यस भागमा कैलालीको धनगढी बाट सुदूरपश्चिम प्रदेशका ८ जिल्ला जोडिएको सडक सन्जालको दुरी राखिएको छ भने दोस्रो भागमा सुदूरपश्चिम प्रदेशको परिचए राखिएको छ ।
सुदूरपश्चिम प्रदेश ( नेपालको प्रदेश )
नेपालको संविधान २०७२ ले वि.स. २०७२असोज ३ मा राज्य बिभाजन गरि बनेका ७ प्रदेशहरु मध्य एक हो । यो प्रदेशको उत्तरमा चिनको तिब्बत स्वायत क्षेत्र पूर्वमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश र पश्चिममा भारतको उत्तराखण्ड दक्षिणमा उत्तर प्रदेश संग सिमा जोडिएको छ । जनसंख्या र अर्थतन्त्रका हिसाबले प्रमुख तीन शहरहरु धनगढी, भिमदत्तनगर र टिकापूर हुन ।
देश - नेपाल गठन २०७२ असोज ३ गते
राजधानी - गोदावरी
सबैभन्दा ठुुलो सहर- धनगढी
जिल्ला - ९
प्रदेशसभा - ५३ सिटहरु
स्थानीय तह - १ उपमाहानगर ३३ नगरपालिका ५४ गाउपालिका जम्मा ८८
जनसंख्या - २०७८ को गणना अनुसार २,७१,१२,२७०
मा.प्रदेश - १०९ मिटर देखि ७१३२ मिटर सम्म उचाई २८०.२२" उत्तरी अक्षांश देखि ३०० ०९" उत्तरी अक्षांश र ८०० ०३ पूर्वी देशान्तर देखी ८१० २५" पूर्वी देशान्तर सम्म फैलीकाे छ । यस प्रदेशकाे सबै भन्दा भु-भाग रूपमा अपि हिमाल (७१३२)मिटर र हाेचाे भु-भाग रूपमा कैलाली जिल्लामा (१०९) मिटर रहेकाे छ । नेपालकाे कुल क्षेत्र १,४७,१८१ वर्ग कि.मि मध्ये सुदुरपश्चिम प्रदेशले १३.२७ प्रतिशत क्षेत्रफल अेागटेकाे छ । यस प्रदेशकाे कुल क्षेत्रफल हिमाली भु- भाग ७,९३२८३४ वर्ग कि.मि (४०.६० प्रतिशतं) पहाडि भु-भाग ६,७४८,७७०६ वर्ग ६,७४८७७०६ वर्ग कि.मि (३४.५४ प्रतिशत) तराई भु- भाग ४,८५७,३९५४ वर्ग कि.मि (२४.८६ प्रतिशत) पर्दछ । यस प्रदेशमा पहाडी तथा हिमाली भु-भाग बढी रहेकाे छ । याे प्रदेमा २ जिल्ला ( कैलाली र कञ्चनपुर ) तराई क्षेत्रमा ४ जिल्ला (डाेटी , डडेलधुरा , वैतडी र अछाम ) पहाडी क्षेत्रमा ३ जिल्ला ( दार्चुला , बझाङ , बाजुरा ) हिमालि क्षेत्रमा पर्दछन् । याे प्रदेश नेपाल राज्यको पश्चिम भागमा पर्दछ ।