vip.malla20@gmail.com

बैतडी देवलहाट गाैरा पुजा

बैतडी - दशरथचन्द नगरपालिका ४ देवलहाट स्थित गाैरा खालामा अठ्यावालीका दिन प्रदर्शन गरिने लाखे नाच प्रसिद्ध  रहेको स्थानीय उद्धवसिंह मार्कण्डले बताए । अठ्यावालीका परापुर्वकालदेखि सो ठाउँमा गाैराको अबसरमा लाखे देखाउने परम्परा रही आएको छ । भट्ट र मार्कण्ड परिवारका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई रूखका पातहरुले शरीर ढाँकेरहातमा त्रिशूल लिई लाखे नाच नाच्ने परम्परा रहेको छ । यो परम्परा जिल्लाका अन्य ठाऊँमा भने भेेटिदेैन । सप्तदेवल शिवधाम नजिक रहेको सुकनाली कुवाको पानीले नुहाएपछि लाखे नाचमा सहभागी हुनेहरूले केराको पात लगायत अन्य बिरुवाका पातहरुले शरीर ढाक्ने प्रचलन रही आएको स्थानीय गणेसदत्त भट्टले बताए । नाचमा सहभागी हुनेहरुले शरीरभरी कमेरो , रातोमाटो र खरानी लगाउने गरिनछ । गाैराका समयमा देवलहाटमा हुने लाखे नाच हेर्नका लागि टाढाबाट समेत मानिसहरू आउने गर्दछन । सदरमुकाम नजिकै रहेको देवलहाटमा हरेक बर्ष गाैरा अष्टमि अर्थात अठ्यावालीका दिन लाखे नाच प्रदर्शन गर्ने परम्परा रहिआएको छ । गाैरा पर्व गाैरा- महेश्वरको  विवाहको सम्झनामा मनाउने परम्परा रहेकाले गाैरा खेेलाईरहेको अबस्थामा पुरुषहरूले शिवजी जस्तै बनेर लाखे नाच प्रदर्शन गर्ने गरेको मार्कन्डले बताए । गाैरा सुदूरपश्चिम प्रदेश र कार्णालि प्रदेशमा विशेष गरि मनायपनि गाैरामा लाखे नाच हुनेयो क्षेत्रमा मात्र पाईन्छ । यसको प्रचार प्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिने देखिन्छ । देवलहाटमा रहेेका देवलहरु पाण्डवहरुले भनाएको किम्वदन्ती रहेको स्थानीय ईस्वरीदत्त भट्टले बताए । गाैराको समयमा भगवान शिवपार्वतीको पुजा आजा हुने भएकाले पुरूषहरुले योगीको रुप धारणा गरेर लाखे नाच नाच्ने परम्परा रहीआएको भट्टले बताए ।

स्रोतसमाग्री :-  रबिन भट्ट / समाजिक सन्जाल / विनोद मल्ल  "भिप्लव"