अछाम जिल्ला परिचय
अछाम जिल्लाको संक्षिप्त परिचय भौगोलिक हिसाबले सुदूरपश्चिम क्षेत्रको पहाडी जिल्ला मध्ये सबैभन्दा ठुलो जिल्लाको रुपमा अछाम जिल्ला रहेको छ । ८१.०२ डिग्री देखि ८१.३५ डिग्री पुर्वी देशान्तर तथा २८.४५ डिग्री देखि २९.३३ डिग्री उत्तरी अक्षांश सम्म फैलिएको यस जिल्लामा २ वटा निवार्चन क्षेत्र, ४ वटा नगारपालिका र ६ वटा गाउँपालिकाहरु रहेका छन् । यस जिल्लाको पुर्वमा दैलेख¸ पश्चिममा डोटी¸ उत्तरमा कालिकोट र बाजुरा तथा दक्षिणमा सुर्खेत जिल्ला अवस्थित छ । १६९२ व.कि.मि. क्षेत्रफल रहेको यस जिल्लाको सदरमुकाम मंगलसेन १३२६ मीटर उचाईमा रहेको छ । साँफेबगर¸ कमलबजार¸ बिनायक¸ मंगलसेन आदी यहाँका प्रमुख व्यापारिक केन्द्रहरु हुन् । खप्तड¸ बिनायक¸ रामारोशन¸ बैजनाथ¸ प्रमुख प्रर्यटकिय गन्तव्यहरु हुन् ।
सम्पर्क जिल्ला प्रशासन कार्यालय, अछाम 977-097620137, 097-620133 977-097620133 daoachham@moha.gov.np
१)मंगलसैन नगरपालिका
मंगलसेन नगरपालिकाको संक्षिप्त परिचय :
नौखुवा अछाममा नौबिसले एक खुवाको प्रतिनिधित्तो गर्दथ्यो | बि.स.१८४७ मा गर्खाली सरदार अमर सिं थापा, जगतजित पाण्डे, दलन शाहीले अछाम जिल्ला कब्जा गरेपछि नौबिस मौजाका रुपमा विकास भइ मोतिपुरको विस्थापन पछि मंगलसेनलाई १८ औ शताब्दीतिर मना ग्रामिण मना गाउँ भनेर चिनिन्थ्यो| १८४९ मा तालुकदारी मुखिया प्रथा पश्यात कैलाशखोला देखि दक्षिण भैसलेको पानी जनालीबण्डालीको सिमाना देखि उत्तर छुचुन्द्रे खोला पूर्व त् तापिरवा पच्छिम नौबिस ९ वटा २० घरदैलोको संख्याका आधारमा नौबिस ग्रामिण पन्च्यात हुदै १९३५ देखि १९४१ मा मंगलसेन दरबार निर्माण भइ आमालको व्यावस्था गरियो र तेहीबाट अछाम जिल्लाको प्रशासनिक कार्य हुदै आएको थियो | २००७ सालको परिवर्तन पछि २०१३ सालमा राजा महेन्द्रको डोटी सवारीका बेला अछामका अगुवा नेताहरुले सवारीमा अछाममा माल कार्यालय चाहियो भनि आन्दोलन गरे बाफत प्रहरी हस्तक्षेपमा थुप्रै जनता गैते भएपछी आन्दोलनको भावना महसुस भइ २०१४ सालमा अछाम पंगलुसेंन मै माल कार्यालयको स्थापना भएको देखिन्छ | २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ |
२०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पच्च्यात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो | मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन | वडा नं. ५ मा नगरपालिकाको केन्द्र पर्छ, जुन अछाम जिल्लाको सदरमुकाम समेत हो वडा नं. ३,४, ६,८ जोडिएका छन् र वडा नं. १३ केन्द्र बाट करिव २६ कि.मि. टाढा पर्छ र अन्य वडाहरु भन्दा दुर्गम समेत हो \ मंगलसेन नगरपालिका सुदूरपश्चिम प्रदेशको प्रादेशिक राजधानी धनगढी, कैलालीबाट ३०८ कि.मि. र संघीय राजधानी काठमाडौंबाट ९४२ कि.मि. टाढा दुरीमा पर्छ |
