vip.malla20@gmail.com

डडेल्धुरा जिल्ला र जिल्लाका स्थानीय तहको परिचय

 

                  डडेल्धुरा जिल्ला 

डडेल्धुरा जिल्लाको संक्षिप्त परिचय

नेपालको सुदुर पश्चिम प्रदेश अन्तरगत पर्ने डडेल्धुरा जिल्ला एउटा सुन्दर जिल्ला हो । यस प्रदेशका ९ वटा जिल्ला मध्ये डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा जाने बाटो यहि डडेल्धुरा जिल्ला हुदै जान्छ । ५ वटा गांउपालिका र २ वटा नगरपालिका रहेको यस जिल्लाको कूल जनसंख्या मध्ये झण्डै आधा जनसंख्या जिल्लाको दक्षिणी भेगमा पर्ने भित्री मधेसका आलिताल गांउपालिका र परशुराम न.पा. ले ओगटेको छ ।  यस जिल्लाको पूर्वमा डोटी, पश्चिममा भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला, उत्तरमा वैतडी, दक्षिणमा कैलाली र कञ्चनपुर जिल्ला रहेका छन् । यस जिल्लाको करिव ७५ प्रतिशत भू–भाग वनजंगलले ढाकेको छ ।

१५३८ बर्ग कि.मी क्षेत्रफल रहेको  यो जिल्ला ८०’ १२’’ पूर्व देखि ८०’ ४७”पूर्व देशान्तरसम्म र २८’ ५९”उत्तर देखि २९’ २६’’ उत्तर आक्षांससम्म फैलिएको छ भने ४६२ मीटरको उचाई देखि २६३९ मीटर उचाईसम्म भएको भित्रि मधेश चुरे पहाड देखि महाभारतको लेक, घनघस्या, तुषरानी जस्ता नामचलेका लेक यस जिल्लामा रहेका छन । यस जिल्लामा विभिन्न जनजाति सम्प्रदायका मानिसहरुले बसोबास गरेको भएतापनि धार्मिक विषयलाई लिएर कुनै पनि सम्प्रदाय विच विवाद उठेको घटना भने कहिँ कतैबाट पाइदैन । यस जिल्लामा हिन्दू्हरुको बाहुल्यता भएतापनि हिन्दूबाहेक अन्य विभिन्न जाति तथा धर्मका मानिसहरुले समेत बासोबास गर्दै आएका छन । हिन्दु  ९९.७२ प्रतिशत बौद ०.१५ प्रतिशत मुस्लीम ०.२ प्रतिशत जैन ०.२ प्रतिशत  क्रिष्चीएन ०.७ प्रतिशत अन्य ०.२ प्रतिशत रहेकाछन । महत्वपूर्ण धार्मिक स्थलहरुमा घटालथान ,पर्शुराम मन्दिर, उग्रतारा मन्दिर, भागेश्वर मन्दिर, डागेश्वरी मन्दिर, समैजि मन्दिर,असीग्राम मन्दिर, गन्यापधुरा, सहश्रलिङ्ग हुन ।

सम्पर्क जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा अमरगढी–४, डडेल्धुरा 096-420920, 096-420748 096-420153

              १) अमरगढी नगरपालिका 

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्य पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो ।

अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकिकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भु-भागको सु-शासनलाई सुदृढ र विस्तार गर्नका लागि श्री अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा निमार्ण गरेको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो । २०६८ मा नेपालको एघारौँ राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसङ्ख्या २१,२४५ रहेको छ।

सम्पर्क जानकारी अमरगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय सुदुरपश्चिम प्रदेश, डडेल्धुरा, नेपाल फोन: ०९६-४१०२२२,०९६-४१००२२

          २) परशुराम नगरपालिका 

परशुराम नगरपालिका सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको भित्री मधेश भेगमा अवस्थित छ। साविकका दुईवटा गा.वि.स. हरु जोगबुडा र शिर्षलाई मिलाई २०७१/०८/१३ गते परशुराम नगरपालिकाको घोषणा गरिएको हो । "भगवान विष्णुका" १० मुख्य अवतारहरुमध्ये छैटौ अवतार भगवान परशुराम को नामवाट यस नगरपालिकाको नामाकरण परशुराम नगरपालिका गरिएको हो। स्कन्ध पुराणमा उल्लेख गरिएअनुसार जमदग्नी पुत्र परशुरामले तप, ध्यान तथा साधना गरेको पुण्य स्थल परशुरामधाम यसै पालिकामा अवस्थित छ। क्षेत्रफल र जनसंख्या दुबैका आधारमा डडेल्धुरा जिल्लाको सबैभन्दा ठुलो पालिका परशुराममा १२ वटा वडा रहेको छन। यस नगरपालिकाको क्षेत्रफल ४१४.०७ वर्ग कि.मी. छ, भने राष्ट्रिय जनगणना २०७८ अनुसार परशुराम नगरपालिकाको जम्मा जनसंख्या ३५,५९० रहेको छ। जसमध्ये ५३% महिला र ४७% पुरुष छन। सम्पर्क ठेगाना : परशुराम नगरपालिका जोगबुडा,डडेल्धुरा, सुदुरपश्चिम प्रदेश ,नेपाल फोन: ०९६-४११००४

