान चाहे तर रानीले नमान्दा सामलराजा तयार पारी बाटो लागे । सामल बनाउँदा नै अनेक अपशकुनहरू देखिए । राजाले लक्षण नराम्रो देखेर नजाउँ भन्दा पनि रानीको हठले जित्यो । दुवै बाटो लागे तर कालीलेक पुग्दा बाटो भुलियो र ज्यादै दुःख पाए । रानीले अग्लो कालीलेकलाई श्राप दिइन् । राजारानी माइती देश पुगे ।

गुल्मीमा सौताले आमा थिइन्, सौतेनीछोरी ज्वाइँ आएकोमा भित्र इर्ष्या भए पनि मुखले चेपारो पारिन् । छोरीलाई आफ्‌नो भाइसँग विहे गरिदिने मनसुवाले राजाको ज्वाइँ खानामा विष हालिदिँदा राजा मरे। रानी वँधेरा पुगी सहेलीहरूसँग हाँसो ठट्टा गर्दा ढिलो फर्केर आफ्‌नो राजा खोज्दा मृतावस्थामा भेट्टाइन् । उनले विलाप गर्न लागिन्, शवलाई नदी तटमा लगी शोला बनाई सती जान खोज्दा आगो जलेन । एक ब्राह्मण पुत्रलाई धर्मपुत्र मानी चितामा आगो झोस्न लगाई पतिसँगै सती गइन् । सुन्ने देख्ने सबै रोएपछि गुल्मीका राजा शिकारबाट नदी तटमा चिता जलेको देखी सोधपुछ गर्दा आफ्‌नै छोरी ज्वाइँ भएको थाहा पाए । माथिको चाँचरी दुःखान्तपछि योगीनी राजकुमारीको विवाह गरेको सुखान्त चाँचरी हो भने सरूमै रानीको कर्खा अत्यन्तै दुःखान्त हो । नेपाली लोक साहित्य, सङ्गीत, नृत्य, बाजा, ताल स्वर, गीत, त्यस्ता गहिराइले भरिएका र हृदयस्पर्शी छन् ।

(१६७) घाँटु नाच :- युद्धमा वीरगति पाएको लोग्नेको लाशसँगै सती जाने बेलामा गाउने गीत घाँटु हो । राजारानी (पश्रामु राजा, पम्फावती रानी) को कशकीर्ति गान घाँटु हो । वसन्त ऋतुमा गाइने एउटा राग घाँटु र सतीघाट बाह्रमासे हो । तापनि सतीघाँटु श्रीपञ्चमीबाट बैशाख चण्डीपूर्णिमासम्म चल्छ । घाँटुको चलन विशेष गरी चुडाकर्म, पुटपुटे, विवाह, जुठो उम्कदा, स्वास्तिाशान्ति, गृहप्रवेश, मानपदवी पाउँदा, बाघ मार्दा ठेलो जित्दा, अतिथि सत्कार, दसैं र अन्य चाडपर्वमा गाउने चलन रहेको छ । कुकुर र सर्पले नटोकेकी, अङ्गभङ्ग नभएकी, सुन्दरीका नङ काटी, गहना झिकी, सप्तगण्डकी नुहाई, नयाँ वश्त्र पहिरी, दोष नपरेको घरमा, कालीगाईको गोबर र मालीगाइको गोबरले पोतेको शुद्ध ठाउँमा १०।११ वर्षका कन्यालाई बसालिन्छ । जलपूर्ण घडा अगाडि राखेर, काली मालीगाईको दूध, झिनुवा चामलका अक्षताले घाँटु गुरूवाले कन्यामा देवी चढाउँछन् । कन्याहरू भुल्न थाल्छन् । आछमनपछि आँखा खुल्दा मादलको तालमा गीतको राहानीमा कन्याहरू नाच्दछन् ।

घाँटु नाच गुरूङ, मगर, दुरा, दरै जातिमा प्रचलित छ । यो गीतिनाटक पनि हो । यसमा दैवी शक्ति रहेको विश्वास गरिन्छ । घाँटुको प्रचलन चम्पारन, लखिमपुर, थरूहट, गढवाल, कुमाउ र नेपाल तराइका थारू, असम गौहाटीका गोर्खामा पनि छ, केवल भाषा फरक छ । ती सबैले राधाकृष्ण, शिवपार्वती भएर नाच्दछन् । वि. सं. १८२२ देखि काठमाडौमा घाँटु नाच बन्द भयो। घाँटु नाचको शुरूमा मङ्गलाचरण हुन्छ, सबै देवी देवतालाई सम्झने परम्परा रहेको पाइन्छ । यसका ७ दण्ड (डाँडी) हुन्छन् जस्तै काटभाटे, शिकारी, भोजन, फूल, कृषि, जुवा, सतीखण्ड । त्यस्तै युद्धमा जाँदा रानी सती जाँदा बखतमा गरेका दान आदिको गीत गाइन्छ । रानीले दूध र पानीमा छाया हेर्दा गाउने घाँटु गीत प्रचलित छ ।

कुसुण्डा घाँटु गीत लागछोड हुन्छ र ताल रिकर्ड गर्न दिन मिल्दैन देवता रिसाउँछन् भन्ने विश्वास छ । गीत लागेमा सबै त्रशित हुन्छन् । पहिले राजारानी जोगीजोगीनी हुँदा पनि घाँटु गाइन्थ्यो । गुरूङहरू करणी भातपानी बेोरेयेमा घाँटु नचाई जाँडपानी दाइँ शुद्ध गर्ने चलन थियो । घाँटु नृत्य मगरहरूको सामाजिक र धार्मिक महत्त्वको नाच मानिन्छ । गुरुङहरूले पनि घाँटु नाचलाई आफ्‌नै मान्दछन् । मगर र गुरूङको घाँटु नाचमा केही भिन्नता पाइन्छ । यस नृत्यमा थारू, नेवारहरू पनि धुमधामले भाग लिन्छन् । शिकारी कुकुरको घाँट, घण्ट, धाँगो धामीले लगाउँदा देवता आङमा चढेबाट घाँटु नाच रहन गएको जानकारी पाइन्छ ।

घाँटु नाच फागु पूर्णिमाबाट बैशाख पूर्णिमासम्म लगाइन्छ । घाँटु ४ प्रकारका हुन्छन् सती, मेरे, कुसुण्डा र लामा । घाँटुमा अविवाहित महिलाहरू नै नाच्ने चलन छ । यदाकदा विवाहित पनि परेमा नाच्दछन् । यसमा ५-७ जना महिलाहरू नाच्दछन् । कन्यालाई कम उमेरकी भए सिँगारपटार गरेर नचाइन्छ । घाँटुमा महामाइले आङ चढेमा रोग लाग्ने डरले रानी भई नाच्न कन्याहरू तम्सिन्छन् । देवताले समातेपछि लगातार केही वर्ष घाँटु नाच्नै पर्छ महिलाले ।

शुद्ध घाँटु नाचमा ऋतुवर्ण, कैलाश, नरेश्वर, देवै, हिउँचुली राजाहरू र सत्यवती, विद्यावती, चम्फावती, रेखीश्वर र महामाई रानीहरूको कथावस्तु गाउने गरिन्छ । घाँटुहरूले एकै प्रकारको पोसाक लगाउँछन् । पोसाक निश्चित मापदण्ड अनुसारको बनाउनु पर्ने हुन्छ । घाँटुमा कलाकार गीताङ्गे र मादलेबाहेक सोठर र बाबु मैयाहरू सुसारे भएर आउँछन् । कन्याका सुसारे कन्या, अरूका सुसारे अरू नै हुन्छन् । कन्या नपाए विवाहित महिला हुन्छन् । सोठरले नै खानपान, दिशाजङ्गल, जुगागहना, शृङ्गारपटार गरिदिनुपर्ने हुन्छ । हरेक घाँटुमा एक कुमार रहन्छन् जसलाई ' बाबुमैया' भनिन्छ । बाबुमैया घाँटुको दाजुभाइ हुनुपर्ने हुन्छ यो सहजै अभिनयमूलक लोकनृत्य मानिन्छ । नाचमा आवश्यक उपकरणहरू पनि गीतअनुसार तालअनुसार हाउभाउअनुसार गर्नुपर्ने हुन्छ । शुरूमा देवीदेवताको पूकारा गरिन्छ । गीतहरू लयात्मक, आकर्षक, क्रमवद्ध र अनुकरणात्मक किसिमका हुन्छन् ।

(१६८) सोरठी नाच :-  किंवदन्तीमा आधारित लोकनृत्य सोरठी हो। पहिलो पुत्र प्राप्तिको खुशियालीमा दीर्घायु आरोग्यताको कामनासाथ गाइने नाच्ने हर्षोल्लास मनाउने नृत्य हो । सर्वप्रथम जैसिङ्गे राजाको कान्छी रानीबाट छोरा नजन्मेपछि ज्योतिषी बोलाई हेराएको प्रसङ्गबाट गीत आरम्भ गरी नाच नाचिन्छ । त्यसका पात्रहरू राजारानी, कुमाल कमाल्नी, सिपाही, दुलाहादुलही, आसिक गीत, मिरजाभर कुवरको सोरठी नाच, लोकवीर थारूको सोरठी, दुराको सोरठी आदि हुन्छन् । गीतमा धुन मादल, लय गीत गाउनेको हुन्छ र नाटक पात्रहरूको रहन्छ । नाचमा विभिन्न कृष्णलीला पनि देखाउँदै गाउँदै बजाउँदै गरिन्छ ।

गुरूङ ठिटाहरूले २५ पाथीको खिर पकाई चेलीहरूलाई सम्मान गर्न जाने चलन थियो । त्यस्ता धेरै चलनहरू लोप भइरहेका छन् । मारूनी सरस्वती घाँटुमा, नाच्नेलाई देवी मानिन्थ्यो। मादल बजाउनेलाई नयाँ घलेक दिई मादल छोपेर बजाउने चलन थियो । घाँटु, सालैज्यू, रेलीमै, सुनिमाया, गौचनजस्ता गीतहरू हराई सकेका छन् । संस्कृति हराए जाति हराउँछ । गुरूङ लाहुरेहरू पहिलो, दोस्रो, तेस्रो रजछुट्टीमा आउँदा गुरूङगाउँ नृत्य, गीत, बाजा र खानपानले रनक्क हुन्थ्यो । अहिले शहरी प्रभाव परेर यो नाच मासिने स्थितिमा पुगेको देखिन्छ।

(१६९) कौरा नाच :- मनोरञ्जनपूर्ण कौरानाचमा कुमार, कुमारीहरू नाच्ने हुनाले कुमार कटुवा भन्दाभन्दै कौरा भएको ठानिन्छ । यसलाई कतै चुट्‌का नाच पनि भनिन्छ। कौरा नाच निश्चित समयमा र बाह्रै महिनामा पनि नाच्ने गरिन्छ । प्रायः शिवरात्रीमा कोरा शुरू गरी या वसन्तपञ्चमीमा नाची गङ्गादशहरा जेष्ठ शुक्लदशमीमा विसर्जन गर्ने चलन छ । शुरूमा गीतले देवीदेवताको वन्दना गर्नुलाई बन्धन लिने भनिन्छ । कौरा आषाढ पूर्णिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, मानपदवी पाएमा, पुत्रप्राप्ति भएमा नाच लगाउने गरिन्छ । त्यसरी देवीदेवताको नम लिएर गाउँदा झाँक आउने या देवीदेवता आङमा चढ्ने हुन सक्छ । त्यस्तो भएमा गुरूबा, लामा, धामीझाँक्रीले नाचेर फुकाउने गर्दछन् ।

त्यति गरेर झाँक आउनेको शिरमा स्पर्श गरेपछि स्वतः हराउँछ । कौरामा खैजडी र मुजुरा नै मूल बाजा हुन्छन् र बेलाबेलामा तालसुर काट्‌ने, लम्ब्याउने, छोट्याउने गर्नु पर्ने नियम हुन्छ । बाजाको तालमा नटनटी नाच्दछन् । बाजा युवाहरू/पुरुषहरूले बजाउँछन् । युवतीहरू नाच्ने गाउने गर्दछन् । यसमा साहित्यका नववटै रसहरू भरिएका हुन्छन् । कौरामा एक गाउँबाट अर्को गाउँमा नाच्न जाने चलन छ । त्यसरी जाँदा भोजको आयोजना गरिएको हुन्छ । युवतीहरूले पुरुषलाई राम्ररी खुवाउने र पुरुषहरूले युवतीहरूलाई कपडा (रूमाल, टोपी) पैसा तिनुपर्छ या पुरूष पनि सँगै नाच्नुपर्छ । विसर्जनमा बाजासाथ धुपबत्ती गर्नुपर्दछ ।

(१७०) मारूनी नाच :-  मगर समुदायमा बाहै महिना आयोजना गरिने यो नाचलाई मारूनी नाच भनिन्छ ।

( १७१) सिँगारू नाच :- कर्णाली अञ्चलको डोल्पा, राप्ती अञ्चलको रूकुम, रोल्पा, सल्यान र भेरी अञ्चलको जाजरकोट जिल्लामा प्रचलित नृत्य हो यो

(१७२) यौनिच नाच :-  फागु पूर्णिमाको दिन मगरले गाउने गीतलाई यौनिच भनिन्छ । यस नाचलाई वसन्तपञ्चमीका दिन जगाइन्छ र त्यसैरात सबै मगर कोलमा जम्मा हुन्छन् । त्यो बेला कोलका बियाँ, ढिकुवा, पाखुरा जोडेर कोलको पूजा गरेपछि नाचगान गरिन्छ । यसमा अश्लील गीतहरू पनि गाइन्छ। यसरी जगाएको गीत र नाच फागु पूर्णिमाको २ दिनपूर्व उल्टो गीत भनी रामायण महाभारतको कथामा आधारित गीतहरू गाइन्छ । फागुमा गरिने नाचमा युवायुवती, बूढापाका एक आपसमा लड्डठ्ठो बाँधेर घरघर आँगन आँगनमा नाच्दै हिँड्दछन् । यो नाचको गीतबाहेक बीचमा चुट्‌का पनि गाइन्छ । यस बेला मादल, मुजुरा, झुर्मा बजाइन्छ । फागुको भोलिपल्ट यो नाच सेलाइन्छ । यसलाई चीरजोकै भनिन्छ र फागु खेल्ने जाति एकठाउँमा जम्मा भई झरेका पातहरू जम्मा पारी नाच सेलाउने मण्डप बनाउँछन् । त्यही कुखुराको चल्लालाई पातको मण्डपमा आगो बाली त्यसै माथि फालिदिन्छन् । अनि अश्लिल गीत गाउन शुरू हुन्छ । डढेको चल्लालाई आगोबाट झिकेर महाभारतको गीत गाउँदै आपसमा चल्लाको नेग बाँडेर खाने गर्छन् । अन्तमा मण्डपको भष्मको टीका लगाएर त्यो यौनिच नाच समाप्त गरिन्छ ।

(१७३) सोरठी :-  मगरहरूको सामूहिक नाच सोरठी हो । सोरठीको अभिनय, ताल, लय, सुर, कथावस्तुअनुसार फरक हुन्छ । ठाउँ हेरी नाचन्या, नचरी करङनाच, पाङ्दुरे नाचजस्ता धेरै नामले सोरठीलाई जनाउँछ । किनभने ती सबैको कथावस्तु एकै हुन्छ । यसको चलन कुन बेलादेखि चल्यो भन्ने ठोस आधार नभए पनि मगरको पहिचान सोरठी पनि मानिन्छ । सोरठी मगर संस्कृति मात्र नभई नेपाली संस्कृतिको अभिन्न अङ्ग पनि मानिन्छ । मगर भाषाको 'श्राङ्दी' सोरठीको माउ शब्द भन्ने उल्लेख पाइएको छ जसका १६ ताल र १६ हाँगा हुन्छन् । सोरठीको गुरूलाई मगर कुरामा रौरा पनि भनिन्छ । १६ हाँगाको अर्थ सोह्रसंस्कार हो। रानी गर्भवती भएदेखि बालक जन्मिदासम्मको संस्कार खण्डलाई लोकगीतमा ढालेको र नृत्यमा ल्याएको पाइन्छ । सबै मगर र गुरूङमा सोरठी लोकप्रिय भइआएको छ ।

   कृष्णचरित्रको सोरठी कृष्णष्टमीबाट त्यस्तै दसैं, तिहार, विवाह, ब्रतबन्ध, जात्रा, मेलामा सोरठी गाइन्छ । नाचेर दर्शकलाई मन्त्रमुग्ध पारिन्छ । गृहप्रबेश, पुत्रप्राप्तिजस्ता खुशियालीमा पूर्वीय सोरठी नाचगानबजान गरिन्छ। यसका पात्रहरूमा जब सिधै राजा हेमन्तरानी, सोरठीरानी, विजयजैशी, सोध्यानी, कटुवाले आदि रहेका हुन्छन् । कथा सौतेली झगडा र षड्यन्त्रबाट आरम्भ हुन्छ । वियोगान्त यसको कथावस्तु हो । यस नाचमा बजाइने मादल, परालको खरानी र गहुँको पीठको खरी, मृगको छालालाई श्रीखण्डको एकातिर फुकेको, अर्कोतिर केही सुकेको पुङमाङ काठमा छालाका तुनालोतीले कसेर मादल बनाइन्छ । २ वटा मादल सोरठीनाचमा प्रयोग गरिन्छ र जगेडा राखिन्छन् । मादलसँगै झ्याली, झ्याम्टा, कुर्मा, मुजुरा, घमौरी आदि बजाउने गरिएको पाइन्छ ।

सोरठीका गिताङ्गेहरू रौरा गुरुवा, विशेषज्ञ, मूलकर्ता संरक्षक हुन्छ भने रौराको गीत छोप्ने र गीतको नेतृत्व गर्नेहरू गुहया हुन् । गीतगाउने मण्डलीलाई गरा भनिन्छ । त्यसैगरी नृत्य मण्डलीमा किशोरकिशोरी मारूनीका रूपमा हुन्छन् । पुरुष मोखऱ्यालाई पुर्युगे र मादल बजाउँदै, नाच्दै, गाउँदै हास्यव्यङ्ग्यय प्रदर्शन गर्ने मादले पनि यस नाचमा सहभागी हुन्छन् ।                  मगरहरूको सोरठी धार्मिक र सामाजिक नृत्य हो । यसको आफ्‌नै मौलिक विधि विधान छ । जेठाबाठा मिझारहरूले काला रातमा जगाउने, देवी बाँध्ने, बन्धन लिने परम्परा छ ।

(१७४) नचनच्वा नाच :-  प्रदेश नं. ५ का थारू समुदायले शुभअवसरमा नाच्ने नाच होयो । विवाह, अन्नबाली थन्क्याउने अवसर, या अन्य कुनै पनि खुसीको उत्सवको अवसरमा महिला पुरुषहरू युगल वा एकल रूपमा नाचिने छोझा, झुम्रा, महोट्या र हुरडुड्या नृत्यलाई समग्रमा नचनच्वा नृत्य भनिन्छ । यस नाचको ताल, मुद्रा गीतको बोल, वाद्यवादनको ताल फरकफरक हुन्छ ।

(१७५) मघोटा नृत्य :- थारू समुदायले माघ अर्थात् मकर सङ्क्रान्तिको उपलक्ष्यमा नाचिने नृत्यलाई मघौटा नृत्य भनिन्छ । यस नृत्यको ताल, मुद्रा, मादलको ताल र गीतको बोल नचनच्वा नृत्यको तात्त्विकताभन्दा पृथक हुन्छ ।

(१७६) वर्का नाच :- नेपालका प्रदर्शनकारी कला, प्रादेशिक अनुसल्यान थारू महाभारत अर्थात् बर्कीमारको कथामा आधारित गीतमा गुरुवाहरू र पुरुषहरूद्वारा नाचिने नृत्यलाई वर्का नाच भनिन्छ । देउखुरीमा भने दाङको पैयाँ नृत्यलाई वर्का नाच भनिन्छ ।

(१७७) सख्या नाच :- दसैंको उपलक्ष्यमा भाद्रमा गरिने 'हात्या गुरै अनुष्ठानदेखि डेवारी अर्थात् तिहारको पूर्वसन्ध्यासम्म थारू युवायुवतीद्वारा नाचिने नृत्यलाई सख्या र पैयाँ नृत्य भनिन्छ । पैयाँ नृत्य रीति र अगिती हुन्छन् । पैया २२ ताल (ख्वाट) मा नाचिन्छ भन्ने भनाइ छ । तर २२ ताल पैयाँ ताल दुर्गम छ । पैयाँहरूमध्येमा राना पैयाँ सबभन्दा महत्त्वपूर्ण लाग्छ । 