समितोष्ण हावापानी पाइने यो क्षेत्रमा औषत वार्षिक १२५ से.मि. सम्म बर्षा हुन्छ |यस क्षेत्रको सरदर तापक्रम गर्मि याममा २४ देखि ३२ सेनटिग्रेड सम्म हुन्छ भने शितकालिनमा सुन्य डिग्री से. सम्म और्लिन्छ | रास्ट्रिय जनगणना २०७८ अनुसार मंगलसेन नगरपालिकाको कुल जनसंख्या २६,२५७ (छब्बीस हजार दुईसय सन्ताउन्न) रहेको छ जस्मा जम्म पुरुसको ११,७८२(एघार हजार सातसय बयासी) र महिलाको जनसंख्या १४,४७५(चौध हजार चारसय पचहत्तर) रहेको छ | पस्वचित्र २०७५ अनुसार नगरपालिकामा पुरुष १८७७५ र महिला १८७२१ गरि ३७४९६ जनसंख्या रहेको छ | नगरपालिकामा करिब ७६.२ प्रतिशत जनसंख्या साक्षर छन | कुल जनसंख्याको करिब १३.७ प्रतिशत मानिस अछाम जिल्ला भन्दा बाहिर बसोबास गर्ने गरेका छन | भेषभुषा चालचलनका रुपमा पुरुष मानिसले कोट पाइन्ट टोपी लगाउछन भने महिलाले गुन्यू चोली लगाउछन | धार्मिक रुपमा पास्वचित्र २०७५ अनुसार हिन्दु ३७४५१, इश्लाम ३५ जना र क्रिस्चिय ३ को बसोबास रहेको देखिन्छ | मुख्य चाड पर्वमा दशैँ,तिहार, विसु, होरी माघि तिहार, तिज, गौरापर्व आदि हुन | नगरपालिकामा कालिका मन्दिर, कैलाशमुठ, धुम्रलोचनी, जिमराडी, भट्टे मालिका, ठुलासैन मालिका जस्ता धार्मिक क्षेत्र, अछाम क्षेत्र, अछाम दरबार,सुरैकोट, देवल जस्ता पुरात्तत्वो सम्पादनका साथै अयार बण्ड जस्ता पर्यटकीय क्षेत्र पर्दछन |
फोन: 097-620138 फ्याक्स: 097-620138 © 2024 मंगलसेन नगरपालिका
२) कमलबजार नगरपालिका
पुर्वि अछामकेा मनेारम दृष्य बेाकेकेा नगरी कमलबजार नगरपालिका 29.053'' उत्तरी गेालार्ध र 81.34256'' पुर्विय गेालार्धमा भाैगाेलिक रूपमा अवस्थित छ । पहाडी क्षेत्रमा अवस्थित यस नगरपालिका पर्यटकिय, कृषि, जडिबुटि अादिका दृष्टिले तमाम संभावना बेाकेकाे छ ।
कमलबजार नगरपालिका साविकका ९ वटा गा.वि.स हरू(मुलि,बयाला,चाल्सा,कुइका,विरपथ,सेरा,ढाँकु,मकष्टाबण्डालि,घेाडासैन)मिलाएर वि.सं २०७३ सालमा स्थापना गरिएककेा हेा। अहिले उक्त गा.वि.स हरूमध्ये बयालालाइ टुक्र्यार २ वटा वडामा ( बयाला र बजुडा), साविककेा कुइका गा.वि.स केा अाधा ( साविकका वडा नं १ देखि ५ सम्म) र घेाडासैनकेा अाधा ( साविकका वडा नं १ देखि ५ सम्म) नगरपालिकामा निम्नानुसारका वडाहरू स्थापित छनः वडा नं १,२,३,४,५,६,७,८,९र १० क्रमशः मुलि, बजुडा, बयाला, चाल्सा, कुइका, विरपथ, सेरा, ढाँकु, मष्टाबण्डालि र घेाडासैन रहेका छन । कमलबजार नगरपालिका घरधुरी सर्वेक्षण, २०७४ अनुसार ३०४०० जनसंख्या छ भने राष्टिय जनगणना २०६८ अनुसार २३७३८ रहेकाे थियाे ।
सुचना अधिकारि फाेन नंः ,9868396788 info@kamalbazarmun.gov.np इमेलः ito@kamalbazarmun.gov.np वेब साइटःwww.kamalbazarmun.gov.np © 2024 कमलबजार नगरपालिका
३) साफेबगर नगरपालिका
साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय
नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट|वडा संख्या : १४ वटा छन ।
साँफेबगर अछाम जिल्लाको मध्य भागमा अवस्थित छ।बुढीगंगा नदीले साँफेबगरलाई दुई भागमा बाँडेको छ। यो अछामको प्रमुख व्यापारिक केन्द्र हो।साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रहेको छ।साँफेबगर वरिपरी पहाडहरूले घेरेको बेसीमा अवस्थित छ। साँफेबगरको दक्षिण पश्चिममा बुढीगङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ।
जनप्रतिनिधि नगर प्रमुख ९८४८६४९०२३ उप– प्रमुख ९८५११५२८३९ प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत 9858430111,9865061236 सूचना अधिकारी 9858484302 संपर्क ठेगाना: साँफेबगर नगरपालिका कार्यालय साँफे बजार-४, अछाम,नेपाल | फोन:०९७-६२५१८०
