बझाङ जिल्ला
नेपालको सुदूरपश्चिम प्रदेश नं. ७ को उत्तरी भागमा यो हिमाली जिल्ला बझाङ्ग अवस्थित रहेको छ ।नेपालकै शिक्षामा अग्रणी भुमिका निर्वाह गर्ने बझाङ्ग जिल्ला जयपृथ्वी बहादुर सिंह जस्ता मानवतावादी राजा, शिक्षाप्रेमी तथा पत्रकारका कारणले पनि प्रख्यात छ । यस जिल्लाको नाम कसरी बझाङ्ग रह्यो भन्ने सम्बन्धमा एक ऐतिहासिक रोचक कथन छ । बझाङ्गी राजाका पूर्वजले साविकको व्याँसी गा.वि.स.मा हाल छवसपाथिभेरा गाउँपालिका पर्ने एउटा शिखरमा दरवार(कोट) बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिला(ढुङ्गा) फेला परेछ । उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फाल्दा बारम्बार साविककै ठाउँमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरवको रुपमा स्थापित गरी पुजा गरे । अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङ वा वज्र परेछ । तर कालभैरवको प्रभावले उक्त चट्याङ प्रभावहिन भई दरवारमा कुनै क्षति नपुगेकोले त्यस ठाउँलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंश भई बझाङ्ग हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रहि आएको छ । चौविसे राज्यमध्ये बझाङ्ग पनि एउटा राज्य थियो । जसका अन्तिम राजा ओमजङ्ग बहादुर सिंह थिए ।
बझाङ्ग मात्रै नभई सम्पुर्ण देशकै शैक्षिक इतिहासमा अग्रणी मानिएका सु-प्रख्यात मानवतावादी राजा श्री जयपृथ्वी बहादुर सिंहले नेपाली भाषाको पहिलो पाठ्यपुस्तक अक्षरांश लेखि नेपालकै शैक्षिक इतिहासमा ठुलो योगदान पुर्याएका थिए । यस जिल्लाको सदरमुकाम बाहुलीगाड र सेती नदीको दोभानमा अवस्थित छ जुन अति रमणीय तथा हिमाली हावापानीले भरिपुर्ण रहेको छ । यस जिल्लाको पूर्वमा बाजुरा, पश्चिममा वैतडी र दार्चुला, दक्षिणमा अछाम र डोटी तथा उत्तरमा हुम्ला र चिनको स्वशासित प्रदेश तिब्बत पर्दछ । यो जिल्ला २९ डिग्री २२ मिनेट देखि ३० डिग्री ९ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४६ मिनेट देखि ८१ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ ।
यस जिल्लाको क्षेत्रफल ३४२२ वर्ग किलो मिटर रहेको छ । यस जिल्लाको धरातलीय उचाई समुद्री सतहबाट ९१५ मिटर देखि आकाशिदै सेतीको सगरमाथा मान्न सकिने बझाङ्गको शिर सैपाल हिमाल ७०३७ मिटर उचाई सम्म फैलिएको छ र यस जिल्लामा जम्मा २ नगरपालिका १० गाउँपालिका गरेर जम्मा १२ वटा स्थानीय तहहरु छन् । यो जिल्ला विशेष गरी पहिरो, आगलागी, मौषमको विषमता, महामारीको प्रकोपबाट उच्च जोखिममा रहेको छ । यस प्रकारका विपदको समयमा प्रभावकारी रुपमा मानवीय सहायता परिचालन, प्रकोपबाट हुने क्षति न्यूनीकरणमा पूर्व तयारी गर्ने र सम्बन्धित निकायको जिम्मेवारीलाई प्रष्ट किटान गर्नका लागी विपद पूर्वतयारीले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । सम्पर्क जिल्ला प्रशासन कार्यालय, बझाङ चैनपुर, बझाङ्ग 092421013 092421025
