vip.malla20@gmail.com

डोटी जिल्लाका स्थानिय तहको परिचय र पर्यटन

 डोटी

 डोटी जिल्लाको परिचयः  भौगोलिक अवस्थाः साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् ।

यो जिल्ला 28.52° उत्तरी अक्षांशदेखि 29.28° उत्तरी अक्षांशसम्म तथा 80.30° पूर्वी देशान्तरदेखि, 81.14° पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको कूल क्षेत्रफल २,०२५ वर्ग कि.मि. (१,२९,१९९ हेक्टर) मध्ये ५९,१०१ हेक्टर भू-भाग वनजङ्गल, ७,१११ हेक्टर सरकारी तथा गौचरन, ३०,७११ हेक्टर नदीनाला, ७,७३८ हेक्टर संचित क्षेत्र र २४,५३८ हेक्टर सिंचित क्षेत्रले ओगटेको छ ।

यो जिल्लाको अधिकांश भू—भाग पहाडै पहाडले बनेको छ । यस जिल्लाको पश्चिम क्षेत्रमा रहेको भु–भाग र चुरे पूर्वततिरका भूभाग घनाजंङ्गलले ढाकेको छ । उत्तर क्षेत्रको भूमि त्यति उव्जाउ किसिमको छैन र यो क्षेत्रको धेरैजसो भूमि पातलो वनजंङ्गल तथा वुट्यानले ढाकेको छ । अधिकांश भू–भाग बढी भिरालो धरातल तथा कडा चट्टान र वालुवाले बनेकोले खेतीपातीको लागि उपयुक्त छैन । साथै यो क्षेत्र भौगोलिक दृष्टिकोणबाट पनि अति संवेदनशील मानिन्छ । समुद्र सतहदेखि 335 मिटर उचाईमा रहेको कानाचौर सेती नदीको किनार यस जिल्लाको सबैभन्दा होचो सतह हो भने 3,295 मिटर उचाईमा रहेको खप्तड इलाका सबैबन्दा अग्लो भाग हो ।

डोटी जिल्लास्थित प्रमुख राजमार्गहरुमा के.आई.सिंह मार्ग, भिमदत्त मार्ग र पहलमानसिंह स्वाँर मार्ग रहेका छन् । यहाँ सेती, ठूलीगाड, सानीगाड, कालागाडजस्ता प्रमुख नदीहरू तथा खप्तड, सिखर, केदारजस्ता लेकहरू रहेका छन् । यस जिल्लामा अधिकतम तापक्रम दिपायलमा 44.30°C देखि न्यूनतम तामपक्रम 0.2°C खप्तड क्षेत्रमा हुने गर्दछ ।    2068 को जनगणनाअनुसार यहाँ 2,11,746 मानिसहरू बसोबास गर्दछन्, जसअनुसार यहाँको जनघनत्व 100 प्रति वर्ग किलोमिटर हुन आउँछ । यहाँका 71.42% मानिसहरू कृषि पेशामा आवद्ध छन् जहाँ औषत वार्षिक 134.7 मिलिमिटर मात्र बर्षा हुन्छ । महिला 26.0% तथा पुरुष 61.2% साक्षर रहेको यस जिल्लाको कुल साक्षरता 43.7% मात्र छ । यहाँस्थित डोटी क्याम्पसमा स्नातकोत्तर सम्मको पढाई हुन्छ ।

 एउटामात्र प्रतिनिधिसभा तथा दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रहरू रहेको यस जिल्लामा  २ वटा नगरपालिकाहरू र ७ वटा गाउँपालिकाहरू रहेका छन । यस जिल्लामा अधिकांश जिल्लावासी हिन्दु धर्मावलम्बी छन् । यहाँको धार्मिक संरचना २०७८ सालको जनगणनाअनुसार निम्नानुसारको रहेको छः  धर्म प्रतिशत हिन्दु 99.0% बौद्ध 0.75% इसाई 0.13% अन्य (प्रकृति पूजक, किराँतसमेत) 0.12% डोटी राज्यको पुरानो दरवार दिपायलस्थित सेती नदीको किनारमा भग्नावशेषको रुपमा रहेको छ ।

