vip.malla20@gmail.com

कैलाली जिल्ला र जिल्लाका स्थानिय तहको परिचय

             कैलाली जिल्ला 

 सन  १८१४ देखि १८१५ सम्म अंग्रेजसँग भएको युद्धपछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट काली नदी पश्चिमको सम्पूर्ण भू–भागसँगै तरार्ईको कञ्चनपुर पनि इस्ट इण्डियामा गाभिएको थियो । सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि कैलाली, कञ्चनपुर, बाँंके र बर्दियासम्मको तरार्ई भूखण्ड नयाँ मुलुकको रुपमा नेपाललाई प्राप्त भएको थियो ।  लम्कि कैलाली नेपालमा आवद्ध भइसकेपछि मात्र कैलाली र कञ्चनपुर छुट्टाछुट्टै जिल्ला बन्न पुगेका हुन् । परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ। सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन गएको जनविश्वास रहि आएको छ ।

कैलाली जिल्लाको भौगोलिक अवस्थिती यस जिल्लाको पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत र उत्तरमा डडेलधुरा जिल्ला पर्दछ । यो जिल्ला २८० ३२’ उत्तरीदेखि २९० २८’ उत्तरी अक्षांश र ८०० ३’ पूर्वदेखि ८०० ३३’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १,६१० वर्ग कि.मि.मध्ये ३७ प्रतिशत भूभाग खेतीयोग्य, ५५ प्रतिशत भूभाग वन जंगल र ८ प्रतिशत भूभाग खोलानालाले ओगटेको छ । भूतलीय उचाईको हिसाबले हेर्दा यो जिल्ला समुद्री सतहदेखि दक्षिणमा १६० मिटरदेखि उत्तरमा १,५२८ मिटर सम्मको उचाईमा अवस्थित छ । जिल्लाको पूर्व पश्चिम औसत लम्बाई ४४ कि.मि. र उत्तर – दक्षिण औसत चौडाइ ३४ कि.मि. रहेको छ । भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईको मैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ । सिमाना पूर्व : कर्णाली नदी, बर्दिया र सुर्खेत जिल्ला पश्चिम : कञ्चनपुर र डडेल्धुरा जिल्ला उत्तर : डोटी, डडेल्धुरा र सुर्खेत जिल्ला दक्षिण : भारतको उत्तर प्रदेश ( लखिमपुर खिरि) समुद्र सतहबाट उचाई : १०९ मी. देखि १९५० मी. क्षेत्रफल : ३२३५ वर्ग कि. मी. (पहाड ४०.३% र तराई ५९.७%) आक्षाशं : २८° २२’ उत्तर देखि २९° ५’ देशान्तर : ८०° ३०’ पूर्व देखि ८१° १८’

  तराई क्षेत्रमा अधिकतम तापक्रम ४६० सेल्सियस सम्म पुग्दछ भने जाडो महिनामा न्यूनतम तापक्रम ५० सेल्सियस सम्म तल झर्दछ । वर्षा मौसम विज्ञान विभागको धनगढी, कैलालीको सन्१९८४–२०१३ सम्मको ३० वर्षको अभिलेखअनुसार अध्ययन गर्दा यहाँ औसत वार्षिक वर्षा १८६०.४७ मि.मि. रहेको छ । भू–उपयोग जिल्लाको कुल क्षेत्रफल ३२३५०० हे. जमिनमध्ये ६४.८ प्रतिशत वनजंगलले ढाकिएको छ भने २७.८ प्रतिशत कृषियोग्य जमिन रहेको छ ।नदी तथा खोलाले  मोहना नदी र चाप खोलाले कन्चनपुर जिल्लासँग छुटयाउँदछ । त्यस्तै उतरमा ठूली गाड भन्ने खोलाले डोटी जिल्लाको सिमाना रहेको छ भने दक्षिणमा मोहना नदी भारतसँगको सिमाना रहेको छ । जिल्लामा १९३ वटा तालतलैयाहरू रहेकछन । कैलाली जिल्लाको निर्वाचन क्षेत्रको विभाजन प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ५ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १० रहेको छ। कैलाली जिल्लाको स्थानियतहको विभाजन संघिय संरचना अनुसार कैलाली जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ उपमहानगरपालिका ६ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ ।