१) जयपृथ्वी नगरपालिका
जिल्लाको दक्षिणी-पुर्व क्षेत्रको पहाडी भागमा यो जयपृथ्वी नगरपालिका अवस्थित रहेको छ । यो नगरपालिका २०७१ साल बैशाख २५ गते नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार साविकको ५ ओटा गा.वि.स.हरु चैनपूर, रिठापाटा, सुवेडा, हेमन्तवाडा र लुयाटा लाई मिलाएर गठन भएको हो । पहाडी जिल्ला बझाङको भुभागमा अवस्थित यस नगरपालिकालाई पुनः स्थानिय तह निर्धारण आयोगको प्रतिवेदन बमोजिम साविकको कैलाश गा.वि.स. र जयपृथ्वी नगरपालिका वडाहरु मिलायर हाल जयपृथ्वी नगरपालिका कायम रहेको छ ,जसको केन्द्र साविक जयपृथ्वी नगरपालिकको वडा नं ४ र हालको वडा नं १० चैनपूर रहेको छ । मिति २०७३/११/२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६,संख्या ५८,नेपाल राजपत्र भाग ४ को पृष्ट नं ३५८ प्रकाशित राज्य पुनसंरचनाको प्रतिवेदन अनुरुप यस नगरपालिकामा जम्मा ११ वटा वडा कायम गरएको छ ।
यस भुमिमा जन्मेका मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले पुर्याएको योगदानलाई सम्मान गर्देै उहाँको नाममा यस नगरपालिकाको नामाकरण गरिएको हो । जम्मा १६६.७९ वर्ग कि.,मी,क्षेत्रफल रहेको यस नगरपालिकाको जनघनत्व १३२.४७ प्रति कि.मी रहेको छ । २०६८ को जनगणना अनुसार २२,१९१ जनसंख्या रहेको यस नगरपालिकामा ५८.५९% जनसंख्या गरिबिको रेखामुनी रहेको पाईन्छ। समुन्द्र सतहबाट ३३०७फिट देखि ११,७७९फिट सम्मको उचाईमा रहेको छ । भौगलिक अवस्थितः सिमानाः पुर्व ःमष्टा गा.पा. र बाजुरा पश्चिमः छबिसपाथिभेरागा.पा. र सूर्मा गा.पा. उत्ररः तलकोट गा.पा.र काडा गा.पा. दक्षिणः खप्तड छान्ना गा.पा.र छविसपाथिभेरा गा.पा फैलावटः आक्षांशः २९.२८.५५ देखि २९.३८.०४ उत्तरी आक्षांश सम्म देशान्तरः ८१.१०.५९ देखि ८१.१३.४५ पूर्व देशान्तर सम्म उचाईः समुन्द्र सहतबाट ३३०७ फिट देखि ११७७९ फिटको उचाई सम्म
सूचना अधिकारी फोन नः ९८५८४८४२८५ सम्पर्क चैनपुर,बझाङ फोन नं: +९७७-०९२४२१०६४ फ्याक्स नंः +९७७-०९२४२१०६
२) बुङ्गल नगरपालिका
बझाङ्ग जिल्ला भित्र पर्ने दुईवटा नगरपालिका मध्येकै २०७३ सालमा स्थापित एक हो हाम्रो बुङ्गल नगरपालिका जुन भौगोलिक हिसाबले अति बिकट पुर्वमा सुर्मा गाउँपालिका र केदारस्यु गाउँपालिका, पश्चिममा बैतडी जिल्लाको पुर्चौडी नगापालिका, उत्तरमा दार्चुला जिल्लाको मार्मा गाउपालिका तथा दक्षिणमा बित्थडचिर गाउँपालिका पर्दछन् ।