डोटीमा मनाईने प्रमुख  ऐतिहासिक महत्वका  चाडपर्वहरू ऐतिहासिक स्थलहरू मुख्य जात्राहरू गौरा शैलेश्वरी मन्दिर (सिलगढी) सहश्रलिङ्ग (खप्तड) केदारेश्वर मेला फाग मष्टा मन्दिर (सिलगढी) भिमछेदनसिला (सरस्वतीनगर) शैलेश्वरी जात्रा होली राधाकृष्ण मन्दिर (सिलगढी) सेती कर्णाली दोभान (कानाचौर) विशु अशुद्धाला मन्दिर (डौड) कोटभैरव (दिपायल) मालिका मन्दिर (काडामाण्डौ) दिल्पेश्वर मन्दिर (दिपायल)

सामाजिक/आर्थिक अवस्थाः राष्ट्रिय जनगणना, 2068 अनुसार यस डोटी जिल्लामा 36 वटा जातजाती र 21 मातृ भाषिहरूको बसोबास रहेको पाईन्छ । यस जिल्लाका प्रमुख जातजातिहरू प्रतिशतको अाधार मा क्षत्री  57.7% कामी 12.1% ब्राह्मण 8.0% दमाई 4.5% ठकुरी 3.6% मगर 3.4% सार्की 2.3% वादी 1.4% लुहार 1.1% नेवार 0.5% अन्य (गुरुङ, तामाङ राई, आदि) 5.4% बसाइँ सरेर कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरूमा जाने क्रम बढ्दो रहेको हुँदा यहाँको जनसंख्या घट्दो क्रममा रहेको छ ।

   कामको सिलसिलामा छिमेकी मुलुक भारतमा गई ज्याला मजदुरी गरी आय आर्जन गर्ने गरेको पाइन्छ । धान, गहुँ, कोदो, जौ, मकै, मसुरो, भटमास, तोरी, फfपर, मास, आलु, बदाम, आदि यहाँका प्रमुख उत्पादनहरू हुन् । यहाँ उत्पादित कृषिबाली तथा फलफूलहरू छिमेकी जिल्लाहरू डडेल्धुरा, कैलालीसम्म समेत व्यापार हुने गरेको पाईन्छ । जिल्ला सदरमुकाम सिलगढी, पिपल्ला, राजपूर, दिपायल, बुडर, जोरायल यहाँका प्रमुख बजारहरू हुन् । यस जिल्लाको गरिवी 2068 को जनगणनाअनुसार 48.9% रहेको छ ।

 सम्पर्क जिल्ला प्रशासन कार्यालय, डोटी सिलगढी, डोटी 094420133, 094420108, 094420151 094411211 daodoti@moha.gov.np dao.doti68@gmail.com 

१) दिपायल सिलगढी नगरपालिका 

परिचय 

दिपायल सिलगढ़ी नगरपालिका​ वि.स.२०३८ मा रमणीय पौराणीक तथा एेतिहासिक डोटी जिल्ला को केन्द्र भागमा नगरपालिका को स्थापना कोट वैरब तथा सिलगढी गाउँ पञयतका साथै तिखा र रानागाउँ ,गाउँपन्चैयत अन्तर्गतका केहि गाउ बस्तिहरु लाई समेत समाबेस गरि आरम्भमा दिपायल नगर पन्चैयत को नाम बाट भयको हो | त्यस पछि २०४७ मा वबर डाडा र तिखा गाउँ बिकाश समिति लाई समाबेस गरि नगरपालिका लाई १४ वडामा विस्तार गरिनुको साथै दिपायल सिलगढी नामकरण गरियो |

२०६२|२०६३को जनआन्दोलन बाट स्थापीत लोकतान्त्रिक गणतन्त्र नेपाल मा राज्य को पुन संरचना भै २०७३ |२०७४ मा देश लाई नै ७५३ स्थानिय तह मा बिभाजन गरि यस नगर को पनि सिमाना मा विस्तार भै साबिक को कलेना गा.बि.श ,लडागडा गा.बि.श ,बगलेक को वोर्ड न.८ र ९ र खतिवडा को ४ ,५ र ६ न. वोर्डहरु गरि जम्मा ५० गा.बि.श. र १ ओटा नगरपालिका लाई ९ ओटा स्थानीय तहमा पुर्न संरचना गरियको छ | यस नगरको एेतिहासिक र धार्मिक नगर का रुपमा पनि पहिचान रहको भगवान रामका पूर्खा राजा दीलीपले तपस्या गरी स्थापना गरेकाे दील्पेश्वर मठ र स्कदपूराणकाे मानस खन्डमा वणीत चन्दनगीरी प्रवत हालकाे िसलगढी मा रहेकाे शैलेश्वरी मन्दीर यसै नगरमा रहेकाे छ । 