 ( १७८) ढोलहा नाच :-  थारू समुदायको विवाहको अवसरमा वीर रसमा आधारित विशेष प्रकारले नाचिने नाच हो यो। एक जना वाद्य वादकले बजाएको ढोलको तालमा जामा लाएको, हातमा तरबार लिएको पुरूष नर्तकले विभिन्न मुद्रामा यो नृत्य गर्दछ । सभ्यकालसम्म रहेको स्वयंवर प्रथामा कन्याका लागि युद्ध हुन्थ्यो । द्वापर युगमा रूविमणि हरण यसको उदाहरण हो । त्यही स्मृतिको प्रतीक हो यो ।

(१७९) कठघोरीक नाच :- बाँसको घोडा र काठको हात्तीलाई आफ्‌नो काँधमा बोकेर नचनच्वा नृत्यमा बजाइने मादलको तालमा थारू महिला र पुरुषद्वारा युगत्व रूपमा नाच्ने नृत्यलाई कठघोरिक नाच भनिन्छ । तमिल संस्कृतिमा यस नृत्यलाई काल कोय कुट्ट पुडिनम भनिन्छ ।

(१८०) मातीक पेड नृत्य :-   कैलाली जिल्ला पवेरा, जण्दहवा गाउँमा चालीस वर्ष पहिले नाचिने यो नृत्य हाल लोपोन्मख छ । यो नृत्य रातभरि नाचिन्थ्यो ।

(१८१) लालझुत्रिक नृत्य :- कैलाली जिल्लाको पवेरा गा.वि.सं. को जण्दहवा गाउँमा सशस्त्र द्वन्द्वभन्दा पहिलेसम्म नाचिने यो नृत्य हाल लोपोन्मुख छ । यस नृत्यमा थारू लोकरामायण गाइनुका साथै अभिनय गरिन्छ। यो नृत्य रातभरि नाचिन्थ्यो ।

                    कर्णाली प्रदेस (  प्रदेश नम्बर  ६)

     लोकवासीद्वारा स्वतस्फुर्त रूपमा प्रस्ततु गरिने कलात्मक साङ्गीतिक अभिनयलाई लोकनृत्य भनिन्छ । यस प्रकारको लोकनृत्यमा कुनै तालिम वा शास्त्रीय नियमको आवश्यकता पर्दैन । विशेष प्रकारको चाडपर्व, मेलाजात्रा पूजाआजा, विवाह, ब्रतबन्ध आदिका समयमा, प्रस्तुत गरिने लोकगीत र बजाइने लोकबाजाको धुनमा जनसाधारणहरु उफ्री उफ्री लोकनृत्य गरेको पाइन्छ । जब लोकगीत गाइन सुरू हुन्छ र लोकबाजा धन्कन थाल्छ, त्यसपछि लोकनृत्यमा ज्ञान भएका व्यक्तिहरु स्वतस्फूर्त रूपमा नाच्न सुरू गर्दछन् । यस प्रकारका लोकनृत्यहरु यस प्रदेशमा परापूर्व कालदेखि प्रदर्शन गरिदै आएको पाइन । दैलेखका लोकनृत्य :- दैलेख जिल्लामा धेरै प्रकारका लोक नृत्यहरु अस्तित्वमा रहेको पाइन्छ । ती नृत्यहरुमध्ये केही नृत्यहरुको चर्चा यहाँ गरिन्छ ।

दैलेख घराना

( १८२) पैचेरीनाच पैचेरी: पैचेरीनाच :- नेपालको कर्णाली प्रदेश अत्तर्गतका दैलेख जिल्लाको पूर्वी भू-भाग तथा जाजरकोट जिल्लाको पश्चिम भू-भागमा नाचिने प्रचलित नाच हो। यस नाचका पैचन (घाँगर) अनिवार्य रूपमा लगाएर नाच्नु पर्दछ । पैचेरी शब्दको व्यत्पतिमूलक अर्थलाई हेर्दा पैचन + एरी मिलेर पैचेरी बन्न गएको हो । यसको अर्थ पैचन धारीहरुको नाच भन्ने नै हुन्छ । यो नाच गीत रहित दमाह वा मादलको तालमा हाउभाउका माध्यमले कलाप्रदान गरेर नाचिन्छ । यस नाचलाई पैचेरी पैसेरी लहरे नाचर राउटे नाच र खेल भनेर पनि चिनिन्छ । विशेष गरेर यसको प्रचलित नाम भने पैचेरी नै नामले प्रचलित भएको पाइन्छ ।

यस नाचको नाम पैचेरी कसरी रहन गयो भन्ने विषयमा यो नाच नाच्ने क्षेत्रका आगुवा तथा जानकारहरुलाई बुझ्दा उनीहरुको मत यसप्रकार रहेको छ । पैचन लगाएर नाच्ने नाच भएकाले यसको नाम पैचेरी रहेको हो। (चन्द्रप्रसाद उपाध्याय, भगवती माइ गाउँपालिका)

यो बिशेष गरेर ठकुरी र क्षेत्रीहरुले नाच्ने नाच भएको र जसका माध्यमद्वारा क्षेत्री ठकुरीको पहिचान हुने भएकाले पहिचान प्रदान गर्ने नाच अप्रभंश हुँदै पैचेरी बनेको हो । (नरेन्द्रबहादुर शाही, भगवती माई गाउँपालिका)                                बाजालाई पयाना भनिन्छ । यै पयानाका तालमा नाच्ने नाच भएकाले पयाना नाचबाटपछि आएर पैचेरी बनेको हो। (नरेन्द्रबहादुर शाही, भगवती माई गाउँपालिका)

यी सबै खाले बिचारलाई केलाउँदा यो नाच विशेष गरेर खुट्टामा पैचन लगाएर नाच्ने र त्यसको तालको नै बढी महत्त्व हुने भएकाले यसको वास्तविक नाम पैचेरी वा पैचन लगाएर नाच्ने सबैभन्दा उपयुक्त देखिन्छ ।                                         यस नाचको थालनी कहिले र कहाँबाट प्रारम्भ भयो भन्ने बिर्खेयामा लिखित प्रमाण नमिले तापनि श्रुतिपरम्पराअनुसार बाइसे चौबिसे राज्यमा राजाहरुले आफ्‌नो दरबारमा आफ्‌ना सबै प्रजालाई बोलायर मनोरञ्जन लिने र सबैलाई मनोरञ्जन प्रदान गर्ने हिशाबले यो पैचेरी नाचको प्रारम्भ भएको हो (नरेन्द्रबहादुर शाही, भगवतीमाई गाउँपालिका) भन्ने भनाइ छ भने कतिले पहिला राउटेहरु जङ्गलमा बस्दा यो नाच नाच्ने गर्थे । त्यसैलाई पछि आएर अरूले पनि नाच्न थालेको हो । यो नाचपछि मुखिया, जिम्मोल आदि मान्य जनका घरमा खेल्ने परम्परा थियो भने हाल बिशेष गरेर छैटी न्वारन र मेला/जात्रामा नाचिन्छ । (रामबहादुर शाही, भगवतीमाई गाउँपालिका) यो नाच राउटेहरूले पनि आफ्‌नो मनोरञ्जनको साधन बनाएर दैलेख र अन्य ठाउँमा भएका महोत्सवमा पनि देखाएको पाउन सकिन्छ ।

यो नाच नाच्दा बिशेष गरेर पैचन र दमाह वा मादलको आवश्यकता पर्दछ भने यसका साथै पोशाकको पनि त्यतिकै महत्त्व छ । यो नाचमा दौरा, सुरूवाल, आस्कोट, टोपी, जुत्ता लगाएर नाच्ने प्रचलन छ । यसको पालना आफ्‌नो गाउँमा नभए तापनि त्यहाँ बाहिर जादा यसको पालना गरेको पाइन्छ । एकैनाशे पोशाक लगाएर लहरै लागेर नाच्ने भएकाले यसको नाम लहरे नाचले पनि चिनिन्छ । यसमा सबैभन्दा अगाडि अगुवा हुन्छ त्यसको पछि अर्को सहायक अगुवा हुन्छ । यसले अगुवालाई सगाउने काम गर्दछ । मादल वा गाउनेले मादल बजाउने तथा दमाह नचाउने हुन्छ । भनेपछि का सबै नाच्नेहरुले अगुवाले जे गर्छ त्यसैकोअनुसार गर्ने गर्दछन् । यो खेलका नाच भन्ने बिखर्खायमा निम्न मत देखिय तापनि मुख्यत यो नाचका रूपले नै चिनिन्छ । यो नाच मुख्यतया पुरुषले मात्र नाच नाच्ने भएतापनि हाल महिलाहरुले पनि नाच नाच्ने गरेको पाइन्छ ।

यो नाच नाच्नका लागी कम्तीमा दशजनाको र बढीमा पचास-साठी जना पनि हुन्छन् । (मानबहादर सिंह, भगवतीमाई गाउँपालिका) धेरै खेलाडी र धेरै ठाउँ भएका ठाउँमा दुई, तीन र चार द्वारा भएर खेलिन्छ । यो नाच मुख्यतया दिनभरि आफ्‌नो काम धन्दा सकेर राति नाचिने नाच हो। हाल आएर सामजिक बिकृतिका कारण रातिनभएर दिउसो पनि नाच्ने गरेको पाइन्छ । यस नाचमा अगुवा र सहायक अगुवाको भूमिका बढी हुन्छ भने अन्यको पनि भूमिका त्यतिकै रहेको हुन्छ । यस नाचको विभिन्न चरणहरु हुने गर्दछ जसमा यो मुख्यगरेर आठचरण खेलिन्छन् । (प्रेमबहादुर शाही, भगवतीमाई गाउपालिका) ती यसप्रकार छन् ।

. गुरू पैचेरी-यो प्रारम्भिक वा सुरूवातमा नाचिने नाच हो ।

. एक हाते पैचेरी-एकहातले मात्र अभिनय गरिने पैचेरी

. दुइहाते पैचेरी-दुवैहातद्वारा अभिनय गरेर नाच्ने पैचेरी

. तीनहाते पैचेरी-आफ्‌नो जोडि बनाउने र जोडीका साथ नाच्ने पैचेरी

. अघिपछि पैचेरी-यसलाई चारहाते पैचेरी भनिन्छ ।

. आमुन्ने सामुन्ने पैचेरी

. गजामौरो (मौरोले आउँदा जाँदा वनाएको लाइन जस्तो नाच्ने पैचेरी)

. घिइडो यो अन्त्यमा प्रदर्शन गर्ने नाच हो ।

पैचरी नाच आठ प्रकारका भए तापनि ठाउँ परिवेशअनुसार धेरै र थोरै प्रकारका पनि हुन्छ । यो नाच अन्य ठाउँको भन्दा रूकुममा विशेष खेलिन्छ भन्ने भनाइ पनि सुन्न पाइन्छ । पैचेरी नाच विशेष गरेर बाइसे चौबिसे राज्यकालदेखि नाच्दै आएको नाच हो । सम्य मानिसदेखि जङगली अवस्थाका राउटे जातिले पनि नाच्दै आएको नाच हो । यो नाचले थुप्रै इतिहास र भनोरञ्जन प्रदान गरेतापनि यसको शाब्दिक अर्थ शब्दकोशमा पनि नभएको र यसको खोज विशेष महत्त्वका साथ अनुसन्धान नभएकाले यसको महत्त्व ओझेल परेको हो । यस नाचलाई बिशेष महत्त्वका साथ अनुसन्धानको विषय बनाएर अव्ययन गरिएमा यसको अझै गरिमा तथा महत्त्व बढ़ने र नेपाली लोकसाहित्यका फाँट फराकिलो हुने देखिन्छ ।             

 नरेन्द्रराज उपाध्याय (आचार्य), उपप्राध्यापक, नारायण क्यामपस रामपुर, दैलेख

(१८३) सिंगारू नाच :- मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत भेरी अञ्चलको सुर्खेत जिल्ला एक चर्चित जिल्ला हो । सुर्खेतको पूर्वी भागको सिम्तादरा एक चर्चित नाम हो । तत्कालीन अवस्थामा ८ वटा गा.वि.स हरु रहेको सिम्ता दरा नयाँ संरचनाअन्तर्गत सिम्ता गाउँपालिका हो । सिम्ता सुन्दर शान्त मनोरमले, भरिपूर्ण ईलाका हो। परापूर्वकालदेखिनै सिंगारू, पैचेरी, लहेरे नाचले चर्चित सिम्तादरामा सबैभन्दा चर्चित नाच सिंगारू हो। क्रमश सबै गाउँमा विशेष गरी तिहार पर्वमा विभिन्न धार्मिक पुर्जाआजामा यो नाच नाच्ने गरिन्छ ।

यो नाच पहिला पहिला केटा मान्छे अर्थात् सारी चोलो लगाएर नाच्ने भएकाले पनि यसलाई सिँगारू नाच भनिएको हुनसक्छ । हाल आएर केटाकेटी दुबै मिलेर युगल नाचको रूपमा नाचिने गरिन्छ । त्यसैले आजकाल केटाकेटी दुबै जोडी मिलाएर नाच्ने भएकाले केटा मान्छेले त्यति सिंगारीरहनु नर्पर्ने स्थिति आउँछ । तर यदि केटा मान्छे मात्र नाच्ने स्थितिमा अझै पनि सिँगारिएर नाच्ने गरिन्छ। यो नाज एक जना अगुवाको इसारामा आँखाको स‌ङ्केत तथा हातको सङ्केतबाट दोस्रो तेस्रो व्यक्ति नाच्ने गरिन्छ । यस नाचको निम्ति प्रमुख बाजाहरुमा मादल, ट्याम्को, मुरली, झ्याली, पैसरी लगायतका बाजाहरु हुने गर्छन भने नृत्यकारले चाँप वा पैचन लगाउने चलन छ । यो नाच नाच्दा बेलाबेलामा आराम गर्ने (बिसाउने) चलन छ । बिसाई मार्ने बेलमा गीत उठाउने चलन छ । त्यसबेलामा मादल मात्र एकापट्टीको ताल (तौउताउँ) बजाउने चलन छ । अन्य बाजाहरु बन्द गरिन्छन । बाजाहरुमा प्रमुख मादल नै हुने गर्छ। मादलको इसारमा अन्य बाजाहरु बजाइन्छ । यो नाच सुर्खेतको सिम्ता क्षेत्र, रुकुमको चौरजहारी, सल्यानको वनगाउँ क्षेत्र, जाजरकोटको पश्चिमेली क्षेत्र र दैलेखको पूर्वी क्षेत्रमा विशेष गरी नाच्ने चलन छ । नृत्यकारले आराम गरेको बेला मात्र गीत गाउने चलन छ । गीत सकिनेबित्तिकै नृत्यकारहरु नाच्न थाल्छन् । प्रायः गाउने मान्छेले कुनै न कुनै बाजा बजाउने गर्छन वा खाली गीत गाउने मात्र पनि समूहसँगै हुन्छन् । यो समूहमा नाचिने र थरिथरिका बाजा हुने भएकाले कम्तीमा पाँच जना वाद्यवादक टोली हुने गर्छन । यस नाचका क्रममा गाइने केही गीतका झलक यस्ता छन् ।

झ्याली लैजाउ पैचन लैजाउ सुवाघाटका मेला

सबै सँगी हाँसखेल गर्यौ भेटभएका बेला ।

सिम्ता दरा चिसो पानी खाइजाउँ खाइजाउँ लाग्छ ।

यस्ती राम्री मायालुलाई लैजाउ लैजाउ लाग्छ ।

यसै गरी रूकुमतिर सानी पीप्ली मेला भनेर गाइन्छ । यो नाच धेरै लमो समयसम्म नाचिन्छ । चाडपर्व मेलापर्वमा पुजाआजामा रातभरि नाचिने चलन छ । प्रायः तिहारमा कम्तीमा ५ दिनसम्म घरघरमा गएर नाच्ने गरिन्छ। तिहारमा हरेक घरबाट दक्षिणा र सेलरोटी वा अन्य खाने पदाथ दिने चलन छ । हाल आएर तिहारमा मैलो देउसी खेल्ने चलन भए तापनि पुराना र अलि सीप भएका कलाकारले मात्र यो नाच नाच्ने चलन छ । मादलको तालमा अर्थात् अगुवामा सबै बाजाहरु बजाउने र त्यही बाजाहरुको तालमा लामो समयसम्म नाच्ने गरिन्छ । नृत्यकारले उत्तानो परि रूपियों पैसा मुखले टिप्ने चलन पनि छ । पहिला पहिला यसलाई सिम्तानी नाचको राजा भनिन्थ्यो । धेरै छिटो र लामो समयसम्म नाचिरहनु पर्ने भएकाले बेलाबेलमा पानी पिउनु पर्ने खाजा खानुपर्ने र नाच्नु पर्ने स्थिति आउँछ। धेरै सीप लगाएर मादलको विभिन्न तालमा नाच्नु पर्ने भएकाले सबै मान्छेलाई यो नाच नाच्न गाहो पर्छ । यो नाचले दर्शकलाई निक्कै आकर्षित गर्छ । बूढाबूढीदेखि बालकसम्मले मन पराउने यो नाज दैलेख पूर्वी क्षेत्रको उतकृष्ट एवम् सबैले मन पराउने नाच हो । ओम बहादुर वली

( १८४) बर्खेमेला र लाखे नाच :- दैलेखमा बर्खेमेला कहिले र कसको पालादेखि सुरु गरिएको हो भन्नेबारे खासै त्यस्तो दरिलो प्रमाण नभेटिय पनि जनश्रुतीअनुसार दैलेख बाइसे चौबिसे राज्यको बेलामा पश्चिमको शक्तिशाली राज्य जुम्लाको शीतकालीन राजधानी दैलेख भएको कारणले पनि जुम्लाको सिंजाबाट बिस्तारै दैलेखमा पनि बर्सेमेला सुरुवात गर्न थालिएको भन्ने तर्क एक थरिको छ भने अर्को थरिको तर्कअनुसार दैलेखको यस डाँडामा जम्मा ७० घर धुरीमात्र रहेको र तिनी घर घुरीहरुले प्रत्येक वर्ष हरिशयानी एकादशीबाट हरिबोधनी एकादशीसम्म मेला देखाए वाफत स्थानीयबासीहरूलाई पर जग्गा कर मिनाहा हुने सरकारी हुकुम आएपछि तत्कालीन बडाहाकिमले यस प्रथालाई कडाइका साथ सञ्चालन गरेको र हालसम्म पनि सञ्चाल हुँदै आएको देखिन्छ । बिशेष गरेर नेवार समुदायले मनाउने भनिए तापनि यो विशुद्ध रूपमा हिन्दु धर्मसँग प्रत्यक्ष सम्बन्ध राख्ने एक अनुष्ठान नै हो। तथापि दैलेखमा सदियौदेखि निकालिँदै आएको यस बर्खे गेलालाई परिस्कृत पार्नका लागि नेवास समुदायको उल्लेखिए भूमिका रहेको छ । दैलेखमा नेवार समुदायको उपस्थिति करिब १६०-१८० वर्ष पुरानो देखिन्छ भने वैलेखमा बर्खे मेलाको इतिहास त्योभन्दा पनि पुरानो देखिन्छ । हाल यो वर्खे मेला सबै समुदायको लागि लोकप्रिय रहेको छ । त्यस समयमा विशेष गरेर कसाईहरुलाई प्रत्येक घरबाट ननिस्कनेलाई जरिमाना लगाइने गरिन्थ्यो। हो त्यही जरिवानाबाट बच्नको लागि सम्पूर्ण समुदायहरूले बर्खे मेला देखाएबाफत घर जग्गा कर मिनाहा हुने भएपछि यो बर्खे मेलाले बिस्तृत रूपमा सञ्चालन हुने अवसर पाएको हो भन्ने कथन पाइन्छ । त्यस समयमा मेला बजारमा मात्र निकालेर हुँदैनथ्यो । मेला बजार परिक्रमा गराएर बडाहाकिम बस्ने भवन (गौडा) लग्नु पर्ने र नाच्नु पर्ने, खुशी बनाउनु पर्ने हन्थ्यो नत्र भने कर मिनाहा हुँदैनथ्यो ।

भुरे टाकुरे बाइसे चौबिसे राजाहरूले वर्षादको समयमा वर्खे खेती लगाई सकेपछि लोकन्थली मेला साउनको महिनाको एक गते लुतो पुतो फाल्ने र हिलो महिलोबाट फुर्सद निकालेर सबै एकै ठाउँमा जम्मा हुने गर्दथे । त्यस बेला राजाको अगाडि आफ्‌नो शक्ति प्रदर्शन गर्ने, कुस्ती खेलाउने, र हात पछाडि बाँध्ने अनि विभिन्न रङ्ग मिसाइएको कमेरोको घोल भएको भाँडामा पैसा राखिदिने र मुखले झिक्न लागाउने गरिन्थ्यो । जसले पैसा मुखले टिपेर ल्याउन सक्थ्यो उसलाई सम्मान गरिन्थ्यो । यसै क्रममा जसरी रङ्गको घोलमा अनुहार डुवाएर निकालिन्थ्यो त्यसपछि तिनी व्यक्तिहरुको अनुहार हेरेर एक अर्कामा उपस्थित मानिसहरु हाँस्ने गर्दथे । यो प्रत्येक वर्ष यसरी नै मनाइने गरिन्थ्यो । क्रमशः यो मेला हालसम्म पनि मनाइँदै आएको पाइन्छ । यसर्थ यो वर्खे मेलाको इतिहास ३०० वर्षभन्दा पुरानो देखिन्छ । नेपाल एकीकरण अभियानमा बहादुर शाहको फौजसँग बेलासपुरे राजाको फौजसँगको दोस्रो युद्ध हारेपछि बेलासपुर राज्य वर्तमान नेपालमा बिलय हुन गयो ।