१. नामः धनगढी उपमहानगरपालिका

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोचका साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२/०६/०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन् । २६१.७५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी उप–महानगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा कैलारी गाउँपालिका छ भने पश्चिममा मोहना नदी, उत्तरमा गोदावरी र गौरिगंगा नगरपालिका र दक्षिणमा अन्तर्राष्ट्रिय रुपमा भारतको सिमाना तथा मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ४५ डिग्री र न्यूनतम तापक्रम ७ डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति यो धनगढी नगरपालिका मिती २०७२।०६।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट धनगढी उप–महानगरपालिका रहन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौं देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ ।

साल २०७८ को तथ्याङ्क अनुसार यस नगरपालिकाको कुल जनसंख्या १९८७९२ रहेको छ । साविक धनगढी उपमहानगरपालिकाको कार्यालय जनसङ्ख्याः १९८७९२ (२०७८ अनुसार) क्षेत्रफलः २६१.७५ (वर्ग कि.मि.) वडा संख्याः १९ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ धनगढी १ २ धनगढी २ ३ धनगढी ३ ४ धनगढी ४ ५ धनगढी ५ ६ धनगढी ६ ७ धनगढी ७ ८ धनगढी ८ ९ धनगढी ९,१४ १० धनगढी १०,११ ११ अत्तरिया ९,१० १२ धनगढी १२ १३ धनगढी १३ अत्तरिया ११ १४ धनगढी २० १५ धनगढी १५ १६ धनगढी १६ १७ धनगढी १७ १८ धनगढी १९ १९ धनगढी १८ ।

सम्पर्क धनगढी उप-महानगरपालिका धनगढी कैलाली फोन नं: १८१०५०००००९० (टोल-फ्री नं), ०९१-५९०६९० (नगर प्रहरी बल), ०९१-५२१४२९ (प्रशासन शाखा), ०९१-५२०७३३

२. नामः टिकापुर नगरपालिका

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको पुर्बी भागमा पर्ने यो ठाउं महेन्द्र राजमार्ग देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ| प्रजातन्त्र पुनस्थापना पश्चात नगरोन्मुख गा.बि.स., गा.बि.स. हुँदै २०५३ साल माघ १७ गते एकै पटक घोषणा भएका १५ वटा नगरपालिका मध्येको एक हो भने हाल २०७३ साल फाल्गुन २७ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गा.बि.स. एकै ठाउंमा गाभिन गई हालको बृहत् टीकापुर नगरपालिकाको स्थापना भएको हो |  साविक टिकापुर नगरपालिकाको कार्यालय जनसङ्ख्याः ८९८३५ (२०७८ अनुसार) क्षेत्रफलः ११८.३३ (वर्ग कि.मि.) वडा संख्याः ९ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ टिकापुर ९ २ टिकापुर ८ ३ टिकापुर ५,६ ४ टिकापुर १,४ ५ टिकापुर २,३,७ ६ नारायणपुर १-४,७ ७ नारायणपुर ५,६,८,९ ८ धनसिहपुर १-३,९ ९ धनसिहपुर ४,८ । 

सम्पर्क ठेगाना : टीकापुर नगरपालिका सुदूरपश्चिम प्रदेश, टीकापुर , कैलाली फोन नं.: ०९१-५६०११८(कार्यालय ) ०९१-५६०४९९(दमकल ) फ्याक्स नं.: ०९१-५६१३८०

३. नामः घोडाघडी नगरपालिका

कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको यस घोडाघोडी नगरपालिकाको पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका,उत्तर मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसंख्या ८६०३४ रहेको छ । १२ वटा वडामा विभाजन भएको यो नगरपालिकामा साविकको दरख,साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेस भएका छन ।  साविक घोडाघडी नगरपालिकाको कार्यालय जनसङ्ख्याः ८६०३४ (२०७८ अनुसार) क्षेत्रफलः ३५४.४५ (वर्ग कि.मि.) वडा संख्याः १२ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ घोडाघोडी १,९ २ घोडाघोडी ६ ३ घोडाघोडी २,५ ४ घोडाघोडी १०,११ ५ घोडाघोडी ३,१३ ६ घोडाघोडी ७ ७ घोडाघोडी ४ ८ घोडाघोडी ८ ९ घोडाघोडी १२ १० पहलमानपुर १,२ ११ पहलमानपुर ३-६ १२ पहलमानपुर ७-९ ।