 बाजी सि खड्का नगर प्रमुख 9848437421/9858440191

कलावती महर साउद नगर उप प्रमुख 9869443096/9858447500 

 सुचना अधिकारी बिष्णुराज जोशी सुचना अधिकारी/प्रशासकीय अधिकृत सम्पर्क नंः 9848605255

 Dipyal Silgadhi Municipality, Silgadhi, Doti Phone: 094-420090, 094-420297 Fax: 094-420297 Email: info@dipayalsilgadhimun.gov.np Webiste:

            २) जोरायल गाउपालिका 

परिचय 

जोरायल डोटी जिल्लामा पर्ने नेपालकोे एक गाउँपालिका हो। डोटी जिल्लाको सदरमुकाम सिलगढीबाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो। यसै उपत्यकाको नामबाट यस गाउँपालिकाको नामाङ्कन गरिएको हो । चौतर्फी अग्ला होचा बृक्ष वनस्पति युक्त डाडाँ–काडाँहरूको बीचमा देखिने एउटा सुन्दर क्षेत्र जोरायल हो ।

नेपालको संविधान २०७२ लागु भएपछि नेपाल सरकारको निर्णय अनुरुप स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानिय तहहरू बनाउने क्रममा डोटी जिल्लाका सरस्वतीनगर,लक्ष्मीनगर, घण्टेश्वर, छतिवन, गडसेरा र निरौली गाविसहरूका क्षेत्रलाई जोडेर जोरायल गाउँपालिका बनाइएको हो।

क्षेत्रफल • जम्मा ४१९.०९ किमी२ (१६१.८१ वर्ग माइल) जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) • जम्मा २०,८२४ • 

