vip.malla20@gmail.com

कञ्चनपुर जिल्ला र जिल्लाका स्थानीय तहको परिचय

          कञ्चनपुर जिल्ला 

परिचय  : कञ्चनपुर जिल्ला नेपालको एकीकरण हुनुभन्दा पहिले बाइसे–चौबिसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो । त्यतिबेलासम्म यस जिल्लाको नामकरण भइसकेको थिएन । मल्ली माल र तल्ली मालको नामबाट चिनिने यस जिल्लाको भूभाग पनि कैलाली जिल्लाकै भूभागमा समावेश रहेको थियो । सन् १८१४ देखि १८१५ सम्म अंग्रेजसँग भएको युद्धपछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट काली नदी पश्चिमको सम्पूर्ण भू–भागसँगै तरार्ईको कञ्चनपुर पनि इस्ट इण्डियामा गाभिएको थियो । सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि कैलाली, कञ्चनपुर, बाँंके र बर्दियासम्मको तरार्ई भूखण्ड नयाँ मुलुकको रुपमा नेपाललाई प्राप्त भएको थियो । नेपालमा आवद्ध भइसकेपछि मात्र कैलाली र कञ्चनपुर छुट्टाछुट्टै जिल्ला बन्न पुगेका हुन् । कञ्चनपुर नयाँ जिल्लाको रुपमा स्थापित हुँदा यसको सदरमुकाम हालको बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको र सोही बेलौरी नजिकको कञ्ज नामक ग्रामबाट कञ्चनपुर जिल्लाको नामकरण हुन गएको भन्ने इतिहासका अध्येताहरुको भनाई रहेकोपाइन्छ । यस जिल्लाको हालको सदरमुकाम २०१९ सालपछि कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरमा सारिएको देखिन्छ । नेपालको संविधानबमोजिम संघीय गणतन्त्र नेपालको मूल संरचना ३ तह ९संघ, प्रदेश र स्थानीय० मा हुने व्यवस्था र राज्यको पुनर्संरचना अनुसार सात प्रदेशमध्ये कञ्चनपुर जिल्ला सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित जिल्ला हो ।

भौगोलिक अवस्थाः यस जिल्लाको पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत र उत्तरमा डडेलधुरा जिल्ला पर्दछ । यो जिल्ला २८० ३२' उत्तरीदेखि २९० २८' उत्तरी अक्षांश र ८०० ३' पूर्वदेखि ८०० ३३' पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १,६१० वर्ग कि.मि.मध्ये ३७ प्रतिशत भूभाग खेतीयोग्य, ५५ प्रतिशत भूभाग वन जंगल र ८ प्रतिशत भूभाग खोलानालाले ओगटेको छ । भूतलीय उचाईको हिसाबले हेर्दा यो जिल्ला समुद्री सतहदेखि दक्षिणमा १६० मिटरदेखि उत्तरमा १,५२८ मिटर सम्मको उचाईमा अवस्थित छ । जिल्लाको पूर्व पश्चिम औसत लम्बाई ४४ कि.मि. र उत्तर – दक्षिण औसत चौडाइ ३४ कि.मि. रहेको छ । भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईको मैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ । महाकाली , जोगबुढा, चौधर, मोहना, स्याली, बनारा, डोडा, सोनवरा नदीहरु यस जिल्ला भएर बग्ने प्रमुख नदीहरु हुन । महाकाली बाहेक अन्य सबै नदिहरुको मुहान महाभारत पर्वत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला रहेका छन् ।

जिल्लाको इतिहास पहिले नेपालको बाइसे चौबीसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अंग्रेजसँग भएको युद्धपछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिश इन्डियामा गाभिएको पाइन्छ। सन् १८६० को सन्धिपछि मात्र यो क्षेत्र अर्थात कैलाली, कञ्चनपुर, बाँके र बर्दिया नयाँ मुलुकको रूपमा नेपालको अंग भएको हो। नेपालको अंग बनेपछि कैलाली र कञ्चनपुर (कैलाली र कंचनपुर) छुट्टै जिल्ला बन्न पुगेका हुन्। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई छ ।