सम्पर्क घोडाघोडी नगरपालिकाको कार्यालय ठेगानाः सुखड १, कैलाली फोन: ०९१ - ४०३०६४, ४०३०२९

४. नामः लम्कीचुहा नगरपालिका

लम्कीचुहा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्गसग जोडिएको एक नगरपालिका हो । जुन बिश्वको नक्शामा भौगोलिक हिसाबले ८१ डिग्री १७ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तर र २८ डिग्री ३५ मिनेटदेखि २८ डिग्री ४४ मिनेट उत्तरी अक्षांशमा अवस्थित रहेको छ । लम्कीचुहा नगरपालिका १३ कि.मि.पूर्वमा रहेको कर्णाली नदीसग जोडिएको छ । यसको उत्तर तर्फ मोहन्याल गाउँपालिका, पश्चिममा बर्दगोरिया गाउँपालिका, पूर्वमा कर्णाली नदी तथा बर्दिया जिल्ला, दक्षिणमा जानकी गाउँपालिका र दक्षिण पश्चिममा जोशीपुर गाउँपालिका पर्दछ । लम्कीचुहा नगरपालिका २०७१ वैशाख २५ गते घोषणा गएिको हो भने २०७३ फागुन २२ गतेदेखि तत्कालीन प्रतापपुर गा. वि. स. का सबै वडाहरु यस नगरपालिकामा मिसाएर १० वडामा विभाजन गरिएको हो । यस क्षेत्रको औसत तापक्रम ४१ डिग्री सेल्सियस र न्यस्नतम १० डिग्री सेल्सियस रहेको पाइन्छ । केन्द्रः साविक लम्कीचुहा नगरपालिकाको कार्यालय जनसङ्ख्याः ९०९७१ (२०७८ अनुसार) क्षेत्रफलः २२५ (वर्ग कि.मि.) वडा संख्याः १० वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ लम्कीचुहा २ २ लम्कीचुहा ५ ३ लम्कीचुहा १ ४ लम्कीचुहा ६-८ ५ लम्कीचुहा ३,४ ६ लम्कीचुहा ९-११ ७ प्रतापुर १,३,५,७ ८ लम्कीचुहा १२,१३ ९ प्रतापुर २,४,६,८,९ १० लम्कीचुहा १४,१५ । सम्पर्क विवरण लम्कीचुहा नगरपालिका  कार्यालय भल्का,कैलाली सुदूरपश्चिम प्रदेश,नेपाल फोन :०९१ -४१९०४६

५. नामः भजनी नगरपालिका

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मध्य दक्षिणी क्षेत्रमा रहेको यस भजनी नगरपालिकाको पूर्वमा टिकापुर नगरपालिका र जोशीपुर गा.पा., पश्चिममा कैलारी गा.पा., उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गा.पा. र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेश राज्यको तिकुनियाँ , बेलरायाँ रहेका छन् । नेपाल सरकारले साबिक भजनी त्रिशक्ति नगरपालिका र थापापुर गा.बि.स. समाबेश गरि मिति २०७३-११-२७ मा घोषणा भएको यस भजनी नगरपालिकाको केन्द्र साबिक भजनी त्रिशक्ति नगरपालिकाको कार्यालय रहेको छ | दक्षिणमा रहेको मोहना नदी, नगरपालिकाको बिचबाट बग्ने कान्द्रा, काँढानदी र पुर्व तिरबाट बग्ने पथरैया नदी पर्दछ ।

जनसंख्या  ५३४९४ (२०७८ अनुसार) क्षेत्रफलः १७६.२५ (वर्ग कि.मि.) वडा संख्याः ९ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ भजनी त्रिशक्ति ७,८ २ भजनी त्रिशक्ति ६ थापापुर ४ ३ भजनी त्रिशक्ति ४,५ ४ भजनी त्रिशक्ति १०,११ ५ भजनी त्रिशक्ति २,३ ६ थापापुर १-३,७ ७ भजनी त्रिशक्ति १ ८ थापापुर ५,६,८,९ ९ भजनी त्रिशक्ति ९,१२ ।

भजनि नगरपालिका सम्पर्क फोन: 091580101 फोन तथा फ्याक्स:. 091580201 Email : info@bhajanimun.gov.