जोरायल गाउँपालिका क्षेत्रको नाम “जोरायल” किन रहन गयो भन्ने बिषयमा एकमत देखिदैन । तर महाभारतको कथा अनुसार क्रममा भीमले जरासन्ध नामक राक्षकलाई दुई तिघ्रा समातेर बिचोबिच च्यातेर फाल्दा एक भाग यस क्षेत्रमा परेको हुँदा जरासन्धबाट ‘जरालय’ हुँदै ‘जोरायल’ भएको हो भन्ने धेरैको मत छ । कौरवहरुसंग जुवा हारेपछि १२ बर्षको बनबास र एक बर्षको गुप्तबासका क्रममा संयोगले एकदिन उनीहरू ‘जोरायलको शिरस्थानस्थित चौड़ेथल महाभारत पर्वत’ मा आइपुगे । चौड़ेथल जगत्तड़ी पर्वतको बसाइसितै एकदिन त्यहाँबाट तलतिर पर्ने ‘जोरायल’को भौगोलिक दृश्य हेर्न जाँदा चौतर्फी भौगोलिक एवं प्राकृतिक सुन्दरताले ओतप्रोत भएको र बीचमा उपत्यका जस्तो परेकोसम्म फाँटलाई जलमग्न अवस्थामा देखे । त्यो जलमग्नताको रहस्य बुझ्न समग्र भूगोल परीक्षण गर्दा त्यसको पुछारस्थान अर्थात् निकास मार्ग ‘नङ्गेउठी’ (बेत्थीखोला) भन्ने ठाउँमा वरपरबाट दुईवटा डाँडाहरू तलैसतह देखि आपसमा मिलेको र माथिको भाग एक आपसमा खुला रहँदा सतहबाट पानी जम्मा भएर त्यसको झण्डै १०० मिटर माथिबाट पानी उतातिर छहरा जस्तो भई बग्दा जलमग्नता रहेको देखे ।उनीहरुले जोरायलको जल निकास गरेर त्यसलाई बस्ती योग्य बनाइदिने योजना सहित दुई डाणाहरू जोडि़एको ठाउँ ‘नङ्गेउठीमा’ जल निकासमार्ग बनाए । यसरी जोरायलको जल निकास भइसकेपछि विगतमा जलमग्न स्थानको भू–भाग कहाँ के–कस्तो रहेछ भनी माथि हेर्दै जाँदा हालको सिलङ्गीबाग भन्ने ठाउँमा यौटा अजङ्ग र अर्धअंग भएको जीव त्यहाँ लडिबुडी गरिरहेको अवस्थामा देखियो । ‘मगधदेशमा राक्षस जरासन्धसँग भगवान श्रीकृष्णको युद्ध हुँदा पाण्डव भ्राता भीमले भगवान कृष्णको संकेतमा दुई खुट्टा समाति च्यातेर अर्ध अंग बनाई शरीरको यौटा आधा फक्लेटो आकास मार्ग तिर फाल्ने क्रममा कसरी–कसरी यहाँ आइपरेको प्रत्याभूति हुन पुग्यो किनभने मगधदेशमा भएको ‘जरासन्ध’+कृष्णयुद्धमा पाण्डव सखाहरू सहभागी थिए भन्ने कुरा श्रीमद्भावगत महापुराणको ‘दशंम–स्कन्ध’मा आख्यानात्मक वर्णन पाइन्छ । राक्षस जरासन्धले त्यहाँका राजा–महाराजादेखि सर्वसाधारण जन जीवनमाथि हिंसात्मक आतंक र उपद्रव मचाएका कारण युद्धमा यस्तो दुर्दशा गरिएको कुरा अवगत भएपछि उसको सचेतन शारीरिक अर्धांशले पुनः जोरायल क्षेत्रमा पनि त्यसै किसिमको पीड़ा–आतंक पार्ला भन्ने पाण्डवहरूले जरासन्धको बध गरे । त्यसैले यसको नाम जोरायल रहन गएको हो भन्ने जनश्रुति छ ।यस्तै चारैतिर डाँडाकाडाँ भएको र विचमा समथर जग्गा भएको र उक्त जग्गा जलासययुक्त अवस्थामा रहेकोले पहिलो ‘जलासय’ नाम रहेको र पछि जलासयबाट अपभ्रंस हुँदै जोरायल भएको भन्ने भनाई पनि छ । जलनिकास भई बसोवास गर्न योग्य भएपछि उक्त स्थानमा बिभिन्न ठाउँका व्यक्तिहरु बसोवास गर्न आएका कारण यसलाई “जोडीजाडी जोरायल” भन्ने गरेको पनि सुनिन्छ । एकथरीको बुझाईमा जोरायलको शीर्षस्थानमा ‘ज्वालादेवी’ (जरादेवी) विराजमान भएकीले सोही नामाक्षरको आधारमा ‘जोरायल’ भएको हो भन्ने छ । भू–बनोट अनुसार भित्रीमधेश जस्तो ठाउँ हुँदा विगतमा यहाँ औलो ज्वरोको प्रकोप भइरहने हुँदा ‘जोरायल’ भएको हो भन्ने पनि छ ।समग्रमा हेर्दा जरासन्ध नामको राक्षकको अंगको एक भाग जोरायलमा परेको र त्यो भागको बध गरिएको हुँदा नै यसलाई जोरायल भनिएको हो भन्ने तर्क नै वलियो देखिन्छ ।

  सूचना अधिकारी  फोन: 9858427654

 अध्यक्ष :-९८४८४७८९८८

उपाध्यक्ष :- ९८४८४१८४७९

प्रमुख प्र.अ.:-९८५८४८८०३९

सुचना अधिकारी :- ९८५८४२७६५४

एम्बुलेन्स चालकः- ९८५८४८८०३८

इमेल : info@jorayalmun.gov.np ,

                  ३) आदर्स गाउपालिका 

परिचय

बि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ वटा स्थानीय तह लागू गर्ने भएपछि डोटी जिल्लामा पर्ने साविकका बाझ ककानी, कालिकास्थान, महादेवस्थान, लामिखाल, गीरीचौका र दहकालीस्थान गाविसहरूलाई जोडेर आदर्श गाउँपालिका बनाइएको हो । आदर्श गाउँपालिकाको कूल क्षेत्रफल १२८.४७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २३,९४५ रहेको छ ।