जब नेपाल एकीकरण भयो त्यसपछि दैलेखमा बहादुर शाहको फौजमा आएका केही ब्यक्ति यतै बसेको र केही फाकिएको देखिन्छ । विशाल नेपालमा बेलासपुर राज्य बिलय भएपश्चात् जिल्लालाई सञ्चालन गर्नको लागि बडाहाकिमद्वारा विभिन्न जातजातिको यस दैलेख डाँडामा बस्ती बसालेको इतिहास पाइन्छ । यसै क्रममा हालको वज्रभैरव मन्दिरदेखि बटुक भैरव मन्दिरसम्मको हालको ध्रुवतारा एफ एमदेखि लोकतान्त्रिक चोक आसपास) क्षेत्रमा सुनारहरुको बस्ती, बटुक भैरवदेखि नारायण मन्दिरसम्मको क्षेत्रमा नेवारहरु, नारायण मन्दिरबाट हालको कारागार (झ्यालखाना) सम्मको कोतगढिको पूर्वी फेरो भागमा दर्जीहरु, हालको कारागारदेखि भगवती मन्दिरसम्मको भागमा कसाईहरु, भगवती मन्दिरबाट दक्षिण पट्टीको भागको पूर्व पाटोमा चमार, पश्चिम भागमा गन्धर्व, हालको गढी भगवती टोलदेखि माथिको डाँडा (बारूद थान) त्यस क्षेत्रमा कामी, हालको टडिखेल धारा माथि र अदालतको आसपासको क्षेत्रमा बादी, हालको कुसाडा गाउँमा चुरेटे समुदायहरुको व्यवस्थित बसोवास सुरू गरिएको इतिहास स्थाथानीय बृद्ध दुर्गे सुनार बताउँछन् ।

जाजरकोट घरना

( १८५) गाउने पैसेरी (ख्याली नाच) :- लोकसाहित्यको अत्यन्तै लोकप्रिय मानिएको विधा लोकनृत्य जाजरकोटका गाउँघरमा पर्वोत्सव र शुभकार्यको उपलक्ष्यमा नाचिन्छ । आजको आधुनिकताले परम्परालाई भुल्ने र ओझेलमा पार्न खोजेको देखिन्छ तर जतिसुकै आधुनिकता भने पनि आधुनिकतालाई जन्मदिने तिनै पुराना, थोत्रा आमाबुवा हुन्छन् । त्यो कुरा हामी नयाँ भनिने पक्षले ख्याल राख्नु जरूरी छ । कहिले पनि परम्परामा टेकेर आएको आधुनिकताले आफू आएको बाटोलाई महसुस गर्न सकेन भने त्यो आफैमा अर्थहीन, जननी विहीन तथा टुहुरो हुन्छ ।

जाजरकोटको पाखापखेरामा युगौंदेखि बसोबास गर्दै आएको जनसमुदायको महत्त्वपूर्ण पर्व, तिहार, दसैं, भदौपूर्णि, जेठपूर्णि, मेलामा र देवताका थान (मन्दिर) अनि पास्नी छैटीहरूमा यो नाच नाँनिन्छ । विशेष गरी बूढापाकादेखि तन्नेरीहरुसम्म लामबद्ध भएर गीत र मादलको तालमा एक साथ नाच्दाको दृश्य बडो मनोरम देखिन्छ । सबैभन्दा अगाडि मादले, त्यसपछि अगुवा रहन्छ र बाजाहरुमा ट्याम्को (कुटकुटे) भ्याली र खुट्टामा नेवर रहन्छन् । यो नाच दस जनादेखि साठी जनासम्मको लहर गोलो भएर नाच्दछन् । कम्मर मर्काउँदै हात र खुट्टा नचाउँदै नाचिने यो नाचमा बूढाहरु निकै सुरिएर नाच्छन् । एकछिनको वातावरण मनमोहक हुन्छ । यो नाचको भेषभूषा सेर्ता दौरा सुरुवाल, कालोकोट, टाउँकोमा पगडी (फेटा) खुट्टामा नेवर (सेलरोटी आकारको खुट्टामा लगाउने बाजा) हुन्छ भने बाजाहरुमाः मादल, दुई वटा कुटकुट, एकजोर भ्‌याली र प्रतिव्यक्ति एक जोर नेवर हुनु राम्रो हुन्छ ।

मादलेको तालअनुसार अगुवाले आफ्‌नो हात, खुट्टा र शरीरको हाउभाउलाई प्रदर्शन गर्दछ र त्यहीअनुसार पछाडिका नृत्यकारहरु हाउभाउ मिलाएर नाच्दछन् । नेवरको स्याँइ स्याँइ आवाजले दर्शकको ध्यान नाचतिर केन्द्रित हुन्छ। अगुवाले ठूलो स्वरमा हो भैया हो भन्ने लामो स्वरसँगै हातहरु नचाउन शुरू गर्छ र त्यहीअनुसार सबै नृत्यकारहरु नाच्दछन् । कवाज जस्तै सबैका हात माथि, कम्मरमा, भुइँमा र त्यस्तै खुट्टाहरु पनि नचाउँदै जान्छन् । अगुवाको तालमा नाच्नुपर्छ । तर नाचको लहरमा पछाडितिर स-साना सिकारू केटाकेटीले गल्ती गरेपनि केही मानिन्न एक फन्को मादलको तालमा नाची सकेपछि मादल विस्तारै रोकिन्छ र गोलो घेराको बिचबाट चार जनाले गीत शुरू गर्छन् । गीत गाउनको लागि एउटा समूह नै हुन्छ र नृत्यको एक फन्का लगाउन्जेल एउटा गीत मात्र गाउनुपर्ने हुन्छ । केही ख्याली नाचका गीतहरु यहाँ प्रस्तुत गरिन्छ :

आकाशैमा बादलु झिलीमिली गर्छ

नहाल भाइलु मसुरीको दाई

भेट गर्नेले भेट गरेल होई

अव भेटु फेरि हुन्या नाई

डाडाँमा पिपलु घुँइरो घुँइरो छायाँ,

बतासले डाली भाँचला

छेउती आईजाऊ मायालु नाना,

भन्या बचन गलि लागला

जहाँ होला सालु वँही होला मालु,

उही होला माहुरीको घार

जान्छ्‌यौ घर मान्छ्‌यौ पोइको माया,

आउँछ्‌यौं माइत पाउछ्‌यौ लोकाचार

      दर्शक भीडबाट केही उठेर अगुवालाई दुबोस्वरूप पैसा टाउकोमा सिउरिदिन्छन् भने कक्कड, चुरोट, बिडी, सौगात पुऱ्याउँछन् । बूढाबूढीहरु पनि मक्ख परी ख्याली नाच हेर्छन् । यसरी तमाम दर्शकको मन जित्न सफल ख्याली नृत्यमा युवा पुस्ताहरुले पनि यसको संरक्षण गर्नु आवश्यक देखिन्छ । पैसेरी नाच स्थानीय चाडपर्वहरुमा लोक नृत्यभित्र पर्दछ । हाल आएर यो ख्याली नृत्य बारेकोट क्षेत्रको रामीडाँडा मेला, काप्ती मेला, सुवाकोट बण्डाला, छुतिपाल्ती, खारी, सक्ला, ऐराडी, लहँ, खगेनकोट, दल्ली, सस्पैंक, कफल्लौं, आदि ठाउँहरुमा नाचिन्छ ।

( १८६) धामी नाचको :- परिचय नेपालको मध्यपश्चिम र सुदूरपश्चिम विकास क्षेत्रमा परापूर्वकालदेखि विभिन्न देवी देवताका नाममा धामीनाच लोकप्रिय रहेको छ । धर्म संस्कार र गाउँठाउँमा चयनका रुपमा प्रचलित धामी नाच ग्रामीण क्षेत्रमा जीवन जिउने आधार नै बनेको छ। ग्रामीण लोक समाजका धामीलाई समाजको अग्रनी व्यक्तित्व मानिन्छ । धामी, देउताले भनेको भाकाकबुलअनुसार आफूलाई सञ्चालन गर्ने बानी व्यवहार गाउँघरमा आज पनि चलन चल्तीमा रहेको छ । उन्नाइसौं शताब्दीसम्म नेपालका ग्रामीण बस्तीहरुमा देउता, धामीले रोगव्याधी निको पार्न, काल कष्ट टार्न सक्छन् भन्ने मान्यताअनुसार लोकसमाजमा धामी, झाँक्रीको विशेष महत्त्व थियो । समय सापेक्ष सामाजिक परिवर्तन र समाजको मागअनुसार धर्म, कर्म लोक समाजमा आउने लोक लय स्वाभाविक रूपमा परिवर्तित हुँदै जान्छ । उही चिज वस्तु समयको अन्तरालपछि फेरिएको अनुहारमा भइदिन्छ । समय परिवेशले आधार, वस्तु उही भए पनि प्रयोग विधि, उपयोगिता, इच्छाचाहनामा आउने आधुनिकताले फरक पारिदिन्छ ।

धामी नाच जाजरकोट जिल्लामा प्रचलित लोकनृत्य तथा लोकनाटक मानिन्छ । परम्परादेखि चलिआएको लोकसंस्कृति गाउँ समाजमा स्थानीय रीतिथितिमा बाँधिएको छ । गाउँघरमा ऐनलाई भन्दा चयनलाई प्रयोजनका निम्ति बढी प्राथमिकता दिइन्छ ।                                                                                             यस सन्दर्भमा एउटा भनाइ पनि छ, 'राजाको ऐनभन्दा दराको चैन ठूला। हुन पनि हो, ऐनकानुनको निर्माण हुनुभन्दा पहिला समाज चैन र आत्म ज्ञानबाट सञ्चालित थियो । चैन र आत्मज्ञानले मान्छेलाई जतिको आदर्श दिन सक्छ । त्यतिको आदर्श ऐननियमले दिन सक्दैन ।

धामी नाचको सम्बन्धमा अहिलेसम्म कुनै लेख, लिखित दस्ताबेज, नभए पनि लोक समाजमा मौखिक आदर्श पहिरेको धामी नाच श्रृति परम्परामा जीवित रहेको छ । लिखित अभिलेख हुन नसकेकै कारणले पनि धामी नाचका पुराना पेजहरु छुटेफुटेका हुनसक्छन् । किनकि आजसम्म लोक समाजमा जतिसुकै इतिहास पार गरी अगाडि बढेको भए पनि सुन्ने र भन्नेको बीचको मौलिकतामा बाँचेको छ धामी नाच । धामी नाचको बारेमा धामीलाई अन्तरवार्ता लिँदा पनि धामी नाचसम्बन्धी प्रष्ट इतिहास भेट्टाउन कठिन छ । यसको खासै कारण यो देखिन्छ कि हाम्रो समाजमा जुन कुरा चलेको छ त्यो कुरालाई जगेर्ना गर्न वा भविष्यमा आज र आजभन्दा पहिलेका इतिहासका पृष्ठहरु चाहिन्छन् भन्ने चेतना अहिले पनि हाम्रो समाजमा पलाएको छैन । धामी, पुजारी, पण्डितहरुलाई देवताको सम्बन्धमा केही कुरा सोध्दा अक्मकाउँछन् । उहाँहरु स्वयमले आफूले र आफ्‌नो बाबु बाजेको पालमा कुन तवरले देउता मान्ने पद्धति थियो त्यस विषयमा गहिरिएर अध्ययन गरेको पाइँदैन । आजको वैज्ञानिक तथा सफ्टवयर, नेटको जमानामा पनि पुराना किम्वदन्ती र इतिहासको उत्तिकै आवश्यकता रहेकोछ । समय र परिवेश जहाँ सुकै पुगे पनि पुराना अवशेष, अस्तुहरुको अध्ययन भने उत्तिकै जरूरत पर्दछ ।

आजको परिवर्तनशील समयमा धामी नाच लोपउन्मुख अवस्थामा रहेको छ । धामी नाचको आजभन्दा पचास वर्ष पहिलेको इतिहासलाई कोट्याउँदा त्यो आदर्श अझ ओजपूर्ण रहेको देखिन्छ । परिवर्तनसँगै केही कुराको थपघट हुनु स्वभाविक हो तर दर्शन र आदर्शमा कलंकित परिवर्तन भावी पिडीको निम्ति घातक हुन्छ । लोकसाहित्यका विभिन्न पाटाहरुमध्ये लोक नृत्य, लोकनाटक एउटा अत्यन्तै लोकप्रिय पाटो हो । समाजमा चलिआएको लोकसाहित्यका अनेक संस्कृतिहरुमा लोकनृत्यलाई सजिलै सबैले ग्रहण गर्न सक्दछन् ।

धामी नाच लोकसाहित्यको एउटा अभिन्न अङ्ग हुँदा हुँदै पनि यसको खोज, अध्ययन तथा अनुसन्धान गर्न सकिएको छैन । जाजरकोट जिल्लामा शताब्दीयौदेखि निरन्तर चलिआएको धामी नाचको अध्ययन अनुसान्धान हुनु अनिवार्य छ । धामी नाचको व्युत्पत्तिदेखि आजसम्मको परिवेशमा यसको शृङ्खलामा आएको उत्तार चढावलाई शोधखोज गरी लिखित अभिलेख बनाउनु आवश्यक देखिन्छ । जसरी लोकसाहित्यका विविध विधालाई क्षेत्रगत स्ममा अध्ययन अनुसन्धान गरिएको छ । त्यसरी नै धामी नाच तथा धामी नाचमा गाइने गीतहरु ठाउँ र क्षेत्र जातजाति भाषाभाषीअनुसार फरक फरक पाइएका छन् ।

समाजमा सचेतना र आदर्श स्थापित गर्नको निम्ति जुनसुकै समाजमा पहिचानयुक्त लिखित अभिलेख हुन जरूरी छ । आगामी नयाँ पुस्तालाई धामी नाचको ऐतिहासिक जानकारी दिनको लागि एउटा लिखित दस्तावेज हन अनिवार्य छ । सचेत तथा बद्धिजिवी व्यक्तित्वले समाजका विविध पक्षको अध्ययन गर्न गराउन कन्जुस्याइँ नगरी निरन्तर खोज तथा अनुसन्धान गर्न अनिवार्य देखिन्छ ।                                                                आफ्‌नै परम्परा र सांस्कृतिलाई अ‌ङ्गाली बसेको उत्तर दिशामा सुन्दर कुशे लेकको, काखमा विराजमान मष्टा देवता मध्यपश्चिम विकास क्षेत्र (प्रदेश नं ६ ) का अधिकांश जनताका आस्थाका दुककुकी हुन् । पैङ्क गा.वि.स. वडा नं. ६ कफल्लों गाउँको बाक्लो रमणीय बस्तीको सिरानमा सेतो टिलिक्क देखिने मन्दिर मष्टा देवताको थान हो। देवताको भाषामा कफल्लौंलाई लामाडाँडा भनेर चिनिन्छ । लामाडाँडा साँच्चिकै देवस्थल जस्तो पनि देखिन्छ । गाउँको माथितिर लहरै एकपछि अर्को मन्दिरको लामै लागेको पाइन्छ । गाउँबाट अलिकति अर्थात् धामीको घर (बारा) बाट आधा किलो मिटर माथि चढेपछि पुरानो मुङ्ङ्ग्रहँ (पानीको पोखरी भएको मन्दिर) भेटिन्छ । मुङ्ङ्ग्रहँको पानीले स्नान गर्न र जल ल्याई घरमा देवताको गाधीलाई पोल्ने, जल देवतालाई चढाउने चलन छ । टाढाबाट आएका देवताका पाहुनाले पनि मुङ्ङ्ग्रहँमा स्नान गर्छन् । फर्कदा मुङ्ङ्ग्रहँको जल सानो सुरक्षित भाँडामा लिएर घर फर्कन्छन् । घरमा रहेका सम्पूर्ण परिवारलाई जल चखाउँछन् ।       पशुपक्षी, श्रीसम्पत्तिलाई पनि जल छर्किन्छन् ।

मुड्ग्रहँदेखि करिब चार-पाँच सय मिटरमाथि मष्टा देउताको मठ भेटिन्छ । यसको डेट्सय मिटर माथि जाँदा राता भैयार देउताको मठ भेटिन्छ । यसको अलिकति पूर्वतिर उत्तर दिशामा कफल्लौं स्थित सबै देउताहरुको चौख्या थली, दूधढाल्ने चौर रहेको छ । यस ठाउँमा मठमन्दिर केही छैन तर खुल्ला आकाशमुनि देउताका मूर्ति, घण्टर देउताका पूजा सामाग्री सुरक्षित छन । सबै देउताको चौख्याथली मानिने एउटा चौख्या ढुङ्गा छ । त्यस ढुङ्गालाई सर्बसाधारण हमैतुले छुनु हुँदैन । देवताका धामी पुजारा र पण्डित पुजारीले मात्र छुन हुन्छ भन्ने मान्यता छ र सबैले छँदैनन् । चख्या ढुङ्गा सुनको मेच हो भन्ने भनाइपनि रहेको छ । दूध ढाल्ने चौरमा बाँझ, गुराँसका रुखहरुले परै चौरलाई ढाकेको छ । देउताको मेघ मानिने चौख्या ढुङ्गाको काखैमा एउटा सानो काफलको रुख छ । रूखको फेदमा एउटा सानो हाँगा हरियो छ. त्यस हाँगाको पात पनि छैन हाँगा हरियो छ । रुखको फेदमा सानो एक हात जति अग्लो ठोसो जस्तो देखिने भागलाई हरियो बोक्राले मोडेको छ । जसलाई राम्ररी हेर्दा अनौठो प्रतिविम्व देख्न पाइन्छ ।

त्यहाँबाट अढाइतिन सय मिटरमाथि गएपछि महादेउमाठ भेटिन्छ । महादेवको मन्दिर सबै देवताको मन्दिरभन्दा शिरानमा रहेको छ । भदौ पूर्णिमाको अगिल्लो दिन चतुर्दशीमा महादेवको मन्दिरमा विशेष धामी नाच सहितको पैट हुन्छ । त्रयोदशीका दिन फुलमाला बाटेर मन्दिरवरिपरि लगाइएको हुन्छ । चतुर्दशीको दिन सम्पूर्ण देउताका धामीहरूले एकै साथमा फुलमाला चुँडाली हातहातमा खेलाउने र एक अर्कामा लगाउने गर्दाको स्मरणीय क्षण कम रमाइलो हुँदैन । देउताका धामीहरूले फुलमाला खेलाउँदै आफूले खेलेको फूल थपला, टाढाबाट देउताको पैटमा सहभागी भएका पाहुना, बृद्धबृद्धालाई लगाइदिन्छन् ।

(१८७) खाँडो नाच :- वीरगाथाले भरिएको जाजरकोट जिल्लामा अर्को महत्त्वपूर्ण स्थान ओगटेको नृत्य हो खाँडो । ढिमे गाविसको झादेउको मेलाबाट यसको जन्म भएको पाइन्छ । खाँडोको अर्थ तरबार वा खुकुरी हुन्छ । विशेष गरी खाँडो नाच विजया दसैंको महानदनीका कोत र पटाङ्गीमा मौलो पुजा गरी राँगो बली दिइसकेपछि बली दिएको रगतना हतियार चोबी खाँडो जगाउने र खाँडो नाच्ने चलन छ । विवाह उत्सवमा पनि खाँडो अनिवार्य नाच्नै पर्छ । जाजरकोटको सरू दराको ढिमे, खुर्पा, दम्दाला, नारे, घरना, जन्ताला, र बारेकोट दराको आग्र गोठेगाउँ, तोलखाना, नायकवडा, मैलोखान, जिरी, मैना, छुतिपाल्ती, सुवाकोट, खारी, सक्ला, बण्डाला आदि ठाउँमा खाँडो नाच नाचिन्छ ।