६. नामः गोदावरी नगरपालिका

सुदुर पश्चिम प्रदेशमा अवस्थित गोदावरी नगरपालिका कैलालि जिल्लाको मध्यपश्चिम भागमा अवस्थित रहेको छ । विगत २०७१ जेष्ठ ४ गते साविकको अत्तरिया, मालाखेति, श्रीपुर र गेटा गांउविकास समितिलाई मिलाई अत्तरिया नगरपालिकाको निर्माण गरिएको थियो । तथापि २०७३ फाल्गुन २८ गते प्रकाशित राजपत्रका आधारमा साविकको अत्तरिया नगरपालिकामा गोदावरी गांउ विकास समितिलाई समेत मिलाएको र साविक अत्तरिया नगरपालिकाको वार्ड नं. ९, १० र ११ लाई छोडी हालको गोदावरी नगरपालिकाको निर्माण गरिएको हो । गोदावरी एक धार्मिक महत्व वोकेको क्षेत्र मानिन्छ । यो क्षेत्र हिन्दुहरुको विश्वासको आधार रहेको पवित्र नदी गोदावरीवाट सिंचित रहेको छ । गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया वजार पूर्व पश्चिम राजमार्ग र ७ नम्वर प्रदेशको उत्तर दक्षिण भागलाई जोडने भिमदत्त राजमार्गको संगमस्थलमा अवस्थित रहेको छ ।

वि.सं. २०६८ को नेपालको जनगणना अनुसार यस नगरपालिकाभित्र १४,९१५ घरधुरीको बसोबास रहेको छ भने यहाँको कुल जनसङ्ख्या ७८,०१८ रहेको छ।  क्षेत्रफल — अक्षांस: २८˚ ८१’ उत्तरदेखी २८˚९२’ उत्तर सम्म — देशान्तर: ८०˚ ५५’ पूर्वदेखी ८०˚८’ पूर्व सम्म — क्षेत्रफल:३०८.६३ वर्ग कि.मि. — हावापानी: उष्ण देखि समशितोष्ण सम्म यस नगरपालिकाको उत्तरी भुभागमा डाँडाकाँडा रहेका छन भने दक्षिणी भागमा तराईको भुवनोट रहेको छ । 

सम्पर्क: गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अत्तरिया,कैलाली,सुदुर पश्चिम प्रदेश नेपाल सम्पर्क फोन: +९७७ ०९१ ५०८००१, ०९१५५१३०७, ०९१५५०५३५, ०९१५५००१५ फ्याक्स न:०९१-५५१३०५

७. नामः गौरीगंगा नगरपालिका

गौरीगङ्गा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ । नगरपालिका घोषणा गर्दा साविकका चौमाला, मसुरिया र उदासीपुर गा.वि.स. को वडा नं १, २ र ५ समावेश गरिएका थिए । विश्व मानचित्रमा २८° ३८’’ देखि २८° ५१’ ३०’’ उत्तरी अक्षांस देखि ८०° ५४’ ३०’’ पूर्व देशान्तर सम्म फैलिएको र समुन्द्री सतह देखि १६५ मि. देखि ९४४ मि. को उचाईमा, काठमाडौँ देखि ६२२ कि.मि. को दूरीमा रहेको छ । केन्द्रः साविक चौमाला गा.वि.स.को कार्यालय जनसङ्ख्याः ६४५५८ (२०७८ अनुसार) क्षेत्रफलः २४४.४४ (वर्ग कि.मि.) वडा संख्याः ११ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ चौमाला ३,५ २ चौमाला २,६ ३ चौमाला ४,९ ४ चौमाला १,७ ५ मसुरिया १ ६ चौमाला ८ ७ मसुरिया २,३,६ ८ मसुरिया ४,५ ९ मसुरिया ७,९ १० उदासीपुर १,२ ११ मसुरिया ८ उदासीपुर ५ । सम्पर्क विवरण गौरीगङ्गा नगरपालिका, चौमाला, कैलाली फोन नं: ९७७ ०९१ ४१८०६०, ४१८०५९

८. नामः जानकी गाउँपालिका

जानकी गाउँपालिका नेपालको ७ नं. प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । यस गाउँपालिकामा साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरि ४ ओटा गा.वि.स. समावेश गरि ९ वटा वडा कायम गरिएको छ । यो गाउँपालिका पूर्व पश्चिम राजमार्ग अवस्थित लम्की चोकबाट दक्षिणतर्फ करिब १० किलोमिटरको दुरीमा रहेको छ ।