४) पन्चदेवल बिनायक नगरपालिका
संक्षिप्त परिचय : अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नं. २ मा पर्दछ । पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाकाे आठविस नगरपालिकाकाे बीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिका सम्पदा र साधनस्राेतमा सम्पन्नशाली नगरपालिका हाे । जल, जमिन, बनजङ्गल, जडिवुटी, जङ्गली जनावर र उर्वर भूमि रहेकाे साथै मध्य पहाडी लाेकमार्ग पनि बीच भाग हुँदै जाने हुँदा यस नगरपालिकाले उच्च अार्थिक एवं पर्यटकिय संभावनाबाेकेकाे छ ।
याे नगरपालिकाकाे उत्तरी क्षेत्रमा पानीका स्राेतहरु, जङ्गल, जडिवुटी, जङ्गली जनावर, स्लेट, ढुंगा पाइनुका साथै हराभरा जङ्गल भएकाेकारण पशुपालनकाे लागि चरन क्षेत्रकाे उच्च संभावना रहेकाे छ । याे नगरपालिकाकाे मध्य भागमा पशुपालन तथा फलफूल खेतीकाे संभावना रहेकाे छ भने पुर्वी भागमा धान, गहुँका साथै तरकारी खेतीकाे संभावना रहेकाे छ । पूर्वमा कर्णाली नदी, तालागाड खाेला, पश्चिममा कुइका खाेला सँधै पानी बगिरहनेखाेलाहरु हुन । यी खाेलाहरुबाट ढुंगा-गिटी-वालुवा जस्ता निर्माण सामग्रीहरु उपलब्ध गर्न/गराउन सकिने अवस्था छ । पञ्चदेवल विनायक नगरपालिकाक्षेत्रभित्र एेतिहासीक पञ्चदेवलहरु (जसकाे नामबाटै यस नगरपालिकाकाे नामाकरण भएकाे छ ), मष्टामाण्डाै, बालमाडाैं, जस्ता प्रसिद्ध तिर्थस्थलहरु तथाकर्णाली नदी, बेलखेत, कालापानी जस्ता प्रर्यटकिय संभावना बाेकेका क्षेत्रहरु रहेका छन । बारला र कालेकाँडामा रहेकाे पेट्राेलियम पदार्थ र काइनाइटतथा फलामकाे धाउ उत्खनन गर्न सकेमा पञ्चदेवल विनायक नगरपालिका अछाम जिल्ला, प्रदेश नं. ७ का साथै सिंगाे नेपाल राज्यकै अार्थिक समृद्धिमाटेवा पुग्ने संभावना रहेकाे छ ।
यस नगरपालिकाकाे कुल क्षेत्रफल १४७.७५ वर्ग कि.मि. रहेकाे छ । वि. स. २०६८ सालकाे राष्ट्रिय जनगणना अनुसार २७४८५ जनसङ्ख्या रहेकाे याेनगरपालिका साबिकका कुइका, विनायक, लयाँटी, ताेली, पुल्लेताेला, बारला र कालेकाँडा गरी ८ गा.वि.स.हरु मिलाएर नेपाल सरकारबाट वि.स. २०७३ साल फाल्गुन २७ गते घाेषणा भएकाे हाे । यस नगरपालिकामा विभिन्न जातजाती र भाषाभाषिका मानिसहरुकाे बसाेबास रहेकाे हुँदा धार्मिक र सांस्कृतिक विविधता पनि उत्तिकै रहेकाे छ ।
सूचना अधिकारी 9858490531 सम्पर्क विवरण पञ्चदेवल विनायक नगरपालिका विनायक, अछाम फाेन नं. +९७७ ०९७ ५००००३
५) चाैरपाटी गाउपालिका
चौरपाटी गाउँपालिका विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा अछाम जिल्लामा रहेका साविकका सिउडी, सोकट, पायल, लुङ्रा, मार्कु र दुनी गाविसका सबै वडाहरुलाई समेटेर चौरपाटी गाउँपालिका घोषणा गरिएको हो ।
चौरपाटीगाउँपालिकाको क्षेत्रफल १८२.१६ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ । भौगोलिक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरुप फरक फरक छन् । अत्यन्त गर्मी हावापानीदेखि अति ठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो ठाउं निकै प्रसिद्ध छ । धेरैजसो पहाडी भुभाग रहेको यस गाउँपालिकामा नदी किनारका समतल मैदान एवं टारहरु, खोंच तथा वेसी रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्व दक्षिणमा मंगलसेन, पश्चिम दक्षिणमा डोटि जिल्ला, उत्तरमा खप्तड राष्ट्रिय निकुन्ज र साँफेबगर रहेका छन् ।