भौगोलिक अवस्था अक्षांश: २८.३२" उत्तरदेखि २९. २८" उत्तरी अक्षांश देशान्तर: ८०.३" पूर्वदेखि ८०.३३" पूर्वी देशान्तर सिमाना: पूर्व-कैलाली जिल्ला, पश्चिम तथा दक्षिण- उत्तराञ्चल,भारत र उत्तर-डडेलधुरा जिल्ला क्षेत्रफल: १,६१० वर्ग कि.मि. औसत लम्बाई: ४४ कि.मि. (पूर्व-पश्चिम) औसत चौडाई: ३४ कि.मि. (उत्तर-दक्षिण) होचो भाग: समुद्री सतहदेखि दक्षिणमा १७६ फिट अग्लो भाग: समुद्री सतहदेखि उत्तरमा १,५२८ फिट जिल्लाको जम्मा क्षॆत्रफल १,६१,७४१ हेक्टरमध्ये ५९,५३२ हेक्टर (३७%) खेतीयोग्य तथा ८८,२०० हेक्टर (५५%) वन-जङ्गल र खोला नालाले ओगटेको अन्य १४,००९ हेक्टर (८%) छ। भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईमैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ। जलवायुको दृष्टिकोणले चुरे पर्वतीय श्रृङ्खलाबाहेक अन्य क्षेत्रमा उष्ण तथा उपोष्ण खालको हावापानी पाइन्छ र तापक्रम औसत अधिकतम ४३ डिग्री सेन्टिग्रेड र औसत न्यूनतम ३० डिग्री सेन्टिग्रेडसम्म पुग्न जान्छ। औसत तापक्रम ३०.५० डिग्री सेन्टिग्रेड रहेको पाइन्छ। औसत वर्षा वार्षिक १७७१.५ मिलि लिटर रेकर्ड गरिएको छ। यहाँको जलवायुमा प्रचूर मात्रामा आर्द्रता पाइन्छ जुन सरदर ७१.१६% रेकर्ड गरिएको छ। ८८,२०० हेक्टर वनक्षेत्रमध्ये आरक्षक्षेत्र ३०,५०० हेक्टर (३५%)रहेको छ। जिल्लाको चुरे तथा भावर क्षेत्रबाहेक अन्य क्षेत्र खेतीयोग्य छ। जिल्लाभित्र जल निकासको हिसावले प्रमुख नदी प्रणालीको रूपमा महाकाली, चौधर, दोधा र मोहना नदीप्रणालीहरू रहेका छन्। राजनीतिक विभाजनको आधारमा हाल जिल्लालाई ४ निर्वाचन क्षेत्रहरू ७ नगरपालिका र २ गाउपालिकामा विभाजन गरिएको छ । पर्यटकिय स्थलहरू झिलमिला ताल शुक्लाफाँटा राष्टिय निकुञ्ज दोधारा-चाॅदनी पुल रानी ताल बेदकोट ताल   । सम्पर्क जिल्ला प्रलशासन कार्यालय, कन्चनपुर कञ्चनपुर 099-521109, 099-520708, 099-523455 099-524990

         १) भिमदत्त नगरपालिका 

वि.सं. २०३४ सालमा भूजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायतका सम्पुर्ण भू-भाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको तत्कालीन महेन्द्रनगर पञ्चायत, वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मान स्वरुप) भीमदत्त नगरपालिका नामाकरण गरियो । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा नेपाल सरकारले वि.सं. २०७३ चैत्र देखि भीमदत्त नगरपालिकाका साविकका वडालाई कायम गरी स्थानीय सरकारको रुपमा कार्य गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा यो नगरपालिका अवस्थित छ । यस भीमदत्त नगरपालिकामा १९ वडा कायम रहेका छन् । वि.सं. २०७४ साल देखि यस नगरपालिकाले सार्वजनिक सेवालाई जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यले सबै वडाहरुमा वडा कार्यालय स्थापना गरि प्रभावकारी रुपमा कार्य गरिरहेको छ । भीमदत्त नगरपालिका २८०५२' देखि २९००८' उत्तरी अक्षांश र ८०००६' देखि ८००१५.५' पूर्वी देशान्तर सम्म १७१.३४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।समुद्री सतहबाट २२२.५ मिटर देखि ११९२ मिटर सम्म उचाइमा अवस्थित यो नगरपालिका तराईको नगरपालिका भएकाले यहाँको हावापानी उष्ण तथा उपोष्ण प्रकारको छ । नगरपालिका क्षेत्रको अधिकतम तापक्रम गर्मी याममा ४३० सेल्सियस देखि जाडो याममा न्युनतम ६.९६० सेल्सियस सम्म रेकर्ड गरिएको छ । यहाँ वार्षिक सरदर १५७५ मि.मि. सम्म वर्षा हुने गर्दछ । यस नगरपालिकाको अधिकांश भू - धरातल समतल रहेको पाइन्छ । उत्तरी सीमा तर्फको जमिन भने समुद्र सतहबाट करिब ११९२ मिटर सम्मको उचाई रहेको हुनाले अधिकांश भू-भाग उत्तरबाट दक्षिणतर्फ पानीको बहाव हुने समतल किसिमको पाइन्छ । 