राष्ट्रिय पोशाकमा खड्गधारी यी नृत्यकारहरु पञ्चे बाजाको तालमा ढाल र तरबारहरू जब नचाउन थाल्छन् त्यसबेला सि‌ङ्गो राष्ट्रको पहरेदारहरु जग्जगाए जस्तै मान हुन्छ । दर्शकको छाती राष्ट्रिय गौरवले ढुक्क फूलछ । यो नाचलाई राष्ट्रिय नृत्यभन्दा शायद फरक नपर्ला । सेतो दौरा, सुरुवाल कम्मरमा रातो रूमाल, कालोटोपी, कालो कोट, देब्रे हातमा ढाल दाहिने हातमा खुकुरी वा तरबार, खुट्टामा नेवर रहन्छ । भेषभूषाबाट नै थाहा हुन्छ कि यो नाचसँग राष्ट्रियता जोडिएको छ । यो नाचको लागि चाहिने वाद्यवादनका सामाग्रीहरुमध्ये दमाह, सहनाई, भ्‌याली, ढोल, तरबार वा खुकुरी प्रत्येकसँग, ढाल प्रत्येकसँग, नेवर प्रत्यकसँग हुनु अनिवार्य हुन्छ ।                   विशेषगरी यो नाचको वाद्यटोलीमा दमाईंहरु नै रहन्छन् र बीचमा वाद्यटोली रहन्छ, त्यसको वरिपरि गोलो घेरामा अगाडि नाइकेले दमाहाको तालमा कम्बर मर्काउदै खुट्टा चलाउँदै बिस्तारै हतियार नचाउन सुरू गर्छ र सोहीअनुसार अरू सहायक नृत्यकारहरुले नाच्दै जानुपर्छ । खाँडो नाच निकै खतरापूर्णहुन्छ । यस्मा भीडभाडमा र एकापसमा सावधानीपूर्वक तरबार वा खुकुरी नचाउँनु पर्छ । यति सिपालु नृत्यकार हुन्छन् कि मुखमा दुईटा खुकुरी च्यापी तरबार फन्फनी नचाउँदा जोकोहीको शरीरमा काँडा उम्रिन्छ । बाजाको आवाज जति चम्कदै जान्छ उत्ति नृत्यकारहरु ढाल, तरबार छिटोछिटो नचाउँछन् । बाक्लो घेराभित्र तमाम दर्शकको भीडमा पनि छिचोली छिचोली हतियार नचाउनु कम खतरा हुँदैन । खाँडो नाच सिक्दा पहिले लठठीको सहायताबाट सिक्छन् । अनिमात्र विस्तारै हतियार चलाउन थाल्दछन् ।

खाँडो नाचले जाजरकोटमा मात्र नभई बाहिर जिल्लाहरुमा पनि महत्त्वपूर्ण स्थान ओगटेको छ । महत्त्वपूर्ण व्यक्तिको भ्रमणको बेला आयोजित कार्यक्रममा वा उत्सव समारोह र राष्ट्रिय पर्वहरुमा खाँडो नाच धेरै ठाउँमा पर्दशन गरिन्छ । जाजरकोट जिल्ला भित्रका सरकारी गैरसरकारी संघ सस्थाहरुद्वारा आयोजित कार्यक्रमहरुमा पनि यो नाचको महत्त्वपूर्ण स्थान हुन्छ ।

(१८८) सिंगारू नाच :- को एक चिनारी जाजरकोटमा सिँगारू नृत्यका पनि आफ्‌नै इतिहास र महत्त्व रहेको छ। राणाकालीनं समयमा महिलाहरुलाई कुनै मेला, पर्व, उत्सव, समारोह, जात्रा आदिमा आफ्‌नो नृत्य प्रदर्शन गर्न बन्देज थियो । तर मेलापर्वहरूमा पुरुषको भन्दा महिलाहरुको नृत्य निकै आकर्षक हुने भएकाले गाउँका युवतीहरुले आफ्‌नो फरिया चोलो गरगहना, आफ्‌नोपन पर्ने र नाच्न जान्ने युवकलाई लगाइदिई जात्रामा नचाउने प्रचलन चलेको पाइन्छ । सिँगारपटार गरेर नाचिने नाच भएको हुनाले यसलाई सिँगारू नाच भनिएको हो । जाजरकोटका चाडपर्वहरुमा र मेला जात्राहरुमा आ-आफ्‌नो गाउँबाट सिँगारू नाच लिएर जाने चलन छ । नाचमा, भ्‌याली, मादल, कुटकुटे बजाउँदै बाटोमा आफ्नो गाउँको समूह एकजुट भएर रमाइलोसँग मेला भर्न जान्छन् ।

सिँगारू नाचको लागि मादल, कुटकुटे, झ्याली, बाँसुरी, नेवर तीनजोडा र लुगाकपडा, गरगहना आदिको आवश्यक पर्छ । यस नाचका सिंगारूहरु तीनजना पुरुषले फरिया, चोली, कम्पनी (पुरानो पैसा) माला, ठुम्रा माला लगाई कम्मरमा पटुका, टाउकोमा घुम्टो, कानमा चेप्टे सुन र आँखामा गाजल लगाएका हुन्छन् । वाद्यवादन टोलीमा मादल, बाँसुरी, झ्याली, कुटकुटे बजाउनका लागि एकएक जनाको आवश्यकता पर्छ ।                                              यस नाचमासम्म परेका ठाउँमा नत्यटोली गोलो घेरामा उभिन्छन् । बीचमा नाच्नेहरु मात्र उभिन्छन । गोलो घेरोको ठिक अगाडि आफनै समूहका युवा, युवती, बुढापाका र अन्य दर्शकहरु हुन्छन् । बडो लय तालले बाजाहरु घन्किन्छन् । त्यसबेला सम्पूर्णको ध्यान त्यसतर्फ खिचिन्छ । नृत्य सुरू हुनु अगाडि केही मङ्गलचरणहरु गाइने चलन छ । जसको नमुना यस प्रकार छ, 

                पूर्व दिशा माई हाम्लाई रखिया जन्ऱ्या                                                        पश्चिम दिशा माई हाम्लाई रखिया गर्या                                                        भ्‌याली मादल सिँगारूलाई रखिया गऱ्या       

                         यस मङगलगीत चरणमा नृत्यकारहरुले चारैदिशातिर हात जोड्दै रुमाल हल्लाउँदै देवी स्तुति गर्छन र एक फन्को घुमी सकेपछि गीत सुरु हुन्छ । त्यसपछि अन्य गीतहरु गाउने गरिन्छ ।       

                            हान्ने राँगो बारकोटीको - भैसी नर्तमैको                                                     राम्रै भयाई चौखे थलि -पहिला पर्थमैको                                                  मादल र गीतको तालसँग

कम्मर मर्काउँदै, उठ्दै, बस्दै रूमाल हल्लाउँदै नाच्छन र आफ्‌नो मायालुलाई गीतबाटै आकर्षित गर्छन् । (केटीको समूहतिर मनपरेको व्यक्तिलाई औंल्याएर)       

                                                 ऐले भेडी पाटन गया- आलऱ्या उनसित                                              बल्ल भेट बाँच्यौ र भो- पूर्णिका जुनसित                                              वादी दाइ दऱ्याउन लाइगो मादलुको वर्ता                                        कसको होई सुन्तोला बारी-म गर्दिउँकी दर्ता                                        बैनीले चारेइका बाखा - गइग्या आलीतिर                                             झन हेन्यो झन हेर्नेइ लाग्छ रूपसे गालीतिर     

     यसैक्रममा गाउँको वा आफूले चिनेको कुनै युवती पोइल गएर पनि घरमा नबस्ने माइतमै बस्ते रहिछन् भने गीतबाटै छेड्‌छाड् गरिन्छ ।   

                              नहकुली कस्तुरी मार्यो जार्कोटी राजैले                                                    चित्तले नखाए पनि घर खाउ साई लाजले                                                 जाजरकोट राजैको दरबार पूर्वझ्‌याल काटेईको                                         घर खानु अप्ठ्यारो हुन्छ माइत ख्याल कोटेइको     

               त्यस्तै गरी नृत्यटोलीले अविवाहित युवती वा लामो समयसम्म विवाहको जोरजाम नभएकाहरुलाई यसरी भन्छन् : 

        नेपाल पशुपतिनाथ चारदिशा ढोका छन् ।                                                 दर खुल्दैन भाउ मिल्दैन कस्तुरी रोका छन् ।                                             हातमा चाँदीका बाला गला लाउने सिक्री                                                        पुरानो कम्पनी दाम किन भइन विक्री ?                                                     दुईजना नेपाली सिपाही बम्बैबाट आउँन्या                                               उस्तैका त साइ नजान्या भनेको नपाउन्या

       यस्तै गाउँमा पीर वेदना सुख दुःखका गीतपनि सिंगारू भाकाबाटै व्यक्त गरिन्छ । जुन गीतले दुःखीसुखी सबैलाई समेटेर आत्म शान्तिमा मद्दत गर्छ । मेलाजात्राले मन प्रसन्न गराउँछ । यसैक्रममा गाइने केही कारूणिक वेदनाहरु यस प्रकार छन् ।

          खल‌ङ्गा बजार हाम्रो बिजुली बल्याको                                                       औषधी क्या खाने होला हृदय जल्याको                                                    हटीका उकाला लाग्या जार्कोटीका तोरा                                                   जम्म ल्याएँ कलियुगको सामलल्याएँ थोरा                                                टोपीमा सितला लाउने डाडाँगाउँको खर्ती                                                 जाहानेर बिलहरी चल्छ ह्वाँइती फाटेइ धर्ती

    सिंगारू नाचबाट ऐले पछिल्लो समयमा टप्पा, वनगाडी नाचको उदय भएको हो । सल्यान जिल्लाको बनगाड दरातिरका युवाहरुले यिनै गीतलाई केही नौलो भाका तय दिएर कुटकुटेको तालमा नाच्ने बनाएका छन् । टप्टा अहिले, सल्यान, दाङ, रुमुम, सुर्खेत र जाजरकोटतिर पनि गाउँछन् ।

               राजा भात खाँदिन भन्छन् हाइ धान दर्नालीय                                            आजकाल छाल कैतिर हान्छइ भेरी कर्णलीय

(१८९) लाखे नाच :- नेवार समुदायको कुनै व्यक्ति मरेको घरबाट सुरु गरिन्छ ।यस नाचमा अन्य जातिको पनि सहभागिता रहने गर्दछ । असत्यमाथि सत्यको विजय अवश्य हुन्छ भन्ने कुरा प्रमाणित गर्न यो नाच गरिन्छ । यो नाच श्रवण भाद्रतिर चुक्त गरीकृष्ण जन्माष्ठमीमा दैत्यको अवतार लाखे मारेर अन्त्य गरिन्छ । यस अवधिमा रोपाइँ नाचलगायत विभिन्न नाचहरु हुने गर्दछन् ।सल्यान जिल्लाका लोकनृत्य

सल्यान घराना ( सल्यान जिल्लका लोकनृत्य )

(१९०) बनगाडी नाच :-  बनगाडी नृत्य प्राय समूहमा नाच्ने गरिन्छ । कहिलेकाही एकल र युगलमा पनि नाच्ने गरिन्छ । यस नाचमा स्थान विशेषको कपडा र आभूषण पहिरिएर हातमा रूमाल ल्याएर मादल ट्याम्की, मजुरा, बॉसरी पैजन आदि बाजाको सुरतालमा गीतअनुसारको हाउभाउमा अत्यन्तै आकर्षक नृत्य गरिन्छ। बीचबीचमा 'स्याई स्यावास ।" भन्ने आकर्षक शब्द उच्चाहरणले नृत्यकारको नृत्य प्रस्फुटनमा प्रेरणा दिने गर्दछ: हौसला प्रदान गर्दछ । यो नृत्यको रोचक लाग्दो विषय के छ भने मुइँमा फालेको पैसालाई नृत्यकारले नाच्दा नाच्दै पछाडितिरबाट शरीर जमिनमा कार दाँत वा ओठले पैसा टिप्नेसमेत गर्दछन । मसिनो तालमा शरीरको उल्कावरी गीतबाट प्रस्तुत हने विभिन्न प्रकारका हाउभाउ प्रदर्शन गर्ने अत्यन्तै आय हो । यो नृत्य बाहै महिना जतिखेर पनि नाच्न सकिन्छ ।

(१९१) गीतबिहीन नृत्य :- गीत नगाएर वाद्यवादनका तालमा मात्र नृत्य गरिने प्रचलन पनि यस समुदायमा रहेको छ । यस्ता नृत्य विभिन्न समय र चाडपव बिहे बरेत मेलामा गरिन्छ । यस्ता प्रतिनिधीमूलक केही नृत्यको बारेमा तल चर्चा गरिएको छ ।

(१९२) लाखे नाच :-   लाखे नाच  ढोलक, झ्याली र बाँसुरी बजाएर नाचिने एक प्रकारको नाच हो । यस नाचमा तामाको मुकुण्डोलाई कंशको स्वरूप वा राक्षसजस्तो बनाएर शिरमा लामा लामा चौरी गाईका पुच्छरको रौंको कपाल बनाई बेरिन्छ । अन्य आभूषणमा कम्मरमा घुड्रा, कम्बरमा धरो, विभिन्न कपडाका फुर्का हात कुइनामा बाँधी कम्बरदेखि तल गर्राजस्तो कपडा लगाएर छाती र पेटको अङ्गमा तुनावाले कपडा लगाएर ढोलको तालमा नाच्ने गरिन्छ । यसरी कंशको स्वरूप धारण गरेर नाचिने नाचलाई लाखे नाच भनिन्छ । सुरुको तालमा लाखे नाच्ने मानिसले दुबो वा पाती लिई आफूलाई कुनै किसिमको बाधा अड्चन नहोस् भनी दुवै हातले आकास र धर्ती चारै दिशा दुबो पाती फालेर हात जोडी आफ्‌नो नाच सुरु गर्छ । शुरूमा ढोलकको आवाज डनकी डन हुन्छ र त्यतिखेरै आफ्‌ना हातमा राखेका कपडाका फुर्काले कम्बर मर्काउँदै शिर झुकाउँदै हात र खुट्टाको तालमा नाच्ने गरिन्छ । त्यसपछि ढोलकको विभिन्न तालमा सुरुदेखि अन्त्यसम्म विभिन्न अभिनय गर्दै लाखे नाच गरिन्छ ।

(१९३) लाखे स्वाडे :-  काठको खप्पर लगाएर लाखेको साथमा वा ढोटा र मारूलीको साथमा हाँस्य स्वरूपका कपडा पहिरिएर ढोलकको तालमा हास्य अभिनय गर्ने नाच स्वाडे नाच हो । कम्तीमा दुई जना स्वाडे भएर नाच्ने नाच दर्शकलाई पेट मिचिमिचि हँसाउन सक्ने कला भएका अभिनय र नृत्य गर्ने व्यक्तिहरू यसमा नाच्ने गर्दछन् । कहिले ढल्ने, कहिले सुत्ने, कहिले संवाद गर्ने स्वाडेको विशेषता हो । स्वाडेहरूले ढोटाकी प्रेमिका मारूनीलाई जिस्क्याउने, केटी बस्नखोज्ने, चलाउने आदि गर्दछन् । स्वाडे नाच, कहिले झाप्रेको तालमा कहिले लाखेका तालमा कहिले ढोटाको तालमा नाच्ने तर्शनकारी कला प्रादेशिक अनुसन्धान गरिन्छ । स्वाखे विनाको लाखे नाच र ढोटा मारूली नाच नुन बिनाको तरकारीजस्तो हुने गर्दछ ।

(१९४) ढोटा मारूली :- डोटा मारूली ढोलक झयाली र बाँसुरी आदि बजाएर नाचिन्छ । मारुनीको उपमा रहेको एकजना केटोले महिला भएर शृङ्गार गरी रूमाल हातमा राखी मासिनो तालमा दायाँबायाँ ढल्केर रूमाल तलमाथि बनाउँदै नाच्ने गर्दछ । बोटा भने. स्टेकोट, कालो चस्मा, शिरमा पगरीजस्तो सेतो फेटा कम्बरदेखि तल सेतो कपडाको कछनी हगाएर हातमा त्यही सेतो कपडाको एक कुनालाई समाएर कम्मरमा खुकुरी मिरेर बडो आकर्षक ढङ्गले नाच्ने गर्दछ । ढोलकको विभिन्न तालमा शरीरको लचकता, बुट्टाको मसिनो तालमा घुम्दै, हाउभाउले स्वाडेलाई त्रास देखाउँदै, माऊली मेरी हो नचलाऊ भन्ने सङ्केत गर्दै नाचिरहन्छ । अर्काकी प्रेमिकालाई चलाउँदा ज्यान जाला भन्ने स‌ङ्केत दिएर खुकुरी सिकाउँदै मारूलीलाई धाप मार्ने र कहिले स्याडे लखेट्ने, कहिले आफ्‌नो नाचको सीप प्रदर्शन गर्ने अनेकन सीप लगाएर ढोटा नाच्छ । स्वाडेहरुले मारूलीलाई जिस्क्याउन, फकाउन तछाडमछाड गर्न भएको हुँदा यो नाच असाध्यै हास्य र रमाइलो मानिन्छ ।

(१९५) पैसरी नाच/लहरे नाच :- पैतुला सारेर नाचिने नाच भएका कारण यस नाचको नाम पैसरी रहन गएको हो। सबै गोलो लहरमा नाचिने भएको हुँदा लहरे नाच पनि भन्ने गरिन्छ । विभिन्न तालमा जोर मादल, बाँसुरी, मजुरा बजाएर स्वर निकाली धक मारेर मन्द तालमा पाइला सार्दै यो नाच नाचिन्छ । यो नृत्य मादलको तालमा गुरु र गुरुको चाल र तालमा अन्य नचारूहरु बाइस तालसम्म नाच्ने गरेको पाइन्छ । गुरुको हातको हाउभाउ, शरीरको लचकतालाई यकिन गरी अन्य सबैले एकैनासको अवस्था प्रदर्शन गर्नुपर्ने र अत्यन्तै मसिनो चालमा शरीरलाई ढल्काएर नाच्नुपर्ने हुन्छ । मादलेले मादलका विभिन्न तालसुरु निकाल्दै नृत्य गुरुलाई सङकेत गर्दछ । सो मादलको तालअनुसार नृत्य गुरुको विभिन्न नाचका अवस्थाहरु फेरिने गर्दछन । यसभित्र बाइसवटा चाल हने भएको हुँदा यो नत्यको नाम बाइस चाल पनि भन्ने गरिन्छ । घुम्ती चाल, बेर चाल, बाघचाल, फेर चाल, बसचाल, क्रियाचाल, धिमाल, घोकचालजस्ता नामका अनेकन चाल हने भएकोले यो छोटो समयमा नाचेर सकिँदैन । पूजाआजा, बिहेबरेत, मेलापर्वमा नाचिने यो नाच लोग्ने मानिससहरु मात्रा नाच्ने गर्दछन । नचारूलाई नचाउने मुख्य हात मादल बादकको हने गर्दछ । मादल बादकले कम्बरमा मादल बेरेर खुट्टामा दायाँबायाँ बनाउँदै कहिले बस्दै कहिले उठदै कहिले घुम्दै अनेकन अवस्था प्रदशर्न गरी मादल बजाउने गर्दछन ।

(१९६) सारङ्गे/मयुर/लाठी नाच :- नचारूहरूले हातहातमा ल‌ट्ठी लिएर, एउटा हातमा रूमाल, अर्को हातमा ऐना बौधेर, पिठ्युतिर मयुरका प्वाँख भएका सामाग्री बेरेर यो नाच नाचिन्छ । मादलको तालमा नृत्य गुरूको सिटीको स‌ङ्केतबाट विभिन्न नृत्यको अवस्थालाई फेरेर नाचिने यस नाचलाई सारङ्गे/मयुर/लाठी नाच भनिन्छ । सुरुसुरुमा केटाहरु मात्र नाच्ने यस नाचमा हाल आएर सामूहिक रूपमा केटाकेटी सबै नाच्ने गर्दछन् । कतै केटामात्र, कतै केटी मात्र पनि नाच्ने गरिन्छ । यस नाचमा नाच्ने विभिन्न चरणहरु हुन्छन् । कहिले अगाडिको लट्ठी बजाउने त कहिले पछाडिको । कहिले उठेर, कहिले बसेर कहिले साथीहरु फेरिएर, कहिले घुमेर, कहिले दायाँतिर कहिले बायाँतिर, कहिले शिरतिर कहिले पाउतिर अनेकन अवस्थामा लाठी मादलको तालमा चोटिलो प्रहारकासाथ यो नाच गरिन्छ। यो नाचमा लाठी झिरप्पझिरप्प पारिन्छ । अत्यन्तै फूर्तिलो, चलाख र नभुल्ने गरी यो नाच नाचिन्छ लाठीसँग नाच्नु पर्दा र प्रहार गर्दा भुल्न गएमा अर्को साथीलाई चोट लाग्न सक्दछ । किशोर अवस्था र युवा अवस्थाका समूहले मात्र नाच्न सकने यो नाच अत्यन्त फूर्तियुक्त नाच हो। यो नाच, मेलापर्व विभिन्न समारोह, पूजाआजा, बिहेबरेत आदिमा नाच्ने गरिन्छ ।