सम्पर्क विवरण चाैरपाटी गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय चाैरपाटी अछाम, नेपाल ईमेल :Chaurpatigaupalika@gmail.com प्रमुख प्रशासकिय अधिकृत :9848753194 सुचना अधिकारी : 9864984151
६) मल्लेख गाउँपालिका
मेल्लेख गाउँपालिका ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको अस्थायि केन्द्र पनि हो । यस विगतः जिल्लाको सदरमुकाम मंगलसेनवाट ९ कोष टाढा उत्तरमा अवस्थित छ । उक्त केन्द्र रहेको वडाका बारेमा विस्तृत हालको ५ नं. वडा विवरणमा उल्लेख छ । यस गाउँपालिकामा जम्मा ८ वडा रहेका छन् । यि ८ वटा वडाहरुको वर्तमानमा एकताको आधार विगतको पन्ध्र बीसलाई लिने गरिन्छ ।
यसको पूर्वमा रामाराशोन गाँउपालिका, पश्चिममा, साँफेवगर नगरपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा बान्नीगढी जयगढ गाउँपालिका यसका भौगोलिक सिमानाहरु हुन । हाल मेल्लेख गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्री सतहदेखि १६९८ मिटरको उचाईमा रहेको छ । नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो । विम्कोटको केही अंश पनि यसै गाविसमा पर्दछ । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्र बीस दरामा विभाजन गरीएको थियो । अछाम जिल्ला १३ वटा ईलाकाहरुमा विभाजित थियो । हालको मेल्लेख यि सबै गाउँपञ्चायतको मध्य भागमा रहेको छ । दैनिक प्रशासनिक कामहरु नभएता पनि कुरा गर्ने, भेटघाट गर्ने थलोको रुपमा विकास हुदै केन्द्र भागमा रहेको हुदा तत्कालिन समयमा ईलाका सदरमुकामका रुपमा विकास गरिएको मानिन्छ ।
सम्पर्क विवरण गाउँ कार्यपालिकाको कार्यालय बिन्धेवासिनी-५, अछाम,नेपाल | 9858482122 संम्पर्क नं.: 9858482122 प्रमुख प्रशासकीय अधिकृत: 9865879270 सूचना अधिकारी: 9858481600
७) बान्निगढी जयगढ गाउपालिका
नेपालको संबिधान अनुसार नेपाल संघीय प्रणालीमा प्रबेश गरेसंगे बि.स. २०७३ साल फाल्गुन २७ गते अछाम जिल्लाका साबिकका ६ वटा गाबिसहरु गाँजरा, जनालिकोट, बरदादेवी, तिमिल्सैन, कालिका र दर्ना गाबिसहरु समायोजित भई बान्नीगढी जयगढ गाउँपालिकाको स्थापना भएको हो |साविक बरदादेबी गा.बि.स. लाई केन्द्र मानि बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो सेवा प्रवाह गर्दै आएको छ| प्रसिद्ध धार्मिक तिर्थस्थल बान्नीगढी देबी र यस क्षेत्रको प्राचिन ऐतिहासिक ब्यापारिक केन्द्र जयगढ बजारको नामबाट यस गाउँपालिकाको नाम बन्नीगढ़ी जयगढ रहने गरी यस क्षेत्रको सिफारिस बमोजिम यस गउँपालिकाको नाम बन्नीगढ़ी रहेको हो | जिल्लाको मध्य भागमा अवस्थित यो गाउँपालिकाको पूर्वमा रामारोशन गाउँपलिका, पश्चिममा साफेबगर नगरपालिका, उत्तरमा मेल्लेख गाउँपालिका र दक्षिणमा मंगलसेन नगरपालिका रहेका छन् | गाउँपालिकाको क्षेत्रफल ५८.२६ बर्ग किलोमिटर रहेको छ | यस गाउँपालिकाको कुल जनसख्या बि.स. २०६८ को जनगणना अनुसार १७,३५९ रहेको छ| भौगोलीक स्वरूप: उच्च पहाडी जिल्लामा अवस्थित गाउँपालिका भएतापनि यस गाउँपालिकाको भौगोलिक बिशिष्टता झल्काउछ | यो गाउँपालिकाको केन्द्र समुन्द्री सतह देखि ४६०० मिटरको उचाईमा रहेको छ |
