vip.malla20@gmail.com

कृषिमा नयाँ सम्भावना सुदूरपश्चिममा

रुद्राक्ष खेेति बारे सुदूरपश्चिममा बहसहुन जरुरी छ । समुद्री सतहको पाँचसय देखि एकहजार उचाइको भु-भाागमा यसको  उत्पादन राम्रो हुने गर्दछ र सोभन्दा माथिको उचाइ भुबागमा पनि ओेैसत उत्पादन हुनेगरेको यसका जानकारहरु बताउछन ।   हाल चाालिस जिल्लामा उत्पादन हुदैआएको रुद्राक्ष भोजपूर, धनकुटा लगायतका जिल्लामा उत्पादन गरिदै आएकोछ । रुद्राक्षको निर्यातले नेपालले वार्षिक डेढ अर्बदेखि २ अर्ब  आम्दानि गरिरहेको छ ।   रुद्राक्ष बिरुवा रोपेको ४ वर्षपछि फल दिने खेतिमा किसानहरू आकर्षित भईरेकाछन तर यसको व्यवसायीक खेेतिमा निकै हडल र नितिगत समस्याहरु पनि उत्तिकै छन । विदेशी मुद्रा आर्जनको प्रमुख माध्यमका रुपमा विकास भईरहेको रुद्राक्ष खेेतिलाई सरकारी तहबाट जति प्रोत्साहन गरिनु पर्नेहो त्यति हुन नसकेको यसको खेेति र व्यवसायमा जोडिएका व्यक्तिहरुको गुनासो छ । रुद्राक्ष खेेति गर्नेहरुलाई सरकारले किसान नै नमानेको र उनिहरुले आफुूले तिरो तिरेको आफ्नो स्वामित्वको नीति जमिनमा रुद्राक्ष खेेति गर्दा समेत वनसंग सम्बन्धित कानुनहरु परिपालना गर्नु पर्ने बाध्यतात्मक अवस्था सिर्जना गराईएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईको भनाई छ । रोपेको हुर्काएपछि खास समय नदिदा पनि हुने , अन्य खेेतिपातिको जसरी चाैबिसै घण्टा खट्नु नपर्ने , वर्षका एकपटक मल हाले पुग्ने भएकाले यसको खेेति सहज छ । समुद्री सतहको १ हजार मिटरभन्दा माथिको उचाईमा पनि यसको ओेैसत उत्पादन हुन्छ । एउटै बोटबाट लाखै रूपैयाँ आर्जन गर्न सकिने भए पनि यसतर्फ आकर्षित भएका किसानहरुलाई सरकारले किसानले पाउने सुविधाबाट बन्चित गरिरहेको अध्यक्ष छडापागाईको गुनासो छ । रुद्राक्ष खेेति गर्ने व्यक्तिलाई सरकारले किसाननै मान्दैन , कम्तिमा किसानको रुपमा वर्गीकृत गरिदिए किसनले पाउने सुविधा पाउथ्यो ।  यसकालागि हामीले १० वत्षदेखि भन्दै आए पनि सरकारले सुनेको छैन , सांसदहरूले पनिबसुनेका छैन्न , अध्यक्ष चाापागाईले उद्योग मन्त्रालय, कृषि मन्त्रालय , अर्थ मन्त्रालय , वन मन्त्रालय र पर्यटन संग पनि जोडिएको हुनाले पर्यटन मन्त्रालय लगायत सरोकार राख्ने सबै मन्त्रालयमा पुगेर यसबारे कुरा राख्दा पनि कुनै वास्ता नगरिएको कुनासो गरेका छन । किसानलाई धनी बनाउने , सेशमा विदेशी मुद्राको आर्जन गर्ने यो सबैभन्दा सहज र सजिलो खेेति हो , यसलाई प्रोत्साहान गर्ने कार्यक्रम आवश्यकछ भनेर कार्यक्रमको खााकासहित जाँदा पनि भेेटुन्जेल मन्त्री , सचिवहरू सकारात्मक नै देखिनुहुन्छ तर हामी त्यहाबाट बाहिर  निस्किएपछी तर हामी त्यहाँबाट बाहिर निस्किएपछि बिर्सिनुहुन्छ अध्यक्ष चाापागाई थप्नुहुन्छ ६ महिना पछि त्यही माग बोकेर पूरानो कुरा सम्झाउन जादा मन्त्रालएका कर्मचारी र मन्त्रि सबै कुरा बिर्सिसकेका हुन्छन ।

पत्रकार निरज थाापाको सहयोगबाट 

तयार गरिएको छ। मिति २०८०/०९/०८