(१९७) पञ्चे बाजा :- विवाह समारोहमा गीत नगायर जोर दमाह र ट्याम्की, संनाही र झ्याली बजाएर नाचिने नाच पञ्चेबाजा नाच हो। यो सल्यानको ग्रामीण क्षेत्रमा विशेष गरी दुलाहाको घरमा वा दुलहीका घरमा नाचिने गरिन्छ । दुबै खु‌ट्टामा पैंजन लगाएर दामाइको विभिन्न तालमा हात खुट्टा र शरीरका विभिन्न अङ्ग ढल्काइढल्काई छमछम छम्किएर यो नाच नाचिन्छ । कहिले बसेर र कहिले उठेर नाचिने यो नाचना हेर्ने दर्शक र बजाउने वाद्यकारहरुले नृत्यकारलाई नृत्य प्रस्फुटनमा उत्साहित गर्न स्याबास..सइट..जस्ता शब्दको परिचय गरी थप मनोबल बढाई दिन्छन् । रूकुम जिल्लाका लोकनृत्य

रुकुम घराना (  रुकुम जिल्लाका लोकनृत्य)

(१९८) पैसेरी नाच :-  पैसेरी नाच एक सामूहिक नाच हो । यो नाच विशेष गरेर दसैं, तिहार र मेला जात्राहरुमा नाच्ने गरिन्छ । कतै कतै पूजाआजाहरुमा पनि यो नाच नाच्ने गरिन्छ । यो नाचमा खासै भेषभूषा निर्धारण गरिएको हँदैन । यस जिल्लाको खास गरेर दक्षिण पश्चिमी क्षेत्रमा यो नाच प्रचलित भए तापनि जिल्लाको पूर्वी क्षेत्रमा पनि कतै कतै यो नाच नाचिन्छ । एक जना मादले, एक जना झ्याली बजाउने, एक जना डौरी बजाउने र बाँसुरी बजाउने बाद्यवाधकहरु हुन्छन् । मादलेले मादलको ताल शुरू गरेपछि ताल मिलाएर झ्याली. डौरीका साथमा बाँसुरी पनि बजाइन्छ । मादलको सातको सुरुवातसँगै नाच्नेहरूको अगुवाले नाच सुरू गर्छ । क्रमश अन्य नचारूहरुले पनि अगुवाको हात खुट्टाको हाउभाउको तालमा नाच्न थाल्छन् । यो नाचका विभिन्न तालहरु हुन्छन् । मादलले एक फन्को मारिसकेपछि ताल बदल्छन् र अगुवाले पनि हाउभाउ बदलेर नयाँ नाच सुरू गर्छन् । यो नाचमा खासै गीत गाइन्न ।

(१९९) सिंगारू नाच :- सिंगारू नृत्य पनि यस जिल्लाको एक प्रचलित नृत्य मध्येको एक हो । यो नृत्य पनि पैसेरी जस्तै दसैंतिहार मेलापर्वहरुमा नाचिन्छ । यस नृत्यमा पुरुषलाई महिलाको पहिरनमा सिँगारी गीत गाएर नाचिने भए तापनि वर्तमानमा महिलाहरुको पनि सहभागिता हुँदै आएको छ । यस नृत्यमा मादल, झ्याली, डौरी, बाँसुरीजस्ता बाजाहरुको प्रयोग गरिन्छ । यो नाच यहाँको पुरानो नाच मानिदै आएको छ ।

(२००)मयूर नाच  :-  रुकुम  जिल्लाको अर्को प्रख्यात नाच मयूर नाच हो । मयूरका प्वाँखहरुबाट बनेका बुट्टादार र कलात्मक गर्रा लगाई यो नाच नाचिन्छ । मादल र डौरीको प्रायोग हुने हुँदा झ्यालीको खासै प्रयोग गरिँदैन । नेवरहरु भने प्रत्येक नृत्यकारहरूले खुट्टामा लगाउनु अनिवार्यजस्तै हुन्छ । १२ देखि २२ जनासम्मको सङ्ख्यामा वृत्ताकार लाइनमा नाचिने यो नाच पनि विभिन्न चाडपर्व मेलामा नाचिन्छ ।

(२०१) भूमे नाच :- एउटा वा त्योभन्दा बढी दमाहा, झ्याली र बाँसुरी बजाएर नाचिने यो नाच रूकुम जिल्लाको पूर्वी मगर बस्तीहरुमा नाचिने प्रसिद्ध नाच हो । रुकुम जिल्लाको पूर्वी भागमा बसोवास गर्ने मगरहरुको प्रमुख नाचको रूपमा यो नाचलाई लिइन्छ । महिला र पुरुषहरुको छुट्टाछट्टै र महिला पुरुषसँगै वृत्ताकार लाइनमा दमाहा, सनाई र झ्यालीको तालमा यो नाच नाचिन्छ । खास गरी यो नाच मगर समुदायको गत वर्षको कामकाजको समीक्षा र आधौ वर्षको कार्ययोजना बनाएर जेठ मसान्तदेखि असार २ गतेसम्म यो नाच नाचिन्छ ।

(२०२) झाँक्री नाच :- अन्धविश्वासले घेरिएको हाम्रो समाजमा दुर्गम गाउँको डाक्टर झाँक्रीलाई मान्ने परम्परा यस जिल्लाको पूर्वी मगर समुदायमा विद्यमान छ । सामान्यतया बिरामी पर्दा झाँक्री हेराउने हाम्रो परमपरा अझै पनि मेटिएको छैन । टाउकोमा गिद्ध, चिल र दुम्सीको प्वाँख लगाई सुरुवाल भोटीको पहिरनमा जिउमा घण्टा, छेला र कोलाहरु लगाएर ढ्याङग्रो ठटाउँदै यो नाच नाचिन्छ । यो नाचमा झाँक्रीहरु जम्मा भई खेती (गीत) गाएर नाचिने गरिन्छ । यो नाच विशेष गरेर जेठासे पूर्णिमा र मसिर पूर्णिमा तथा नयाँ झाँक्री बन्दा पनि यो नाच नाचिन्छ । यस नाचमा सबै जन्मा भएर झाँक्री दिवसको रूपमा खेती गाउने, नाच्ने र मङ्सिर पूर्णिमामा तोरिकोसँग खाने (चाख्ने) र जेठासे पूर्णिमामा निहुरेकोसँग खाने गुरूको समाधिस्थल (गोर) मा गएर गुरू सम्मान गर्न नौ पटक वरिपरि नाच्ने, धूप बत्ती बालेर कुखुरा, बोका काट्ने र घरमा आएर सुवा (रूखलाई काटेर गाडिएको रूख) उक्लने, कुखुराको भाले काटने र घरका छानाको धुरीमा चढेर बोका काट्‌ने चलन छ । झाँक्री नाचमा छ्याल्मीहरुले (झाँक्रीका सहयोगी जो झाँक्री गीत र नाच जान्दछन्) पनि सहयोग गर्छन ।

(२०३) पापिनी नाच :- रूकुम जिल्लाको हालको मुसिकोट नगरपालिका र पुरानो साँख गा.वि.स.मा पर्ने साँख गाउँमा नाचिने यो नाच परापूर्व कालदेखि नाचिंदै आएको किंवदन्ती छ। यस क्षेत्रको यो प्रमुख नाच हो । दमाहा र सनाई झ्यालीको तालमा नाचिने यो नाचमा गीत गाइन्न । प्रत्येक वर्ष माघको १५ गते साँख गाउँको बीचमा पर्ने साँख दहको वरिपरि मेला लाग्दछ । उक्त मेलाको अवसरमा यो नाच नाचिन्छ । यस अवसरमा पापिनीको विवाह गर्ने चलन पनि छ । त्यसैले यो एक प्रकारको नाटक पनि हो। यस नाचमा साँख गाउँका महिलाहरुले कुनै वर्ष साँखको माथिगाउँको महिलालाई बेहुला र तलगाउँकी महिलालाई बेहुली बनाएर र अर्को साल तलगाउँको महिलालाई बेहुला र माथिगाउँकी महिलाई बेहुली बनाएर पञ्चेबाजाकासाथ बिहे गरिदिएपछि सबै मिलेर गोलाकार भई पञ्चेबाजाको तालमा नाच्ने चलन छ । विशेष गरी महिलामात्र नाच्ने यो नाचमा समयको परिवर्तनसँगै रमाइलोको लागि पुरूषहरू पनि यस नाचमा सहभागी हुन्छन् ।

(२०४) कृष्णजन्माष्टमी नाच :- विशेष गरेर प्रत्येक वर्षको श्रावण कृष्ण पक्षको अष्टमी तिथिमा महिला पुरूष दिनभरि व्रत बसी साँझमा कृष्णको पूजाअर्चना गरिसकेपछि यो नाच नाचिन्छ । नयाँ कपडा तथा गरगहनाले सुसज्जित भई रातभर कृष्णको भजन गाई नाचिने यो नाच विशेष गरेर भक्ति नाचको रूपमा लिइन्छ ।

(२०५) तीज नाच :- कृष्णजन्माष्टमीपछि को शुक्ल पक्षको तृतीया तिथिमा महिलाहरुमात्र व्रत बसी साँझमा शिवको पूजा गरी रातभरि भजन गीत र महिला जागरण गीतहरु गाएर यो नाच नाचिन्छ । खास गरी महिलाहरुले तीजको दिन पानीसमेत नखाएर निराहार बसी आफ्‌नो पतिको सुख तथा दिर्घायुको कामना गरी यो व्रत बस्दछन् । यो व्रतमा शिव पार्वतीसम्बन्धी भजन गीत र समाजमा छोरी बुहारीप्रति गरिने भेदभावपूर्ण व्यवहारप्र‌ति छेडछाड गरिएका गीतहरु गाइन्छन् । यस नाचमा मादल झ्याम्टाजस्ता बाजाहरुको प्रयोग गरिन्छ ।

(२०६) धङ्ङे नाच :- यो नाच खास गरी रूकुम जिल्लाको पूर्वी मगर बाहुल्य क्षेत्रमा नाचिने परम्परागत नाच हो । जात्रा चाड पर्वहरुमा विशेष किसिमको पोशाक लाउँछन् र अनुहारमा मुकुण्डो (खप्पड लगाएर हातमा राता, सेता र पहेंला ध्वजा बाँधिएको बाङ्गो लठ्ठी लिएर दर्शकहरुलाई हसाउँने खालका क्रियाकलापहरु नृत्यद्धारा प्रस्तुत गरी यो नाच नाचिन्छ । यो नाच जिल्लाको महत क्षेत्रमा बढी पसिद्ध छ ।

(२०७) ख्याली नाच :- यो नाच रूकुम जिल्लाको सानीभेरीपारिका पश्चिम बस्तीहरुमा नाचिने पुरानो नाच मध्येको एक हो । दसैंतिहारजस्ता चाड र स्थानीय मेला जात्राहरुमा मादल, झ्याली र बाँसुरीजस्ता बाजाहरुको प्रयोग गरी पुरुषहरूले वृत्ताकार लाइनमा भजन गीत र ठाडी भाकाका गीतहरुको साथमा नाचिन्छ ।

(२०८) देउसी-भैलो नाच :- यो नाच खासगरी हिन्दुहरुको महान चाड तिहारको काग तिहारदेखि भाइटीकासम्म नाचिने नाच हो । यसमा केटाकेटी, युवायुवती र वृद्धवृद्धा सबैले आ-आफ्‌नो समूह बनाएर एक जनाले देउसी भैली भट्‌याउने र अरूले सामूहिक स्वरमा देउसी रे, मैली रे भन्ने आवाज निकाल्दै गोलाकार रूपमा मादल, डौरी, झ्याली, बाँसुरीको तालमा नाच्ने चलन छ ।

जुम्ला घराना ( जुम्लाका नृत्य)

(२०९) दमाहा नृत्य :- बिहे ब्रतबन्ध, कनै महत्त्वपूर्ण मांगलिक कार्यहरु, हर्ष उल्लासका कार्यहरु, कुनै सामाजिक जनचेतनामूलक वा राजनीतिक नगर परिक्रमाका कार्यहरु, शोभायात्राजस्ता कार्यमा दमाहा, झ्याली, सनाई, नरसिंहा र ट्याम्को बाजा बनाएर नाचिने नत्यलाई दमाहा नृत्य भनिन्छ । यसमा गीतको लयसुरअनुसारको ताल पनि मिलाइएको हुन्छ । विशेष गरी दमाहा ठूलो आवाजमा लाइनबद्ध रुपमा विभिन्न किसिमले ढल्की फर्की नाचिने भएकाले यस नृत्यलाई दमाहा नृत्य भनिएको हो । यो नृत्य परम्परादेखि चल्दै आएको छ । हालसम्म निरन्तर चल्दैछ । कहिँकतै सकारी बाजा, ड्रमबाजाको प्रयोग गरिनाले यसलाई थोरै असर पुयाएको छ । तर यही २०७४ साल बैशाख महिनाको बिहेको लगनमा जुम्लामा पहिलो पटक बर्दिया जिल्लाबाट नौमती बाजाको प्रवेश गरिएको छ । यस्तै हुने हो भने यस नृत्यलाई बाह्य संस्कृतिको असर पर्ने देखिन्छ ।

(२१०) धामी नृत्य :- यस जिल्लाको नृत्य विधाअन्तर्गत धामी नृत्य पनि पर्दछ । दमाहा आदि बाजाको तालमा मन्दिर (माँठ) मा देवदेवी अङ्गमा चढेपछि आँगो (धामीको कपडा) लगाएर धामी, धमेनीहरुले नाच्ने नाचलाई धामी नृत्य भनिन्छ । यो नाच चार पूर्णिमा (बैशाख श्रावण कार्तिक र माघ) अन्य पैठपूजा आदिमा यो नाच नाच्ने गरिन्छ । यो नाच लोप हुने अवस्था छैन । जबसम्म देवी देउता मान्ने पुज्ने चलन जीवित रहन्छ, तबसम्म यो नाच लोप हुने अवस्थामा छैन। यस जिल्लामा बालक नन्मेको ६-११ दिनसम्ममा बाबियोको कुच्चोलाई बालक बनाई लुगावस्तु गरगहना लगाई बालो गीतमा सासु बुहारी पक्ष भएर बालक (बालो) नचाउने नृत्यलाई बालो नृत्य भनिन्छ । यसलाई हल्का बाह्य संस्कृतिको प्रभावले कम प्रयोग गर्न थालिएको छ । यसको संरक्षण गर्नु जरुरी छ ।

(२११) हुड्के नाच :- जुम्ली लोकसंस्कृतिभित्र हुड्के नाच पनि पर्दछ । जुम्लाको रारालिँही, कालिकाखेतु यसको उर्वर स्थल मानिन्छ । विवाह तथा अन्य माँगलिक कार्यमा यो नाच नचाँइन्छ । हुड्‌को भन्ने बाजा हातमा बनाउँदै आँगो फेटा, रङ्गीन फुर्का लगाएर नाँचिने भएकोले यस नाचलाई हुड्के नाच भनिन्छ । जुम्लामा यस नाचको अस्तित्व स‌ङ्कटमा छ । छिट्टै संरक्षण गर्नुपर्ने अवस्था देखिन्छ । बाह्य संस्कृतिको असरबाट आक्रान्त हुड्‌के नाच संरक्षण र विकासको पर्खाइमा छ ।

(२१२) धारू नाच :-  रोपाइँ गर्दा धारुनृत्य धारु चुटकिलामा नाच्ने चलन छ । रोपानीहरु हातमा बिज समातेर कम्मर बटारेर हात घुमाएर स-साना जमातमा यो नाच नाचिन्छ । यो नाच बिस्तारै कम हुँदै गइरहेको छ । बाह्य संस्कृतिको असर यसलाई पनि परेको छ / यसलाई पनि संरक्षण गरिएन भने लोप हुने अवस्थामा रहेको छ ।

(२१३) ढाल तरबार नृत्य :- यो नृत्य विवाह विशेषमा जन्तीसँगै दुलाहाको घरदेखि दुलहीको घरसम्म हातमा ढाल तरबार लिएर नाच्दै हिँड्ने भएर नै यसको नामकरण ढाल तरबार नृत्य) भनिएको हो । यो प्राचीन मौलिक नृत्य जुम्लामा अति कम देखिन थालेको छ । करिब यो लोप भइसकेको महसुस गरिएको छ । यसको शीघ्र रुपमा संरक्षण नभएको खण्डमा यहाँको इतिहासबाट हराउने सम्भावना रहेको देखिन्छ ।

(२१४) देउडा नृत्य :- जुम्लामा देउडा गीतको तालमा शरीर मर्काएर हात खुट्टाको ताल मिलाएर यो नाच नाच्ने गरिन्छ । गीत सँगसँगै गायकहरु आफै नाच्दछन् अर्थात् देउडा अभिनय नै देउडा नृत्य हो । ताली हान्ने, कम्मरमा हात लगाउने, काँधमा हात राख्ने हात घुमाइघुमाई इसारा गर्ने यसको अभिनयात्मक प्रकृति हुन् ।

(२१५) झोडा चु‌ट्किलो रत्यौली नाच :- यो नाच विवाह छैटी तीर्थाटान आदिमा नाचिन्छ । बूढी पुरानी महिलाहरुको पुस्ता बाहेक आधुनिक महिलाहरुले यसलाई सिक्दै नसिक्ने सिक्नै नचाहने भएकोले यो नाच लोपोन्मुख अवस्थामा रहेको देखिन्छ । बेलैमा यसको संरक्षण गर्नु जरुरी छ । यो नाच महिलाहरूले मात्र नाच्ने गरेको पाइन्छ ।

(२१६) सिँगारा नृत्य :-  जुम्ली लोकसंस्कृतिमा यो नाच अति प्राचीन नाच हो छोरा जन्मेको ११औं दिन न्वारान गर्दा हातमा पुरुषहरुले लगी लिएर सिंगारा गीतको लातमा लट्ठी एक आपसमा बजार्दै यो नाच नाच्ने चलन छ । यो नाचको अवशेष जुम्लाको सिंजादरामा मात्र छ । अन्यत्र भेटिंदैन । प्राय यो नाच लोपोन्मुख अवस्थामा भएकोले संरक्षण नगरेमा छिट्टै लोप भएर जाने स्थिति देखिएको छ ।

 

 

             हुम्ला घराना    (हुम्ला जिल्लाका लोकनृत्य)

(२१७) देउडा नाच :-  हुम्लाको सबै गाउँहरु र सबै समुदायहरुमा देउडा गीत गाउदै नाच्ने गर्दछन् । नाच भन्दैमा यसमा मादल बजाएर नाचिहाल्नु पर्छ भन्ने हुँदैन । गीत गाउदै एक ते अर्काको कुममा हात राखी खुट्टा अघिपछि गरि समूहमा गीत गाउदै सर्दै हात २ खुट्टाको चाल मिलाउने नाच नै देउडा नाच हो। यो नाचमा प्राय समूहमै नाचिन्छ । )

(२१८)तिर्थ नाच :- यो नाच विशेष गरी माघी तिहार अर्थात् माघीको बेला नाचिन्छ । पुसको मसान्ती को रातभर यो गीत गाउँदै नाच्ने गरिन्छ । यो खार्पूनाथ तीर्थमा नाचेर गाइन्छ । यो नाचलाई झोडा नाच पनि भनिन्छ । यस नाचमा रामपथ, कृष्णपथ, पाण्डव लीला, विष्णुलीला, बर्मालीला, सावित्री लीला श‌ङ्करलीलासम्बन्धी गीत गाइन्छ । तीर्थमा गाइने हुनाले देवीदेवताकै वारेमा गाइन्छ । यो गीत र नाचमा पुरुषले मात्र गाउने चलन रहेको छ । बख्खु लगाई पगरी गुथी पटुका कसेर यो नाच नाच्ने चलन छ ।

(२१९) खार्पु तिर्थ नाचु :- केही गीत

                          पूर्व दिशा बडाबडा तीर्थ वही हन्ना सूर्य ज्युका गाथ                                प्रभु ज्यु अ नर जागा लागुला सेवा                                                    पश्चिम दिशा बडाबडा तीर्थ वही हुन्ना विष्णु ज्युका गाथ                              प्रभु ज्यु अ नर जागा लागुला सेवा

दोबाटो नाचः विवाहित महिलाले मात्र गीत गाउने र नाच्ने गीत हो। शिव पार्वतीको बारेमा गीत गाउने र नाच्ने गर्दछन् । महादेव र पार्वती विवाहको बारेमा यो गीतबाट भनिन्छ ।                                                                   यो नाच ठकुरी समुदायमा पनि बलिराजका सन्तान बसेको ठाउँमा मात्र गाउने र नाच्ने चलन रहेको छ ।                                                                                       आफै गोसाइ महादेवले लगन थपायो                                                      आफै गोसाइ महादेवले वेद पुरायो

ढुस्किला :-  यो गीत र नाचमा पुरुषहरुले मात्र भाग लिएको पाइन्छ । यो दोवाटो पर्वमा गाइने र नाचिने हुन्छ । यसमा पनि शिव पार्वतीका बारेमा गीतबा वर्णन गर्दै नाच्ने गरिन्छ । माथमा मथेडी पैरी काँधमा बरकी पैरी यै नारनकी चाकरी कठै मेरा कम्मौगढ कम्मौगढ़ नेकेसर म बाइजाँदो रनकड्‌क गोख्याको पल्टन आयो रनदुल्ला लप्टन आयो कल्यालकी कङ्केघर