सूचना अधिकारी फोन: 9748854444 बान्नीगढी जयगढ गाउँपालिका, सुदूरपश्चिम प्रदेश,अछाम
८) रामारोसन गाउपालिका
रामारोशन गाउँपालिका परिचय सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामाराेशनका नामबाट नामाकरण गरिएको रामाराेशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकाेट, चाफामाण्डाै, शान्तडा, बाटुलासैन, रामाराेशन, भाटाकाटीया र सुतार गा.वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । यस गाउँपालिका को क्षेत्रफल १७३.३३ (वर्ग कि.मी.) मा २९६२३ जनसंख्या छ
प्रतिनिधि अध्यक्ष 9860452609 उपाध्यक्ष 9845168002 प्रमुख प्रशासकिय अधिकृत ९८६८४४८४११ सूचना तथा संचार प्रविधि अधिकृत 9860754742 ।
९) ढकारी गाउँपालिका
परिचय ढकारी गाउँपालिका सूदुरपश्चिम प्रदेश अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ ।
भौगोलिक अवस्थिति समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३ मिनेट ४५ सेकेण्ड देखि ८१ डिग्री २० मिनेट ३० सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५० किमीको दुरीमा पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका, पश्चिममा डोटी जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ । गाउँपालिकाको क्षेत्रफल २२७.८८ वर्ग किमी रहेको छ ।
ऐतिहासिक चिनारी तथा नामाकरण नव गठित स्थानीय तह ढकारी साविकका ५ वटा गाविसहरु ढकारी, हिच्मा, वलाता, ढुंगाचाल्ना र घोडासैन मिलेर वनेको हो । ढकारी गाउँपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय जानकार व्यक्तिहरुका अनुसार हाल बजार रहेको यस ढकारी क्षेत्रमा धेरै समय पहिला ढाक्रेहरुको थकाई मेट्ने स्थानको रुपमा प्रयोग हुँदै आएको र यसबाट नै साविकको गाविसको नाम ढकारी रहेको र स्थानीय तहको पुःसंरचना हुँदा सोही नाम त्यस क्षेत्रको लागि प्रसिद्ध रहेको हुँदा ढकारी गाउँपालिका नामाकरण गरिएको हो ।
जिल्ला सदरमुकाम देखि करिव ५० कि.मी दुरीमा रहेको यस गाउँपालिकाको गाउँपालिकाको केन्द्र साविकको ढकारी गाविस र हालको वडा नं १ मा रहेको छ । पूर्ववत रुपमा नेपालको सुदुर पश्चिम विकास क्षेत्रमा पर्ने सेती अञ्चलकमा रहेको यो गाउँपालिका जिल्ला भित्रको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका क्षेत्र नं. २ प्रदेश सभा निर्वाचन प्रयोजनका लागि प्रदेश नंं २ (ख) अन्तरगत पर्दछ ।
महाभारत पर्वतिय पहाडी श्रृंखलाले बनेकोे यस गाउँपालिकामा कडा खालको चट्टानी भुभाग, भीरपाखा तथा वसोवास योग्य क्षेत्र सहितको विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ । प्राकृतिक सम्पदा वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जंगल र झाडी गरि करिव ७२ प्रतिशत र खेति गरिएको जमिन २५.४१ प्रतिशत रहेको छ । गाउँपालिका क्षेत्र बनाएर अविरल बगिरहने रिमाखोला, चाइराखोला, खातीखोला, ढुंगानी खोला, घामखोला, बुढाखोला,कालीखोला, तोलसेन खोला, कर्णाली नदी, गुगडा खोला, स्याउले खोला लगायतका सहायक नदि तथा खोलाहरु यहाँको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । जैविक विवधताका हिसावले उच्च पर्वतिय चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिहरुमा अमला तेजपत्र, बाघ, भालु, मृग, बँदेल तथा कालीज, लुँइचे, डाँफे मुख्य रुपमा रहेका छन् यसका पहाडको माथिल्लो भागका अधिकांस स्थानमा वन तथा खर्कहरु रहेका छन् ।