भीमदत्त नगरपालिका कञ्चनपुर, सुदूरपश्चिम प्रदेश, नेपाल +977 99521322 

        २) शुुक्लाफाटा नगरपालिका 

शुक्लाफाँटा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अवस्थित छ । यस नगरपालिकाको स्थापना झलारीपिपलाडी नगरपालिकाको रुपमा मिति २०७१।०८।१६ गतेको नेपाल सरकारको निर्णयानुशार भएको हो । प्रारम्भमा यो नगरपालिका साविकका झलारी र पिपलाडी गाविस मिलेर बनेको थियो । तत्पश्चात नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयबाट झलारि पिपलाडी नगरपालिकामा साविक देखतभूलि गाविसका वडा नं. ४ र ६ समेत मिलाई शुक्लाफाँटा नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकामा जम्मा १२ वटा वडाहरु मिलेर बनेको छ । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप : कन्चनपुर जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दुमा रहेको १६२.५७ वर्ग किमि. क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा नगरपालिका अन्तरगत ४६८३४ जनसख्या रहेको छ । यस नगरपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस नगरपलिकाको पुर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र वेदकोट नगरपालिका , उत्तरमा डडेल्धराको चुरे पर्वत र दक्षिणमा लालझाडी गा.पा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ । यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्रि र न्युनतम तापक्रम ९ डिग्रि रहको पाईन्छ ।

कार्यालयको सम्पर्क फोन न:९९-५४००१०

         ३) पुनर्बास नगरपालिका 

कंचनपुर जिल्लाको दक्षिण-पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं.५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो|जिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो ।

 सिमानाः पुर्वःभारतको दुधवा नेशनल पार्क पश्चिमः बेलौरी नगरपालिका उत्तरः लालझाडी गाउँपलिका दक्षिणः भारतको दुधवा नेशनल पार्क अवस्थितीः २८ डिग्रि ३६ मिनेट उत्तर देखी २८ डिग्री ४३ मिनेट उत्तरी अक्षांश ८० डिग्रि २२ मिनेट देखि ८० डिग्री ३० मिनेट पूर्व देशान्तर कुल क्षेत्रफलः १०३.७१ वर्ग कि.मि.।

 सम्पर्क नं. : ९८०१७१४४७१ / ९८४८४१७६२४           सूचना नं. : ९८५८७७७०४३ सम्पर्क विवरण पुनर्वास नगरपालिका, कन्चनपुर फोन :०९९-४२००५५

४) बेतकोट नगरपालिका 

नेपालको सुदूर पश्चिचम प्रदेश अन्तरगत महाकाली अञ्चल, कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकाको पूर्वी सिमाना संग जोडिएको सुडा गा.वि.स. र दैजी गा.वि.स.को कुल क्षेत्र भित्र पर्ने सम्पूर्ण क्षेत्र प्रस्तावित बेदकोट नगरपालिका हो । कञ्चनपुर जिल्लाको सदरमुकाम देखि ३ कि‍.मि.१३ कि.मि. पूर्व सम्म रहेको र महेन्द्र राजमार्ग तथा जोगबुढा डडेल्धुरा सडक समेत रहेको नगर उन्मुख क्षेत्रको रुपमा विकासशिल क्षेत्र हो । यस नगरपालिकाको सिमाना अन्तरगत पूर्व तर्फ शुक्लाफाटा वन्यजन्तु आरक्ष अर्जुनी पोष्ट(झलारी पिपलाडी न.पा.), पश्चिम तर्फ भिमदत्त नगरपालिका, उत्तर तर्फ चुरे श्रृंखला (डडेल्धुरा जिल्ला) तथा दक्षिण तर्फ शुक्लाफांटा आरक्ष रहेको छ भने यसको कुल क्षेत्रफल सुडा गा.वि.स.को ५८.५ वर्ग कि‍.मि.तथा दैजी गा.वि.स.को १०० वर्ग कि.मि. गरी जम्मा १५८.५ वर्ग कि.मि. रहेको छ । यस नगरपालिका अन्तरगत २८‍.३२ मिनेट उत्तर देखी २९.०८ मिनेट उत्तरी अक्षांश र ८०.०३ मिनेट पश्चिम देखी ८०.३३ मिनेट पश्चिमी देशान्तर सम्म फैलिएको छ । यस न.पा. भित्र शैक्षिक विकास, खानेपानी, स्वास्थ्य, स‌ंचार, कृषि, यातायात तथा विधुतका साथै चार वटा कृषि सम्बन्धि क्षेत्रीय कार्यालय आदिको विकास भईरहेको र आैधोगिक क्षेत्रको समेत पहल भईरहेको छ ।