यस गाउँपालिकाको सिमाना पूर्वमा सायल गाउँपालिका , पश्चिममा शिखर नगरपालिका र डडेलधुरा जिल्ला, उत्तरमा बैतडी जिल्ला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिका सँग जोडिएको छ । क्षेत्रफल • जम्मा १२८.४७ किमी२ (४९.६० वर्ग माइल) जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) • जम्मा २३,९४५ • घनत्व १९०/किमी२ (४८०/वर्ग माइल)

फोन नो :-9751097271,9848431638,

Email me:-aadarshmun@gmail.com, info@aadarshamun.gov.np

                ४) बोगटान फुुर्सिल गाउपालिका

 बाेगटान फुड्सिल गाउँपालिकाकाे संक्षिप्त परिचय

नेपालकाे प्रदेश सुदूरपश्चिम प्रदेशसेती अंञचलको डोटी जिल्लामा अवस्थित यस बाेगटान फुड्सिल गाउँपालिकाकाे ३00.२२ बर्ग कि.मि क्षेत्रपफल रहेकाे छ भने यस गाउँपालिकाकाे पूर्वमा अछाम र सुर्खेत पश्चिमतिर बडीकेदार गाउँपालिका उत्तरमा के आई सिंह गाउँपालिका र दक्षिणमा सुर्खेत,वडीकेदार गाउँपालिका रहेका छन् ।

बाेगटान गाउँपालिका २०७३ बैशाख ३ गते गाउँपालिका घाेषणा गरिएकाे थियाे । साविकका सिमचाैर,केदार अखडा, कानाचाैर, सातफरी, धिर्कामाणडाैँ, गगुडा र चवराचाैतारा सम्मेलित ७ वटा गाविस सम्मेलित अहिलेकाे याे विशाल बाेगटान गाउँपालिका बनेकाे छ। करिब १५५४० सत्र हजार नौ सय दुई जनसंख्या रहेकाे बाेगटान गाउँपालिकाकाे जम्मा घरधुरी ३१३० सय काे हाराहरीमा रहेकाे पार्इन्छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसाेवास गर्ने विभिन्न जातजाति तथा सामुदायका मानिसहरू वसाेवास रहेकाे यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै दशै, तिहार, हाेली, अाेल्के, गाैरा, मागेसंक्रान्ति, कृष्ण जन्माष्टमी तिज यहाँका प्रमुख चाड पर्वहरूकाे रूपमा रहेकाे मानिन्छ ।

स्थापना : भाैगलिक अवस्यित कुल क्षेत्रफल ३२२ वर्ग कि.मी. जनसंख्या (२०७८ काे राष्ट्रिय जनगणना अनुसार ) जम्मा : १५५४० 

 विवरण बाेगटान फुड्सिल गाउँपालिका गाउँ कायर्पालिकाकाे कायार्लय ,चवराचाैतारा डाेटी

अध्यक्ष : ९८६८५६९६९७

उपाध्यक्ष :९७४८४०४८७०

प्रमुख प्र.अ. :९८५८४७७०७६ Email : info@bogatanmun.gov.np

            ५) के. आई. सिंह गाउपालिका 

 के.आई.सिंह गाउँपालिकाे एक संक्षिप्त परिचय नेपालको सुदूरपश्चिम प्रदेश स्थित के.आई.सिंह गाउँपालिका डोटी जिल्लामा रहेको छ । के.आई.सिंह गाउँपालिका साविकको दुर्गामाण्डौ,रानागाउँ, तिखात्तर,भुमिराजमाण्डौ र बासुदेवी गा.वि.स मिलेर बनेको हो र यस गाउँपालिमा कूल ७ वडा रहेका छन् । १२७.०१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको के.आई.सिंह गाउँपालिकाको भु–आकृतिक स्वरुप खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम र बाेगटान गाउँपालिका, पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा. र दक्षिणमा बाेगटान गाउँपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३० डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ ।

