vip.malla20@gmail.com

दार्चुला जिल्ला र जिल्लाका स्थानिय तहको परिचय

 दार्चुुला जिल्ला 

 भारत र चीनको सिमानासंग जोडिएको दार्चुला जिल्लाको नामाकरणको सम्बन्धमा विभिन्न भनाईहरु रहेकाछन ।  दार्चुला शव्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द धार र चूला वाट विकसित भएको छ । यस भेगमा खान पकाउन प्रयोग गरीने चुल्होहरु प्रायः एक समानका तिन वटा ढुङ्गाहरुमा माटो पोतेर चुचुरो को आकारमा वनेका हुन्छन् । यसरी तिनै तिर चुचुरो (धार) जस्तो चुल्हो वनाई खान पकाउने ठाउँ भएकोले धारचुला नाम रहेको र धारचुला पछि अपभ्रम्स भई दारचुला र त्यसपछि दार्चुला वन्न गएको हो भन्ने जनविश्वास रहि आएको छ । दार्चुला जिल्लाको सिमाना चीनको तिव्वत क्षेत्र सित जोडिएको छ । तिव्वत संग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रुपमा व्याँस क्षेत्र रहेको छ । वडा-नं-४-सिप्टी दार्चुला जिल्लाको  पूर्वमा वझांग जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा बैतडी जिल्ला रहेका छन् । विश्व मान चित्रमा २९ डिग्री ३६ मिनेट उत्तर देखि ३०डिग्री १५ मिनेट उत्तरी अक्षांश र ८०डिग्री २२ मिनेट पूर्व देखि ८१ डिग्री ०९ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यस जिल्लाको कुल क्षेत्रफल २३२२ वर्ग कि.मी. छ।समुद्री सतह बाट ५१८ मी. देखि ७१३२ मी. सम्म उचाई रहेकोछ। बार्षिक औषत बर्षा २१२९ मी.मी. रहेको त्यस्तै औषत तापक्रममा न्यूनतम ५.७० से. अधिकतम २८.६० से.रहेको पाईन्छ ।

यस जिल्लाको अग्लो अपी हिमाल, लिपु लेक आदि जिल्लाको आकर्षणको केन्द्र रहेकाछन्। यस्तै चीनको तिब्बत क्षेत्र मानसरोवर  जाने प्रमुख मार्गको रुपमा समेत दार्चुला जिल्ला रहेको छ। यस जिल्लाको सदरमुकाम खलंगा महाकाली नदीको किनारमा भारतको धारचुला सित जोडीएर रहेको छ।साबिक गोकुलेश्वर, दत्तू, लाली, उकू आदि गा.वि.स.हरु जुन समुद्र सतह देखि करिब ५१८ मी. को उचाईमा रहेका छन्। जिल्लाको वनको कुल क्षेत्रफल ७२९८२.३ हेक्टर रहेको छ । जस मध्ये सामुदायिक वन क्षेत्रले ओगटेको क्षेत्रफल ३७२१.७१हे. उपभोक्ता समितिहरुलाई हस्तान्तरण गरी सकिएको छ।आइ.सि.आइ.एम.ओ.डि.१९९७ अनुसार वन जंगलमा आस्रीत घर संख्या २७.५ % रहेको छ ।

 यस जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा अपी हिमाल ७१३२ मी.(घुषा), व्यास हिमाल ६७७० मी. (व्यास), नाम्पा ६७५४ मी. (व्यास), महलको भग्नावशेष (उकु), सुरमासरोवर ताल (खण्डेश्वरी), लिपु लेक ५००० मीटर धर्मी गुफा (खण्डेश्वरी), शिखर डाडा, मालीकार्जुन, मालीकार्जुन मन्दिर मालीकार्जुन, हुनैनाथ मन्दिर हुनैनाथ, जयपुर मन्दिर रिठाचौपाता, बन्तोली मन्दिर बोहरीगाँउ, महलको भग्नावशेष देवल, गोकुलेश्वर शिव मन्दिर गोकुलेश्वर लटीनाथ मन्दिर लटीनाथ आदि रहेकाछन । दार्चुला जिल्लाको स्थानियतह  ३ नगरपालिका र ६ वटा गाउँपालिकामा रहेकाछन  । 

जिल्ला प्रशासन कार्यालय, दार्चुला ठेगाना : खलंगा, दार्चुला फोन : 093-420133, 093-420214, 093-420017 फ्याक्स : 093-420014