फुर्का नाच :-  बाजाको तालअनुसार ख्याल गर्दै फुर्का नाच नाच्ने गरिन्छ । यो नाच लामा समुदाय, व्यासी समुदाय र दलित समुदायमा नाचिन्छ । यस नाचमा प्रयोग हुने बाजाहरुमा दमाह, ढोल र ताल हुन् ।

ढाल तरबार :-  नाच नाच्ने मान्छेले ढाल र तरबार समाएर बाजाको तालअनुसार यो नाच नाचिन्छ । यो नाच विवाह, व्रतवन्ध, दोवाटो आदिमा नाचिन्छ । यो नाचमा कौरव र पाण्डव, देवी र राक्षस, कृष्ण र राक्षसका वारेमा नाचिन्छ । यस नाचमा प्रयोग हुने बाजाहरुमा ढाल तरबार, दमाह, ढोल, सहनाइ नरसिंगाको प्रयोग गरिन्छ ।

चैतलो नाच :- यो नाच चैतलो पर्व मान्ने र त्यही बेला नाचिने खेलिने र गाउने हुँदा यस नाचको नाम चैतलो रहन गएको हो । यस चैतलो नाच पुर्खौंदेखि मान्दै आएकोले अहिले पनि यसको निरन्तरता रहिरहेको जानकार हरु बताउँछन् । यस नाचमा विाहित महिलाले घाग्रो चोलो लगाउने रेशमको पहेलो बर्को ओढ्‌ने र गीत गाउँदै पाइला मिलाउँदै र गीतअनुसार ख्याल गर्दै यो नाच नचिन्छ । यो नाच हिन्दु धर्म मान्नेले नाचे पनि ठेहे गाउँ र सिमकोट गाउँ प्रख्यात छन् ।यो नाच महिला महिला र पुरूष महिला मिलेर गाउने र नाच्ने गरिन्छ ।

कुन्ती चेब्रान्त बुढै न हिल्सायौ तिमी दाहीना भयौ

यहाँ र हामी खेलादा ज्यु पहिला पैसा

हुड्के नाच :-  यो नाच हुम्लाको दक्षिणी भेग श्रिनगर कालिका मैला आदि गाउमा प्रख्यात छ ।  हुड्‌का बजाएर त्यसको तालसँग गीत गाएर नाचिन्छ । हुड्‌के गीतमा पुराना लडाइँका कथाहरु गाउने गरिन्छ । यसमा दुई समूहमा विभाजन हुन्छन् । एक समूह गीत गाउँछन् भने अर्को एक समूह हुड्ङ्क्या समाएर नाच्छन् । यो विशेष उत्सव, रमाइलो आदिमा गाइन्छ ।         

    स्यार्बु नाच :-  यो नाच परापूर्व कालदेखि मान्दै आएको यस समुदायका मानिस बताउने गर्दछन् । यो नाच बौद्ध धर्ममान्ने मानिसहरु नाच्ने भए तापनि आजभोलि अरूले पनि देखाकी गरेको पाइन्छ । रातो बोखु रातो काम्लो लगाएर यो नाच नाच्ने गरिन्छ । यो नाचमा देवीदेवताका गीत आशीर्वादका गीत विहेवारीका गीत गाएर नाच्ने गरिन्छ । यो स्यार्बुनाच महिला पुरुष दुवै नाच्ने गर्दछन् । गीतको बोलअनुसार हातखुट्टा चलाउनुपर्छ । यस नाचमा मुखबाट बाजाजस्तो एकप्रकारको आवाज निकाली बुट्टाको विशेष ख्याल लगाउने हुन्छ ।                                                                                                            गोड्सा डोली किल नारेल नुर्बु मिदुक म्हासरी ल                                    गोङ्गी ल निल्जार डिभु नुर्बु मान्ना काङ् हिन्वा ल

बाक्पा नाच :- बौद्ध धर्मावलम्वी हरुले मान्ने यहाँको स्थानीय पर्व माने मा यो बाक्पा नाच नाच्ने गरिन्छ । माने पर्वमा देवीदेवताका पूजाआजा गर्दा पुराना गीत गाउने चलन छ । यो नाच नाच्दा ज्ञान गरिएको अलग बोख लगाएर मुखमा काठ बाट बनेको अनुहार जस्तै रङगीन बाक्पा लगाएर यो नाच नाचिन्छ । मुखमा बाक्पा लगाएर नाच्ने हुँदा यो नाचको नाम बाक्पा नाच रहन गएको यसका जानकार हरु बताउँछन । बाजाको तालअनुसार यो नाच नाचिन्छन्  । 

सेक्टुक्पा नाच :-   यो नाच बौद्ध धर्म मान्ने मानिसहरूले माने पर्वमा नाच्ने नाच हो। यो नाचमा ग्याट बोखु लगाएर सोक्टुक्पा लगाएर बाजाको ख्यालअनुसार नाचिन्छ । यो नाच महिला पुरुष दुबैलले नाच्छन् । यो नाच जीवित मानिसहरुको सुरक्षाका लागि नाच्ने गरिन्छ । हुम्ला जिल्लामा विशेषतः दुई धर्मावलम्बीहरुको बसोवास रहेको छ । यी दुबै धर्म मान्नेका आ आफ्‌नै चाडपर्वहरु छन् । जुन प्रत्येक महिनामा एक चाडपर्व परे तापनि ठूला चाडपर्वका रूपमा कमै मान्ने चलन छ । हुम्लाको लोकसंस्कृतिलाई गहिरिएर नियाल्ने हो भने परापूर्वक कालदेखि मान्दै आएका चाडपर्व र विशेष अवसरमा गाइने गीत र नाचको आफ्‌नै मौलिक परम्परा छ । यही परम्पराको धरातलमा उभिएर हेर्ने हो भने लोक गीत र नाचबाहेक नाट्य विधामा त्यति चर्चा र चिन्तन भएको पाइएको छैन । यसरी मौलिक संस्कृति आफैमा निकै उर्वर हुँदै गएका बेला यहाँ मौलिक नाटकमा भने सुख्खा खडेरी लागेको छ।

        डोल्पा घराना   (डोल्पा जिल्लाका नृत्य )

लहरे नृत्य :- अगुवाको पछिपछि लहरै लागेर अगुवाले मादल तथा बाजाको तालमा जुन हाउभाउका साथ नाच्छ त्यस बमोजिम सबैले एकै प्रकारले नाच प्रदर्शन गर्ने नाचलाई लहरे नाच भनिन्छ । लहरे नाच विशेष गरी सर्मी होते. ओक्ट, रिमी काइगाउँ, पाहाडा, लिकूका विभिन्न गाउँबस्तीका समाजहरुमा नाचिन्छ ।

समुदायमा रमाइलो गर्नका लागि आयोजित विभिन्न पूजाआजा, विवाह, व्रतबन्ध सभासमारोह, शुभकार्यहरुमा लहरे नाच प्रदर्शन गर्ने गरिन्छ । लहरै लागेर पुरुषह नाचेको ठाउँमा बीचबीचमा जोडी बनाएर युवतीहरु पनि नाच्ने चलन छ । नाथको बेला जोडीको हाउभाउका साथ नाच्ने तालहरु आउने भएकाले लहरे नाचमा प्राय जोडीको आवस्यक्ता पर्दछ । त्यस कारण पनि आफनो जाडी लिएर नाचमा सहभागी हुने गरेका हुन्छ । मिल्ने साथी पुरूष पुरुष र महिला माहिला जोडी रहेका हुन्छन् । नाचको क्रममा धेरै जोडी पुरुषहरु रहेका हुन्छन् भने कतैकतै मात्र महिला जोडीहरु रहेको पाइन्छ ।                              लहरे नाच मादलको विभिन्न तालमा विभिन्न हाउभाउका साथ प्रदर्शन गरिने नाच हो। यस नाचमा मादलेले जुन तालमा बाजा बजायो अगुवाले त्यही ताल बुझेर नाच प्रदर्शन गर्दछ । अगुवापछि लागेर लहरै रहेका नचारूहरुले अगुवाको हाउभाउमा ढालमा ताल मिलाएर नाच प्रदर्शन गर्दछन् । यस नाचमा लहरै लागेका सुरूदेखि अन्तसम्मका नचारूहरुले एउटै हाउभाउका साथ नाच्ने भएकै कारण पनि लहरे नाच सबैलाई मनोरञ्जन दिनमा धेरै सफल मानिन्छ। यो नाच डोल्पाका धेरै गाउँबस्तीमा लोकप्रिय छ । तर पछिल्ला दिनहरुमा युवायुवती शहरमुखी भएको र पढ्लेख गरेपछि यस प्रकारका नाचका सीपहरु नसिकेका र नाच्न लाज मान्ने गरेकाले पनि नाच लोपोन्मुख बन्दै गएको अनुवभ गाउँबस्तीमा रहेको छ ।

पैसेरी नृत्य :-  पैसेरी नाच पनि लहरे नाच जस्तै हो । कालिका, नुर्क लगायतका विभिन्न गाउँहरुमा पैसेरी नाच प्रदर्शन गर्ने गरिन्छ । पैसेरी नाच देवी देवताको पूजाआजा, चाडपर्व, मेलाजात्रा, विवाह व्रतबन्ध, खुसियाली मनाउने बेला, सभासमारोहमा, भतेरहरूमा, नयाँ घरमा प्रवेशको बेला, कसैलाई स्वागत गर्ने बेला पैसेरी मनोरञ्जन प्रस्तुत गर्नका लागि नाचिन्छ ।                                        पैसेरी मध्य र तल्लो डोल्पाका सबै गाउँपालिका र नगरपालिकाका गाउँहरुमा पैसेरी नाच नाचिदै आएको छ । पछिल्ला दिनमा युवायुवती शहरमुखी भएको कारण आफ्‌नो मातृ संस्कृतिहरुलाई बिस्तारै भुल्दै गएको अनुभव गाउँमा गरिएको छ । पठनपाठनका लागि तथा कामको सिलसिलामा शहर पसेका युवायुवती गाउँमा फर्केपछि आफ्‌ना यी पुराना संस्कृतिहरुभन्दा नयाँ क्यासेट गीतमा नाच्ने चलन बढेको छ । आफ्‌नो पुरानो मातृ कला, लोकसंस्कृति भुल्दै गएको देखिन्छ ।

पञ्चेबाजा नृत्य :- पञ्चेबाजाको विभिन्न तालमा नृत्य प्रदर्शन गरिन्छ । विशेष गरी चाडपर्व, जात्रा, विवाह, व्रतबन्ध, विजय लगायतका शुभकार्यहरुमा मनोरञ्जन लिन र खुसी प्रदर्शन गर्नका लागि पञ्चेबाजा नाच नाच्ने गन्छि ।

पाहाडा, लिकु, पञ्चेबाजा नृत्य सर्मी ओक्ट होते, छाँचू, क्याकोट, माझगाउँ रिमी, नर्क, इल, सुर, कालिका लगायतका विभिन्न गाउँहरुमा प्रदर्शन गरिने नितान्त स्थानीय नाच हो । यो नाच पछिल्लो समयमा लोपोन्मुख बनेको छ । दमाहसँगै विभिन्न पञ्चेबाजाका घटक बाजाहरु बजाउने कलाकारहरु घट्दै जानु, पञ्चेबाजा कला युवायुवतीले नसिक्नु, पञ्चेबाजामा नाच्ने अगुवा नजन्मिनु, शहरमुखी बनेका युवायुवती घर फर्केपछि पनि यो बाजामा नाच प्रदर्शन गर्न नजान्नु, जाने पनि लाज मान्नु लगायतका विभिन्न कारण यो नाच पनि लोपोन्मुख बनेको छ।                                                                             पञ्चेबाजा डोल्पाको पुरोनो बाजा हो । यो बाजाको साहारामा धेरै शुभ कामहरुमा रामाइलो लिने गरिन्छ । विशेष गरी देवी देवताहरुको पुजाआजा र विवाह व्रतबन्धमा पञ्चेबाजाको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । पञ्चेबाजा पनि बिस्तारै लोपोन्मुख बन्दै गएको छ । पञ्चेबाजाका घटक बाजाहरु सबै बजाउने कलाकारहरुको अभाव हुँदै गएको पाइन्छ । पञ्चेबाजा सर्मी, नर्कु, रिमी, काइगाउँ, कालिका, ल्हाँ, लिकू, पाहाडा, त्रिपुराकोट लगायतका विभिन्न गाउँबस्तीमा बजाउने गरिन्छ । यो बाजा बजाइएमा वरपरक वातावरण गुञ्जायमान हुन्छ । चारैतिर रमझम देखिन्छ । पञ्चेबाजाको तालमा लहरे नाच प्रदर्शन गर्ने चलन पनि छ । तर अगुवा र विभिन्न तालहरु बजाउनेको अभाव हुँदै गएकाले पञ्चेबाजामा नाच्ने चलन घट्दै गएको छ ।

           

             

           सुदूरपश्चिम प्रदेश ( प्रदेश न. ७)

 

रतेउली / रतेडी नृत्य  :- रतेउली लाई लोकप्रचलनमा 'रत्यौली' भन्ने प्रचलन छ। शब्दकोशमा भने 'रतेउली' र 'रतेली' दुवै शब्दको प्रयोग भेटिन्छ। यसलाई "विवाहका दिन दुलाहा अन्भाइसकेपछि दुलाहाका घरमा आइमाईहरू भेला भएर रातभर गरिने, स्त्रीपुरुषका बिचको प्रेमालापमा आधारित नाचगान, अभिनय आविको स्माइलो रत्यौली र दुलही भित्र्याउने दिन दुलाहातर्फबाट खुवाइने भोज, रतेली, एवं बिहेका दिन दुलाहाका घरमा रात बिताउनेको सम्मानमा सबैलाई खुवाइने भोज" (पोखरेल, २०७५, पृ. १०६०) भनेर अर्थ्याइएको पाइन्छ । यसबाट यो सांस्कारिक नृत्य हो भन्ने स्पष्ट हुन्छ । रतेउलीमा सामान्यतः शृङ्गारिक गीतसँगै अभिनय पनि प्रस्तुत गरिन्छ। केही वर्ष अघिसम्म नेपालको अधिकांश भूभागमा प्रचलित यो नृत्य हाल आएको वैवाहिक कार्यक्रमको स्थान (पार्टी बालेस वा मन्दिरमा विवाह हुन्), समय (दिउँसोको समयमा विवाह हुन्) र नृत्यमा सहभागिता महिला र पुरुष दुवै मिलेर नृत्य गर्ने) जस्ता कारणले र पहिला पहिला पुरुष मात्र जन्ती जाने प्रचलन कोमा हाल आएर महिलासमेत जाने परम्परा बस्न गई नृत्य र अभिनयकर्ताको अभाव हुन् जस्ता कारणले पनि धेरै ठाउँबाट यो नृत्य लोप भइसकेको छ भने कतिपय ठाउँमा लोपोन्मुख अवस्थामा जोको देखिन्छ। पुरानो पुस्ताबाट नयाँ पुस्ताले यसको गीत र अभिनय सुन्न र देख्न नपाएपछि स्वतः उसको परम्परा लोपोन्मुख अवस्थामा पुग्नु स्वाभाविक देखिन्छ । आख्यानमुक्त नृत्य 'रतेउली' दुलाहाका घरमा आमन्त्रित तथा परिवारका नारी सदस्यद्वारा मादल वा थपडी बजाई प्रेमपरक, हास्यपरक तथा व्यङ्ग्ययुक्त गीतहरू गाएर एकल वा समूहगत रूपमा प्रस्तुत गरिन्छ। यसबेला महिलाहरूले पुरुषको वेश धारण गर्नु (जसलाई लुठो भनिन्छ), मन लेकी केटी मानेर अर्की महिलालाई तानेर लैजानु, सम्भोग क्रियाको अभिनय गर्नु आदि रतेउलीका अभिनय पक्ष हुन् । यसमा छोरालाई उपदेश र दुलाहाकी आमालाई इल्याउने प्रकारका गीत गाउँदै अभिनय गरिन्छ। यो नृत्य प्रस्तुत गरिनुको खास कारणमा विवाहको जग्येमा बालिएको बत्ति दुलही लिएर दुलाहा र जन्तीसमेत नफर्किंदासम्म बालिरहनु पर्ने र दुलही भित्र्याउँदा पनि त्यही बत्ति/दियो समातेर घरभित्र प्रवेश गराउने प्रचलनले गर्दा रातमा बत्ति कुर्न तथा जिउँति लेख्न भनेर दुलहाकी आमाले छिमेकी महिलाहरूलाई निम्तो दिने अनि उनीहरू आएर बस्ने प्रचलन छ। यस्तो बेलामा रातभरि जाग्राम नबसी निदाउन पनि सकिन्छ भनेर रमाइला चुट्का सँगै रतिरागयुक्त गीत र नृत्य प्रदर्शन गरी सबैलाई मनोरन्जन दिने प्रचलन बसेको हुनु पर्दछ । विवाह संस्कार दाम्पत्य जीवनसँग सम्बन्धित भएको र हिन्दू पुराणशास्त्रअनुसार कामदेव र ति यौनवासनाका देवीदेवता भएकाले सन्तानबृद्धिका निम्ति र दाम्पत्य जीवन सुखपूर्वक वितोस भने उद्देश्यले पनि रतिदेवीको सम्झना गरिन्छ (पराजुली, २०६३, पृ. १८३) भन्ने पनि पाइन्छ । यस बेला कतिपय महिलाहरूले आफ्ना अतृप्त यौनवासनाको अभिव्यक्ति पनि अभिनय र गीतबाट दिइरहेका हुन्छन् भने कतिपयले घरका यौनपीडा र दमनको अभिव्यक्ति पनि प्रकट गरेका हुन्छन् । नृत्यमा उत्ताल शैली र गायनमा द्रुत लयको प्रयोग, मादलको तालमा 'घिन्ताङ घिन्ताङ ढप' र अन्त्यमा 'पाकुम कुम' को लय यसका विशेषता हुन् । यस नृत्यमा दुलाहाको बखान अधिक गरिन्छ। 4 भने यस नृत्यमा महिलाले पुरुषको वेशभूषा पहिरी पुरुष (लुठो) को भूमिका निभाएका हुन्छन् । अन्य अन्य नृत्यनाचहरूमा पुरुषले महिलाको वेशभूषा धारण गरी महिलाको भूमिका निर्वाह गरेका हुन्छन् नृत्य र रत्यौली नृत्य बिचको प्रस्तुतिगत अन्तर यही हो । यस नृत्यको प्रचलन नेपालका पहाडी समुदायका अधिकांश जातजातिमा रहेको छ । त्यसैले यसलाई साझा नृत्य भन्न सकिन्छ। गण्डकी प्रदेशमा पनि प्रायः सबै जिल्लामा यो नृत्य प्रचलित छ । स्थान अनुसार गीतको थेगोमा फरक भए पनि यसको गीत भने अत्यन्त छोटो र चुड्का प्रकारको रहेको हुन्छ ।

चरित्रगाथा :-  बाल्मीकी रामायण र महाभारतका कथालाई लोक भाषा नृत्यको तार प्रस्तुत गरिने चरित्र गाथा विभिन्न जात्रा, उत्साव र गौरा पर्वको बेला नाचिन्छ । गाथा गाउँदा सँगै र गीत अनुसार ढुस्को, धमारी र चाली नाचिन्छ । त्यसैले यसलाई चैत्र गाउनेपनि भनिन्छ । सुदूरपश्चिम प्ररदेशको नाै वटै जिल्लामा  आफ्नो  स्थाननिय भासा अनुसार खेल्ने गरिन्छ ।

                                       कैलाली घरना                                                   १) कैलाली जिल्लाका लोक नृत्यहरु

 नचनच्वा नाच:-  थारू समुदायले शुभअवसरमा नाच्ने नाच होयो । विवाह, अन्नबाली थन्क्याउने अवसर, या अन्य कुनै पनि खुसीको उत्सवको अवसरमा महिला पुरुषहरू युगल वा एकल रूपमा नाचिने छोझा, झुम्रा, महोट्या र हुरडुड्या नृत्यलाई समग्रमा नचनच्वा नृत्य भनिन्छ । यस नाचको ताल, मुद्रा गीतको बोल, वाद्यवादनको ताल फरकफरक हुन्छ ।

मघोटा नृत्य :- थारू समुदायले माघ अर्थात् मकर सङ्क्रान्तिको उपलक्ष्यमा नाचिने नृत्यलाई मघौटा नृत्य भनिन्छ । यस नृत्यको ताल, मुद्रा, मादलको ताल र गीतको बोल नचनच्वा नृत्यको तात्त्विकताभन्दा पृथक हुन्छ ।