             ३) अजयमेरु गाउपालिका 

प्रदेश न.७ को केन्द्रबिन्दु डडेल्धुराको उत्तर पश्चिम दिशामा अवस्थित अजयमेरु गाउपालिका साबिकका समैजी,अजयमेरु, भद्रपुर्, चिपुर र देवल दिव्यपुर गा. बि. स. मिलेर बनेको एक सुन्दर गाउपालिका हो ।परापुर्व कालमा अजयमेरु कोट मा राजा नागी मल्ल ले राज्य गरेको यो ठाउँ प्रसिध एतिहासिक ठाउँ पनि हो ।

 प्रमुख प्रशासकीय अधिकृत ९८५८७८५५५० ९८४८७४३५२५ संचार अधिकृत ९८५८७८००१८ ९८४८९८५७०५ सूचना अधिकारी ९८५८७८२०२५

                 ४) भागेस्वर गाउँपालिका 

डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा.वि.स . लाई मिलाएर बर्तमान भागेश्वर गाउपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो | डडेल्धुरा जिल्ला बाट १४ किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका हो | अस्थाई केन्द्र बगरकोट रहेको यस गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर " भागेश्वर " को नाम बाट गरिएको हो | २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् भने गाउँपालिकाको कुल जनसंख्या १३१३२ रहेको छ |धार्मिक पर्यटन ,लघु जल बिधुत ,जदिबुडी उत्पादन तथा प्रशोधन र प्राबिधिक शिक्षाको प्रचुर सम्भावना भएको यस गाउँ पालिकाका प्रमुख पर्यटकीय स्थलहरु बगरकोट कमल ताल ,भागेश्वर मन्दिर धुरा ,बोगटा ऐतिहांसिक कोट र सायल झरना हुन |  वार्ड संख्या : ५     जम्मा जनसंख्या : १३,१३२ महिला संख्या : ६,८२८ पुरुष संख्या : ६,३०४ घरधुरी संख्या : २,४६२ घर परिवारहरु २,७९४ परिवारको औसत आकार ४.७० व्यक्तिहरु प्रति घरपरिवार क्षेत्रफल : २३३.३८ बर्ग कि छ ।                                प्रतिनिधि अध्यक्ष ९८५८७५१७९० उपाध्यक्ष  9862464224  प्रमुख प्रशासकीय अधिकृत ९८४१९६३८९६

                   ५) नबदुर्गा गाउँपालिका 

देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदुर्गा गाउँपालिका देशकाे सुदूरपश्चिमी भुभाग अन्तरगत सुदुर पश्चिम प्रदेशकाे डडेल्धुरा जिल्लाकाे पुर्वी भागमा अवस्थीत रहेकाे छ । साविकका काेटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेकाे याे गाउँपालिकाकाे नामाकरण साविककाे नवदुर्गा गा.वि.स. मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीकाे नाम वाट गरिएकाे छ । पुर्वमा डाेटी जिल्ला पश्चिममा अमरगढी न.पा. उत्तरमा वैतडी जिल्ला तथा दक्षिणमा अमरगढी न.पा. काे वीचमा रहेकाे नवदुर्गा गा.पा.काे जम्मा क्षेत्रफल १४१.८९ वर्ग कि.मि.तथा जनसंख्या १९९५७ रहेकाे छ । यस गाउँपालिकाकाे हाल काे अस्थायी केन्द्र साविककाे मणिलेक गा.वि.स.(हालकाे वा.नं.२) भवनमा रहेकाे मा प्रथम गाउँसभा वैठकले निर्णय गरी वा.नं. १,२,३,४र ५ काे संगमकाे रूपमा रहेकाे वान्चाेरा भन्ने ठाउँमा नवदुर्गा गा.पा. काे स्थायी सदरमुकाम कायम गरिएकाे छ । प्राय जसाे समसिताेष्ण हावापानी रहेकाे नवदुर्गा गा.पा. का वासिन्दाहरू काे प्रमुख पेशा कृषि रहेकाे छ । पर्याप्त वन जंगल र प्राकृतिक साधन श्राेतकाे धनी यस गाउँपालिकामा नवदुर्गा मन्दिर , विजयाशैनी मन्दिर ,मष्ठा भगवती क्षेत्र , गाैडेश्वर क्षेत्र, मणिलेक मन्दिर क्षेत्र जस्ता धार्मिक पर्यटकीय स्थानहरू का अतिरित्त विभिन्न देवल तथा ऐतिहासिक स्थलहरू पनि रहेका छन ।               नबदुर्गा गापा    सूचना अधिकारी  9858745588

 