भौगोलिक हिसाबले २९०.२९o देखि ३००.९o उत्तरी अक्षांस र ८००.४६o देखि ८१०.३४o पूर्वि सेशान्तरका बिच अबस्थित बुङ्गल नगरपालिकाको कुल क्षेत्रफल ४४७.५९ बर्ग कि. मि. रहेको छ । यस हाम्रो नगरपालिका लाई ११ वटा वडाहरुमा बिभाजन गरी नगरपालिका कार्यपालिकाको कार्यालय वडा नं. ४ मा पर्दछ । यहाँ बिभिन्न जातजातिको बसोबास रहेको र बि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ३३२२४ रहेको छ, भने २०७६ सालको नगरपालिकाको आफ्नो नयाँ तथ्याङ्क अनुसार ५७३५ घरधुरी सहित कुल जनसंख्या ३९५५० रहेको छ ।
प्रतिनिधि नगर प्रमुख ९८५११८७६०० नगर उप प्रमुख ९८५८४२०८३४ प्रशासकीय अधिकृत ९८४८५४३७२१ सूचना अधिकारी ९८६०४९५३०५
३) तलकोट गाउँपालिका
बझाङ जिल्लाको पुर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका मेलबिसौना, दाँतोला, धमेना र सुुनिकोट गाविस मिलेर बनेको छ ।
यो गाउँपालिका ३३५.२६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहको १२००. मिटर देखि ४००० मिटर सम्मको उचाईमा रहेको तलकोट गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २९ डिग्री ३२मिनेट ३८ सेकेन्ड उत्तरी अक्षांश देखि २९ डिग्री ४९ मिनेट ३१ सेकेन्ड उत्तरी अक्षांश सम्म र ८१ डिग्री७मिनेट ३३ सेकेन्ड देखि ८१ डिग्री २८ मिनेट ८ सेकेन्डसम्म पुर्वी देशान्तरमा फैलिएको छ ।
यस गाउँपालिका बझाङ जिल्लाको जिल्ला सदरमुकाम चैनपुरदेखि करीब ७किमीको दुरीमा दक्षिण पश्चिम भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला,पश्चिममा सुर्मा गाउँपालिका र बुंगल नगरपालिका, दक्षिणमा मष्टा गाउँपालिका, जय पृथ्वी नगरपालिका र बाजुरा जिल्ला र उत्तरमा काँडा गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको करीब १० प्रतिशत भुभाग ओगट्ने यस गाउँपालिकाको कुल क्षेत्रफल ३३५.२६ वर्ग किमी रहेको छ । गाउँपालिकाको नामाकरण हालको वडा नं. ५ वा साविकको मेलबिसौना गाविसमा रहेको तलकोट भन्ने स्थानमा जहाँ बाइसे चौबिसे राज्यहरुमध्ये एक राज्य रहेको थियो । त्यो राज्यको दरबार रहेको ठाँउ तलकोटकेै नामबाट यस गाउँपालिकाको नामाकरण रहन गएको स्थानीय जानिफकारहरु बताउँछन् । तलकोटी दरबार हालसम्म पनि यथावत रहेको छ । यसका अतिरिक्त ऐतिहासिक महत्व बोकेका लाँगा देवताको मन्दिर, छडाखेत मन्दिर, लोकन्ड मालिका, मसानिमाडु, कैलाश तथा भैरव मन्दिर जस्ता स्थलहरु यस गाउँपालिकामा रहेका छ । सूचना अधिकारी ईमेल: फोन: 9865973354 9822734386
४) मष्टा गाउँपालिका
परिचय : समुन्द्री सतहको १२०० मिटर देखि २५०० मिटर सम्मको उचाईमा बझाङ जिल्लाको पुर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो ।मष्टा गाउँपालिकाको नामाकरण हालको वडा नं ३ मा अवस्थित मष्टा मन्दिर बाट गरिएको हो र यस क्षेत्रमा मुख्य कुल देवताको रुपमा पुजिन्छ । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका कोटदेवल, भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको छ । यो गाउँपालिका १०९.