वर्का नाच :-नेपालका प्रदर्शनकारी कला, प्रादेशिक अनुसल्यान थारू महाभारत अर्थात् बर्कीमारको कथामा आधारित गीतमा गुरुवाहरू र पुरुषहरूद्वारा नाचिने नृत्यलाई वर्का नाच भनिन्छ । देउखुरीमा भने दाङको पैयाँ नृत्यलाई वर्का नाच भनिन्छ ।

 सख्या नाच :- दसैंको उपलक्ष्यमा भाद्रमा गरिने 'हात्या गुरै अनुष्ठानदेखि डेवारी अर्थात् तिहारको पूर्वसन्ध्यासम्म थारू युवायुवतीद्वारा नाचिने नृत्यलाई सख्या र पैयाँ नृत्य भनिन्छ । पैयाँ नृत्य रीति र अगिती हुन्छन् । पैया २२ ताल (ख्वाट) मा नाचिन्छ भन्ने भनाइ छ । तर २२ ताल पैयाँ ताल दुर्गम छ । पैयाँहरूमध्येमा राना पैयाँ सबभन्दा महत्त्वपूर्ण लाग्छ ।

ढोलहा नाच :- थारू समुदायको विवाहको अवसरमा वीर रसमा आधारित विशेष प्रकारले नाचिने नाच हो यो। एक जना वाद्य वादकले बजाएको ढोलको तालमा जामा लाएको, हातमा तरबार लिएको पुरूष नर्तकले विभिन्न मुद्रामा यो नृत्य गर्दछ । सभ्यकालसम्म रहेको स्वयंवर प्रथामा कन्याका लागि युद्ध हुन्थ्यो । द्वापर युगमा रूविमणि हरण यसको उदाहरण हो । त्यही स्मृतिको प्रतीक हो यो ।

कठघोरीक नाच - बाँसको घोडा र काठको हात्तीलाई आफ्‌नो काँधमा बोकेर नचनच्वा नृत्यमा बजाइने मादलको तालमा थारू महिला र पुरुषद्वारा युगत्व रूपमा नाच्ने नृत्यलाई कठघोरिक नाच भनिन्छ । तमिल संस्कृतिमा यस नृत्यलाई काल कोय कुट्ट पुडिनम भनिन्छ ।

मातीक पेड नृत्य :- कैलाली जिल्ला पवेरा, जण्दहवा गाउँमा चालीस वर्ष पहिले नाचिने यो नृत्य हाल लोपोन्मख छ । यो नृत्य रातभरि नाचिन्थ्यो ।

लालभुत्रिक नृत्य :- कैलाली जिल्लाको पवेरा गा.वि.सं. को जण्दहवा गाउँमा सशस्त्र द्वन्द्वभन्दा पहिलेसम्म नाचिने यो नृत्य हाल लोपोन्मुख छ । यस नृत्यमा थारू लोकरामायण गाइनुका साथै अभिनय गरिन्छ। यो नृत्य रातभरि नाचिन्थ्यो ।

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ ।            

  जिन्दा होरी :- होरी पर्व माघ महिनाको पुर्णिमाको दिन गाउँका मानिसहरु भल्मन्साको घरमा जम्मा भै गाउँको दक्षिण पट्टि भुइया नजिकै गएर होरी राख्ने गर्दछन् । दाउरा, सुकेको मकैको डाँठ, तोरीको डाँठ गोबरका गुइठा इत्यादि राखी जम्मा गर्ने चलन छ । होरी अगियारी गरी राख्ने चलन रहिआएको छ । अगियारी गर्दा सत्नजरा (साब प्रकारको अन्न) सबैका घर घर बाट उठाउने गरिन्छ जसलाई भेट भन्दछन । यी सबै राखी पूजा गर्छन । त्यस दिन देखि प्रत्येक दिन राती केटाहरुले थोरै दाउरा, तोरीका डाँठ, गुइठा बटुल्दै होरीमा राख्छन र त्यस पछि शुरुको दिन भल्मन्साको घरमा त्यस पछि पालै पालो अरुको घरमा होरी (नाच) खेल्छन् । एक महिना राती होरी खेल्दछन ।     

 होरि राख्ने (धरनिया) गित ललारे लला मथुरासे होरि आइ.........२

लल खेलत गोपि ग्वाल, मथुरासे होरि आइ............२

ललारे लला कौन नाचै कौन गाबए , कौन नाचै कौन गाबए कौन बजाबए ढोल, लल मथुरासे होरि आइ.................२

मरी होरीः-  फागु पूर्णिमाको दिन राती भल्मन्सा, गौटेहर (मूख्य भररा), भररा र गाउँका सबै मिलि जम्मा गरेको होरीलाई महिलाको ड्रेस लगाइ दिई पूजा गर्छन । आज भोलि विभिन्न रंगका चिरहरु लगाई अगियारी गरी पूजा गर्छन । जसमा गाउँका सबै घरबाट भल्मन्सा भेट उठाउने सतनजा (ल्वाङ्ग, घिउ, फूल, चामल, जौ, तिल, अगरबत्ती ), पूरी पकाउने र पूजा गरी सकेपछि होरीमा आगो लगाइदिन्छन ।

होरी जलाउँने (डुँगनिया) अरे मोहे नन्दलाल बर्ष दिन होरि आइ.......२

बर्ष दिन गुजरिया रे दुध बेंचन जाँए, अधबिच मिलगओ कन्हैया दुध लैकि नाए, छिन छिन दुध खाइ, खाइ जसोदाको लाल, बर्ष दिन होरि आइ................२ होरी जल्छ त्यसपछि त्यहाँ बाटै गित गाउँदै भल्मन्साको घरमा आएर होरी (नाच) खेल्छन् । त्यस दिन गाउँका सबै मिलि गाउँको ताल, नदिमा गई माछा मार्ने चलन पनि रहि आएको छ । भोलि पल्ट विहान उठी सबै दाजु भाई दिदी बहिनीहरु आ–आफ्ना घरमा मिठा मिठा पक्वान पकाई खान्छन र रंग अविर खेल्छन । भिनाजु (जिजा) हरु आ–आफ्ना सालीका घरमा रंग खेल्न जान्छन् र प्रत्येक सालीलाई फगुहा (उपहार) दिइ रंग अविर खेल्छन । भिनाजुले सालीलाई मात्र नभई सालाको श्रीमती र जेठानको श्रीमतीलाई पनि रंग अविर खेलाई उपहार दिने चलन रही हाएको छ । यस पर्वलाई रंगि विरंगी हर्ष, उल्लासको पर्वको रुपमा लिइएको छ । रंग आधादिन सम्म खेल्छन त्यस पछि नुहाइ धुवाइ गरेर नयाँ नयाँ कपडा गहना लगाई होरी दहन भएको ठाउँमा गई होरी दहन भएको टिका लगाउँछन त्यसको टिका लगाए पछि रोग व्याधीबाट बच्न सकिन्छ । भन्ने परम्परागत मान्यता रहि आएको छ ।

होरी टीका लगाउने गित लल रामचन्दर पतिया लिखओ......२

अरे हमए शिबजु आरनरे, कुइ रन बर चलिआओ लडनेको, अरे हरे सिताराम .........२

होरीको टिका सबैभन्दा पहिला भल्मन्सा गाउँका अन्य केटा मान्छे होरी दहन भएको ठाउँमा चामल राख्दै टिका लगाउछन् र गला मिल्ने राम राम गर्ने चलन रहिआएको छ । त्यस पछि गाँउका सबै जना चामल राख्दै टिका लगाउने चलन रहिआएको छ । होरी नाच्नेहरु पनि टिका लगाउन जान्छन् र त्यहीबाट होरीको गित गाउँदै भल्मन्सा वा पधनाको घरमा आइ होरी नाच्न शुरु गर्दछन् ।

बाटोमा गाउँने मतबरिया गित मतबरिया भए मेरे लाल मतबारो..........२

कौनत बोबए गेंहु चनारे गेंहु चनारे, और कौन बोबए भाँग मए मतबारो, मतबारो भओ मेरे लाल मए मतबरिया.....२

लोगत बोमए गेंहु चनारे,गेंहु चनारे, और भंगिया बोबए भाँग मए मतबारो, मतबारो भओ मेरे लाल मए मतबारो.........२

कलाकार गीतहरु १. अरे कोइ होरि मचि हए, बिरजामे होरि रे मचि हए ............२ खेल सखि अपनि लरकैया सब सखि अनके उघारे, हरे सब सखि अनके उघारे, हरे गेंदा गाल नैन भर सुरमा नकबेसर पहिराओ, भलि एक नार बिरानि, बिरजामे होरि रे मचि हए...................२ अरे कोइ.........................२ भल्मन्साले भेलि मिठाई अथवा चकलेट र सबै होरी नाच्नेहरुका लागि घरमा रातीको खाना खुवाउने चलन रहि आएको छ । यसरी ८ दिन सम्म क्रमश मान्यजनहका घरमा दिन दिनै होरी नाच्ने चलन छ । खकडेहरा आठौ दिनको दिन खकडेहरा फुटाइ होरी सकाउने चलन छ । खकडेहराको दिन विहानै घरका केटाहरु सात वटा काचो माटोको डल्लो बनाउने, फुटेका गाग्रोको पिसहरु, सात रंगका कपडा इत्यादी लिई आफ्नो गाउँ भन्दा बाहिर अथवा गाँउको दक्षिण साइटमा गई खकडेहरा भल्मन्साले हलोको पहयारीले विहानै ५ बजे फुटाउन चलन रहि आएको छ । त्यसपछि पानी, रँग सँग होली खेल्छन । सबै मिलि थोरै पैसा उठाउँछन र खसी काट्ने अथवा मासु, मिठाइ किनेर खाने चलन रहि आएको छ भने भल्मन्साले चामल आफ्नो घरबाट ल्याउने चलन रहि आएको छ । चराईः रानाथारु हरु चैतकी चराई बैशाखकी चराई र भजहर चराई मनाउने परम्परा रहेको छ । चैतकी चराइ चैतकी चराई चैत महिनाको दिन गरिन्छ । विहीबार वा सोमवारको दिन मनान्छ । चराईको एक दिन पहिला गाउं भरीकाले ताल, पोखरी, नदी, गई माछा मार्छन् । र भोलीपल्ट बिहानै विभिन्न किसिमका पकवानहरु मिसौला, उसना आलु, भरुवा भान्टा, माछा , आदी पकाउंछन् र पकाएको खाने कुरा चराई मा लानका लागि खाने कुरा सबै जना खाना खाने गर्छन् । दिन भरी महिलाहरु बिभिन्न खेल खेल्ने , दुःख सुखका कुरा गर्ने गर्छन् । खाजा खाने समयमा गाउको दक्षीण पट्टि , भुईया नजिकै बगैचामा गई गाउ भरीका महिलाहरु गई बस्छन् । भल्मन्सा , चाकरले भरा (गुरुवा) लाई लिएर चराइ भएको ठांउमा आई पुजा गर्छन् । सात रंगको चिरहरु लठ्ठीमा बाधी सात भवनीका पुजा गर्छन् । जसमा घिउ, ल्वाङ्ग, पकाएको खाने कुरा सवैले केराको पातमा राखेर पुजा गर्नका लागि खाने कुरा लगि पुजा गर्छन् । भर्राले पुजा गरी सकेपछि सवैलाई टिका लगाइ दिन्छ र सवै जनालाई ल्याएको पकवान खान अनुमति दिन्छन् र सवैले आफुले ल्याएको खाने कुरा एक अर्कामा वाँडी चुँडी खाँन्छन् । खाइ सके पछि महिलाहरु होरी खेल्छन् केटा केटीहरु विभिन्न किसिमका खेलहरु खेल्छन् र जामुनको पात टिपेर ल्याउँछन् त्यस पछि त्यस वर्ष विवाह भएको केटीका घरबाट आएको मिठाई बाँडेर खाने चलन रहेको छ । ल्याएको जामुनको पात भलमन्सा वा पधनाको घरको देउथानमा राखेर फर्किने चलन रहेकोछ । वैशाखी चराई चैतकी चराइमा जस्तै वैशाखी चराई पनि मनाइन्छ । यस चराइमा नयाँ विवाह गरेका अथवा त्यस वर्ष विवाह गरेका सवै महिलाहरु आ–आफ्ना माइतीघरबाट घर जान्छन् यसलाई नैदुलहीन चराई पनि भनिन्छ । यसै चराइमा सबै नयाँ दुलहीनहरु यस चराइमा जानै पर्छ । भजनि चराइः भजनि चराइ जेठको महिनामा मनाउने परम्परा हो । पहिला भजनि चराइमा गाँउभरिका मान्छेहरु सपरिवार हप्ता भरि घर बाहिरै बसेर मनाउने परम्परा थियो बिचमा एक रात मात्र घर बाहिर बसि मनाउन थाले र हाल आएर बिहान गै साँझ फर्किन थाले । यस चराइमा पनि अन्य चराइ जस्तै पुजा आज गर्ने प्रचलन छ । कृषि कार्यका लागि गरिने पुजाहरु पोया पुजा पोया पुजा धान खेतीको लागि गरिने पुजा हो । यो पुजा बर्षा शुरुहुनु पुर्व बैशाख महिनाको उजियारी शुक्ल पक्षमा गर्दछन । यो पुजा गर्ने दिन बिहान घरमा दाल भात साग पकाएर घर भन्दा बाहिर खेतमा गएर हलो वा फालीले खनेर धान छिट्छन र अगियारी गरी होम मसला दाल भात संग चढाउँछन । पुजामा जादा कोहि व्यक्ती संग नबोल्ने र फर्केर आए पछि मात्र बोल्ने चलन रहेको छ ।यस दिन आपनो घरको अन्न पैसा केहि पनि कसैलाइ दिन नहुने मान्यता रहेको छ । दिवालो पुजा दिवालो पुजा भदौ महिनाको उजियारी वा शुक्ल पक्षमा गौंटेहरा भर्राले पधना वा भल्मन्साको घरमा गाउँका हरेक घरका सदस्यहरुको उपस्थितिमा यो पुजा गरिन्छ । यस पुजामा गाग्रोमागाइको दुध, कमलको फुल घंघोर,फर्सीको फुल (गंगाको फुल) पसाइ, गाग्रोमा मिसाएर राख्छन । दुइ वटा सरबा (दियो) राख्छन र दियो नबलुन्जेल भर्राले गमाइट (दिउता) हेर्छन र दियो जब आपै बल्छ त्यस पछि मात्र गाउँलेहरु सुत्न जान्छन । बिहान रात भरी पुजामा राखेको दुध गाउँलेहरुले आफ्नो आफ्नो खेतमा लगेर धानबालीमा छर्कने जसले गर्दा धानमा कुनै प्रकारको किरा नलागोस भनेर यो पुजा गरन्छि ।                                  

 

                                  डोटी घरना                                                                      २)  डोटी जिल्लाका लोक नृत्यहर

 

 

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ ।

भेडा नृत्य : छठी, व्रतवन्ध, पास्नी र विवाह शुभकार्यमा औजी, दमाई, होलीथरका नर्तकदाण गायन प्रस्तुत हुने भडागीत नृत्यमा वीरयोद्धाको वर्णनगाथा गद्यपद्दात्मक शैलीन प्रस्तुत हुन्छ । भडामा पनेरू, भिया, छुरा, देउवा, पैकेला, नर्साधोकी, छपला, सदेउवाला ,काला भागारीको भडा प्रमुख मानिन्छ ।

भर्सी/भस्सो : सुदूपश्चिको डोटी, अछाम, बझाङ र बाजुराका खस समूदायमा प्रचलित भर्सी (भस्सो) गीत नृत्य खेल्नु पुष महिनाको शुक्लपूर्णिमा देखि द्वितिया सम्म हुन गर्दछ। ढाल, तरवार, खुकुरी जस्ता हतियार समातेर युद्धकला प्रस्तुत गर्दै नाचिने भर्ती गीतमा भनिएको हुन्छ । 'भर्सो कहिले भसिरे भसो, पाँच पाण्डवको, भसिरे भसो, कहाँ जान्या हो भसिरे मसो ।

रनपुतला :- बुवाज्यूका आगनमा रनपुतला, कोरे लोग आउनुभयो रनपुतलाः बोलमा वैशाख नयाँ वर्षमा गाउने गर्दछन् । अछाम र डोटीका आदिवासी खसहरूले रनप्तला पर्व मनाउँदा अविवाहित चेलीहरूले आफ्नो जन्मथलो छोडेर पराईघर जानुपर्ने अवस्थामा दुःखलाई सम्झदै गाईन्छ ।

 हुड्के  / हुड्नेलि :-   सुदूरपश्चिम प्रदेशका सबै जसो गाउहरुमा  हुड्के नाचिने हुदा भु-वनोटको अधारमा भाषा , लय र ताल पनि फरक पाईन्छ अन्य जिल्लाहरुमा यसको अध्ययन र लेख प्रकासन भएपनि यश क्षेत्रको हुड्के / हुड्केलि लोप हुने अबस्तामा रहेको छ । 

जोरायल चाैलो  :- जोरायल चाैलो दाईन , दमहा, झ्यालि र भोक्कर  ( दाईन, दमाउ , झाँज  र  भोक्कर ) बजायर निकालिने धोनिलाई जोरातल चाैलो बजा भनिन्छ  । जोरायल चाैलो जुन  दाईन , दमहा , झ्यालि , र भोक्कर बजाउदा  यो ताल कुनेै पनि ठाउको ताल भन्दा फरक पाईन्छ । च्यान्तुकुडि  र  जोरायल चाैलो यसठाउको माैैैैलिक नृत्य ( नाच ) हो । यसलाई नृत्यकारहरुले दाउरा सुरुवाल अस्कोट , काछनि , टोपी , पागडी , माला लगाएका हुन्छन भने हातमा ढाल , तरवाल, खुकुरी समातेर लहरै लागि मेला पर्वमा नाच्ने गरिन्छ । यो जोरायल चाैलो युद्धमा विजयी र खुसियालिमा नाच्ने वा  खेेल्ने गरिन्छ ।

पैसेरी :-  जोरायल गापा ३ को वेलटु्क्रा गाउमा विषेश गरि पैसेरी नृत्य        ( नाच) गर्ने गर्दछन । यो नाचमा गाउका पचास बर्ष  कटेका मानिसहरूले नृत्य गरिरहेका हुन्छन भने युवा पुस्ताहरुमा पैेसेरी नृत्य पुस्तान्त्रण नहुदा लोप हुने अबस्तामा छ । पैसेरी धेेरै प्रकारका हुने हुदा यहा गरिने पैसेरी कुन हो र यसको  अध्ययन जारी छ ।

मारुनी :-  जोरायल गाउपालिका ४ को बग्सति र टाक भन्ने  गाउमा  यो मारुनि नृत्य देखेको र बि.स. २०५५/५६ साल तिर तत्कालीन त्यश क्षेत्रका शैक्षिक अगुवा , समाजसेवी र घण्टेस्वर माविका शिक्षक श्री सुनलाल थापा सरको नेतृत्वमा र सहजिकरण चन्द्रदेव ओझाले गरेको कार्यक्रममा मारुनि नृत्य देखेको हुदा यश क्षेत्रमा पनि मारनि नृत्य गरिने हुदा यसको बिस्तृत अध्ययन गर्न बाकि छ ।

 

                               अछाम घराना                                                                    ३) अछाम जिल्लाका लोक नृत्यहरु

 

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ ।

धुमारी/धमारी :- चैत्र अर्थात चरित्रगाथाभित्रकै एक अंश घुमारी, लोक गीत गौरा पर्वम गाइन्छ । चैत आउँदा ठाडो, ढुस्को वा चाली चार नृत्य शैली हुन्छ ।

भेडा नृत्य : छठी, व्रतवन्ध, पास्नी र विवाह शुभकार्यमा औजी, दमाई, होलीथरका नर्तकदाण गायन प्रस्तुत हुने भडागीत नृत्यमा वीरयोद्धाको वर्णनगाथा गद्यपद्दात्मक शैलीन प्रस्तुत हुन्छ । भडामा पनेरू, भिया, छुरा, देउवा, पैकेला, नर्साधोकी, छपला, सदेउवाला ,काला भागारीको भडा प्रमुख मानिन्छ ।

भर्सी/भस्सो : सुदूपश्चिको डोटी, अछाम, बझाङ र बाजुराका खस समूदायमा प्रचलित भर्सी (भस्सो) गीत नृत्य खेल्नु पुष महिनाको शुक्लपूर्णिमा देखि द्वितिया सम्म हुन गर्दछ। ढाल, तरवार, खुकुरी जस्ता हतियार समातेर युद्धकला प्रस्तुत गर्दै नाचिने भर्ती गीतमा भनिएको हुन्छ । 'भर्सो कहिले भसिरे भसो, पाँच पाण्डवको, भसिरे भसो, कहाँ जान्या हो भसिरे मसो ।

भैचम्पाः नारी वेदनाका पीडापोख्दै खस युवतीहरूले गोल घेरामा गरिने नृत्य भैचमा ढोलक, मिजुरा र सनाई बाजाको तालमा नाचिन्छ ।