विश्व मानचित्रमा जानकी गाउँपालिकाको भौगोलिक अवस्थिति २८० ३१’ देखि २८०३६’५” उत्तरी आक्षांस सम्म र ८१०२’ देखि ८१०१६’ पूर्वी देशान्तरसम्म फैलिएको छ । त्यसैगरी १०७.२७ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा बर्दिया जिल्ला, पश्चिममा जोशीपुर गाउँपालिका, उत्तरमा लम्की चुहा नगरपालिका र दक्षिणमा टीकापुर नगरपालिका रहेका छन् ।  साविक दुर्गौली गा.वि.स.को कार्यालय जनसङ्ख्याः ४९८६० (२०७८ अनुसार) क्षेत्रफलः १०७.२७ (वर्ग कि.मि.) वडा संख्याः ९ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ दुर्गौली १,३,४ २ जानकीनगर १-९ ३ दुर्गौली २,६,७ ४ मुनुवा १-३,६ ५ पथरैया १-३ ६ दुर्गौली ५,८,९ ७ मुनुवा ४,५,७-९ ८ पथरैया ४-६ ९ पथरैया ७-९ । 

सम्पर्क जानकी गाउँपालिका, दुर्गौली, कैलाली, सुदूरपश्चिम प्रदेश , नेपाल ।  Contact :- 091-500077

९. नामः  बर्दगोरिया गाउँपालिका

सुदुर पश्चीम प्रदेशको राजधानी धनगढी देखी ७२ किलोमिटर पुर्बमा अवस्थित रहेको बर्दगोरिया गाउँपालिकाको कार्यलय मुडा, कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं २ मा पर्दछ । बर्दगोरिया गाउँपालिका २८.२५ उत्तरी अक्षांस तथा ८१.२४ पूर्वी देशान्तरमा अबस्थित रहेको छ । समुद्र सतह देखी १४५ मिटर उचाईमा रहेको यस गाउँपालिकामा उष्ण उपोषण , समशीतोषण हावापानी भएको पाइन्छ ।

यस गाउँपालिकाको उत्तर दिशामा मोहन्याल गाउँपालिका, दक्षिणमा जोशीपुर गाउँपालिका सीमाना जोडिएको छ पश्चिममा घोडाघोडी नगरपालिका संग जोडिएको सीमाना पुर्वमा लम्की चुहा नगरपालिका रहेको छ ।  गाउँपालिकाको कुल क्षेत्रफल मध्ये करिब १५०९.६१ हेक्टर भु-भाग बन क्षेत्रले ओगटेको पाइन्छ । जुन समुदायिक वन, कबुलियत वन, धार्मिक वन, तथा सरकारी संरक्षित बन भित्र पर्दछ । केन्द्रः साविक दोदोधरा गा.वि.स.को कार्यालय जनसङ्ख्याः ३७६८२ (२०७८ अनुसार) क्षेत्रफलः ७७.२६ (वर्ग कि.मि.) वडा संख्याः ६ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ दोदोधरा ७ २ दोदोधरा २,३,६,९ ३ दोदोधरा १ ४ कोटातुल्सीपुर १,२ ५ दोदोधरा ४,५ कोटातुल्सीपुर ८,९ ६ दोदोधरा ८ कोटातुल्सीपुर ३,४,५,६,७

सम्पर्क Phone no.: +977-91404089

१०. नामः मोहन्याल गाउँपालिका

मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत गाउँपालिका हो | साविकका मोहन्याल,पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.रहेको छ | यो गाउँपालिकाको सिमाना पूर्वमा सुर्खेत जिल्ला,पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत जिल्ला र दक्षिणमा गौरिगंगा न.पा. घोडाघोडी न.पा.,लम्कीचुहा न.पा.र बर्दगोरिया गा.पा.संग जोडीएको छ |

 समुन्द्र सतहबाट ११०० मिटर देखि चुरे पर्वत फैलिएको स्थान १७०० मिटरको उचाईमा यो गाउँपालिका अवस्थित छ | उष्ण देखि समशितोष्ण हावापानी पाइने यस गाउँपालिकामा औसत तापक्रम १९ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहेको छ | केन्द्रः साविक पण्डौन गा.वि.स.को कार्यालय जनसङ्ख्याः २१०८२ (२०७८ अनुसार) क्षेत्रफलः ६२६.९५ (वर्ग कि.मि.) वडा संख्याः ७ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ सुगरखाल १ २ पण्डौन २,४-९ ३ सुगरखाल २-५ ४ मोहन्याल ७-९ पण्डौन १,३ ५ मोहन्याल १-६ ६ सुगरखाल ६,७ ७ सुगरखाल ८,९ ।