बालुवा लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ । सामाजिक रितिरिवाज र चाड पर्वमा बडा दशैं, तिहार, चैतेदशैं, कृण्णाष्टमी, साउने संक्रान्ति, होली पर्व, माघे संक्रान्ति, आदि रहेका छन् । सामान्यतया पुरुषहरुले सर्ट, पाईन्ट, कोट, टोपी र महिलाहरुले गून्यू, चोलो, सारी, कुर्ता सुरुवाल भेषभुषाका रुपमा लगाउने गर्दछन् । मिश्रीत बसोवास रहेको यस क्षेत्रमा ब्राम्ह्ण, क्षेत्री, दलित र जनजाति जातिको बसोबास भएता पनि क्षेत्री जातिको बाहुल्यता छ । गाउँपालिका क्षेत्र भित्र धार्मिक महत्व बोकेका जालपादेवि मन्दिर, मष्टा मन्दिर, शिव मन्दिर सुर्यकाँडा माई, वण्डाली माईको मन्दिर, नवदुर्गा मन्दिर र तितौडा मन्दिर जस्ता स्थल तथा मन्दिरहरु रहेका छन् ।
सम्पर्क प्रतिनिधि अध्यक्ष 9860371282 उपाध्यक्ष 9840658075 पदाधिकारी 9864811102 बिक्रम बोहरा सूचना प्रविधि अधिकृत /
१०) तुर्माखाँद गाउँपालिका
तुर्माखाँद गाउँपालिका अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ ।
भौगोलिक अवस्थिति समुन्द्री सतहका करिब ५५० मिटर देखि १९०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ४४ मिनेट ४० सेकेण्ड देखि २९ डिग्री १ मिनेट ३९ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री १७ मिनेट ५४ सेकेण्ड देखि ८१ डिग्री ३५ मिनेट ५ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५५ किमीको दुरीमा पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा दैलेख जिल्ला, पश्चिममा ढकारी गाउँपालिका, उत्तरमा कमल बजार नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ । ऐतिहासिक चिनारी तथा नामाकरण नव गठित स्थानीय तह तुर्माखाँद साविकका ७ वटा गाविसहरु रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली मिलेर वनेको हो । यस गाउँपालिका ऐतिहासिकरुपले दैलेखसँग सामिप्यता राखेको पाइन्छ । भने भाषिक प्रभाव पनि दैलेख सँग मिल्दोजुल्दो छ । तुर्माखाँद गाउँपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय जानकार व्यतिहरुका अनुसार हाल बजार रहेको यस तुर्माखाँद क्षेत्रमा धेरै समय पहिला तम्माखु खाने मानिसहरुको जमघट हुने गर्दथ्यो । अछामी भाषामा तम्माखुलाई तम्मु भनिने र डाँडामाथी सम्म परेको स्थानलाई खाँद भनिने हुनाले तम्मा र खाँद मिलेर तुर्माखाँद रहन गएको हो ।यहि स्थानको नामबाट तुर्माखाँद गाविसको नामाकरण भएको र स्थानीय तह पुर्नसंरचना हुँदा गाउँपालिकाको नामाकरण समेत तुर्माखाँद हुन गएको देखिन्छ । सम्पर्क ठेगाना : तुर्माखाँद गाउँपालिका ०४ अछाम अध्यक्ष 9848690588 कार्यालय प्रमुख 9848714800 सूचना अधिकारी : 9844119714
नोट :- सम्बन्धित बिबरण परिबर्तन भए वा फरक परेमा तस्बिर र नाममा कुनै त्रुटी छन भने सुझाव सहित सम्पर्क गरिदिन हुन अनुरोध गर्दछौं । ९८६५९३१५२० vip.malla20@gmail.com