यस नगर पालिकाको उत्तरी भेकमा रहेको चुरे श्रृंखलाको मध्यमा रहेको विशाल, स्वच्छ एवं सुन्दर बेदकोट ताल, वण्ड ताल, सिद्ध सरोवर, बैद्यनाथ धाम, बृद्धाश्रम, शिवलिङ्गाकृती भम्केश्वर महादेव स्थान लगायतका सम्पदाहरुलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गरिएमा विकासको मुख्य स्रोत बन्न सक्ने प्रवल सम्भावना रहेको र यस क्षेत्रमा रहेका हराभरा वन जंगलले प्रकृतिक सुन्दरता र वातावरणीय स्वच्छता दिनुका साथै वन पैदावारको सदुपयोगिता भएमा स्रोतको आधार बन्न सक्दछ । विविध धार्मिक, सांस्कृतिक, भेषभुसा रहेको यस न.पा.मा मिश्रित वस्तीहरु रहेको र राजमार्ग सहित मुख्य सडकहरु संगै बजार एव‌ं घनावस्तीको विकासका संगसंगै ग्रामिणबाट नगर तर्फ उन्मुख भई व्यवस्थित शहरीकरण गर्न यस क्षेत्रको बृहत्तर हितका लागि नगरपालिका गठन समय सापेक्ष आवश्यक रहेको छ ।

संपर्क 099-413121,099-413122 E-mail :- info@bedkotmun.gov.np

    ५) दोधारा- चाँदनी नगरपालिका 

दोधारा-चाँदनी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो । दोधारा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । दोधारा-चाँदनी नगरपालिका घोषणा गर्दा दोधारा र चाँदनी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा दोधारा-चाँदनी पनि नगरपालिका बनेको हो । नेपालको राष्ट्रिय जनगणना बि.स. २०६८)  जम्मा ३९,२५३ • घनत्व ६८०/किमी२ (१८००/वर्ग माइल) सम्पर्क विवरण Phone No:099400184

    ६) बेलाैरी नगरपालिका 

बेलौरी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, कंचनपुरको स्वरुप र प्रकृति : संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । विगतको प्रशासनिक विभाजन अनुसार सेती र महाकाली अन्चल अन्र्तगतका ९ जिल्ला रहेको यो प्रदेशको कञ्चनपुर जिल्ला महाकाली अञ्चलमा पर्ने तराइको जिल्ला हो । राज्य पुर्नसंरचना अनुसार यस जिल्लामा ९ स्थानीय तह रहेका छन जसमा ७ नगरपालिका र २ गाँउपालिका रहेका छन । यस जिल्ला अन्तर्गतका ७ नगरपालिका मध्ये बेलौरी नगरपालिका एक हो । कञ्चनपुर जिल्लाको दक्षिणी भागमा अवस्थित यो नगरपालिका कञ्चनपुरको प्रथम सदरमुकाम पनि हो ।

बेलौरी नगरपालिका वि.स. २०७१|०१|२५ मा श्रीपुर, रामपुर विलासिपुर र लक्ष्मीपुर गा.वि.स समावेश गरि नेपाल सरकार द्वारा स्थापित गरिएको हो । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी नगरपालिका प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्र हो । १० वटा वडा समिति रहेको यस नगरपालिकामा कुल क्षेत्रफल १२३.४ वर्ग किलोमिटर छ भने कुलजनसंख्या ५३,५४४ रहेको छ । यस नगरपालिकाको जनघनत्व ४३३ जना प्रति किलोमिटर छ ।

  सिमाना पुर्व- पुनर्वास नगरपालिका, पश्चिम - बेल्डाडी गा.वि.स, उत्तर - शंकरपुर गा.वि.स र देखतभुली गा.वि.स, दक्षिण – भारत औषत वार्षिक वर्षा कति मि.मि. सरदर १५७५ मि.मि तापक्रमः अधिकतम ४२ डिग्री सेल्सियस न्युनतम ६.९६ डिग्री सेल्सियस । तालहरुः बन्दा ताल, पुरैनी ताल, बन्तरीयाता ताल, लामा ताल, चक्रीया कुण्डा ताल, शोभा ताल 