सम्पर्क विवरण MOHANYAL-RURAL MUNICIPALITY KAILALI, NEPAL  phone:9858426759

११. नामः कैलारी गाउँपालिका

 साविक हसुलीया गा.वि.स.को कार्यालय जनसङ्ख्याः ४९९१७ (२०७८ अनुसार) क्षेत्रफलः २३३.२७ (वर्ग कि.मि.) वडा संख्याः ९ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ हसुलिया ३,७-९ २ बसौटी १-६,८,९ ३ हसुलिया २,४-६ ४ हसुलिया १ ५ पबेरा १-९ ६ गदरिया १-३,६,७ ७ रतनपुर १-९ ८ उदासीपुर ३,४,६-९ बसौटी ७ ९ गदरिया ४,५,८,९

सम्पर्क विवरण कैलारी गाउँपालिका, सुदूरपश्चिम प्रदेश,कैलाली Phone: 091-545015

१२. नामः जोशीपुर गाउँपालिका

जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ । कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन् भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ । यो गाउँपालिकाको कुल क्षेत्रफ़ल ६५.५७ वर्ग कि.मि. रहेको छ । जिल्ला सदरमुकाम देखि १०० कि.मि. दुरीमा रहेको यो गाउँपालिका अन्न तथा धान बालीको उत्पादनको लागि कैलाली जिल्लाको राम्रो गाउँपालिकामा पर्दछ । समुद्रसतह बाट न्युनतम १४८ मिटर देखि अधिकतम १६२ मिटर उचाई सम्म भू -धरातल रहेको यस गाउँपालिकाको लगभग आधा भू -भाग वन क्षेत्र तथा बुट्यानले भरिएको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ३७१८७ रहेको छ । जसमध्ये १९४३३ महिलाको संख्या छ भने १७७५४ पुरुष रहेका छन् । मुख्य जातिका रुपमा थारु ,क्षेत्रि ,ब्राम्हण तथा दलितहरुको बसोबास रहेको पाइन्छ । केन्द्रः साविक जोशीपुर गा.वि.स.को कार्यालय जनसङ्ख्याः ३७१८७ (२०७८ अनुसार) क्षेत्रफलः ६५.५७ (वर्ग कि.मि.) वडा संख्याः ७ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ जोशीपुर २,७ २ जोशीपुर ६,८ ३ जोशीपुर १,३ ४ बौनिया १ जोशीपुर ४,५ ५ बौनिया २,५ ६ बौनिया ८ जोशीपुर ९ ७ बौनिया ६,७,९

सम्पर्क विवरण जाेशीपुर गाँउपालिका गाँउ कार्यपालिकाकाे कार्यालय जाेशीपुर , कैलाली इमेल :  फाेन नं : ०९१-४०११०१

१३. नामः चुरे गाउँपालिका

चुरे गाँउपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । सहजपुर,निगाली, खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/२८ गतेको निर्णय अनुसार चुरे गाउँपालिका घोषणा भई प्रदेश नम्बर ७ अन्तरगत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ । यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको माेहन्याल गाउँपालिका, पश्चिममा बडिकेदार गाउँपालिका , उत्तरमा जेरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको कुल क्षेत्रफल ४९३.१८ वर्ग कि.मि. रहेको छ । केन्द्रः साविक निगाली गा.वि.स.को कार्यालय जनसङ्ख्याः २१४०० (२०७८ अनुसार) क्षेत्रफलः ४९३.१८ (वर्ग कि.मि.) वडा संख्याः ६ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ निगाली २-७ २ निगाली ८,९ खैराला ६-९ ३ सहजपुर ६,८,९ निगाली १ ४ खैराला १-५ ५ सहजपुर १,२ ६ सहजपुर ३,५,७ । 

सम्पर्क विवरण चुरे गाउँपालीकाको कार्यालय घरखेडा ,कैलाली फोन नं. 9848460012

नोट :-    सम्बन्धित विवरणमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला ९८६५९३१५२०