२४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको भने वि. सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १३२६५(महिला ७१५०र पुरुष ६११५) रहेको छ । सिमान पूर्व बाजुरा, पश्चिम जयपृथ्वी नगरपालिका, उत्तरमा तलकोट गाउँपालिका, दक्षिणमा जयपृथ्वी नगरपालिका र बाजुरा जिल्ला अवस्थितीः २९ डिग्री ७२ मिनेट देखि ३० डिग्री ७५ मिनेट उत्तरी अक्षांश ८१ डिग्री ६८ मिनेट देखि ८१ डिग्री ७२ मिनेट पूर्वी देशान्तर कुल क्षेत्रफलः ( साविक कोटदेवल गा.वि.स को १९.३९ वर्ग कि.मी., मष्टा गा.वि.सको ३६.८६ वर्ग कि.मी., भातेखोला गा.वि.स को १६.८१ वर्ग कि.मि., रिलु गा.वि.स.को ३६.१९ वर्ग कि.मी. ) गरी जम्मा १०९.२४ वर्ग कि.मि. रहेको छ ।
गाउँपालिका अध्यक्ष 9851006947 उपाध्यक्ष 9745596127 प्रमुख प्रशासकीय अधिकृत 9858487315 सूचना अधिकारी 9858485472
५) खप्तडछान्ना गाउँपालिका
खप्तडछान्ना गाउपालिका बझागं जिल्लाका १२ वटा स्थानियतह मध्ये एक हाे । बझागंकाे तमैल बाट दक्षिण तिर सेति नदिकाे पुल तरेर याे गाउँपालिकामा पुग्न सकिन्छ । याे गाउँपालिकाकाे पूर्व तिर बाजुराकाे दाेगडि रहेकाे छ , पश्चिम तिर थलारा गाउँपालिका छ त्यसै गरी उत्तर तिर जयपूथ्वि नगरपालिका रहेकाे छ भने दक्षिण तिर खप्तडराष्टिय निकुञ्ज रहेकाे छ । जम्मा सात वटा वडा कार्यलय भएकाे याे गाउँपालिकाे काे केन्द्र विन्दु वडा नं ४ काे घाटखाेलामा रहेकाे छ । याे गाउँपालिकामा जम्मा जनसंख्या १५८९३ छ जसमध्ये ७१५० पुरुष र ८७४३ महिला छन ।
सम्पर्क : प्रमुख प्रशासकीय अधिकृत फोन: 9761811726 प्रबक्ता सम्पर्क नं : ९८४८६७०५८६ सम्पर्क घाटखोला-४-छान्ना बझांग फाेन न ९८५८४८५६१६
६) थलारा गाउँपालिका
यस थलारा गाउँपालिका प्रापुर्वकाल देखिनै आफ्नै खालको अस्थीत्व र पहिचान बोकेर रहेको सर्वविधितै छ । यो गाउँपालिका सावीक पाँच वटा गा.वि.स दंगाजी,पाराकाट्ने , कोटभैरव ,कोइरालाकोट ,मालुमेला मिलि वनेका थलारा गाउँपालिकाको सिरानिमा सुन्दर रमणीय फाँटहरू साइपाल हिमालको हिमशंखला कोखबाट बगीरहेको सेती नदी यस गाउँपालिकाका प्राकृतिक उपज हुने भने पुर्वि सिमानामा जडारीगाड र अर्का तिर डाटी जिल्ला संग जोडिरहेको अर्का पर्यटकिय क्षेत्र मालीका अवस्थीत छ ।
यस गाउँपालिकाको कुल जनसंख्या १७५२ रहेकोमा महिला ८९७० र पुरूष ८९८२ रहेको छ । साथै यस थलारा गाउँपालिकाको भोगोलिक अवस्तापुर्वमा जडारी गाड , खप्तड छान्ना गाउँपालिका पश्चिममा डोटी जिल्ला उतर मा सेती नदी र खक्षिणमा खप्तड राष्टीय निकृन्ज रहेको छ । र त्यसै गरि अक्षाश २५ डिग्री १३ मिनेट उतर ३० डिग्री ५७ मिनेट उतर र देशान्त ५० डिग्री ५६ मिनेट पूर्व ८१ डिग्री ५६ मिनेट मा अवस्थीत रहेको छ । सम्पर्क विवरण थलारा गाउँपालिका खोली बझाङ्ग फोन नं: +९७७ ९८५८४९०९३९
