बाजुरा जिल्ला
बाजुरा जिल्लाको नामाकरण झुर्रा बाझको अप्रभंश हुदै बाज झुर्रा र बाजझुर्राबाट बाजुरा रहन गएको देखिन्छ । नेपाल राज्यकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएता पनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । जुम्ला बाट बाजुरा जिल्ला संचालन गरिएता पनि हालको बाजुरा जिल्लामा पनि त्यस राज्यका प्रतिनिधिहरु बस्दथे, यहाँ पनि सहायक दरबार थियो । दरबार भएको ठाउलाई कोट भनिन्थ्यो । यस बाजुरा दरबारबाट सिंजा दरबारमा राजाको आदेशअनुसार वाज पठाउनु पर्दथ्यो । वाजभन्ने चरालाई पासोद्वारा समातिन्थ्यो ।ती बाज चराहरुको नाम भाले शाही बाज र पोथीलाई झुर्रा बाझ भनिन्थ्यो । राजाले आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुरुप बाजको लागि पासो थाप्दा पासोमा शाहीबाज भाले नपरी पासोमा झुर्रा बाझ पोथी परेछ। शाहीबाज पार्न नसकेको झुर्रा बाझ पारेको खबर सहित पोथीलाई राजाको दरबारमा पठाएछन् । राजाले शाहीबाजको चाहना गरेको तर झुर्रा बाझ प्राप्त गरेकोले त्यस कोटको नाम पोथीबाजको नाम उल्टावाट बाझुर्राकोट राखेछन् । बाझुर्राकोटको नाम अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरी कोटको नामबाट बाजुरा रहेको किम्बदन्ति छ ।
प्रदेश, अञ्चल सेती अवस्थिति : देशान्तर : ८१°१०'२०" देखि ८१°४८'२७" पूर्व अक्षांश : २९°१६'२१" देखि २९°५६'५६" उत्तर कुल क्षेत्रफल : २१८८ वर्ग कि.मी. सदरमुकाम : मार्तडी समुन्द्र सतहबाट उचाई : ७६२ मिटर देखि ७०३६ मिटर सम्म हिमाली भू-भाग : १३.५०% उच्च पहाडी भू-भाग : ८४.८०% मध्य पहाडी भू-भाग : १.७०% खेतीयोग्य जमिन : १२.२३% ®कुल जनसंख्या :१,३४,९१२ ( पुरुष : ४८.७८ % , महिला : ५१.२२% ) ®घरधुरी संख्या : २४,९०८ जात-जातीको संख्या : ५० (बाहुन, क्षेत्री, ठकुरी, दमाई, कामी, सार्की र भोटे आदि मुख्य जाती) मुख्य पेशा : कृषि ( ९६ %)
१ वटा निर्वाचन क्षेत्र (संघ) र ९ वटा स्थानीय तह ( ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका) प्रमुख पर्यटकीय स्थल : खप्तड राष्ट्रिय निकुञ्ज, बडीमालिका, बुढीनन्दा, छेडेदह ,त्रिवेणीधाम आदि । राष्ट्रिय जनगणना, २०६८ बाजुरा जिल्ला सँग सिमाना जोडिएका जिल्लाहरु पुर्वमा मुगु र कालिकोट, पश्चिममा बझाङ, उत्तरमा हुम्ला दक्षिणमा अछाम र कालिकोट जोडिएका छन ।
सम्पर्क जिल्ला प्रशासन कार्यालय,बाजुरा मार्तडी,बाजुरा(सुदूरपश्चिम प्रदेश, नेपाल) प्रशासन 097-541125, DEOC 097-541314/9864314066 097541151
१) बडिमालिका नगरपालिका
बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीले युक्त प्राकृतीक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषण भई यस क्षेत्रकै धार्मिक आस्थाका केन्द्र विन्दु मानिने वडीमालिका माताको नामबाट नामाकरण भई यस नगरपालिकाको नाम वडीमालिका रहन गएको हो ।