              १) महाकाली नगरपालिका

नेपाल को संविधान वमोजिम राज्य पुनः संरचना भए वमोजिम सुदुरपश्विम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा,छापरी, काँटै धाप र दत्तु (साविक अपी नगरपालिका वडा नं. ४ देखि १७ सम्म र दत्तु गा.बि.स.) लाई समायोजन गरेर हिन्दुहरुको पबित्र धर्मस्थल मानसरोबरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरु मा विभाजन महाकाली नगरपालिकाको मिति २०७३/११/२७ गते घोषणा भएको नगरपालिका हो । यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहूँ गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका र मालिकार्जुन गाउँ पालिका संग सिमाना जोडिइ महाकाली नदीको किनारमा अवस्थित नगरपालिका विश्वमानचित्रमा २९ डिग्री ३६ मिनेट देिखि २९ डिग्री ४५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २४ मिनेट देिखि ८० डिग्री ३९ मिनेट पुर्वि देशान्तर सम्म फैलिएको छ । महाकाली नगरपालिकाले कुल १३५.११ वर्ग कि.मी. क्षेत्रफल ओगेटेको छ । महाकाली नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ । धार्मिक एवं साँस्कृतिक शक्ति पिठहरु मौलिक साँस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले महाकाली नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रकृतिको अनुपम नमुनाको रुपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी धर्मावलम्बिहरुको साझा बसोबास रहेको छ । केन्द्रः साविक अपि नगरपालिकाको कार्यालय जनसङ्ख्याः २४०८१ (२०७८ अनुसार) क्षेत्रफलः १३५.११ (वर्ग कि.मि.) वडा संख्याः ९ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ अपि ४-६ २ अपि ७,८ ३ अपि ९१,० ४ अपि ११ ५ अपि १२,१३ ६ अपि १४ ७ अपि १५ ८ अपि १६,१७ ९ दत्तु १-९

सम्पर्क विवरण महाकाली नगरपालिका नगरकार्यपालिकाको कार्यालय खलंगा, दार्चुला फोन नं. ०९३-४२०१३७ टोल फ्रि न. १६६०९३४२१३७

            २) शैल्यशिखर नगरपालिका

केन्द्रः साविक गोकुलेश्वर गा.वि.स.को कार्यालय जनसङ्ख्याः २१०८७ (२०७८ अनुसार) क्षेत्रफलः ११७.८१ (वर्ग कि.मि.) वडा संख्याः ९ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ शिखर १-९ २ देथला १-६ ३ देथला ७-९ ४ रानीशिखर १-९ ५ ग्वानी ६-९ ६ ग्वानी १-५ ७ बोहरीगाउँ ४,६-९ ८ बोहरीगाउँ १-३,५ ९ गोकुलेश्वर १-९

सम्पर्क विवरण  093-400086

              ३) मालिकार्जुन नगरपालिका

दार्चुला जिल्लामा पर्ने मालिकार्जुन गाउँपालिका एक ऐतिहासिक,राजनैतिक,प्राकृतिक,साँस्कृतिक तथा धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण गउँपालिका हो । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले, साविकका मालिकार्जुन गा.वि.स , डाडाकोट गा.वि.स ,उकु गा.वि.स , भगवती गा.वि.स, हुनैनाथ गा.वि.स र शंकरपुर गा.वि.स भित्र पर्ने सम्पुर्ण क्षेत्र ओगटेको छ। यस मालिकार्जुन गाउँपालिकाको पुर्वमा शैल्यशिखर नगरपालिका,पश्चिममा पवित्र माहाकाली नदि (भारत सिमाना),उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका र केहि भाग शैल्यशिखर नगरपालिकाको रहेको छ । यस मालिकार्जुन गाउँपालिकामा पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालकै सातौ धाम मालिकार्जुन,विभिन्न देवीदेवताका मन्दिरहरु ,खोलानाला , वनजंगलहरु, ढुङ्गा/ स्लेट,जडीबुटि,वन पैदावर, कृषि, पशुपालन, नगदेबाली लगायतका थुप्रै सम्भावना रहेका छन। केन्द्रः साविक शंकरपुर गा.वि.स.को कार्यालय जनसङ्ख्याः १५६३५ (२०७८ अनुसार) क्षेत्रफलः १००.८२ (वर्ग कि.मि.) वडा संख्याः ८ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ भगवती १-३ २ भगवती ४-९ ३ मालिकार्जुन १-९ ४ हुनैनाथ १-९ ५ डाँडाकोट १-९ ६ उकु १-४,८ ७ उकु ५-७,९ ८ शंकरपुर १-९ ४. नामः अपिहिमाल गाउँपालिका केन्द्रः साविक खण्डेश्वरी गा.वि.स.को कार्यालय जनसङ्ख्याः ६७९८ (२०७८ अनुसार) क्षेत्रफलः ६१३.९५ (वर्ग कि.मि.) वडा संख्याः ६ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ धुसा १-३ २ धुसा ४-९ ३ खण्डेश्वरी १-५ ४ खण्डेश्वरी ६-९ ५ गुल्जर १ ६ सितोला ५-८