७) वित्थडचिर गाउँपालिका
वित्थडचिर गाउँपालिकाको परिचयः जिल्लाको दक्षिणी क्षेत्रको पहाडी भागमा यो वित्थडचिर गाउँपालिका अवस्थित रहेको छ। साविकका स्याँडी, देउलेख र सुनकुडा गाविस मिलाएर हाल वित्थडचिर गाउँपालिका बनेको छ। रहनसहन, लवाईखवाई देखि रितिरिवाज-परम्परा, भाषा सम्पूर्ण कुरा यी तीन गाविस बिच मिलने भएकाले, यी तीन गाविस समावेश गरी एक गाउँपालिकाको रुपमा सिफारिस गरिएको थियो।
मिति २०७३।११।२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६, संख्या ५८, नेपाल राजपत्र भाग ४ को पृष्ठ नं. ३६० र ३६१ मा प्रकाशित रज्य पुनर्संरचनाको प्रतिवेदन अनुरुप यस वित्थडचिर गाउँपालिकाको जम्मा ९ वडा कायम गरी साविक देउलेख गाविस कार्यालयलाई केन्द्रका रुपमा प्रस्तावित गरिएको छ। धार्मीक प्रर्यटकिय दृष्टिले अति महत्त्वपूर्ण क्षेत्रको रुपमा परिचित,साविक स्याँडी गाविस अन्तर्गत पर्ने, 'वित्थड क्षेत्र' तथा साविक सुनकुडा गाविसको 'चिर क्षेत्र' र देउलेखको चिरासैनी भगवती लाई आधारमानी यस गाउँपालिकाको नामाकरण 'वित्थडचिर' गरिएको हो। .८६.१५ वर्ग कि.मी. क्षेत्रमा फैलिएको यस गाउँपालिकाको कूल जनसंख्या १७,८१२ जना रहेको छ।
समुद्र सतहबाट २६५०फिट देखि ८०५० फिटको उचाईमा रहेको यसवित्थडचिर गाउँपालिका,बझाङ्ग जिल्ला प्रवेश मार्ग, (जयपृथ्वी मार्ग) को २१ कि.मी. मोटरबाटोयसै गाउँपालिकाभएर प्रवेश हुन्छ।
भौगोलिक अवस्थितिः : केदारस्युँ गाउँपालिका : बैतडी जिल्ला : बुँगल नगरपालिका : बैतडी जिल्ला : २९०२६’२८” देखि २९०३४’२०” उत्तरी अक्षांश सम्म : ८००४४’५६” देखि ८००५२’४७” पूर्व देशान्तर सम्म समुद्र सतहबाट २६५० फिट देखि ८०५० फिटकोउचाई सम्म। वित्थडचिर गाउँपालिकाको हावापानी तथा भु-बनावटः हावापानी र जलवायु यस गाउँपालिकाको हावापानी उष्ण प्रदेशिय देखि लिएर समशितोष्ण प्रदेशिय हावापानी भित्र पर्दछ। हिउदको समयमा ०० देखि १८० से. सम्म रहन्छ भने गृष्म ऋतुमा अधिकतम तापक्रम ३०० से. सम्म रहन्छ। -बनावटः यस गाउँपालिकाको भूगोल भिरालो र धेरै जसो कडा चट्टान र बनजंगलले घेरेको छ। कुनै ठाँउमा चिम्टयाईलो, पाङगो माटोका साथै धेरै जसो कंकटयुत्त माटो पाईन्छ। त्यसैले माटोको उर्वराशत्तिमा पनि विविधता पाईन्छ।
प्रतिनिधि अध्यक्ष ९८५१११५५१८ उपाध्यक्ष ९८६८५८४४०९ प्रशासकीय अधिकृत ९८४८७३५४३४ प्रशासन शाखा प्रमुख ९८६५७५१९१५ सुचन प्रबिधि अधिकृत ९८४३२२०६७३
८) सुर्मा गाउँपालिका
सुर्मा गाउँपालिकामा जम्मा वडा सँख्या ५ वटा छन् ।सुर्मा गाउँपालिकाकाे जम्मा क्षेत्रफल २७०.८ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या ९०२२ रहेकाे छ।यस गाउँपालिकामा सुर्मा र दौलीचौर गा.वि.स रहेका छन् ।
