vip.malla20@gmail.com

my travel diary

कैलाली चेम्वर अफ कमर्सले आज एक कार्यक्रमका बिच my travel diary नाम को नोटबुक विमोचन गरेको छ । सुदूरपश्चिम प्रदेस सरकारका उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री रमेश धामिले विमोचन गरेकाहुन । डायरीको आवरणमा कैलालीको चिसापानि कर्णालीपुल डोटि को खप्तड अछामको रामारोसन , बझाङको सैपाल हिमाल बाजुराको बिकट सैन क्षेत्र हिमाल कन्चनपुरको सुक्लाफाट रास्ट्रिय निकुञ्ज , डडेल्धुराको अमरगढी, बैतडीको राैलेकेदार र दार्चुलाको अपिहिमालको फोटो समाबेस गरेको छ भने भित्र पट्टि भागमा सुदूरपश्चिम प्रदेसको परिचय र धनगढी देखि सुदूरका अन्य ८ जिल्लाको सडक को दुरी समाबेस गरेको छ । डायरी को अन्तिम आबरणमा बाहिर पट्टी बडिमालिका बाजुरा, सैलेस्वरी डोटी, उग्रतारा डडेलधुरा , त्रिपुरासुन्दरी बैतडी , निङ्गलासैनि बैतडी , डिलासैनि बैतडी , मेलाैलि बैतडी , बर्दादेवि अछाम, सुर्मादेवि बझाङ र ज्वलादेवी डोटीका फोटो समाबेस गरेको छ भने भित्रि आवरणमा ग्रेटर नेपालको फोटो कैलाली चेम्बर अफ कमर्सका संस्थापकको नमावलि बर्तमान समितिको नमावलि सहयोगीहरुको नमावलि पर्यटकहरुको सम्पर्कको लागि सम्पर्क नम्बर राखिएको छ । कैलाली जिल्लाका पर्यटकिय स्थलहरुमा गोदावरी धाम, टिकापुर पार्क, बेहडा बाबा मन्दिर, कर्णाली पुल सखिया नाचको पहिरन, मुङ्ग्राह नाच, थारु पहिरन, ढिक्री रोटी रहेकाछन । डोटी जिल्लाका पर्यटकीय स्थलहरुमा बड्डी केदार , भेल्छडा झरना,चडौलो देवता सिलमिबाघ जोरायल, छहरा झरना जिरायल गा.पा.-१ रहेकाछन भने सास्कृतिक फोटोहरुमा गौरा पर्व (गौरा,महेश्वर र बालो नाच दाइन तथा दमाहा बाजा नाच , जोरायल चौलो नाच रहेकाछन । अछाम जिल्लाको पर्यटकीय स्थलहरुमा पन्चदौवल, मंगलसेन दरवार, रामारोसन ताल, बैधनाथ धाम , अछाम जिल्लाका सास्कृतिक फोटोहरुमा भुवा नाच , पुतला नाच, होरी नाच, हुड्केबाजा को फोटो समाबेश गरेको छ । बझाङ जिल्लाका पर्यटकीय स्थलहरुमा सैपाल हिमाल, उरै भन्ज्यङ्ग, सुर्मा सरोवर हिमाल र सुर्मा सरोवर ताल ताल समाबेस गरेको छ भने सास्कृतिक फोटोहरुमा भुवा नाच , स्थानिय पहिरन , बझाङमा भेडा तथा च्यङ्ग्रा बाट खाध्यान ढुवानिका फोटो समाबेश गरेको छ । बाजुरा जिल्लाका पर्यटकीय स्थलहरुमा सैन हिमाल , छेडेदह ताल, अनाैठो र विकट सैन क्षेत्र र बिरेखोला झरना संस्कृतिक फोटोहरुमा भुवानाच , स्थानिय सस्कृति, उत्पादनमा बाजुराको स्याउ र भेडा च्याङग्राहरुको फोटो समाबेस गरिएको छ । कञ्चनपुर जिल्लाका पर्यटकीय स्थलहरुमा शुक्लाफाँटा रास्ट्रिय निकुन्ज, ब्रहमदेव मन्दिर, झिलमिला ताल, दोदोधारा चाँदनीरहेकछन भने कञ्चनपुर जिल्लाका साँस्कृतिक फोटोहरुमा सखिया नाच, राना होरी नाच, थारू परिकार छन । डडेल्धुरा जिल्लाका पर्यटकीय स्थलहरुको फोटोमा परशुराम धाम राफ्टिङ, परशुराम धाम मन्दिर, अमरगढी किल्ला,आलिताल र डडेल्धुरा जिल्लाका साँस्कृतिक फोटोहरुमा माडा रोटी, बडाल चौलाे, भोक्कर बजाउदै रहेकाछन । बैतडी जिल्लाका पर्यटकीय स्थलहरूको फोटोमा पञ्चदेवल द.न.पा.-४, देवलहाट,रौला केदार सुर्नया न.पा.-४ रौला केदार (ट्रेकिङ्ग रूट), पताल भुमेस्वर, ईस्वरी गंगा धाम, संस्कृति फोटोहरुमा हुड्के नाच, छलियानाच , गाैरापुजा समाबेस गरिएको छ । दार्चुला जिल्लाका पर्यटकिय स्थलहरुमा अपि हिमाल, मालिकाअर्जुन धाम , लिपु लेक, त्रिशूल हिमाल समाबेस गरिएको छ भने सास्कृतिमा छलिया नाच , स्थानिय पहिरन र बहुमुल्य जडिबुटी यार्सागुम्बाको फोटो समाबेस गरिएको छ । डायरी प्रकासनमा ग्रफिक डिजाइन राजेन्द्र बोहराको रहेको छ भने सहयोगीहरुमा दिनेस राज भन्डारी वाल्मीकि ईन्टरनेस्नल स्कुलका अध्यक्ष तथा पुर्व कैलाली उधोग बा संघका अध्यक्ष । प्रकाश भट्ट संचालक होटल रुबस, पदमराज जोशी "प्रभात" गोदावरी धाम विकास समितिका अध्यक्ष र खेमराज ढुङ्गना अछाम चेम्बरका अध्यक्ष हुनुहुन्छ । फोटो उपलब्ध गराउन सहयोग गर्ने राजेन्द्र बोहरा, विनोद मल्ल "विप्लभ" रविन भट्ट, सबिता चाैधरी, तारादत्त जोशी, हेमन्त राई, भरत बिक्रम शाहा अन्नपुर्ण पोस्ट, विकिपिडीया, नागरिक, उज्यालो अनलाईन, लेखापढी, नजिक न्यूज , रासस, द प्वाइन्ट बाट सहयोग लिएको छ । डायरी निर्माणमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानभावहरुमा कैलाली चेम्बर अफ कमर्स परिवार हार्दिक अभार प्रकट गर्दछाै साथै बिजया दशमि , छठ र शुभ दिपावलिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामान ब्यक्त गर्दछौं । विमोचन कार्यक्रमको संन्चलन कैलाली चेम्बरका बरिस्ठ उपाध्यक्ष प्रमोद अधिकारीले गर्नुभएको थियो भने सविता चाैधरी र रोशनि चाैधरीले स्वागत गरेको कार्यक्रममा अतिथिहरुमा प्रतिभा पुस्तकालयका अध्यक्ष पुस्पराज जोशि कैलाली उधोग बाणिज्य संघका पुर्व अध्यक्ष दिनेस भन्डारी, दुर्गालक्षमि बहुमुखि क्यम्पाका संस्थापक क्याम्पस प्रमुख गिरिराज कडायतको पनि उपस्थितिरहेको थियो ।