प्रतिनिधि  अध्यक्ष ९८४८८७५३४१  उपाध्यक्ष ९८४८८१३८४० सचना अधिकारि  ९८५८७८४५१३

            ५) दुहुँ गाउँपालिका

नेपालको संविधान (२०७२) ले संघिय राज्यको निर्माणका साथै तीन तहको राज्य प्रणालीको व्यवस्था गरे अनुरुप दार्चुला जिल्लामा रहेका ९ स्थानीय तहहरु मध्ये दुहुँ गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित एक सुन्दर र प्राकृतिक श्रोतले सम्पन्न गाउँपालिका हो ।यस गाउँपालिका साविकका ४ गाउँ विकास समितिहरु(पिपलचौरी, हिकिला, धारी र ब्रहमदेव) मिलेर वनेको छ । यस गाउँपालिको क्षेत्रफल ६५.३५ वर्ग कि.मि. रहेको छ । यस गाउँपालिकालाई भौगोलिक अवस्था र जनसंख्याको अनुपात अनुसार ५ वटा वडामा विभाजन गरिएको छ भने गाउँपालिकाको केन्द्र वडा नं २, हिकिलामा रहेको छ । हिन्दु धर्मावलम्वीको बाहुल्यता रहेको यस गाउँपालिकामा बाहुन,क्षेत्री ठकुरी, दलित तथा अल्पसंख्यक समुदायको बसोवास रहेको छ।​ केन्द्रः साविक हिकिला गा.वि.स.को कार्यालय जनसङ्ख्याः ९८४२ (२०७८ अनुसार) क्षेत्रफलः ६५.३५ (वर्ग कि.मि.) वडा संख्याः ५ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ पिपलचौरी १-९ २ हिकिला १-९ ३ अपि १-३ ४ धारी १-५ ५ धारी ६-९

प्रमुख प्रशासकीय अधिकृत मोबाइल नं.: ९८४२२३१९००  सूचना अधिकारी मोबाइल नंः ९७४६२४४४९६  प्रवक्ता   मोबाइल नं.: ९८४८८७५००२

            ६) नौगाढ गाउँपालिका

नेपाल राज्यको पुनः संरचना संगै नेपालको ७ न. प्रदेश अन्तर्गत दार्चुला जिल्लामा (साविक इयरकोट, खार, सिप्टी र धुलिगडा ४ वटा गा वि स लाई समायोजन गरेर) ६ वटा वडाहरु रहेको नौगाड गाउँपालिका मिति २०७३/११/२५ गते घोषणा भएको गाउँपालिका हो । यस गाउँपालिकाको पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका संग सिमाना जोडिएको छ । केन्द्रः वडा नं. ५ होपरीगाड जनसङ्ख्याः १५५२८ (२०७८ अनुसार) क्षेत्रफलः १८०.२७ (वर्ग कि.मि.) वडा संख्याः ६ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ इयरकोट १-८ २ इयरकोट ९ खार १-३,७-९ ३ खार ४-६ सिप्टी १ ४ सिप्टी २-७ ५ सिप्टी ८,९ धुलीगडा ८,९ ६ धुलीगडा १-७