१२ वटा वडा भएको यस वडिमालिका नगरपालिकाको पूर्वमा पाण्डुसैन र गोत्री पश्चिममा मानाकोट, आटिचौर र ब्रह्मतोला उत्तरमा कोल्टी, र दहकोट गाविस पर्दछन् भने दक्षीणमा कैलाशमाण्डौ गाविस रहेको छ । यस नगरपालिकाको जम्मा घर धुरी संख्या २७६५ रहेको छ भने कुल जनसंख्या १८२०७ रहेको छ । यस नगरपालिकामा झन्डै ३० प्रतिशत घर धुरीहरु गरिविको रेखामुनी अति गरिव रहेका छन् । जिल्लाको सदरमुकाममा अवस्थीत नगरपालिका भए पनि भौगोलिक विकटताका कारण क्षेत्रफलको हिसावले यस नगरपालिकाको केन्द्र मार्तडी सबै वडा बाट समान दुरीमा छैन यस नगरपालिकाको वा.नं १,२,५,६ निकै दुरीमा अवस्थीत छन् ।
प्रमुख पर्यटकीय स्थल वडीमालिका क्षेत्र कालाजग्रा पोरखे क्षेत्र र कालाजग्रा पोरखे क्षेत्र भित्र विभिन्न धार्मिक महत्वका मन्दिरहरु रहेका छन् । रतुडी कैलास, मनाको कैलास, कोर्धको कैलास, चौराँटा ढुन्कीको मष्टो, ऋषिमाडौं लगायत धेरै धार्मिक आस्थाका धरोहर रहेका छन् । दहडाँडाको अद्भुतता, कालाजग्रा गुफाको विचित्रता, त्रिवेणी पाटनको सौन्दर्यता, विरेखोला झरनाको कन्चनता यस नगरपालिकाकाा पर्यटकीय आकर्षणका केन्द्र हुन ।
संपर्क ठेगाना फोन: 097-541067 फ्याक्स: 097-541067
२) त्रिबेणि नगरपालिका
बाजुरा जिल्लको सदरमुकाम मार्तडी देखी दक्षिण भेगमा रहेको यो नगरपालिकाको नामाकरण यसै क्षेत्रको पर्यटकिय तथा धार्मिक स्थल त्रिवेणीको संगम स्थलको नाम बाट त्रिवेणी रहन गएको हो । राज्य पुर्नसंरचनाको क्रममा साविकका छतारा, तोली र कैलाशमाण्डौ गाविस मिलेर त्रिवेणी नगरपालिका बनेको हो । जनसंख्या र क्षेत्रफलको हिसाबले यो नगरपालिका जिल्लाकै तेस्रो ठुलो नगरपालिका हो । यस नगरपालिकाको श्री बडिमालिका मन्दिर, पैमागाउँमा रहेको बडिमालिका मन्दिरको भण्डा गृह, नाटेश्वरी मन्दिर, मौरे क्षेत्र, छतारा माईको मन्दिर, शैमाण्डौ, मष्टा देबताका मन्दिरहरु र कैलाश देवताका स्थानहरु यस क्षेत्रका प्रमुख धार्मिक तथा ऐतिहासक गन्तब्य स्थलहरु हुन । यस नगरपालिकामा प्राकृतिक रुपमा सुन्दर रमणिय रहेका विभिन्न सम्पदाहरु पाइन्छ । मुख्य रुपमा सुन्दर किम्नी झरना, धवलपुरी दह, त्रिवेणी पाटन जस्ता रमणिय स्थानहरु पर्यटक स्थलका रुपमा आकर्षण बनेका छन । त्रिवेणी पाटन र बडिमालिका मन्दिर वरपरका ठाउमा विभिन्न जातका जडिबुटी पाइन्छन । यो नगरपालिका बनजङ्गल भरीपुर्ण नगरपालिका हो । चराचुङगिमा डाफे, कालिज, बदेल, घोर झलर र रतुवा जस्ता दुर्लभ बन्य जन्तु यसै नगरपालकामा पाइन्छन । मालागाड, मानागाढ र कासेगाड खोला यस नगरपालिकाका उर्जाका प्रचुर सम्भाबना भएका खोला हुन । त्रिवेणी नगरपालिकाको जम्मा क्षेत्रफल १७०.३२ वर्ग किलो मिटर अर्थात १८१५८ हेक्टर रहेको छ । यस नगरपालिकाको केन्द्र त्रिवेणी नगरपालिकाको वडा नं. ४ तोली, बिमेलिमा रहेको छ । यस नगरपालिकाको पुर्वमा कालिकोट जिल्ला, उत्तरमा बडिमालिका नगरपालिका, पश्चिममा बुढीगंगा नदि नगरपालिका र दक्षिणमा अछाम जिल्ला रहेको छ । बाजुरा जिल्लामा रहेको बुढीगंगा नदी यसै नगरपालिकाको दक्षिण सिमाना हुदै बगदछ ।