जिल्लाको भुगोल २९ ड्रिग्री २९ मिनेट उत्तर देखि ३० ड्रिग्री ९ मिनेट उत्तरी अक्षांश र ८० ड्रिग्री ४६ मिनेट पूर्व देखि ८१ ड्रिग्री ३४ मिनेट पर्ुर्वी देशान्तरमा फैलिएको छ । समुन्द्रि सतहबाट ९०० मिटर देउरा देखि ७०७७ मिटर अग्लो हिमाल र्साईपाल सम्मको उचाईमा जिल्लाको भुगोल अवस्थित छ ।
सम्पर्क विवरण फोन न -9848436805/9841271914
९) छबिसपाथिभरा गाउँपालिका
सुदुर पश्चिम प्रदेशमा रहेकाे सेती अञ्चलकाे बझाङ जिल्लाकाे मध्य क्षेत्रकाे पहाडी भागमा छबिसपाथिभरा गाउँपालिका अवस्थित रहेकाे छ। बि.सं २०७३ सालमा सङ्गीय मामिला तथा स्थानिय विकास मन्त्रालद्धारा ७५३ स्थानिय तह लागु गरेपछी बझाङ जिल्लामा साविकका ४ वटा गा.वि.स (मटेला ,ब्याँसी,कँडेल,लेकगाउँ) मीलेर छबिस पाथिभेरा गाउँपालिका बनेकाे हाे।
यस गाउपालिकाकाे कुल क्षेत्रफल ११६.१५ वर्ग कि.मी रहेकाे छ। हाल याे गाउँपालिका ७ वटा वडामा विभाजन गरिएकाे छ र यस गाउँपालिकाकाे केद्र ब्याँसी रहेकाे छ। जम्मा ११६.१५ वर्ग कि.मी क्षेत्रफल रहेकाे यस गा.पा.काे जनघनत्व १४०.३० प्रति वर्ग कि.मी रहेकाे छ। २०६८ काे जनगणना अनुसार जम्मा १६,२९६ जनसंख्या रहेकाे यस गा.पा काे २०७४ मा गाउँपालिकाद्धारा गरीएकाे सर्वेक्षण अनुसार जम्मा जनसंख्या २३,७११ रहेका छ।समुद्रि सतहबाट ३६०० फिट देखि ९९८१ फिटकाे उचाईमा रहेकाे र यस गा.पा काे भाैगलिक अवस्थिति पूर्वमा जयपृथ्वी नगरपालिका र खप्तडछान्ना गाउपालिका ,पश्चिममा बुंगल नगरपालिका ,उत्तरमा सुर्मा गाउपालिका र दंक्षिणमा थलारा गाउपालिका रहेकाे र २९डीग्री २९ मिनेट उत्तरदेखि २९ डीग्री ४१ मिनेट उत्तरि अक्षांश र ८० डीग्री ५९ मिनेट देखि ८९ डीग्री ५ मिनेट पूर्वी देशान्तर सम्म फैलिएकाे छ। पर्यटकिय दूष्टिकाणले अति नै सम्भावना वाेकेकाे यस गा.पा मा एेतिहासिक/पर्यटकिय स्थल जयपूथ्वि बहादुर सिंहकाे दरबार ,माैभेरा झरना , पाथिभेरा हिमाल ,काेट दरबार,माटेसाँगु ,बाईसधारा मन्दिर, बान्निमष्टा मन्दिर ,आदी विभिन्न पर्यटकिय स्थलहरु यस गाउपालिका रहेका छन।
(अध्यक्ष) 9868450632 (उपाध्यक्ष) (9865536096) प्रमुख प्रशासकिय अधिकृत)9848229781 छबिसपाथिभरा गाउँपालिकाको टोल फ्री नं : 18105000045
१०) दुर्गाथलि गाउँपालिका
दुर्गाथलि गाउँपालिका तत्कालीन इलाकाका आधारमा साविकका ३ वटा गाउँ विकास समिती चौधारी, मौलाली र सैनपसेला, दुर्गाथली गाउँपालीकाको सिफारिस भएको थियो । गाउँपालिका को नामा साबिकको सैनपसेला गा.वि.स.को थली जिउलोमा अवस्थित दुर्गादेवीको मठको आधारमा दुर्गाथली नाम राखेको बुझिन्छ । हाल दुर्गाथली गाउँपालीकामा ७ वटा वडाहरु रहेका छन् । यसको सिमाना पूर्वमा छविसपाथीभेरा गाउँपालीका, पश्चिममा केदार स्यु र बुगंल नगरपालीका , उत्तरमा बुगंल नगरपालीका र छविसपाथीभेरा र सेती नदी र थलारा गाउँपालीका रहेको छ । हाल यस गाउँपालीकाको केन्द्र साविकको चौधारी गा.