संपर्क: ठेगाना: बेलौरी, कञ्चनपुर फोन: ०९९-५८०२९२ / ५८०२२१ फ्याक्स: ०९९-५८००८३

७) कृष्णपुर नगरपालिका 

कृष्णपुर नगरपालिका परिचय कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कृष्णपुर नगरपालिका नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको हो । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को क्षेत्रफल भित्र पर्ने सम्पूर्ण क्षेत्र कृष्णपुर नगरपालिका हो । वि.सं. २०७८ को जनगणा अनुसार यस नगरपालिकामा १५,१११ घरधुरी र ७१,५०० जनसंख्या रहेको छ । वडा संख्या: ९ मतदान केन्द्र: १५ पुरुष मतदाता संख्या: १९ , ३८४ महिला मतदाता संख्या: २० , ९५४ अन्य मतदाता संख्या: ० कुल मतदाता संख्या: ४० , ३३८ ।  सिमानाः पुर्वः कैलाली जिल्लाको गोदावरी नगरपालिका पश्चिमः शुक्लाफाँटा नगरपालिका उत्तरः चुरे पर्वत दक्षिणः लालझाडी गाउँपालिका अवस्थितीः २८ डिग्रि ३२ मिनेट उत्तर देखी २९ डिग्री २८ मिनेट अक्षांश ८० डिग्रि ०३ मिनेट देखि ८० डिग्री ३३ मिनेट पूर्व देशान्तर समुद्री सतहबाट १०० मी. देखी १००० मी. कुल क्षेत्रफलः २५२.७५ वर्ग कि.मि.

 सम्पर्क नम्बरहरु कार्यलय प्रमुख -९८५८७३२१११ सूचना अधिकारी - ९८५८७५०६८५

८) बेलडाडि गाउँपालिका

नेपालको सूदुर पश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन गरिएका ७५३ स्थानिय तहहरु मध्येको एउटा हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित यो गाउंपालिका साविक रौतेली विचवा गा.वि.स.का ७ ८ र ९ वडाहरु,साविक बेलडाँडी गा.वि.स.का पुरै (१–९) वडाहरु समायोजन भइ गठन भएको एक गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २९ कि.मि टाढा दक्षिण तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । पहिले यो डाँडामा बेलका रुखहरुको जंगल रहेकोले सोहि जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल ३६.५४ वर्ग कि मी रहेको छ । बेलडाँडी गाउँपालिका कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र न. १ मा पर्दछ तथा ईलाका न. २ मा पर्दछ । बेलडाँडी गाउँपालिका २८.४६ उत्तरी अक्षांस तथा ८०.१६ पूर्वी देशान्तरमा अवस्थित रहेको छ । समुन्द्र सतह देखि २८० मिटर देखि ५०० मिटर उचाईमा रहेको यस गाउँपालिकामा उपोष्ण हावापानी भएको पाइन्छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पूर्वमा बेलौरी नगरपालिका र पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ । बेलडाँडी गाउँपालिका अधिकांश समतल भू-भागले बनेको छ ।

यस गाउँपालिकाको जनघनत्व ८०४.४८ रहेको छ । १. १ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित ३६.५४ वर्ग कि मी क्षेत्रफलमा फैलिएको बेलडाँडी गाउंपालिकाको भु–आकृति स्वरुप करिब सबै जसो समतल रहेको छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ  जनसंख्या : २९४२८ रहेको छ ।

सम्पर्क विवरण सुचना अधिकारी : सम्पर्क नं.: +९७७-९८१२७८०८८१

    ९) लालझाडि गाउँपालिका

परिचय :- नेपालको प्रदेश नं.७ अन्र्तगत महाकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो लालझाडी गाउंपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पुर्वि भेगमा अवस्थित यो गाउंपालिका साविक शंकरपुर गा.वि.स.का पुरै (१–९)वडाहरु,साविक बाइसे बिचवा गा.वि.स.का (१–४) वडाहरु र साविक देखतभुलि गा.वि.स.का (१–३, ५–७ र ८) वडाहरु समायोजन भइ गठन भएको एक गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ कि.मि टाढा पुर्व तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र बर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । यो गाउंपालिका र कृष्णपुर नगरपालिकाको बिचमा रहेको लालझाडी जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो । १. १ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः कञ्चनपुर जिल्लाको पुर्वि भेगमा अवस्थित १५४.६५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको लालझाडी गाउंपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस गाउंपलिकाको पुर्वमा कृष्णपुर र पुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफांटा र बेलौरी नगरपालिका , उत्तरमा शुक्लाफांटार कृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरी र पुनर्वास नगरपालिका रहेको छ ।

 सम्पर्क नं. 9858754111 सूचना अधिकारी मो.

9840293040

नोट :  कुनै त्रुटी छन भने सुझाव सहित सम्पर्क गरिदिन हुन अनुरोध गर्दछौं । ९८६५९३१५२०