सम्पर्क विवरण त्रिवेणी नगरपालिका तोली बाजुरा फोन ९८६५६४२३६५ / ९८४००५४८८२
३) बुढिगंगा नगरपालिका
बुढिगंगा साविकको ब्रमतोला, कुल्देवमाण्डौं र बाह्रबिस गा.वि.स. मिलेर बुढीगङ्गा नगरपालिका बनेको छ । २९ डिग्री १८ मिनेट ०६ सेकेन्ड देखि २९ डिग्री २५ मिनेट ११ सेकेन्ड सम्म उत्तरी अक्षांश र ८१ डिग्री १५ मिनेट ३६ सेकेन्ड देखि ८१ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरमा फैलयएको यो नगरपालिका समुद्री सतहबाट ७०८ मिटर देखि २५०० मिटरको उचाइमा रहेको छ। यस नगरपालिकाको नामाकरण बाजुराको प्रमुख नदी बुढीगङ्गाको नामबाट राखिएको हो भने नगरपालिकामा बाजुरा जिल्लाको पुरानो सरमुकाम टाँटे र बाइसे राज्य मध्येको एक प्रमुख राज्य बाजुरा राज्यको बार्जुकोट दरबार (हाल भग्नावशेष मात्र) रहेको छ।
यस नगरपालिकाको पूर्वमा- त्रिवेणी नगरपालिका र अछामको मेल्लेख गाउँपालिका, पश्चिममा- खप्तड छेडेदह गाउँपालिका, उत्तरमा- बडीमालिका नगरपालिका र दक्षिणमा- अछाम जिल्लाको साँफेबगर नगरपालिका संग सिमा जोडीएको छ । बाजुरा जिल्लाको पुरानो सदरमुकाम कुल्देवमाण्डौं (टाँटे) नौविसमा यस नगरपालिकाको कार्यापालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलाई पल्टाउँदा बाजुरा जिल्लाको राज्य शासन चलाउने बार्जुकोटे राजाको दरबार पनि यस नगरपालिका भित्र रहेको छ र दरबारको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ । यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबार साथै चुल्ठे देवि भगवतिको मन्दिर जस्ता विभिन्न देवि देवताका मठ मन्दिर र अन्य थुप्रै ऐतिहासिक सम्पदाहरु अवस्थित रहेका छन् । क्षेत्रफलको हिसावले (५९.२) वर्ग कि.मी. रहेको यस नगरपालिकामा करिव ३८% कृषियोग्य भूमी रहेको छ भने ३७% वन क्षेत्र रहेको छ ।यो पालिका अरु नगरपालिका भन्दा सानो र राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकामा जम्मा घरधुरी ४,५५४ र जम्मा जनसंख्या (२०,१८५) रहेको छ जस मध्ये महिला १०,९३१ र पुरुष ९,२९४ रहेका छन् । जम्मा १० वटा वडाहरु रहेको यस नगरपालिकामा कुल साक्षार दर ७१.९०% रहेको छ भने अपाङ्गता भएको जनसंख्या ३.१% रहेको छ ।
भएको नगरपालिकाको रुपमा चिनिन्छ । यस नगरपालिकामा उष्ण प्रदेशीय र समसितोष्ण प्रदेशीय हावापानि पाइनुका साथै बाजुरा जिल्लाकै सबैभन्दा बढी उर्वर खेतियोग्य जमिन पनि रहेको पाइन्छ । दुर्गम एंव पिछडीयको जिल्लामा पर्ने यस बुढीगङ्गा नगरपालिकाको विकास भने समयानुसार विकसित भईरहेको देखिन्छ । साविकको ३ वटा गा.वि.स. (ब्रमताेला, कुल्देवमाण्डौं र बाह्रविस ) मिलेर बनेको यो नगरपालिकामा १० ओटा वडा रहेका छन् ।