सम्पर्क  फोन नं : 9759503772

        ७) मार्मा गाउँपालिका

वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर (२–९) र सितोला १-४ र ९ ) लार्इ एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला , पश्चिममा दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका , उत्तरमा अपिहिमाल गाउँपालिका र दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका रहेका छन। मार्मा गाउँपालिकाको क्षेत्रफल २०८.०६ वर्ग कि.मि. रहेको छ । वि.स.२०७८ को जनगणना अनुसार यस मार्मा गाउँपालिकाको कूल जनसंख्या १५९२४ रहेको छ । मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण ( जोशी ,पन्त, ओझा,भट्ट ) , ठकुरी (सिंह) , क्षेत्री ( बिष्ट , महता , सितोली , डडाल , कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी ) , दलित ( टमटा, ओड, दमाइ, तिखाल, नेपाली, लुहार , कामी , वि.क. आदी ) तथा अन्य जात जातीहरु यस मार्मा गाउपालिकामा बसोबास गर्दै अएका छन । मार्मा गाउँपालिकाको बनावट भिरालो जमिन , समथर जमिन , उच्चा डाँडाहरु तथा विभिन्न पानीका मुहानहरु पनि रहेका छन । जस्तै चौलानी नदी , पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला , तपोबन मर्मतीमा मेलेगाड खोला , शेरी मा रहेको कचुलीगाड खोला ,च्युरानीको दोगाडा खोला आदि पानीका श्रोतहरु रहेका छन । यस मार्मा गाउँपालिकामा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि रहेका छन । जस मध्ये मार्मा गाउँपालिकाको सबै भन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलार्इमाण्डौ) लटीनाथ , मटेलाको मस्टा मन्दिर ,शेरीको क्वाकट्टे मन्दिर , गुल्जरको दुर्गाभवानी मन्दिर जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि यस मार्मा गाउपालिका भित्र रहेका छन । भोगौलिक हिसाबले विकट रहे पनि यो मार्मा गाउँपालिका प्राकृतिक रुपमा एकदमै सुन्दर र रमणीय ठाउँ रहेको छ । केन्द्रः साविक लटिनाथ गा.वि.स.को कार्यालय जनसङ्ख्याः १५१२४ (२०७८ अनुसार) क्षेत्रफलः २०८.०६ (वर्ग कि.मि.) वडा संख्याः ६ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ गुल्जर २-९ २ लाटिनाथ १-५ ३ लाटिनाथ ६-९ ४ तपोवन १-९ ५ सितोला ९ सितोला १-४ ६ शेरी १-९

सम्पर्क विवरण मार्मा गाउँपालिका गाउँकार्यपालिकाकाो कार्यालय लटिनाथ,दार्चुला वेब साइट: marmamun.gov.np  सम्पर्कः 9848235200

             ८) लेकम गाउँपालिका

लेकम गाउ पालिका सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ९ ओटा स्थानिय तह मधे एक हो | २०७३ फागुन २७ गते स्थापना भएको लेकम गाउपलिकाको क्षेत्रफल ८३.९८ वर्ग किलोमीटर रहेको छ | १३७४३ जनसंख्या रहेको यो गाउपालिका ६ ओटा वडाहरुमा विभाजित छ | साबिकका ४ गा बि स खराकडा,लाली ,रिठाचौपता र सर्मोली मिलेर बनेको यो गाउपालिका देवाभुमिको नामले प्रचलित छ | महाकाली र चमेलिया नदीसंग सिमाना जोडिएको यो गाउपालिका अन्तरास्तीय नाकाको सम्भावना रहेको गाउपालिका हो | केन्द्रः वडा नं. ४ रातामाटा जनसङ्ख्याः १३७४३ (२०७८ अनुसार) क्षेत्रफलः ८३.९८ (वर्ग कि.मि.) वडा संख्याः ६ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ शर्मौली १-३,७,९ २ शर्मौली ४-६,८ लाली ५,७,८ ३ लाली १-४,६,९ ४ खरकडा १-९ ५ रिठाचौपाटा २,३,८,९ ६ रिठाचौपाटा १,४-७

 प्रशासकीय अधिकृत 9841081036  अधिकृत  9868458191 सुचना अधिकारी 9848900122   अधिकृत 9848761274

        ९) व्याँस गाउँपालिका

केन्द्रः साविक सुनसेरा गा.वि.स.को कार्यालय जनसङ्ख्याः ९६६८ (२०७८ अनुसार) क्षेत्रफलः ८३९.२६ (वर्ग कि.मि.) वडा संख्याः ६ वडा नं. समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. क्षेत्रफल जनसङ्ख्या १ व्यास १-९ २ राप्ला १-९ ३ सुनसेरा १-३,९ ४ सुनसेरा ४-८ धौलाकोट १,२ ५ धौलाकोट ३-९ ६ हुती १-९ श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुला ।

सम्पर्क विवरण ब्याँस गाउँपालिका फोन नं 9858776565 web site : -www.vyansmun.gov.np

नोट : सम्बन्धि विवरणमा तुर्टि वा परिवर्तन भए             विनोद मल्ल "भिप्लव" ९८६५९३१५२० मा सम्पर्क     करिदिनुहुन अनुरोध छ ।