भौगोलिक अवस्थिति: यो के.आई.सिंह गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट के.आई.सिंह गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय साविककाे दुर्गामाण्डाै गा.वि.स. हाल के.आई.सिंह गा.पा.०४,वायलमा रहेकाे छ । यो समुद्री सतहदेखि १३८७.४५ मि. को उचाइँमा काठमाडौं देखि ८५० कि. मि.को दूरीमा र दिपायलबाट करिब २१ कि.मि. दूरीमा स्थित रहेको छ । साल २०६८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २०,९०३ रहेको थियो भने हालको village profile को आधारमा कुल जनसंख्या २६६१३ रहेको छ।

यस क्षेत्रको जनसंख्या वृद्धिदर ३.९% अनुमानित रहेको छ । प्रमुख चाडपर्व: स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तै स्थानीय स्तरमा मनाइने प्रमुख चाडपर्वहरु दशैं, तिहार, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । स्थापना : २०७३ साल फागुन २७ गते भौगोलिक अवस्थिति कूल क्षेत्रफलः १२७.०१ बर्ग कि.मि. काठमाण्डौं देखि को दुरीः ८५० कि.मि. उचाईः १३८७.४५ मि. जम्मा जनसंख्याः २६६१३

सुचना अधिकारी सम्पर्क 9860641377

अध्यक्ष लोकेन्द्र बहादुर साही - 9858434343

                ६) पुर्विचाैकि गाउपालिका

 पूर्वीचाैकी गाउँपालिकाको एक संछिप्त परिचय सुदुरपश्चिम प्रदेश अन्तरगत पूर्वीचौकी गाउँपालिका डोटी जिल्लाको पुर्व तर्फ रहेको छ । जिल्लाको पुर्व तर्फ रहेको हुदा यसको नाम पूर्वीचौकी रहन गएको हो ।

यस पूर्वीचौकी गाउँपालिकाको स्थापना नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय अनुरुप वि.स. २०७३ साल चैत ०१ गते भएको थियो । यस गाउँपालिकाको मूख्य कार्यालय वडा नं. ४ सानागाउमा रहेको छ । ११७.६५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको गाउँपालिकामा भु-आकृतिक स्वरुप खोलानालाहरु रहेका छन् । यस गाउँपालिकाको तापक्रम बढिमा ३२ डिग्री र न्युनम १० डिग्री रहने गरेको पाइन्छ । वि.स. २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या महिला१२,२५६ र पुरुष ९,२३८ गरि जम्मा २१,४९४ रहेको छ । विभिन्न जातजाति समुदायका व्यक्तिहरुको बसोबास रहेको यस गाउँपालिकामा मुख्य चाड पर्वको रुपमा दशै, तिहार, होली, भुवा, गौरा, ओल्के, माघि आदि मनाउने गरिन्छ । यस पूर्वीचौकी गाउँपालिकाको शिर स्थान तिर खप्तड राष्ट्रिय निकुञ्ज पर्छ भने तल तिर सेती नदीले छोएको छ । गाउँपालिकाको स्थापना : वि.स. २०७३ साल चैत ०१ गते कुल क्षेत्रफल : ११७.६५ वर्ग कि.मी जम्मा जनसंख्या : २१४९४ (जनगणना २०७८)

सम्पर्क नं :- 9858483344 सम्पर्क विवरण पूर्वीचौकी गाउँपालिकाको कार्यालय, सानागाउँ 9858490360

वेबसाइट : http://purbichaukimun.gov.np Phone : 9851255300

                   ७) सायल गाउपालिका 

 परिचय

सायल गाउँपालिका डोटी जिलामा अवस्थित छ। वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गरे पछि डोटी जिलामा साविकका छपाली, तोलेनी, डौड र खातिवडा गाविस मिलाएर सायल गाउँपालिका बनेको हो । सायल गाउँपालिकाको कूल क्षेत्रफल १२२.७२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । २०७८ सालको जनगणना अनुसार यो गाउँपालिकाको कूल जनसङ्ख्या २०,४५६ रहेको छ । यो गाउँपालिकाको सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज , पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा बझाङ जिला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका सम्म फैलिएको छ ।

सम्पर्क नम्बर  अध्यक्ष (९८५८४४४६६६) उपाध्यक्ष-(९८५८४४४६६७ )