सम्पर्क विवरण बुढीगंगा नगरपालिका कुल्देवमाण्डौं, बाजुरा । फोन नं. 9868739970
४) वुढिनन्दा नगरपालिका
बुढिनन्दा नगरपालिका बाजुरा जिल्लाको पुर्वी दक्षिणी क्षेत्रमा अवस्थित रहेको छ।बाजुरा जिल्लाको पुर्वी दक्षिण भागमा अवस्थित यो नगरपालिका प्राकृतिक सम्पदामा धनी तर भौगोलिक विकटताको कारण विकासमा ओझेलमा परेको छ। यस नगरपालिकाको पश्चिममा बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका, दक्षिणमा जगन्नाथ गाउँपालिका, पुर्वमा स्वामिकार्तिक खापर गाउँपालिका र उत्तरमा हिमाली तथा गौमुल गाउँपालिका रहेका छन । साविकका ५ वटा गा.वि.स मिलाएर यस नगरपालिकाको निर्माण भएको हो ।बाजुरा जिल्लाको दक्षिण पुर्वी भेगमा अवस्थति यो नगरपालिका साविकको कोल्टी गा.वि.स. का सम्पुर्ण वडाहरु, साविकको कोटिला गा.वि.स. का सम्पुर्ण वडाहरु, साविक को जगन्नाथ गा.वि.स. को ९ नं.वडा र बाँधु गा.वि.स. को ८ र ९ नं. वडाहरु समायोजन भर्इ गठन भएको एक नगरपालिका हो । यस नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन । यो नगरपालिकाको अक्षांश २२ डिग्री २२ मिनेट ४० सेकेन्ड उत्तरदेखि २९ डिग्री ३९ मिनेट ४० सेकेन्ड उत्तरसम्म र देशान्तर ८१ डिग्री ३२ मिनेट २० सेकेन्ड देखि पूर्वेदेखि ८१ डिग्री ४३ मिनेट २० सेकेन्ड पुर्व सम्ममा फैलिएको छ।
बाजुरा जिल्लाको दक्षिण पूर्वी भागमा अवस्थति यो नगरपालिका जिल्ला सदरमुकाम मार्तडी देखि ३८ कि.मि दुरीमा रहेको छ । उष्ण जलावायुको प्रभाव देखिने यस भेगमा हिउँदमा कम बर्षा हुने गर्दछ भने बर्षातको समयमा भारी बर्षा हुने गर्दछ । सयम सयममा बड्डीगाड, खुल्मीगाड र धुपे खोलामा बर्षायाममा आउने बाढीबाट यो नगरपालिका बढी प्रभावित रहेको छ । उष्ण हावापानी हुने भएकोले यस क्षेत्रमा अन्न बालीमा धान, गहुँ, मकै, तेलहन त्यसैगरी दाल बालीमा मुसुरो अरहर, सिमी फलफुलमा केरा, मेवा, स्याउ र ओखर उत्पादन हुने गरेको पार्इन्छ । कृषि यस नगरपालिकाको मुख्य पेशा रहेको छ ।यस नगरपालिकामा कृषि तथा पशुपालनको क्षेत्रमा करिब ९० प्रतिशत मानिसहरु संलग्न रहेका छन । १.१ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः बाजुरा जिल्लाको पूर्वी दक्षिण भेगमा अवस्थित २३२.४8 बर्ग कि.मि क्षेत्रफलमा फैलिएको बुढीनन्दा नगरपालिकाको भु-आकृति स्वरुप करिव सबैजसो पहाडी भुभाग रहेको छ । यस नगरपालिकाको पुर्वमा स्वामिकार्तिक खापर गाउँपालिका, पश्चिममा बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, दक्षिणमा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली र गौमुल गाउँपालिका रहेको छ । १.२ प्रशासकीय एवं राजनीतिक विभाजन प्रदेशः सुदूरपश्चिम अञ्चलः सेती जिल्लाः बाजुरा नगरपालिकाः बुढीनन्दा नगरपालिकाको केन्द्रः कोल्टी निर्वाचन क्षेत्र. १.क वडा संख्याः 10 ।