रनपुतला :- बुवाज्यूका आगनमा रनपुतला, कोरे लोग आउनुभयो रनपुतलाः बोलमा वैशाख नयाँ वर्षमा गाउने गर्दछन् । अछाम र डोटीका आदिवासी खसहरूले रनप्तला पर्व मनाउँदा अविवाहित चेलीहरूले आफ्नो जन्मथलो छोडेर पराईघर जानुपर्ने अवस्थामा दुःखलाई सम्झदै गाईन्छ ।

                                         बझाङ घरना                                                                      ४) बझाङ जिल्लाका लोक नृत्यहरु

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ ।

धुमारी/धमारी :- चैत्र अर्थात चरित्रगाथाभित्रकै एक अंश घुमारी, लोक गीत गौरा पर्वम गाइन्छ । चैत आउँदा ठाडो, ढुस्को वा चाली चार नृत्य शैली हुन्छ ।

भेडा नृत्य : छठी, व्रतवन्ध, पास्नी र विवाह शुभकार्यमा औजी, दमाई, होलीथरका नर्तकदाण गायन प्रस्तुत हुने भडागीत नृत्यमा वीरयोद्धाको वर्णनगाथा गद्यपद्दात्मक शैलीन प्रस्तुत हुन्छ । भडामा पनेरू, भिया, छुरा, देउवा, पैकेला, नर्साधोकी, छपला, सदेउवाला ,काला भागारीको भडा प्रमुख मानिन्छ ।

भर्सी/भस्सो : सुदूपश्चिको डोटी, अछाम, बझाङ र बाजुराका खस समूदायमा प्रचलित भर्सी (भस्सो) गीत नृत्य खेल्नु पुष महिनाको शुक्लपूर्णिमा देखि द्वितिया सम्म हुन गर्दछ। ढाल, तरवार, खुकुरी जस्ता हतियार समातेर युद्धकला प्रस्तुत गर्दै नाचिने भर्ती गीतमा भनिएको हुन्छ । 'भर्सो कहिले भसिरे भसो, पाँच पाण्डवको, भसिरे भसो, कहाँ जान्या हो भसिरे मसो ।

भैचम्पाः नारी वेदनाका पीडापोख्दै खस युवतीहरूले गोल घेरामा गरिने नृत्य भैचमा ढोलक, मिजुरा र सनाई बाजाको तालमा नाचिन्छ ।

                               बाजुरा घराना                                                                       ५) बाजुरा जिल्लाका लोक नृत्यहरु

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ

भुवा नृत्य : वीर रसमा आधारित भूवा नृत्य युद्ध कला प्रस्तुतगर्दै पुरुषलेमात्र गाउने गरिन्छ । ढाल, तरवार र दमाहाकासाथ भुवा नृत्य हिड्दै एतिहासिक गाथा प्रस्तुतगरे गाइन्छ । फूल माझको छ रूवस चैत्र फलमाझ हजारी रूवस बोलको भूवा मृत्यना दमाहा र भ्याली बाजा रहन्छ ।

धुमारी/धमारी :- चैत्र अर्थात चरित्रगाथाभित्रकै एक अंश घुमारी, लोक गीत गौरा पर्वम गाइन्छ । चैत आउँदा ठाडो, ढुस्को वा चाली चार नृत्य शैली हुन्छ ।

भेडा नृत्य : छठी, व्रतवन्ध, पास्नी र विवाह शुभकार्यमा औजी, दमाई, होलीथरका नर्तकदाण गायन प्रस्तुत हुने भडागीत नृत्यमा वीरयोद्धाको वर्णनगाथा गद्यपद्दात्मक शैलीन प्रस्तुत हुन्छ । भडामा पनेरू, भिया, छुरा, देउवा, पैकेला, नर्साधोकी, छपला, सदेउवाला ,काला भागारीको भडा प्रमुख मानिन्छ ।

भर्सी/भस्सो : सुदूपश्चिको डोटी, अछाम, बझाङ र बाजुराका खस समूदायमा प्रचलित भर्सी (भस्सो) गीत नृत्य खेल्नु पुष महिनाको शुक्लपूर्णिमा देखि द्वितिया सम्म हुन गर्दछ। ढाल, तरवार, खुकुरी जस्ता हतियार समातेर युद्धकला प्रस्तुत गर्दै नाचिने भर्ती गीतमा भनिएको हुन्छ । 'भर्सो कहिले भसिरे भसो, पाँच पाण्डवको, भसिरे भसो, कहाँ जान्या हो भसिरे मसो ।

भैचम्पाः नारी वेदनाका पीडापोख्दै खस युवतीहरूले गोल घेरामा गरिने नृत्य भैचमा ढोलक, मिजुरा र सनाई बाजाको तालमा नाचिन्छ ।

 

                              कञ्चनपुर घराना                                                                 ६) कञ्चनपुर जिल्लाका लोक नृत्यहरु

नचनच्वा नाच थारु समुदायले शुभअवसरमा नाच्ने नाच होयो । विवाह, अन्नबाली थन्क्याउने अवसर, या अन्य कुनै पनि खुसीको उत्सवको अवसरमा महिला पुरुषहरू युगल वा एकल रूपमा नाचिने छोझा, झुम्रा, महोट्या र हुरडुड्या नृत्यलाई समग्रमा नचनच्वा नृत्य भनिन्छ । यस नाचको ताल, मुद्रा गीतको बोल, वाद्यवादनको ताल फरकफरक हुन्छ ।

मघोटा नृत्य :- थारू समुदायले माघ अर्थात् मकर सङ्क्रान्तिको उपलक्ष्यमा नाचिने नृत्यलाई मघौटा नृत्य भनिन्छ । यस नृत्यको ताल, मुद्रा, मादलको ताल र गीतको बोल नचनच्वा नृत्यको तात्त्विकताभन्दा पृथक हुन्छ ।

वर्का नाच :- नेपालका प्रदर्शनकारी कला, प्रादेशिक अनुसल्यान थारू महाभारत अर्थात् बर्कीमारको कथामा आधारित गीतमा गुरुवाहरू र पुरुषहरूद्वारा नाचिने नृत्यलाई वर्का नाच भनिन्छ । देउखुरीमा भने दाङको पैयाँ नृत्यलाई वर्का नाच भनिन्छ ।

सख्या नाच :- दसैंको उपलक्ष्यमा भाद्रमा गरिने 'हात्या गुरै अनुष्ठानदेखि डेवारी अर्थात् तिहारको पूर्वसन्ध्यासम्म थारू युवायुवतीद्वारा नाचिने नृत्यलाई सख्या र पैयाँ नृत्य भनिन्छ । पैयाँ नृत्य रीति र अगिती हुन्छन् । पैया २२ ताल (ख्वाट) मा नाचिन्छ भन्ने भनाइ छ । तर २२ ताल पैयाँ ताल दुर्गम छ । पैयाँहरूमध्येमा राना पैयाँ सबभन्दा महत्त्वपूर्ण लाग्छ ।

ढोलहा नाच :-थारू समुदायको विवाहको अवसरमा वीर रसमा आधारित विशेष प्रकारले नाचिने नाच हो यो। एक जना वाद्य वादकले बजाएको ढोलको तालमा जामा लाएको, हातमा तरबार लिएको पुरूष नर्तकले विभिन्न मुद्रामा यो नृत्य गर्दछ । सभ्यकालसम्म रहेको स्वयंवर प्रथामा कन्याका लागि युद्ध हुन्थ्यो । द्वापर युगमा रूविमणि हरण यसको उदाहरण हो । त्यही स्मृतिको प्रतीक हो यो ।

कठघोरीक नाच - बाँसको घोडा र काठको हात्तीलाई आफ्‌नो काँधमा बोकेर नचनच्वा नृत्यमा बजाइने मादलको तालमा थारू महिला र पुरुषद्वारा युगत्व रूपमा नाच्ने नृत्यलाई कठघोरिक नाच भनिन्छ । तमिल संस्कृतिमा यस नृत्यलाई काल कोय कुट्ट पुडिनम भनिन्छ ।

मातीक पेड :-नृत्य कैलाली जिल्ला पवेरा, जण्दहवा गाउँमा चालीस वर्ष पहिले नाचिने यो नृत्य हाल लोपोन्मख छ । यो नृत्य रातभरि नाचिन्थ्यो । 

लालभुत्रिक नृत्य :- कैलाली जिल्लाको पवेरा गा.वि.सं. को जण्दहवा गाउँमा सशस्त्र द्वन्द्वभन्दा पहिलेसम्म नाचिने यो नृत्य हाल लोपोन्मुख छ । यस नृत्यमा थारू लोकरामायण गाइनुका साथै अभिनय गरिन्छ। यो नृत्य रातभरि नाचिन्थ्यो ।

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ ।

 

                                     डडेल्धुरा घरान                                                                  ७) डडेल्धुरा जिल्लाका लोक नृृृृत्यहरु

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ ।

धुमारी/धमारी :- चैत्र अर्थात चरित्रगाथाभित्रकै एक अंश घुमारी, लोक गीत गौरा पर्वम गाइन्छ । चैत आउँदा ठाडो, ढुस्को वा चाली चार नृत्य शैली हुन्छ ।

भेडा नृत्य : छठी, व्रतवन्ध, पास्नी र विवाह शुभकार्यमा औजी, दमाई, होलीथरका नर्तकदाण गायन प्रस्तुत हुने भडागीत नृत्यमा वीरयोद्धाको वर्णनगाथा गद्यपद्दात्मक शैलीन प्रस्तुत हुन्छ । भडामा पनेरू, भिया, छुरा, देउवा, पैकेला, नर्साधोकी, छपला, सदेउवाला ,काला भागारीको भडा प्रमुख मानिन्छ ।

भर्सी/भस्सो : सुदूपश्चिको डोटी, अछाम, बझाङ र बाजुराका खस समूदायमा प्रचलित भर्सी (भस्सो) गीत नृत्य खेल्नु पुष महिनाको शुक्लपूर्णिमा देखि द्वितिया सम्म हुन गर्दछ। ढाल, तरवार, खुकुरी जस्ता हतियार समातेर युद्धकला प्रस्तुत गर्दै नाचिने भर्ती गीतमा भनिएको हुन्छ । 'भर्सो कहिले भसिरे भसो, पाँच पाण्डवको, भसिरे भसो, कहाँ जान्या हो भसिरे मसो ।

 

                                     बैतडी घराना                                                                          ८) बैतडी जिल्लाका लोक नृत्यहरु

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ ।

हरपनिया: बैतडी जिल्लाको उत्तरतिर भाद्र महिनामा पर्ने गौरा पर्वका अवसरमा गाइन्छ । देउडा सँगै राती चरित्र गाथाका आधारमा गाइत्रने हरपनिया गीत बिहानको मिमिरे सम्म गाइन्छ । यी खस नृत्य गीत संगित प्रस्तुतीका लागि अनेक तरहका वाद्यवादन प्रचलनमा पाइन्छन् ।

भेडा नृत्य : छठी, व्रतवन्ध, पास्नी र विवाह शुभकार्यमा औजी, दमाई, होलीथरका नर्तकदाण गायन प्रस्तुत हुने भडागीत नृत्यमा वीरयोद्धाको वर्णनगाथा गद्यपद्दात्मक शैलीन प्रस्तुत हुन्छ । भडामा पनेरू, भिया, छुरा, देउवा, पैकेला, नर्साधोकी, छपला, सदेउवाला ,काला भागारीको भडा प्रमुख मानिन्छ ।

धुमारी/धमारी :- चैत्र अर्थात चरित्रगाथाभित्रकै एक अंश घुमारी, लोक गीत गौरा पर्वम गाइन्छ । चैत आउँदा ठाडो, ढुस्को वा चाली चार नृत्य शैली हुन्छ ।

भर्सी/भस्सो : सुदूपश्चिको डोटी, अछाम, बझाङ र बाजुराका खस समूदायमा प्रचलित भर्सी (भस्सो) गीत नृत्य खेल्नु पुष महिनाको शुक्लपूर्णिमा देखि द्वितिया सम्म हुन गर्दछ। ढाल, तरवार, खुकुरी जस्ता हतियार समातेर युद्धकला प्रस्तुत गर्दै नाचिने भर्ती गीतमा भनिएको हुन्छ । 'भर्सो कहिले भसिरे भसो, पाँच पाण्डवको, भसिरे भसो, कहाँ जान्या हो भसिरे मसो ।

 

                                       दार्चुला घरना                                                                     ९) दार्चुला जिल्लाका लोक नृत्यहरु

देउडा : खस पहिचानको लोक गीत देउडा लोकनृत्य घुमाउरो पारामा डेढपाइला अगि डेढ पाइला पछाडीसर्दै गरिन्छ। देउडा लोकलय प्रायः पहिलो पदतुक मिलाउन र दोहे पद अर्थपूर्ण हुने गर्दछ। मानव जीवनका भोगाईका प्रसंगउप्काउँदै नाचिने गीतलाई देउडिया भनिन्छ

छलिया नाच: समान्ती समाजमा छलगरी कन्यालाई बलपूर्वक विवाहको खुशीयालीम गर्ने नृत्य छलिया हो । नृत्यगर्दा गीत गाईदैन तर नृत्य रोकेपछि अनेकौ बाळाचं तालमा आँखा भृकुटी र मुखमुद्रामा भय विस्मय आश्चर्य आनन्दीको मनोभाव प्रयोगगर्मी ढाल तरवार सहित नृत्य गरिन्छ ।  । 

( पदम श्रेष्ठ जातजाति र संघीयता  कति ठिक  कति बेठिक सस्करण बाट )

 नृत्यकलामा पनि सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता रहेको पाइन्छ । सुदूरपश्चिममा नृत्य गर्नुलाई छलो खेल्नु पनि भन्ने गरेको पाइन्छ । नेपालीमा नृत्य अथवा नाँचको समानार्थी रुपमा प्रयोग हुने छलो शव्दबाट छलिया बनेको हो । नृत्य गर्ने तथा छलो खेल्ने व्यक्तिलाई छलिया भनिन्छ । छलिया नृत्य सुदूरपश्चिमको मौलिक नृत्य हो । विशेष गरी खुसीका अवसरमा गरिने छलिया नृत्यको आफ्नो छुट्टै महत्व र मौलिकता रहेको पाइन्छ । छलिया नृत्य विशेष गरी विभिन्न मांगलिक अवसर विवाह, व्रतबन्ध, जात्रा लगायतमा प्रस्तुत हुने गर्दछ । छलिया नृत्यमा स्थानीय स्तरमै बनेका लोक बाँजागाँजाहरुका साथमा गरिन्छ । छलिया नृत्यमा प्रयोग हुने बाँजाहरुमा दमाहा, झ्याली, विगुल, मसक, हुड्को लगायतका बाँजागाँजाहरुको प्रयोग गरिन्छ । सुदूरपश्चिममा बजाइने दमाहाहरु दाइन र बउँ गरी दुई किसिमका हुने गर्दछन् । दाइन अलि ठूलो र मोटो आवाज दिने गर्दछ भने बउँ पातलो आवाज दिने हुन्छ । छलिया नृत्यमा एउटा दाइनसँग चारपाँच वा बढी बउँ दमाहा बजाइने गरिन्छ । दमाहा बजाउनका लागि काठका लट्ठीहरुको प्रयाग गरिन्छ, जसलाई लाकाडा भन्ने गरिन्छ । छलिया नाँच्दा बजाइने बाँजोलाई छलिया बाँजो भनिन्छ । बिचबिचमा धिरो लगायतका बाँजो पनि बज्ने गर्दछ । त्यसै गरी दमाहासँगै झ्याली, मसक र हुड्को पनि बजाइन्छ । बिचबिचमा बिगुल पनि बजाउने गरिन्छ । छलिया नाँचमा नाँच्ने व्यक्तिहरुको विशेष नृत्य पहिरन हुने गर्दछ । परम्परागत रुपमा त्यसलाई झकुलो, फ्रक आदि नामले चिन्ने गरिन्थ्यो यो विशेष गरी रातो पहेलो सेतो रङ्गी कपडाको प्रयोग गरेर बनाइएको हुन्छ । टाउँकोमा विशेष किसिमले मखमलको पगडि लगाइन्छ । छलियाहरुको कम्बरमा विशेष किसिमको कपडाको पेटी पनि हुने गर्दछ । एक हातमा ढाल र एक हातमा तलवार लिइ छलिया नृत्यको प्रदर्शन हुने गर्दछ । छलिया नाँचमा एक जनाले सुरुमा लोक डेउडाको छेउटो प्रस्तुत गर्दछन् । यसमा सुरुमा देवीदेवताको मंगलाचरण, प्राथना लगायत आर्षिवादबाट गीतको सुरुवात गरिन्छ । त्यसपछिका गीतहरुमा आन्दित तुल्याउने हाँसोठट्टा लगायतका र श्रृङ्गारिक भावका छेउटा प्रस्तुत गरिन्छन् । छेउटो पछि कुनै एक नाँचन योग्य लोकलयको गीत गाउँदै छलियाबाँजो बजाइन्छ र धेरै बेरसम्म त्यही बाँजोमा छलियाहरु नाँचदछन् । बाजा रोकिएपछि पुःन अर्को छेउटो प्रस्तुत गरिन्छ । छलियानाँचमा विभिन्न किसिमका जादुगरी र कलाको पनि प्रदर्शन गरिन्छ । उल्टो पल्टेर मुख वा आँखाले पैसा टिप्ने कलालाई छलिया नृत्यमा प्रमुखताका साथ स्थान दिइन्छ । त्यसै गरी दाइन दमाहा बजाउने कला, एउटा छलियाले अर्कोको काँधमा चढेर दाइन बजाउने कला पनि छलिया नृत्यको विशेषता हो । त्यसै गरी बाँजाकै तालमा ढाल तलवारको बाँजी पनि अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । वीर विरङ्गनाहरुले युद्धमा लडेको प्रहसन देखाउँदै तलवारको प्रहार र ढालले रोक्ने कलाको प्रदर्शन छलिया नृत्यमा हुने गर्दछ । छलिया नृत्यमा लगाइने पोषाक र ढालतलवारले विगतका सिपाहीहरुको झल्को दिने गर्दछ । यस क्षेत्रका सिपाही तथा वीर पुरुषहरुको लोक पहिरन लगाएर गरिने छलिया नृत्यले आनन्द मात्रै नदिएर विगतको झल्को पनि दिने गर्दछ ।

छलिया नृत्यमा दलित समुदायको महत्वपूर्ण भूमिका हुने गर्दछ । यो नृत्य सुदूरपश्चिमका दलित समुदायको मौलिक कला हो । यो कला हरेक समुदायका लागि प्रयोगमा आए पनि यसको सिर्जना, संरक्षण प्रदर्शनमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको छ । सुदूरपश्चिममा बढीजसो कला सँस्कृतिको जगेर्ना दलित समुदायले गरेको पाइन्छ । वर्तमान विश्वव्यापीकरण र पश्चिमा सँस्कृतिको प्रभावले हाम्रा यस्ता लोक कलाहरु लोप हुँदै गइरहेका छन् ।

(  कविराज भट्ट  सुदूरपश्चिमको माैलिक पहिचान छलिया नृत्य पश्चिम प्रेसमा प्रकासित जेठ ७ गते  सनिबार २०७९)

धुमारी/धमारी :- चैत्र अर्थात चरित्रगाथाभित्रकै एक अंश घुमारी, लोक गीत गौरा पर्वम गाइन्छ । चैत आउँदा ठाडो, ढुस्को वा चाली चार नृत्य शैली हुन्छ ।

 भेडा नृत्य : छठी, व्रतवन्ध, पास्नी र विवाह शुभकार्यमा औजी, दमाई, दोली धरका नर्तकद्वारा गायन प्रस्तुत हुने भडागीत नृत्यमा वीरयोद्धाको वर्णनगाथा गद्यपद्दात्मक शैलीम प्रस्तुत हुन्छ । भडामा पनेरू, भिया, छुरा, देउवा, पैकेला, नर्साधोकी, छपला, सदेउबाला, कासा भागारीको भडा प्रमूख मानिन्छ ।

 भर्सी/भस्सो : सुदुपश्चिको डोटी, अछाम, बझाङ र बाजाका खस समुदायमा प्रचलित भसों (भस्सी) गीत नृत्य खेल्नु पुष महिनाको शुक्लपूर्णिमा देखि द्वितिया सम्म हुन् गर्दछ । दाल, तरवार, बकरी जस्ता हतियार समातेर युद्धकला प्रस्तुत गर्दै नाचिने भसी गीतमा भनिएको हुन्छ । 'भर्सी कहिले भसिरे भसो, पाँच पाण्डवको, भसिरे भसो , कहाँ जान्या हो भसिरे मसो ।

 भैलो:-   तिहारको ३ दिन ३ रात भत्याउँदै लोक गीतकासाथ गाइने भैली अन्य ठाउँमा पृथक हुन्छन् । तिहारमा देउसी भैलो प्रस्तुत गरिन्छ ।