प्रमुख प्रशासकीय अधिकृत-(९८६११२५०६०)

सुचना  अधिकारी -  (९८५८४८१२२२) © 2024 सायल गाउँपालिका (Sayal Rural Municipality )

              ८) सिखर नगरपालिका 

परिचय 

नेपालको सुदूरपश्चिम प्रदेश को डाेटी जिल्लामा अवस्थित यस शिखर नगरपालिका भौगोलिक हिसाबले पहाडी भूभागले ढाकेको छ र मिश्रित जातिले बसोबास गरेको पाईन्छ। शिखर नगरपालिकाको पुर्वमा दिपायल सिलगढि नगरपालिका, पश्चिमतिर डडेल्धुरा जिल्ला, दक्षिणमा के.आ‍.इं. सिहं गाउपालिका र उत्तरमा आदर्श गाउँपालिका रहेका छन ।नगरको मध्यभाग भएर जाने के.आ.इं. सिहं राजमार्ग र सेति नदिका रमणिय स्थल भएकाेले पर्यटकीय नगरिको रुपमा विकासकाे सम्भावना रहेकाेछ । शिखर नगरपालिका पश्चिमकै सुन्दर शिखर लेक बाट नामाकरण गरिएको हो । क्षेत्रफल: २८५.३९ ( वर्ग कि.मी.) जम्मा वडा :११ वटा जनसंख्या: ३०३९९

सुचना अधिकारी 9868426073  सम्पर्क विवरण शिखर नगरकार्यपालिकाकाे कार्यालय तल्काेट,डाेटी इमेल :  shikharmunicipality@gmail.com/ info@shikharmun.gov.np हरिश्चन्द्र शाह(नि.प्रमुख प्रशासकिय अधिकृत) phone: 9858485777

             ९) बडीकेदार गाउपालिका 

डोटी जिल्लाको साविक घाङल,बर्छैन, मान्नाकापडी र लानाकेदारेशवर गा.वि.स. लाई मिलाएर बडीकेदार गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डोटी जिल्लाको सदरमुकाम बाट १५० कि.मि. दक्षीण तर्फ रहेको यस गाउँपालिकाको नाम यसै क्षेत्रको प्रसिद्ध धाम बडीकेदार को नाम बाट नामाकरण गरिएको छ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु रेहका छन् । समुद्री सतह देखि १८०० मिटर उचाईमा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३३२.५५ वर्ग किलोमिटर रहेकोछ । धार्मिक पर्यटन र जटीबुटीको प्रचुर सम्भावना रहेको यस गााउँपालिकाको प्रमुख प्रसिद्ध धार्मिक स्थल बडीकेदार धाम यस गाउपालिकाको वडा नं. ५ मा र प्रमुख पर्यटकीय स्थल कालारुवा ताल यस गाउँपालिकाको वडा नं. ४ मान्नाकापडी मा रहेको छ । भौगोलिक अवस्थिति: सिमाना: पूर्व:बोकटान गाउँपालिका पश्चिम: जोरायल गाउँपालिका र कैलाली जिल्ला उत्तर:शिखर नगरपालीका, वोगटान,जोरायल र के.आई.सिंह गाउँपालिका दक्षीण:कैलालाी जिल्ला कुल जनसंख्या: १४९०२ (२०७८ सालको जनगणना अनुसार ) पुरुष: ७३७७, महिला: ७५२५ कुल परिवार संख्या: २९०५ कुल साक्षरता दर: ७६.१%

सम्पर्क विवरण अध्यक्ष: ९८६८७६८८३१

उपाध्यक्ष: ९८६६६४४६३७

प्रमुख प्रशासकीय अधिकृत: ९८५८४२८००० र  सूचना अधिकारी: ९८५८४९०६८८

नोट :- माथिका उल्लेखित विवरणमा फरक परेमा वा परिवर्तन भएमा जानकारी गराईदिनहुन अनुरोध गर्दछु । कुनै त्रुटी  छन भने सुझाव सहित सम्पर्क गरिदिन हुन अनुरोध गर्दछौं ।

विनोद मल्ल " भिप्लव "

९८६५९३१५२० Vip.malla20@gmail.com