सम्पर्क फाेन : 097-501093 (लेखा शाखा) 097-501020 (सूचना प्रविधि शाखा) 097-501117 हेलो मेयर कार्यक्रम टोल फ्रि नम्बर: 16609754002 इमेल :
५) जगन्नाथ गाउँपालिका
जगन्नाथ गाउँपालिका बाजुरा जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय भएपछि बाजुरा जिल्लामा पर्ने साविकका गोत्री र जगन्नाथ गाउँ विकास समितिहरूलाई जोडेर पाण्डव गुफा गाउँपालिका बनाइएको थियो । जगन्नाथ गाउँपालिकाको कूल क्षेत्रफल १७१.७२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ९,४३२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्वामीकार्तिक खापर गाउँपालिका , पश्चिममा बडिमालिका नगरपालिका, उत्तरमा बुढीनन्दा नगरपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ । पछि यस गाउँपालिकाको नाम परिवर्तन गरेर जगनाथ गाउँपालिका बनाइएको थियो।
स्थापना २७ फागुन २०७३ सरकार प्रकार स्थानीय सरकार • अङ्ग गाउँ कार्यपालिका क्षेत्रफल • जम्मा १७१.७२ किमी२ (६६.३० वर्ग माइल) जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) • जम्मा ९,४३२ • घनत्व ५५/किमी२ (१४०/वर्ग माइल) समय क्षेत्र युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) क्षेत्रीय सङ्केत +९७७-५७ केन्द्र साविकको जगन्नाथ गाविसको कार्यालय ।
सम्पर्क विवरण जगन्नाथ गाउँपालिका, जुड्डी बाजुरा फोन नं.: 9864317961
६) स्वमि कात्तिक खापर गाउँपालिका
नेपालकाे सुदुरपश्चिम क्षेत्रमा स्थित बाजुरा जिल्लाकाे बिकट तर सुन्दर सम्भावना बाेकेकाे स्वामीकार्तिक खापर गाउँपालिकाकाे पुर्वमा कालिकाेट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकाेट जिल्ला संग सिमाना जाेडिएकाे छ।
११०.५० बर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिकामा २४ सय ४२ घरधुरीका १४,९०९ व्यक्तिहरु बसाेबास गर्दछन् । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाकाे कार्यालय वाईकाे सुईजिउलामा अवस्थित छ । ४२.४२ प्रतिशत क्षेत्री, ८.०८ प्रतिशत बाहुन, १५.५६ प्रतिशत ठकुरी, ३०.१३ प्रतिशत दलित र ३.८० प्रतिशत सन्यासी/दशनामी समुदायकाे बसाेबास रहेकाे याे गाउँपालिका साविककाे साप्पाटा बस्ती लाैठी, उपरगाउँ देखि साविककाे वाई गाविसकाे मिगु बस्ती समेत पर्दछ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ ।
सम्पर्क विवरण स्वामीकार्तिक खापर गाउँपालिका सुईजिउला वाई बाजुरा वेबसाइट : www.swamikartikmun.gov.np सम्पर्क नं. : ९८४९२६८९९७ ९८४८४३११९० ९८४९४८३०२१ ९८६५६३६६९९
७) छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिएको हो । खप्तड छेडेदह गाउँपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु रहेका छन ।
यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझागं जिल्ला, उत्तरमा गौमुल गाउपालिका र दक्षिणमा बुढिगंगा नगरपालिका र अछाम जिल्ला सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १०४० मिटर देखि ३१८०० मि. सम्म फैलिएको छ । यस गाउपालिकाको अधिकाँश भूभाग उच्च पहाडी क्षेत्र भित्र पर्दछ । यो गाउपालिका 516666,515240 मि पश्चिमी देशान्तर देखि 540649,002753मि.पूर्वी देशान्तर सम्म फैलिएको छ भने 3259643,452910मि उत्तर देखि 3246053,996314 मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ । यस गाउँपालिकाको अधिकाँश भ–ुभाग उच्च पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश भुभाग भिरालो रहेको छ । कही कही खोला तथा नदी किनारामा भने साना साना फाट तथा खोँचहरु पनि रहेका छन ।
यस गाउँपालिकामा वनजंगलले मात्र ४१.७३ प्रतिशत भुभाग ओगटेको छ । घासे भ–ुभाग, वुट्यान र उजाड भुभागले पनि २१.६७ प्रतिशत ओगटेको छ । चट्टानी भागले ०.००९८ प्रतिशत ओगटेको छ । ३१७४ घरधुरीमा रहेका कुल जनसंख्या १८५७५ मध्ये जन्मेदेखि ५ वर्ष मुनी उमेरका १५.०५ प्रतिशत, ५ देखि १४ वर्ष उमेरका ३०.४८ प्रतिशत, १५ देखि १८ वर्ष उमेरका १०.२३ प्रतिशत, १९ देखि २४ वर्ष उमेर समुहका ६.३३ प्रतिशत २५ देखि ४५ वर्ष सम्मका २०.५३ प्रतिशत, ४६ देखि ५९ उमेर समुहका ९.६३, ६० देखि ६९ उमेर समुहका ४.८१ प्रतिशत र ७० देखि माथिका २.९ प्रतिशत रहेको छ । जातीय रुपमा उपाध्याय, जाेशी, जैशी, रावल, धामी, बुुुढा, रोकाया, थापा, कार्की, कठायत, ल्वार, सार्की, वि.क, , दमाई, सिहं, शाही, बम, कटुवाल, रावत , सेजुवाल,नाथ,गुयाल,विष्ट,गन्दभर्,अाेली, खड्का , बुढाथाेकी लगायतका जात जातीहरुको बसोबास रहेको छ ।
खप्तड छेडेदहगाँउपालिका कार्यालय डोगडी बाजुरा फोन: ०९६-६९०८०१
८) हिमालि गाउँपालिका
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ कि मी टाढा उत्तर पुर्वि दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि मी रहेको छ । गाउँपालिका भाैगाेलीक अवस्थितिका हिसावले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डीग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डीग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डीग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएकाे छ । यस गाउँपालिकाकाे सिमाना पुर्वमा मुगु जिल्ला , पश्चिममा वझांङ जिल्ला , उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेकाे छ ।
साविकका बिच्छया, रुगिन र बांधु गाउँ विकास समिति हरूलाई जोडेर हिमाली गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ७ वटा वडा मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ९,२१४ रहेको छ ।