                    ६) गन्यापधुरा गाउँपालिका

सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेको साविक असिग्राम गा.वि.स., गणेशपुर गा.वि.स., मष्टामण्डौ गा.वि.स. र कैलपालमाण्डौ सम्मिलित गरी जम्मा ४ वटा गा.वि.स. २९ डिग्री २१ मिनेट उत्तरी आक्षांश देखि २० डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ६५ मिनेट पुर्वि देशान्तर देखि ८० डिग्री ७८ मिनेट पुर्वि देशान्तरमा अबस्थित गन्यापधुरा गाउँपालिका बनेको छ । यस गन्यापधुरा गाउँपालिकाको जनसङ्ख्या १५०९३ र यसको क्षेत्रफल १३५.६५ वर्ग कि.मि. रहेको छ। साविक असिग्राम गा.वि.स.का १ देखि ९ वडा, साविक गणेशपुर गा.वि.स. का १ देखि ९ वडा, साविक मष्टामाण्डौ गा.वि.स का १ देखि ९ वडा र कैलपालमाण्डौ गा.वि.स. का १ देखि ९ वडा गरी जम्मा ४ वटा गा.वि.स. को जनसङ्ख्या , भौगलिक अबस्था समाहित गरी ५ वटा वडा मा विभाजन गरी गाउँपालीकाको स्थापना भएको हो । गाउँपालीका स्थापना गर्दा यहाँको जातिय भाषिक धार्मिक सामाजिक सास्कृतिक एतिहासिक सडक सञ्जालको पहुच एककृत भुबनोट लाई आधार मान्दै प्राकृतिक श्रोत, सस्थागत पुर्वाधार आ.ब. ०७२।०७३ को आन्तरीक आय र जिल्ला स्थित क्रियासिल राजनैतिक दलहरुको सर्वसम्मत निर्णय समेत लाई आधार लिई स्थानिय तह पुनं. सङ्ररचना प्रावधिक सहयोग समितीको मिति २०७३।०७।२० को निर्णय अनुसार गन्यापधुरा गाउँपालीका प्रताब भई स्विकृत भएको हो । जस अनुसार यसको केन्द्र गणेशपुर रहेको छ ।

नामाकरण यस डडेल्धुरा जिल्लाको प्राचिन समयमा पश्य गर्खा क्षेत्रमा पर्ने सबैै हिन्दुहरुको धार्मिक एबं सास्कृतिक आस्थाको धरोहरका रुपमा रहेको शिखर (गन्याप) देवताको नामबाट गन्यापधुरा नामाकरण गरीएको हो । खास गरी यस गाउँपालीका अन्तर्गत असिग्राम, गणेशपुर, कैलपालमाण्डौ र मष्टामाण्डौ लगायत सुदुरपश्चिम क्षेत्रकै सवै जातजातीको आस्थाको धरोहरको रुपमा रहेको गन्याप देवता शक्तिपीठ मध्ये एक हो ।

अबस्थित सिमाना यस गन्यापधुरा गाउँपालीका २९ डिग्री २१ मिनेट उत्तरी आक्षांश देखि २९ डिग्री ४२ मिनेट उत्तरी आक्षांंस र ८० डिग्री ६५ मिनट पुर्वि देशान्तर देखि ८० डिग्री ७८ मिनेट पुर्वि देशान्तरमा अबस्थित रहेको छ। यस गाउँपालीकाको पुर्व मा डोटि जिल्लाको शिखर नगरपालीका, पश्चिममा डडेल्धुरा जिल्लाको अमरगडि नगरपालीका र आलिताल गाँउपालीका, उत्तर मा डडेल्धुरा जिल्लाको नबदुर्गा गाउँपालीका र दक्षिण मा आलिताल गाउँपालीका र डोटि जिल्लाको जोरायल गाउँपालीका रहेको छ । यस गन्यापधुरा गाउँपालीका लाई भौगोलिक रुपमा विभाजन गर्न साविकको असिग्रम गा.वि.स. का १ देखि ९ वडा लाई १ नं. वडा, गणेशपुर गा.वि.स. १ देखि ९ वडा लाई २ नं. वडा, मष्टामाण्डौ गा.वि.स. को १ देखि ९ वडा लाई ३ नंं. वडा र कैलपालमाण्डौ साविक गा.वि.स लाई टुक्रयाई वडा नं. ५ देखि ९ लाई ४ नं. वडा र वडा नं. १ देखि ४ लाई ५ नं. वडा 

सुचना अधिकारी ९८५८७७८७०८ ९८६९३३६४२८      सम्पर्क गन्यापधुरा गाउँपालिका गणेशपुर, डडेल्धुरा फोन नं.: ९८५८७८८७०७

                 ७) आलिताल गाउँपालिका

 आलिताल गाउँपालिका जम्मा वडा संख्या : ८ वटा क्षेत्रफल : २९२.८६ बर्ग कि.मी. जनसंख्या : १८१२५ (महिला:९३५२ र पुरुष:८७७३) जम्मा घरधुरी : ३४२१

सम्पर्क प्रबक्ता  सम्पर्क नम्बर:-९८६६१०६००६ फोन: (+९७७) - ०९१-६९३९६२

 

नोट :  कुनै त्रुटी छन भने सुझाव सहित सम्पर्क गरिदिन हुन अनुरोध गर्दछौं । ९८६५९३१५२०