वि.स.को वडा नं.३ मा अवस्थित छ । बझाङ्गको मध्ये भागमा पर्ने १२ वटा गाउँपालीका मध्ये एउटा गाउँपालीका हो । जसको केन्द्र बिन्दु चौधारीमा रहेको छ । यसको क्षेत्रफल ६१ बर्ग किलो मिटर रहेको छ । यसको जनसंख्या १६८०० रहेको छ । यस गाउँपालीकामा बाहुन, क्षेत्री, दलित आदी बसोबास गर्दछन् । यस गाउँपालीकाको यातायात जयपृथ्वी राजमार्ग संग मिलेको छ ।
सम्पर्क विवरण दुर्गाथली गाउँपालीका चौधारी बझाङ्ग फोन न. 9858485617 सूचना अधिकारी 9858485620/9801471444
११) केदारस्यु गाउँपालिका
बझाङ जिल्लाको दक्षिण तथा पश्चिमी भागमा अवस्थित केदारस्यूँ गाउँपालिका जिल्लाको मुख्य सडकखण्डसँग जोडिएको गाउँपालिका हो। उच्च पहाडी जिल्लाको रूपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका रायल, बाँझ, भामचौर र भैरवनाथ ४ (चार) वटा गा.वि.स.मिलेर बनेको छ ।
जिल्लाको कुल क्षेत्रफलको ३.३ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको कुल क्षेत्रफल ११३.९१ वर्ग कि.मि रहेको छ । वडागत क्षेत्रफल अनुसार यस गाउँपालिकाको वडा नं. १ को क्षेत्रफल १५.४० वर्ग कि.मि रहेको छ जुन कुल क्षेत्रफलको १३.६% रहेको छ । त्यसैगरी वडा नं. २ को क्षेत्रफल ४.४४ वर्ग कि.मि (कुल क्षेत्रफलको ३.९%), वडा नं. ३ को क्षेत्रफल १३.७४ वर्ग कि.मि.(कुल क्षेत्रफलको १२.२%), वडा नं. ४ को क्षेत्रफल १५.७९ वर्ग कि.मि (कुल क्षेत्रफलको १४%), वडा नं. ५ को क्षेत्रफल ११.९९ वर्ग कि.मि.(कुल क्षेत्रफलको १०.६%), वडा नं. ६ को क्षेत्रफल १५.९६ वर्ग कि.मि.(कुल क्षेत्रफलको १४.१ %), वडा नं. ७ को क्षेत्रफल १३.८४ वर्ग कि.मि.(कुल क्षेत्रफलको १२.१%), वडा नं. ८ को क्षेत्रफल १४.८९ (कुल क्षेत्रफलको १३.२%) र वडा नं. ७.८३ वर्ग कि.मि.(कुल क्षेत्रफलको ६.९%) रहको छ।
सम्पर्क विवरण फाे न : ९८५८४५४८३५ टोल फ्री नं. 18105000043 सुचना अधिकारी सम्पर्क नः ९८४८५८१३८६
१२) साईपाल गाउँपालिका
साइपाल गाउँपालिका बझाङ जिल्लाको १० गाउँपालिका मध्येको एक गाउँपालिका हो। निर्देशाङ्क: २९.८२°N ८१.२९°Eनिर्देशाङ्कहरू: २९.८२°N ८१.२९°E गाउँपालिका जनसङ्ख्या (२०६८) • जम्मा २ ६८१ वेबसाइट आधिकारिक वेबसाइट नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार साइपाल गाउँपालिकाको कुल जनसंख्या २, ६८१ छ।
सुचना अधिकारी ९८६८५२७४४८ सम्पर्क नं 9864326715
नोट :- सम्बन्धित समाग्रि परिवर्तन भएमा व फरक परेमा सम्पर्क गरिदिनहोला । सम्बन्धित तस्बिरहरु साभार गरि लिएका हुन । तस्बिर र नाममा कुनै त्रुटी छन भने सुझाव सहित सम्पर्क गरिदिन हुन अनुरोध गर्दछौं । ९८६५९३१५२० vip.malla20@gmail.com