सम्पर्क विवरण प्रमुख प्रशासकीय अधिकृत 9856077523 or ९८५६०७७५२३
९) गाैमुल गाउँपालिका
गौमुल गाउँपालिकाको नाम धार्मिक तथा पर्यटकीय स्थल बुढिगंगा नदीको मुहान संग जोडिएको छ । साविकको दहकोट गाविस हुदै बाजुरा र अछाम जिल्ला भएर वग्ने वुढिनन्दा नदिको मुहान साविकको दहकोट गाविसमा रहेको जेठीवाहुरानी हिमालको फेदीबाट बग्दछ । उक्त मुहानबाट पानी निस्कदा गाईको मुख भित्रबाट निस्केको जस्तो देखिने आकृति भएकोले यस मुल लाई गाईको मुल अर्थात गौमुल भनिएको यो क्षेत्र पवित्र धार्मिक स्थलको रुपमा प्राचिन काल देखि विश्वास गरिदै आएको स्थान भएको र वुढिगंगा नदिले हालको गौमुल गाउपालिकाको प्राय धेरै जसो स्थानलाई आफ्नो वहाव क्षेत्र वनाएकोेले उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको नामबाट यस गाउपालिकाको नामाकरण गरिएको पाईन्छ । बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये गौमुल गाउँपालिका दुर्गम र भौगोलिक रुपमा विकट गाउँपालिका हो । यस गाउँपालिकाको सिमाना पूर्वमा बुढिनन्दा नगरपालिका, पश्चिममा बझागं जिल्ला, हिमाली गाउपालिका र बझागं जिल्ला र दक्षिणमा बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिका सँग जोडिएको छ ।
यो गाउपालिका समुद्री सतह देखि १३६० मिटर देखि ५४४० मि. सम्म फैलिएको छ । यस गाउँपालिकाको अधिकाँश भूभाग उच्च पहाडी र हिमाली क्षेत्र भित्र पर्दछ । यो गाउपालिका ५२८४३१.५६७६९९ मि पश्चिमी देशान्तर देखि ५५५६६३.८७७३९५ मि.पूर्वी देशान्तर सम्म फैलिएको छ भने ३२८५५२८.४९९८७१ मि उत्तर देखि ३२८५५२८.२४६६५२ मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ । ३१४.६६ वर्ग किलो मिटरमा क्षेत्रफलमा यो गाउँपालिका फैलिएको छ ।
यस गाउँपालिकाको अधिकाँश भुभाग उच्च पहाडी र हिमाली क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश क्षेत्र भिरालो तथा चट्टानी भुभागमा रहेको छ । यस गाउँपालिकामा वनजंगलले ३७ प्रतिशत भुभाग ओगटेको छ । घासे भुभाग २३.९२ प्रतिशत, वुट्यान १९ प्रतिशत, र बाँझो उजाड भुभागले पनि १२.६२ प्रतिशत ओगटेको छ । १५८८ घरधुरीमा रहेका कुल जनसंख्या १०६९४ मध्ये जन्मेदेखि ५ वर्षसम्म उमेरका १०.४७ प्रतिशत, ५ देखि ९ वर्ष उमेरका ११.१९ प्रतिशत, १० देखि १४ वर्ष उमेरका १४.८६ प्रतिशत, १५ देखि १८ वर्ष उमेर समुह १० प्रतिशत, १९ देखि २४ वर्ष उमेर समुहका ११.२३ प्रतिशत २४ देखि ४० वर्ष सम्मका २२.२७ प्रतिशत ४० देखि ५९ वर्ष उमेर समुहका १३.३३, ६० देखि ६९ वर्ष उमेर समुहका ४.१८ र ७० देखि माथिका २.६० प्रतिशत रहेको छ । जातीय रुपमा रोकाया, वोहरा, धामी, वुढा, थापा, जोशी, सिहं, वि.क, सार्की, चदारा, कामी, ल्वार, वादी, नेपाली लगायत १४ जात जातीहरुको बसोबास रहेको छ ।
सम्पर्क प्रबक्ता ९८६८१६०५५९ सुचना अधिकारी हिमाल राेकाया ९८४८५५२५१४