vip.malla20@gmail.com

श्री बडीमालिका मन्दिर बाजुरा

बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो ।  सात बहिनी मध्य एक वहिनिको स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् । किंवदन्ती यस्तो छ । पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए । आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेविले यज्ञाकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछी महादेव रिशाएर विरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहस नहस पार्न लगाए । त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थालेपछी जहाँ जहाँ सतिका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् ।[२] तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो । भनिन्छ पौराणिक कालमा भगवतीले महिषासुर नामको दैत्यको वध गरिसकेपछि कालिकोटको "द्वारेढुंगा" भन्ने ठाउँमा विश्राम गरेकी थिइन् । पछि गएर द्वारेढुंगामा एकजना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो । देवीले त्यो दलितको मनोरथ पूरा गरिदिइन् । दलितले पूरै बहरलाई एक्लै खान नसकिने भएकाले आफ्नो घरका मान्छेलाई बोलाएछ । उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन् । तब त्यो दलितलाई रिस उठ्यो। उसले भगवतीलाई भन्यो हे! प्रमेश्वरी मेरा घरका सबै मान्छे मरुन् । देवीले पनि इच्छाअनुसार वरदान दिइन् । त्यसपछि बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो । फेरि दलित रिसायर द्वारेढुंगा पुग्यो । देवी उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन् । दलितले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारे ढुङ्गामा देखिन्छ । यसो भएका कारण देवी सधैँका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पञ्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडीमालिकामा गएर बसिन् । त्यसैले दलितहरू बडिमालिका जाँदैनन् भन्ने विश्वास गरिन्छ। अन्य भक्तजनहरू जो बाटो देवी गएकी हुन् त्यही बाटो भएर जान्छन् ।